✅ फल वाङ्गोटिङ्गो गरी फलेका छन् भने उक्त फलहरूलाई सानो छदै टिपी फाली दिनुपर्दछ । यसो गर्नाले अन्य फलहरू चाँडो लाग्ने र उत्पादनमा बृद्धि हुने हुन्छ ।
✅ जमिनसँग छोइएका डाँठमा बढी रोगले आक्रमण गर्ने हुँदा रोगबाट बचाउनका लागि ब्लाइटक्स वा नाभिष्टिन वा संजिवनीको पातलो लिटो बनाई उक्त लिटोले पोती दिनुपर्दछ ।
✅ काँक्रो टिप्दा पोथी फूल फुलेको १२-१५ दिनमा वा मुठी घरको हुने बित्तिकै टिप्नुपर्दछ ।
✅ धेरै उत्पादन लिनको लागि बिरुवा सारेको हरेक १५-२० दिनको फरकमा १० ग्राम युरियालाई बिरुवाको वरिपरि औंठीको गोलाई जस्तो बनाई पुरिदिनु पर्दछ । पहिलो फल टिपेपछी पुनः १५-२० दिनको फरकमा १० ग्राम यूरीया मल प्रतिबोट टपड्रेस गर्नुपर्दछ ।
काँक्रा बालीलाई अलि धेरै खाद्य तत्वको आवश्कता हुने भएकोले हरेक १५ दिनको फरकमा मल्टिप्लेक्स वा भेजिमाक्स स्प्रेय गर्नु पर्दछ । यदि मल्टिप्लेक्स छर्ने हो भने १६ लीटरको पम्पमा ३२ मि.ली. वा भेजिमाक्स छर्ने हो भने ८ मि.ली. हाली फिंज आउने गरी घोल्नु पर्दछ र बिरुवा भिज्ने गरी स्प्रेय गर्नु पर्दछ ।। वा एटोनिक वा एच. वी. १०१, १ मिलि ग्राम प्रति ५ लिटर पानीका दरले ३–४ दिनको फरकमा २ पटक छर्नुपर्दछ ।(alert-success)
✅ काँक्रोमा नेमाटोडको आक्रमणले जरामा गिर्खा लाग्न गई बोटको मुन्टा बढ्न नपाई कच्याककुचुक र पातमा सेता धर्सा र पहेंलोपना देखा पर्दछ, यस्तो अवस्थामा प्लाष्टिक थैलामा माटो भर्नुभन्दा पहिले निम वा तोरीको पिना वा दमन एन अलिअलि माटोमा मिसाउनु पर्दछ ।
✅ एक्कासी तापक्रम घटेमा र चिसो भएमा वा तापक्रम बढेमा र चर्को घाम भएमा काँक्रो तीतो हुन जान्छ अथवा काँक्रोको आकार बिग्रिई टुप्पातिर मोटो हुँदा र सेचनक्रियाले गर्दा पनि काँक्रो तीतो हुन जान्छ । यसको नियनत्रणका लागि माटोमा चिस्यान राखी राख्नुपर्दछ ।
✅ बाली बिरुवामा भिटामिन, हर्मोन, झोलमोल आदि छर्दा बिहान ९ बजेपछि वा दिउँसो ३–४ बजे छर्नुपर्दछ । चर्को घाम तथा ४ बजेपछि वा बिहान पातका छिद्र बन्द हुने हुँदा उक्त समयमा छर्नु राम्रो हुँदैन ।


