प्रमाणिक समय भनेको के हो ? नेपालको प्रमाणिक समय कसरी लिईएको छ ?
बेलायतको ग्रीनविच हुँदै गएको ० डीग्री देशान्तर रेखालाई आधार मानेर निर्धारण गरीएको समयलाई प्रमाणिक समय भनिन्छ । यसलाई अन्तराष्ट्रिय समय पनि भनिन्छ । कसैल यसलाइै गीनविच समय पनि भन्दछन् । यो समय सन् १८८४ मा निर्धारण गरीएको थियो ।
नेपालको प्रमाणिक समयः-
बेलायतको ग्रीनविचवाट पुर्व वा पश्चिम देशान्तर रेखाअनुुसार हरेक आफ्नो देशको समय निश्चित गर्दछन् । यसलाई त्यस देशको प्रमाणिक समय भनिन्छ । नेपालको प्रमाणिक समय पनि यसरी नै लिईएको छ । नेपालको प्रमाणिक समय दोलखा जिल्लामा पर्ने गौरीशँकर हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तर रेखालाई आधार मानेर निर्धारण गरीएको छ ।
विं.सं.२०४२ साल वैसाख १ गते उपयुक्त स्थान र समय तोकीएको हो ।नेपालको समय ग्रीनविच मीनटाइम भन्दा ५ घण्टा ४५ मिनेट चलाख छ ।
(alert-success)

