Saturday, December 21, 2019

नायब सुब्बा २०७५ मा साेधिएका सामान्य ज्ञान तथा आईक्युहरू उत्तर सहित ।




 Source:Gokarna Pra Uphaddhye
2076-09-05




Tuesday, December 10, 2019

तेहौँ दक्षिण एशियाली खेलकुद सम्बन्धी जानकारी ।
२०७६-०८-२४

Tuesday, November 12, 2019

केही नविनतम जानकारी समेटिएकाे छ ।

प्रकाशित : मिति२०७६-०७-२६

Tuesday, October 15, 2019

महत्वपुर्ण जानकारी समसामयिक २०७६ का केहीघटना हरू समाविष्ट खुराक ।


Tuesday, September 24, 2019

फिफा द बेस्ट अवार्ड २०१९
•उत्कृष्ट पुरुष खेलाडी ⇨लियोनल मेस्सी(अर्जेन्टिना/ बार्सिलोना)( सबैभन्दा धेरै ६ पटक)
•उत्कृष्ट महिला खेलाडी ⇨मेगन रापिनोइ(अमेरिका र रिजन Fc)
•उत्कृष्ट पुरुष गोलकिपर ⇨अलिसन  बेकर(ब्राजिल/लिभरपुल)
•उत्कृष्ट महिला गोलकिपर ⇨सरि भभेनेनडाल(नेदरल्याण्ड)
•उत्कृष्ट पुरुष प्रशिक्षक ⇨जुर्गेन क्लोप(लिभरपुल)
•उत्कृष्ट महिला प्रशिक्षक ⇨जिल इलिस( अमेरिका)
•फिफा पुस्कास अवार्ड ⇨डेनियल जोसोरि( हङ्गेरी)
•फिफा फ्यान अवार्ड ⇨सिल्भिया ग्रेक्को
•फिफा फेयर प्ले अवार्ड ⇨मार्सेलो बाइल्सा र द लिड्स युनाइटेड

Friday, August 2, 2019

रोमन म्यागासेस पुरस्कार २०१९ विजेता :-🌷
१. रविश कुमार --------------------- भारत
२. को स्वे विन ----------------------- म्यानमार
३. अंगरखान निलापाईजित ------ थाईल्यान्ड
४. रेमुन्डो पुजान्ते---------------- फिलिपिन्स
५. किम जोङ- कि ----------------- द. कोरिया 

Thursday, July 11, 2019


१.सर्वप्रथम १५ मिनेट अगाढी परीक्षार्थीहरुलाई उत्तरपुुस्तिका दिईने हुुँदा सो उत्तरपुस्तिकामा आफ्नो नाम , रो नं., विज्ञापन नम्वर , कुन कुन समावेशी समुहमा दरखास्त दिईएको हो सो कुुराहरु स्पष्ट रुपमा लेख्नुुपर्छ । 

२. प्रश्नपत्र हातमा परीसकेपछि प्रश्नपत्रका पाना पुुरा छन् छैनन् एकिन गर्ने , साथै प्रश्नपत्रमा कुन कि उल्लेख गरीएको छ सो उत्तरपुस्तिकामा लेख्ने अर्थात् प्रश्नपत्रमा ( A) , ( B) , ( C ) वा ( D ) मध्ये कुुन हो सो आफ्नो उत्तरपुुस्तिकामा उल्लेख गर्ने अन्यथा उत्तरपुुस्तिकामा कि उल्लेख नगरेमा उत्तरपुुस्तिका स्वतः रद्ध हुुन्छ । 
३.बस्तुुगत बहुकैल्पिक प्रश्नमा गलत उत्तर दिईएमा २० प्रतिशत अङ्क कट्टी गरीने हुुँदा नजानेको प्रश्नको उत्तर अन्दाजको भरमा नदिदा राम्रो मानिन्छ किनकी लोकसेवा आयोगको तिव्र प्रतिष्प्रधा हुुने परीक्षामा ०.१ अङ्क पनि अत्यन्तै महत्वपुुर्ण छ । साथै उत्तर केरमेट गरेमा , सच्याएमा , पेन्सिलले लेखेमा सो उत्तर गलत भएको मानिने हुँदा अत्यन्त सावधानीपुर्वक र होसियारीपुर्वक उत्तर दिनुुपर्छ । 

४.विषगत प्रश्नहरुलाई छोटो र लामो गरी दुुई भागमा विभाजन गरीएको छ । साथै सो परीक्षामा तिनवटा खण्डहरु समावेश गरीएको हुुन्छ । प्रत्येक खण्डको उत्तर सम्वन्धित खण्डमा नै दिनुुपर्छ अर्थात् A खण्डमा सोधिएको प्रश्नको उत्तर उत्तरपुुस्तिकाको A खण्डमा नै दिनुुपर्छ अन्यथा अर्को खण्डमा लेखेमा सो उत्तर स्वतः रद्ध हुुन्छ अर्थात त्यसको अङ्क प्राप्त हुुँदैन । ५ अङ्कको प्रश्नको जवाफ दिदा सटिक तथा तथ्यपुुर्ण रुपमा दिनुु उत्तम मानिन्छ । १० अङ्कको प्रश्नको जवाफ दिदा पहिलो खण्डमा प्रश्नसँग सम्वन्धित विषयवस्तुको परीचय , दोस्रो खण्डमा प्रश्नको मुुख्य विषयवस्तुु र तेस्रो खण्डमा निष्कर्ष लेख्नुु राम्रो मानिन्छ । उत्तर दिदा सकभर बुुँदागत रुपमा दिनुु राम्रो मानिन्छ । 

