१.१.भौगोलिक अवस्था/स्वरुपः किसिम र विशेषताहरु
भौगलिक अवस्था
नेपाल
पृथ्वीको उत्तरी गोलाद्र्धको एशिया महादेशको झण्डै विच भागमा पर्दछ । नेपालको उत्तरतर्फ चिन र पुर्व, पश्चिम र दक्षिणमा भारत पर्दछ । नेपाल २६ डीग्री
२२ मिनेट उत्तरी अक्षाँस देखी ३० डीग्री २७ मिनेट उत्तरी अक्षांस र ८० डीग्री ४
मिनेट पुर्वी देशान्तर देखी ८८ डीग्री १२ मिनेट पुर्वी देशान्तर सम्म फैलिएको छ ।
नेपालले विश्वको कुल क्षेत्रफलको ०.०३ प्रतिशत र एशियाको महादेशको ०.३ प्रतिशत
क्षेत्रफल ओगटेको छ । नेपालको पूर्व पश्चिमा औषत लम्वाई ८८५ कि.मि.उत्तर दक्षिण
अधिकतम चौडाई २४१ कि.मी.न्युनतम चौडाइ १४५ की.मी. र सरदर चौडाइ १९३ कि.मी .रहेकोछ
। नेपालको प्रमाणिक समय दोलखा जील्लामा पर्ने गौरी शँकर हीमाललाई काटेर गएको ८६
डिग्री १५ मिनेट पुर्वी देशान्तरलाई आधार मानि निर्धारण गरीएको छ । विं सं.२०४२
साल बैसाख १ गते उपयुक्त स्थान र समय
तोकिएको हो। नेपालको समय ग्रीनविच मीनटाइम भन्दा ५ घण्टा ४५ मिनेट चलाख छ ।
नेपालको सीमाले विश्वको कुनैपनि सामुन्द्रीक सीमा नछुने हँदा नेपाल एक
भुपरीवेष्ठित राष्ट्र हो ।
१.हिमाली
प्रदेश र यसका विशेषताहरु
क)
समुन्द्रि सतहको ३०००मिटर देखी ८८४८.८६ मिटर सम्मको उचाइमा अवस्थित यस प्रदेशले
नेपालको कुल भुभागको १५ प्रतिशत भुभाग ओगटेको छ ।
ख) २५
की.मी.देखी ५० कि.मी.सम्मको चौडाइमा फैलिएको यस प्रदेशमा नेपालका २१ ओटा जिल्लाहरु
पर्दछनु ।
ग)
बहुमुल्य जडीबुटी , विश्वमै दुर्लभ
वन्यजन्तु , चराचुरुङ्गी, र पुतलीहरु पाइने यो क्षेत्र नेपालका प्रमुख
नदीहरुको उद्गम स्थल हो ।
घ)
विश्वको सर्वोच्च शिखर सगरमाथा र सर्वाधिक उचाइमा रहेको तिलीचो ताल यही क्षेत्रमा
अवस्थित छ ।
ङ)
शेर्पा, भोटे, थकाली आदि जातिहरुको वसोवास रहेको यस प्रदेशमा विं
सं. २०७८ सालको जनगणना अनुसार ६.०८ मानिसहरु वसोवास गर्दछन् ।
च)
बौद्ध धर्मावलम्वीहरुको वाहुल्यता रहेको यस प्रदेशका मानिसहरुको मुख्य पेशा
पशुपालन र व्यापार रहेको छ ।
(ads)
२.पहाडी
प्रदेश र यसका विशेषताहरु
क)
समुन्द्रि सतहको ६०० मिटरदेखी ३००० मिटरसम्मको उचाईमा अवस्थित यस प्रदेशले नेपालको
कुल भुभागको ६८ प्रतिशत भुभाग ओगटेको छ ।
ख) ८०
देखी १२८ कि.मी. सम्मको चौडाइमा फैलिएको यस प्रदेशमा फैलिएको नेपालका ३५ वटा जिल्लाहरु पर्दछन् ।
ग) यस
प्रदेशमा विभिन्न उपत्यका , खोच ,झरना, खोल्सा, टार पठार आदि रहेका
छन् ।
घ)
पाँच वटै विकास क्षेत्रका क्षेत्रिय सदरमुकामहरु रहेको यस प्रदेशमा विभिन्न
उपत्यका, खोच , झरना , खोला, खोल्सा , टार पठार अािद रहेका छन्
ङ)
ब्राम्हण, क्षेत्री , मगर ,गुरुङ्ग, राई , लिम्वु आदि समुदायको वसोवास रहेको यस प्रदेशमा
विविधता युक्त रहनसहन , भेषभुषा तथा सँस्कृति रहेको
छ ।
च) विं
सं.२०७८ सालको जनगणनाअनुसार यस प्रदेशमा ४०.३१
प्रतिशत मानिसहरु वसोवास गर्दछन् ।
छ)
मनोरम एवं स्वस्थकर हावापानी भएको यस प्रदेशका मानिसहरुको मुख्य पेशा कृषि, पशुपालन, नोकरी रहेको छ।
क)
