Saturday, July 6, 2013

१.चेपाङ(प्रजा) जातिबारे लेख्नुहोस् ।
उत्तर
१. चेपाङ जातिका मानिसहरु नेपालको खासगरी मकवानपुर , धादिङ, चितवन, र गोरखा जिल्लाहरु बसोवास गर्दछन् ।
२.चेपाङहरुकाो मुख्य चाड चोनाम हो । यसलाई चेपाङहरु सामुहिक रुपमा रमाईलो गरी मनाउँछन् ।
३.चेपाङहरु विहेका लागि मंगलवारको साईतलाई राम्रो मान्ने गर्दछन् ।
४.चेपाङहरुको पुरोहितलाई पाँडे भनिन्छ  ।
५.हरेक पाँच पाँच वर्षमा कुल पुजा गर्दछन् ।
६.बच्चा जन्मिदा आमाको दुध भन्दा पहिले ठुली आमा वा धाई आमाको दुध खुवाउने गरीन्छ ।
७.विवाहमा दुलाहा दुलहिको टाउको ३ पटक ठोकाएपछि र दुलहिले दुलाहाको जुठो खुवाएपछि विवाह सम्पन्न हुन्छ ।
८.चेपाङहरु विहेमा आफ्ना छोरीहरुलाई दाईजोको रुपमा चिउरीको बोट दिन्छन् ।

२. घाटु नाचबारे लेख्नुहोस् ।
उत्तर.
१.गण्डकी अञ्चलका विभिन्न भागमा वसोवास गर्ने गुरुङ, मगर , दुरा समुदायमा प्रचलित घाटु नाच बसन्त पञ्चमीका दिन सुरु भई बैसाख पुर्णिमाका दिन समाप्त हुन्छ ।
२.बसन्त पञ्चमीका दिन तीन चार जना कन्याहरुलाई नुवाईधुवाई गरी तिनलाई बोकेर शुद्ध घरमा लगेर राखिन्छ । पछि तिनमा भाकल गराई गुरु तथा गायन टोली समक्ष राखेर देवीदेवताहरुमा लिन गराईन्छ ।
३.घाटु जगाई देवि देवताको अंश चढेकी केटीलाई घाटुली भनिन्छ ।
४.घाटुलिले नाच्दा छिटको गुन्यु, चोली , घलेक , पटुका , लगाउने तथा शिरमा रंगीविरंगीहरु पाताहरु
सजाउँछन् ।
५.यस नाचमा मादल तथा हातकोे ताली बजाईन्छ । प्रौढ स्त्री तथा पुरुष गित गायनमा सरिक हुन्छन् ।

Vistors

Flag Counter

नेपाली सेना

शशस्त्र प्रहरी बल

नेपाल प्रहरी

Follow by Email

Banks ( 40 ) Corporation ( 30 ) Culture ( 22 ) Force ( 25 ) health ( 5 ) INSURANCE ( 5 ) IQ ( 4 ) it ( 15 ) job ( 19 ) Jokes ( 1 ) knowledge ( 37 ) MCQs ( 12 ) News ( 8 ) oldqsn ( 13 ) Places ( 4 ) PSC ( 71 ) Rules ( 7 ) tips tricks ( 15 ) TSC ( 64 ) update ( 2 ) videos ( 6 ) WORLD ( 11 )

Topsewa

CSC

Translate

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

विविधता व्यवस्थापन ।

–          बालानन्द पौडेल ( १) विविधता व्यवस्थापन के हो ? कुनै पनि संस्थाको उद्देश्य प्राप्तीको लागि आवश्यक विविधतायुक्त ज्ञान , शिप , मनो...

Popular Posts

Popular Posts