५. माथिका कुुराहरुलाई मध्यनजर गरी परीक्षामा उत्तर प्रस्तुुत गर्न सकिएमा अवश्य पनि सफलता प्राप्त गर्न सकिनेछ भन्ने कुुरालाई नकार्न सकिदैन यद्यपि परीक्षामा सफलता प्राप्त गर्नका लागि विषयवस्तुुको गहन अध्यन , मेहनेत , र आत्मविश्वास तीनवटा महत्वपुुर्ण पक्षहरु हुुन् । 
६. अन्त्यमा मिति २०७६/०४/०३र ०४गते हुने स्थानिय तहकाे परीक्षामा सहभागि हुन लाग्नु भएका सम्पुुर्ण साथिहरुमा परीक्षाको सफलताको लागि धेरै धेरै शुुभ कामना । धन्यवाद । 

Thursday, July 4, 2019



शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन
राज्यको शक्तिलाई व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा विभाजित गरी ती अंगबाट तोकिएको कार्य सञ्चालन गर्ने अवधारणालाई शक्ति पृथकीकरण भनिन्छ । राजनीतिशास्त्रका गुरु मानिने ग्रीक दार्शनिक अरस्तु (ईपू ३८४-३२२) ले राज्यका अंग र कामको बाँडफाँटको बारेमा केही आधारभूत विषय उल्लेख गरेको भए पनि यसको आधुनिक व्याख्या र विश्लेषण फ्रान्सेली दार्शनिक मन्टेस्क्यु (सन् १६८९-१७५५) ले गरेका हुन् ।


विधायिकी शक्ति र कार्यपालिकी शक्ति एकै ठाउँमा भए तानाशाही कानुन बन्ने र सोहीअनुरूप लागू भई वैयक्तिक स्वतन्त्रता समाप्त हुने खतरा हुन्छ । यस्तै न्यायपालिकाको कार्य विधायिकाबाट अलग नगरे जीवन र स्वतन्त्रतामाथि स्वेच्छाचारी नियन्त्रण हुने र न्यायाधीशले दमनपूर्ण र हिंसात्मक व्यवहार गर्न सक्ने सम्भावना हुन्छ । व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाको तीनवटै शक्ति एकै ठाउँ भए कानुनी राज्य नै समाप्त हुन्छ भन्ने मन्टेस्क्युको मत छ । पछिल्लो समय यो मान्यताले विश्वव्यापी ठाउँ लियो र आधुनिक राज्य व्यवस्था शक्ति पृथकीकरणको अवधारणाबमोजिम सञ्चालन हुन थाल्यो ।

राज्यको स्थापना र सञ्चालन मानव सभ्यताको अभिन्न अंग हो । मानव सभ्यताको विकाससँगै मानिसका आवश्यकता, चाहना परिपूर्तिको लागि लोककल्याणकारी राज्यको अवधारणाको विकास भएको हो । मानिस सभ्य हुँदै गएपछि शासन व्यवस्था व्यवस्थित रूपले सञ्चालन गर्न कानुनको आवश्यकता महसुस गरियो । कानुन त बन्यो, तर शासकको इच्छाबमोजिमको कानुन बन्न थाल्यो । शासकले आफ्नो स्वार्थअनुरूपको कानुन बनाउने र सदैव आफूलाई सर्वव्यापी ठान्ने गर्दा शक्तिको व्यापक दुरुपयोग हुन थाल्यो । शासकबाट शक्तिको कतिसम्म दुरुपयोग भयो भने फ्रान्सका लुई चोधौं जस्ता शासकले 'म नै राज्य हुँ' भन्नेसम्मको उद्घोष गरे । यस्ता घटनाले गर्दा शासकमा पनि कानुनद्वारा अंकुश लगाउनुपर्ने र अधिकार पनि विभिन्न ठाउँमा बाँडफाँट हुनुपर्ने महसुस भयो।

शासकहरूबाट अत्याचार बढ्दै गएपछि नागरिकहरू संघर्षमा उत्रिए । परिणामतः कानुनभन्दा माथि कोही छैन र कानुनको पालना सबैले गर्नुपर्छ भन्ने अवधारणाको विकास भयो । शक्तिको प्रकृति, बाँडफाँट र प्रयोग सम्बन्धमा व्यापक बहस भयो । जोन लक, रुसो जस्ता दार्शनिकहरूले यो बहसमा महत्वपूर्ण इँट थपे । कानुन निर्माण गर्ने अंग, कानुनलाई लागू गराउने अंग र कानुनको व्याख्या गर्ने तथा कानुनको उल्लंघन रोक्ने अंगलाई क्रमशः व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई पृथक रूपमा संगठित गरी शक्तिको बाँडफाँट गर्ने काम भयो ।

"विधायिकाले जनमतको नाममा, सरकारले शक्तिको नाममा र न्यायपालिकाले कानुनको व्याख्याताको नाममा अराजक र निरंकुश बन्न मिल्दैन । सबैले संवैधानिक सीमाभित्र रहनुपर्छ ।"