समुन्द्रि सतहको ५९ मिटरदेखि ६०० मिटरसम्मको उचाईमा यस प्रदेशले नेपालको कुल
भुभागको १७ प्रतिशत भुभाग ओगटेको छ ।
ख) २५
कि(मी. देखी ५० कि.मी .सम्मको चौडाईमा फैलिएको यस प्रदेशमा नेपालका २१ ओटा
जिल्लाहरु पर्दछन् ।
ग)
नेपालको अन्न भण्डारको रुपमा रहेको यो प्रदेश मलीलो समथर मैदानले ढाकीएको छ ।
घ)
औद्यौगिक एवं व्यापारीक
दृष्टिकोणले महत्वपुर्ण अन्य प्रदेशको तुलनामा आर्थिक तथा सामाजिक विकासमा अगाडी
रहेको छ ।
ङ)
मैथली, भोजपुरी, थारु, आदि भाषा समुदायहरुको वाहुल्यता रहेको यस प्रदेशमा विं सं.२०७८ सालको जनगणना
अनुसार ५३.६१ प्रतिशत मानिसहरु वसोवास गर्दछन् ।
च) यस प्रदेशका मानिसहरुको म्ुख्य पेशा कृषि र व्यापार हो ।
✅ भावर
क्षेत्र
१. खास
तराईको उत्तर र चुरे पर्वतमालाको दक्षिणमा रहेको ३८० मिटर सम्मको उचाइमा फैलिएको
साँघुरो पेटीलाई भावर क्षेत्र भनिन्छ ।
२.यसको
चौडाइ ८ देखी १० माईलसम्म रहेको छ ।
३)
यहाँ रोडा, ढुङ्गा ,कङकड आदि खस्रो पर्दाथबाट बनेकाले सानातिना
खोलाहरु यहाँ लुप्त हुन्छन् र तल्लो तराई भागमा पुनःदेखिन्छन् ।
४) यस
क्षेत्रले नेपालको कुल भुभागको ४.५ प्रतिशत भुभाग ओगटेको छ ।
(ads)
✅ भित्री
मधेश वा दुन क्षेत्र
१.चुरे
र महाभारतपर्वत श्रेणीको विचमा ६१० मिटरको अग्लो स्थानसम्म चारैतिर पहाड पर्वतले
घेरीई फैलीएको विशाल फाँटलाई भित्री मधेश वा दुन क्षेत्र भनिन्छ ।
.२.३२ कि.मी.देखी ६४
कि.मि.सम्मको लम्वाई र १६ कि.मी.सम्मको
चौडाइ भएको यस क्षेत्रले नेपालको कुल भुभागको ८.५ प्रतिशत भुभाग ओगटेको छ ।
३.
यसमा नेपालका ७ ओटा जिल्लाहरु रहेका छन् ति हुन् उदयपुर, सिन्धुली, दाङ, मकवानपुर, नवलपरासी पश्चिम, सुर्खेत
र चितवन पर्दछन् ।
४.यहाँका
वनस्पतिहरु साल सिसौ हुन् साथै यहाँको हावापानी न्यानो हुन्छ ।
✅ चुरे पर्वत
नेपालको सवैभन्दा दक्षिणी भागमा अवस्थित पुर्वदेखि पश्चिम सम्म फैलिएको ६१० मिटरदेखी १८७२ मिटरसम्मको उचाई भएको पर्वतमालालाई चुरे पर्वत भनिन्छ । भारतमा यसलाई शिवालिक पर्वतमाला र वर्मामा इरावादी पर्वतमाला भनिन्छ । चुरे पर्वत वालुवा, कङकड, पत्थर , अभ्रख आदि मिलेर वनेको छ । पुर्वमा होचो तर पश्चिम तर्फ क्रमशः अग्लिदै गएको चुरे पर्वतको सवैभन्दा अग्लो भाग गार्वा कैलाली जील्लामा पर्दछ । चुरे पर्वत पुर्वमा ५ माईल, मध्य तराईमा १० माईल, दाङ देउखुरी उपत्यकामा १२ माइल र सुदुरपश्चिममा ५ माइल फराकिलो भएको छ ।
✅ महापर्वत पर्वतमाला
चुरे
पर्वतमालाको माथिल्लो भागमा पुर्व मेचिदेखि पश्चिम महाकाली सम्म फैलिएको समुन्द्रि
सतहको १५०० देखी ३३६० मिटरसम्मको उचाई भएको मोडदार पर्वतलाई चुरे पर्वत भनिन्छ ।
कोशी, नारायणी, कर्णाली जस्ता ठुला ठुला नदिहरुको खण्डित गरेको
क्वार्टजाइट, ग्रेनाइट, स्लेट, बलौटे ढुङगा, चुनढुङगा जस्ता कडा
चट्टानहरुबाट निर्मीत महाभारत पर्वतलाई लघु हिमालय, भित्री हीमालय पनि भनिन्छ । यहाँ विशाल पर्वतिय ढालहरु र उच्च भञ्जाङहरु बनेका
छन् । रमणिय एवं स्वस्थकर हावापानीका कारण महाभारत पर्वत श्रेणीलाई नेपालको
हावाखोरी पनि भनिन्छ ।