राज्यका तीन अंगहरू कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका एकअर्कामा पूर्ण स्वतन्त्र हुनुपर्छ, तर स्वतन्त्रताको अर्थ बेलगाम स्वतन्त्रता भने होइन । एकले अर्कोलाई सन्तुलन र नियन्त्रणमा राख्नुपर्छ । विधायिकी, कार्यकारिणी र न्यायिक शक्ति एउटै व्यक्ति वा निकायमा प्रदान गरियो वा शक्ति पृथकीकरण भए पनि नियन्त्रण र सन्तुलनबिना बेलगाम छोडियो भने त्यहाँ जतिसुकै असल व्यक्तिहरू भए पनि निरंकुश र अराजक बन्छ । शक्ति भन्ने कुरा यति बैगुनी छ कि यसले मानिसलाई कठोर, अनैतिक, भ्रष्टाचार र निरंकुशतातर्फ डोर्‍याउँछ ।

आधुनिक युगमा शक्ति पृथकीकरणको अर्थ निरपेक्ष शक्ति बाँडफाँट मात्र होइन । शक्ति पृथकीकरणको वास्तविक अर्थ र मर्म बाँडफाँट, नियन्त्रण र सन्तुलन हो । यस अर्थमा शक्ति नियन्त्रण र सन्तुलनको जननी शक्ति पृथकीकरण नै हो । राज्यका अंगहरूको सक्षमता र कार्यकुशलता बढाउन हरेक अंगलाई स्वतन्त्र रहन दिन जति आवश्यक छ, भ्रष्ट र निरंकुश हुनबाट रोक्न नियन्त्रण र सन्तुलन कायम गर्न पनि त्यत्तिकै आवश्यक छ । यही आवश्यकताको महसुस भएपछि पछिल्लो समय शक्ति पृथकीकरणको मात्र नभएर शक्ति सन्तुलन र नियन्त्रणको अवधारणा आएको हो ।

राज्यका अंगहरूबीच सुमधुर सम्बन्ध कायम गर्न पनि सन्तुलन र नियन्त्रण आवश्यक छ । राज्यका अंगहरू एकअर्काबीच सहकार्य, सहसम्बन्ध र अन्तरसम्बन्धित हुने अवस्था नै नियन्त्रण र सन्तुलन हो । शक्ति पृथकीकरण लोकतन्त्रको आधार पनि हो । तर आजको युगमा लोकतन्त्रको सही प्रयोगको लागि शक्ति पृथकीकरण भएर मात्र पुग्दैन, सही रूपमा सन्तुलन पनि हुनु आवश्यक छ । सन्तुलन हुन नियन्त्रण चाहिन्छ, तर यस्तो नियन्त्रण प्रत्यक्ष नभएर छायात्मक हुनुपर्छ ।

नेपालको संविधानमा शक्ति पृथकीकरणको व्यवस्था संविधानमै छ । एक अंगको कार्य कुनै न कुनै रूपमा अर्काे अंगसँग अन्तरसम्बन्धित गराएर नियन्त्रण र सन्तुलन कायम हुनुपर्ने मनसाय संविधानको देखिन्छ । प्रधानमन्त्री र मन्त्रीहरू व्यवस्थापिकाप्रति उत्तरदायी हुनुपर्छ । कार्यपालिकाले संसद्मा बहुमतसिद्ध गर्नुपर्छ । सरकारविरुद्ध संसद्मा अविश्वास प्रस्ताव आउन सक्छ । सरकारले गरेका सन्धिसम्झौताको अनुमोदन संसद्ले गर्दछ । संसद्मा उठेका विषयमा प्रधानमन्त्री र मन्त्रीले जवाफ दिनुपर्छ । सरकारको कामको निगरानी र लेखासमेतको अनुगमन संसद्का विभिन्न समितिहरूले गर्दछन् । सरकारले विधेयकहरू मस्यौदा गरी पारित गर्न संसद्मा पेस गर्दछ । अध्यादेश जारी गर्ने, बाधा-अड्काउ फुकाउने, संकटकाल लगाउने जस्ता काम कार्यपालिकाले गर्ने भए पनि यसको अनुमोदन व्यवस्थापिकाबाट गराउनुपर्छ ।

न्यायपालिकामा संवैधानिक परिषद्को सिफारिसमा न्यायाधीश नियुक्ति हुन्छन् । नियुक्तिमा कार्यपालिका प्रमुख प्रधानमन्त्रीको महत्वपूर्ण भूमिका रहन्छ । न्यायपरिषद्मा कानुनमन्त्री सदस्य रहने व्यवस्था छ । यस्तै सरकारले असंवैधानिक निर्णय गर्‍यो भने त्यसको बदर अदालतले गर्छ । कार्यपालिकाले अदालतको निर्णय मान्नुपर्छ । कानुनको सिद्धान्तको प्रतिपादन र नजिरको स्थापना अदालतले गर्छ । सरकारद्वारा कानुनको प्रतिकूल प्रयोग भएमा बन्दी प्रत्यक्षीकरणलगायतका निर्णय अदालतले गर्छ । संसद्ले न्यायाधीशमाथि महाआभियोग लगाउन सक्छ भने संसद्ले बनाएको असंवैधानिक कानुन अदालतले खारेज गर्न सक्छ । अदालतमा विचाराधीन मुद्दा संसद्मा छलफलको विषय हुँदैन । यसरी एक अंगको कार्य अर्कोसँग अन्तरसम्बन्धित मात्र छैन, एकले अर्कोलाई सन्तुलनमा राख्न सक्ने अप्रत्यक्ष व्यवस्था संविधानमा देखिन्छ ।

संविधान र कानुनमा स्पष्ट रूपमा तीनवटै अंगको क्षेत्राधिकार स्पष्ट हुँदाहुँदै पनि यदाकदा समस्या देखिन्छन् । पछिल्लो समय प्रधानन्यायाधीशमाथि व्यवस्थापिका-संसद्मा दर्ता भएको महाभियोग प्रस्ताव र महाभियोगमाथि अदालतले दिएको आदेश यस्तै एउटा अनपेक्षित समस्याको उदाहरण हो । कसैले पनि कसैको पनि क्षेत्राधिकारमा हस्तक्षेप गर्नु हुँदैन । आफ्नो शक्ति प्रयोग गर्दा स्वतन्त्र रूपमा काम गर्न पाउनुपर्छ भन्ने जति महत्वपूर्ण छ, शक्तिको आडमा स्वच्छन्द हुन नहुने कुरा पनि त्यत्ति नै महत्वपूर्ण छ । तर राज्यका सबै अंग र त्यसका पदाधिकारीले सधैं बुझ्नपर्ने के हो भने नियन्त्रण र हस्तक्षेप एउटै विषय होइनन् ।

एउटाले अर्कोको कार्यमाथि नियन्त्रण गर्दा स्वतन्तामाथि हस्तक्षेप हुन्छ भन्ने बुझाइ नै गलत बुझाइ हो । यो नै अहिलेको मूल समस्या हो । एउटाले अर्कोमाथि नियन्त्रण राख्नु हस्तक्षेप होइन, सन्तुलन मात्र हो । तर नियन्त्रण र सन्तुलन कायम गर्न एकअर्काबीच दूरी बढाउने होइन, बरु समन्वय, समझदारी र आपसी सहयोग आवश्यक हुन्छ । जब राज्यका अंगहरूबीच दूरी बढ्छ, तब नियन्त्रणमा पनि हस्तक्षेप देखिन थाल्छ ।

शक्ति पृथकीकरणको सिद्धान्तबमोजिम संरचना बनाई शक्तिको बाँडफाँट नेपालको वर्तमान संविधानमा स्पष्ट छ । तर राज्यका अंगहरूको अन्तरसम्बन्ध संविधान, कानुन र राजनीतिक पद्धतिमा निर्भर भए पनि कतिपय विषय सिद्धान्तबमोजिम नभएर व्यक्तिको व्यवहारमा पनि भर पर्छ । विधायिकाले जनमतको नाममा, सरकारले शक्तिको नाममा र न्यायपालिकाले कानुनको व्याख्याताको नाममा अराजक र निरंकुश बन्न मिल्दैन । सबैले संवैधानिक सीमाभित्र रहनुपर्छ । राज्यका अंग आफैंमा सक्रिय हुँदैनन्, त्यसलाई सक्रिय गराउने त त्यसको नेतृत्वले हो । नेतृत्वले अलि उदार भएर सोच्ने हो भने समस्याको समाधान हामीसँगै छ । नियन्त्रण र सन्तुलनलाई हस्तक्षेप नबुझौं, नियन्त्रण र सन्तुलनको नाममा हस्तक्षेप पनि नगरौं । यही नै समस्याको समाधान हाे 
@
डा:टिकाराम पाेख्रेल 
अन्नपूर्ण पाेष्टबाट साभार

Tuesday, June 25, 2019

A.फाईलिङ के हो ?

 
  • कार्यालयमा भएका विभिन्न प्रकारका अभिलेखहरुलाई व्यवस्थित तवरले मिलएर राख्‍नेप्रक्रिया,
  • कार्यालयमा प्राप्त हुन आएका वा कार्यालयबाट उठान भै अन्य कार्यालयमा चलानी भई गएका विभिन्न कागज पत्रहरु,प्रलेखहरु(Documents) भविश्यमा आवश्यक पर्दा सजिलैसित, तुरून्त प्राप्त गर्न क्रमवद्ध एवं सुरक्षित रुपले राखिने प्रक्रिया,
  • Filing is the preserving of letters papers and documents so that they can readily be found  when required. - M.C. Shukla
  • It is the process of so arranging and storing original records and copies of them that they can be readily located when required.


B.फाईलिङको उद्देश्य
        अभिलेखको सुरक्षा गर्न (Safety of Documents)                
        काममा छरितोपन ल्याउन (Rapidity in work)
        भविश्यमा प्रमाण पेश गर्न (Provide Evidence)                
         सूचना दिन/लिन (Give & Take Information)
        कार्यालय व्यबस्थापन गर्न (Manage Office)               
        कार्यकक्ष आकर्षक बनाउन (Attractive workplace)
 

C.असल फाईलिङमा हुनुपर्ने विषेशताहरु
) सुरक्षा (Safety)                                                        
) शीघ्रता (Rapidness)
) लचकता (Flexibility)                                              
)  सरलता (Simplicity)
) मितव्ययी (Economic)                                          
) उपयुक्तता (Suitability)
) सहजै पाईने (Accessibility)               
) वर्गीकरण (Classification)
) अनुक्रमिका (Indexing)
D.फाइलिङका चरणहरु(Steps)
. संकलन (Collection)                       
. छानविन (Selection)
. कोडिङ (Coding)                          
. मिलान (Arrangement)
. भण्डारण/फाईलिङ (Storing/Filing)

Thursday, April 4, 2019

बिभिन्न वंशका प्रथम र अन्तिम राजाहरु : 

नेपालका पहिला राजा : धर्माकर/भुक्तमान 

नेपालका पहिलो प्रमाणिक राजा : मानदेव 

(१)गोपाल वंश 
प्रथम राजा    :   भुमिगुप्त(भुक्तमान)  
अन्तिम राजा :   जितगुप्त 

(२)आभिरवंश    
प्रथम राजा  :    बरसिंह      
अन्तिम राजा :  भुवनसिंह 

(३)किंरातवंश   
प्रथम राजा :      यलम्बर        
अन्तिम राजा :    गस्ती

(४)लिच्छविकाल  
प्रथम राजा :     जयदेव प्रथम      
अन्तिम राजा :   जयकामदेव (जयदेव द्वितिय समेत भनिने ) 

(५)मल्ल       
प्रथम राजा    :      अरि मल्ल      
अन्तिम राजा :       यक्ष मल्ल 
(उपत्यकाको राज्य विभाजन भएको सन्दर्भमा उपत्यकाका अन्तिम मल्ल राजा यक्ष मल्ल) 

(६)कान्तिपुर        रत्न मल्ल      जयप्रकाश मल्ल 

(७)ललितपुर          रण मल्ल       तेजनरसिंह मल

(८)भक्तपुर            राय मल्ल       रणजित मल्ल 

(९)खस राज्य           नागराज         अभय मल्ल 

(१०)सिम्रौनगढ(कर्णाटवंश) नान्यदेव  हरसिंह देव 

(११)पाल्पा            रुद्र सेन         पृथ्वीपाल सेन 

(१२)जुम्ला           बलिराज        सुर्यमान शाह 

(१३)अछाम          देवचन्द्र         योगेन्द्र शाह 

(१४)जाजरकोट    जक्ति सिंह     स्वयंप्रकाश शाह

(१५)डोटी            निरयपाल      पहाडी शाही II 

(१६)बझाङ         शक्ती सिंह    दिपक जंगबहादुर         सिंह 

(१७)गोरखा        द्रब्य शाह      पृथ्वीनारायण शाह 

(१८)ठकुरीवंश    भाष्कर देव    शंकर देव 

(१९)सोमवंश       निमिस        भाष्कर बर्मा 

(२०)सुर्यवंश        भुमी बर्मा     बिजयकामदेव 

(२१)गजुलकोट(रोल्पा) तुथा सिंह   गजिन्द्रपालसिंह 

(२२)पैयुँ राज्य    रामसिंह सेन      अकबर सेन 

(२३)मकवानपुर    लोहाङ सेन     दिग्बन्धन सेन 

(२४)सल्यान       मामु            शमसेरबहादुर शाह 

(२५)शाहवंश  कुलमण्डन शाह(खाँ)     ज्ञानेन्द्र शाह 

स्राेतः कमलप्रसाद भण्डारी

Saturday, March 9, 2019

$$$$नायब सुब्बा 2075/11/25 प्रथम पत्र$$$$
1)WWF को स्थापना कहिले भयो
👉1961
2)Golden planet कुन ग्रह हो
👉शनि
3)कल्पशुत्रका लेखक
👉भद्रबाहु
4)खड्गनिसाना छापको स्थापना कसले गरे
👉चन्द्रशमसेर
5)BIMSTEC का सहयोग क्षेत्र कति छन
👉16
6)अमेरिकी स्वतन्त्र संग्राम कसले तयार पारेका थिय
👉थोमस जेफरसन
7)तिन महादेशको बिचमा पर्ने सागर कुन हो
👉लालसागर
8)UNO को बिशिस्टकृत संस्था कुन हैन
👉WTO
9)CTBT मा हस्ताक्षर गर्ने को हुन
👉प्रकास चन्द्र लोहोनी
10)आ ब 2073/74 को GDP मा कृषिको योगदान कति
 👉28.8%
11)मेवाखोलाको झरना कहा पर्दछ
👉ताप्लेजुंग
12)सतारहरू कुन भाषा परिवार बोल्छन
👉आग्नेय
13)बिधुतका पिता भनेर कसलाई भनिन्छ
👉माईकल फाराडे
14)आसियानको संस्थापक राष्ट कुन हैन
 👉भेतनाम
15)चौधौ योजनाको अन्त्यसम्म बिधुत उत्पादन जडित क्षमता कति पुराउने लक्ष्य छ
👉2301MW

16)जोडा मिलाउदा
-लोपोन्मुख राजी
-अतिसिमान्तकृत चेपांग
-सिमान्तकृत धिमाल
-सुबिधा बच्चित जिरेल
17)जोडा मिलाउदा
-बिश्वसान्ति सुचांक 84
-खुसि सुचांक 101
-आर्थिक स्वतन्त्रता सुचांक 102
-बिजनेस रिपोर्ट 105
18)अन्टार्टिका महादेशको लामो नदि कुन हो
👉ल्याबर्ट ग्लिसेरोल
19)सबिधान सभाको पहिलो बैठक -2065/2/15
-अन्तरिम सबिधान जारी 2063/9/1
 👉️दुबै ठिक
20)ओजन तहको क्षयरिकरण नाप्ने एकाई कुन हो
 👉डब्सन
 21)भञ्ज्याग जोडा मिलाउदा
-नाम्जा मुगु
-टिकंर दार्चुला
-किमांथाग सखुवासभा
-चाबुक ताप्लेजुंग
22)जोडा मिलाउदा
-मदर टेरेसा अल्बानिया
-सिग्मड फ्रायड अष्टिया
-कालमाक्स जर्मन
-सुकरात ग्रिस
23)नेपालको बैदेशिक निती
धारा 51 महालेखा परिक्षकको काम कर्तब्य अधिकार 241
 👉दुबै ठिक अरू गलत
24) जोडा मिलाउदा
-प्रिटिंग प्रेस गुटेन बर्ग
-राडर रोबर्ट वाट्सन
25)जोडा मिलाउदा
-फलाम गहु
-चिल्लो पदार्थ भटमास
-क्यालसियम बन्दागोबि
-आयोडिन नुन
26)2075/76 को बजेट मा रू 845 अर्ब रूपया चालुखर्चमा बिनियोजित र रू 831 अर्ब रकम राजस्व संकलन गर्ने लक्ष्य छ 👉दुबै ठिक
27)मुन्डक मुन्डक्थ र प्रस्न उपनिषद कुन बेद संग सम्बन्धित छ 👉अर्थनबेद
28)जोडा मिलाउदा
-समसितोष्ण सदाबाहार कोणधारी बन 2500m
- शितमरूभुमि बन 5500m
-समसितोष्ण पतझर बन 1500m
-लेकाली बन 4500m
29)उत्तर अमेरिकाको रकि पर्बतमाला बाट निस्कने नदिहरू कुन कुन हुन
👉माथिका सबै
30)बंगालको खाडिको कुन सामुन्द्रिक बायुको कारण नेपालमा २०७५ मा जाडो बडेको थियो
👉फेथाई 

Friday, March 1, 2019

सूचना तथा सञ्चार सङ सम्बन्धित केही मितिहरु स्थापना एवम् सुरुवात
######################################
(बि.स.)
१९३५ -------हुलाकको स्थापना
१९५५ -------प्रहिलो पत्रीका सुधासागरको प्रकाशन
१९५८ ------गोरखापत्रको प्रकाशन ( देवशमशेर)
१९७० ------नेपालमा टेलीफोनको सुरुवात
१९९२ ------स्थानिय टेलीफोनको सुरुवात
२००७ ------ रेडियो नेपालको स्थापना
२०२८ ------ पहिलो पटक कम्प्युटरको प्रयोग Computer Model IBM 1401
२०३२ -------दुरसञचार संस्थानको स्थापना
२०४२------- नेपालमा STD को सुरुवात
२०४१-------- नेपाली टेलिभिजनको स्थापना (प्रसारण सुरुवात : २०४२/१०/१७)
२०४४-------- नेपालमा ISTD को सुरुवात
२०५७-------- नेपालमा सूचना प्रविधी निती लागू
२०५८ ------नेपाल टेलिभिजन भु-सुचनामा आबद्ध
२०५९ ------- नेपालमा WiMax को सुरुवात
२०७३------नेपाल टेलिकमको 4G सेवा सुरु ( सन २०१७ जनवरी १ बाट)
======================================
 ( सनमा )
1972 ----- नेपालमा टेलेक्सको सुरुवात
1976------ Apple computer को निर्माण
1983 ----- सगरमाथामा भु-उपग्रहको स्थापना
1988----अन्तरास्ट्रिय गेटवे एक्सचेञ्जको स्थापना
1994----- Internet सेवको सुरुवात
1997------ WiFi को सुरुवात
1999 ------ मोबाइल फोनको सुरुवात
2010 ------- DTH को सुरुवात
1988------- Google को स्थापना June 28
2003------- Skype को स्थापना August
2004------ Facebook को स्थापना february 4
2005------ Youtube को स्थापना february 14
2006------ Twitter को स्थापना March 21 ==============================

Monday, February 11, 2019

नायव सुब्बालाई आज सोधेका सम्पुर्ण G. K प्रश्न र उत्तर..!!
🌏️🌏️🌏️🌏️🌏️🌏️🌏️🌏️🌏️🌏️
1. जिरो ईनर्जी हाउस कहा छ??
- ललितपुर (पुल्चोक)

2. SEZ कुन जिल्लामा सन्चालनमा छ??
- रुपन्देही

3. द म्यान वुकर पुरस्कार 2017 कसलाई प्रदान गरियो??
- जर्ज सान्डर्स

4. आसियन राष्ट्रहरुमा प्रतिव्यक्ती आए सवैभन्दा कम भएको राष्ट्र कुन हो??
- म्यानमार

5. Carnauba Wax उत्पादन हुने देश कुन हो??
- ब्राजिल

6. लुम्वीनी कहिले विश्व सम्पदा सुचिमा सुचिकृत भएको हो??
- सन 1997

7. सप्तकोषी नदिको वार्षिक बहाव क्षमता कति रहेको छ??
-1564 घन मीटर

8. भुगोलको ईतिहासमा कुन शताव्दीलाई "नया खोजको युग" भनि चिनिन्छ??
- 18 औ शताव्दी

9. विश्व सम्पदा दिवस 2017 को विषय(Theme) के हो??
- सास्कृतिक सम्पदा र दिगो पर्यटन

10. अन्तिम आदेश (last order) कसको कृती हो??
- Graham Swift

11. भारत सरकारले कुन दिन छोरी दिवशको रुपमा मनायो??
- 2016 अगस्त 11

12. एक अर्कोको एेनामा देखिने प्रतिविम्व(Mirror Image) हुने आकार भएका महादेशहरु कुन कुन हुन??
- अफ्रिका र दक्षिण अमेरिका

13. सुर्यवाट विभिन्न ग्रहहरुको दुरीको आधारमा नजिक देखि टाढा क्रमश कुन मिल्दछ??
- पृथ्वी, मंगल, बृहस्पती, शनि, अरुण, वरुण

14. तलको कुन भनाई सहि छ??
1. ईसिमोडले समेट्ने हिंदकुश क्षेत्रमा नेपाल पर्दैन
2. नेपालले रामसार सन्धीमा सन 1987 मा हस्ताक्षर गरेको हो
3.क्योटो घोषणापत्र सन 1998 मा पारित भएको हो
- 2 मात्र ठिक

15. सहि जोडा..!!
माईकल फाराडे ⇨विद्युत विच्छेदनको सिद्धान्त
चाल्र्स डार्विन ⇨विकासवादको सिद्धान्त
अल्वट आईन्स्टाईन ⇨सापेक्षतावादको सिद्धान्त
आईज्याक न्युटन ⇨गुरुत्वकर्षणको सिद्धान्त

16. जीव बिकासमा वातावरणको प्रभाव धेरै महत्त्वपूर्ण छ, यो भनाई कसको हो ?
-लेमार्क

17. निम्न कथन बिचार गर्नुहोस ?
1.बाँज र फ्लाट बनस्पती समशितोष्ण पतझर जंगलमा पाइन्छ
2. चिलाउने कटुसको बनस्पती समशितोष्ण सदाबहार जंगलमा पाइन्छ
3. काई र लेउ समशितोष्ण सदाबहार कोणधारी जंगलमा पाइन्छ
- 1 र 2 ठिक

18. विश्व दिगो विकासको 12 औ लक्ष्य कुन हो??
- दिगो उत्पादन र उपभोग को ढाँचा सुनिश्चित गर्ने

19. झरना र अवस्थित जिल्ला मध्ये नमिल्ने जोडा कुन हो?
1. छरछरे ⇨ पाल्पा
2. सुलिगाड ⇨ डोल्पा
3. ओडारी ⇨ मुगु
4. जोरपानी ⇨ डोटी
- 3 गलत

20. निम्न धर्मवारे विचार गर्नुस..!!
1. जैन धर्मको विरोध मुर्तिपुजा हो
2. शिख धर्मको विरोध गृहस्थी छाडेर जंगलमा तपस्या गर्ने हो
3. वोन धर्मको विकास भारतमा भएको हो
- 1 र 2 सहि

21. जोडा मिलाउनुहोस (सहि जोडा)..!!
नेपाल IUCN को सदस्य ⇨सन 1973
ग्रीन पिसको स्थापना ⇨सन 1971
UNEP को स्थापना ⇨सन 1972

22. जोडा मिलाउनुहोस (सहि जोडा)..!!
कुमाल ⇨माटे ढुकुर
सतार ⇨जुरि
थामि ⇨चालिङ
मुसहर ⇨झर्को

23. नेपाली ईतिहासका घटनाहरु सहि काल क्रम अनुसार मिलाउनुहोस..!!
A. नेपाल संयुक्त राष्टसंघको सदस्य भएको
B. नेपालमा पहिलो जनगणना भएको
C. नेपालमा कागजी नोटको प्रकाशन
-- B, C, A

24.तलका रोगहरु के कारणले लाग्छ बिचार गर्नुहोस ?(सहि जोडा)
दादुरा ⇨भाइरस
दाद ⇨ फन्जाई
मलेरिया ⇨प्रोटोजोवा
कुष्ठरोग ⇨ब्याक्टेरिया

25. अन्तराष्ट्रिय अधिकार पत्रले के के विषय समेट्छ??
1. मानव अधिकार को घोषणा पत्र
2. अार्थिक, सामाजिक, सांस्कृतिक सम्वन्धी अन्तराष्ट्रिय प्रतिज्ञापत्र
3.नागरिक एवम राजनिती सम्वन्धी अन्तराष्ट्रिय प्रतिज्ञापत्र
-- 1,2,3 सवै

26.निम्न लिखित कथनहरु बारे बिचार गर्नुहोस ?
1. संसारको पहिलो मानव मुटु प्रत्यारोपण कृस्टियन बनार्ड द्वारा गरिएको थियो ।
2. अग्सिजनको उच्च आंशिक चापको कारणले उच्च उचाईमा उच्च बिरामी हुन्छ ।
-- 1 मात्र ठिक

27. विश्व आर्थिक मन्च द्वारा प्रकासित यात्रा र पर्यटन प्रतिस्पर्धात्मक सुचकांक 2017 अनुसार बिस्वभरका 136 अर्थ ब्यावस्थामा नेपाल कति औ स्थानमा छ ?
----103 स्थानमा

28. चित्राक्षर लिपीको विकास कुन सभ्यताबाट भएको हो??
- सिन्ध घाँटीको सभ्यता

29. वौद्धिक दर्शनको 6 पद्धतीमध्ये सबैभन्दा पुरानो दर्शन कुन हो??
-- साङ्ख्य

30. तलका भनाई विचार गर्नुहोस..!!
1. नेपाली वास्तुकलामा पशुपतीनाथको मन्दिर प्यागोडा शैलिको एक उत्तम उदाहरण हो
2. मगर भाषा भारोपेली भाषा परिवार अन्तर्गत नपर्ने भाषा हो
3. दमाहा पन्चेवाजामा पर्दैन
4. घाटु नाच र तर्वारे नाच क्रमश गुरुङ्ग र गन्धर्व समुदायमा प्रचलित छन
--- 3 मात्र

शाखा अधिकृत 2075 मा सोधिएका GK प्रश्नउत्तर !!
▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩

१. The metaphysics कसको कृति हो?
उत्तर:- एरिस्टोटल

२. डाक्टर देखि डराउने रोग लाई के भनिन्छ?
उत्तर:- Iatrophobia

३. विश्व चर्पी दिवस 2018 को नारा के थियो?
उत्तर:- हाम्रो चर्पी प्राकृतिक आवश्यकता (When nature calls)

४. ट्रहोटे पर्व कुन जातिले मनाउछन?
उत्तर:-गुरुङ

५. भारत पछि सार्क मुलुक सङ नेपालको  दौत्य सम्बन्ध कायम भएको पहिलो मुलुक कुन हो?
उत्तर:- श्रीलंका(१९५७ जुलाइ १)

६. अन्तरास्ट्रिय न्यायलय मा कति जना न्यायाधीश हुन्छन ?
उत्तर:- १५ जना

७. नेपाल को क्षेत्रफल कति बर्गमाइल छ?
उत्तर:- ५६८२७ बर्ग माइल

८. तलका मध्य कुन कथन सहि छ?
 a)कोपा अमेरिका फुटबल कप २०१६ चिली ले जित्यो।
 b) कोपा अमेरिका फुटबल कप २०१९ ब्राजिल मा हुँदै छ ।
उत्तर:- दुबै सहि

९) युरोप को बिरामी भनेर कुन देश लाई चिनिन्छ?
उत्तर:- टर्की

१०. नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको स्थापना कहिले भयो?
उत्तर:- २०३९ असोज ११

११. ब्राजिलका राष्ट्रपति बोल्सेनारो कुन पार्टीका हुन? उत्तर:- social liberal party

१२. विशेष आर्थिक क्षेत्र स्थापना भएको शहर तलका मध्य कुन हो?
उत्तर:- भैरहवा

१३. लुम्बिनी बिकास  गुरुयोजना का डिजाइनर को हुन?
उत्तर:- केन्जो टागे

१४. ICIMOD मा नपर्ने  रास्ट्र तलका मध्य  कुन हो?
उत्तर:- थाइल्यान्ड
(ICIMOD मा पर्ने देशहरु:- Bangladesh, India, Myanmar, Afganistan, Nepal, Pakistan, China, Bhutan)

१५. यलम्बर कुन बंश का पहिलो राजा हुन?
उत्तर:- किरात

१६. संयुक्त राष्ट्रसंघको बालअधिकार अभिसन्धि १९९२ अनुसार कति वर्ष मुनिका लाई बालबालिका भनिएको छ?
उत्तर:- १८ वर्ष

१७. Cop के सङ्ग सम्बन्धित छ?
उत्तर:- जलवायु परिवर्तन

१८. सबैभन्दा बढी पटक मदन पुरस्कार पाउने व्यक्ति को हुन?
उत्तर:- सत्यमोहन जोशी (३ पटक)

१९. विर्ता उन्मूलन हुँदा नेपालका प्रधानमन्त्री को थिए?
उत्तर:- विश्वेश्वरप्रसाद कोइराला (वि. सं  २०१६)

२०. भाषा आयोगको अध्यक्षको नियुक्त को द्धारा गरिन्छ?
उत्तर:- मन्त्रिपरिषद को सिफारिशमा राष्ट्रपति

२१. जोडा मिलानुहोस?
उत्तर:-
नवीन घिमिरे⇨अख्तियार दूरुपयोग
टंकमणि शर्मा⇨महालेखा परीक्षक
अयोधीप्रसाद यादव⇨निर्वाचन आयोग
उमेश मैनाली ⇨लोकसेवा आयोग

२२. तलका मध्य कुन सहि छ?
a) विश्व समृद्धि सूचकांक मा नेपाल ११० औ स्थानमा छ ।
b) विश्व खुसी सूचकांक मा नेपाल १०१ औ स्थानमा छ ।
उत्तर:- a बेठिक b ठिक

२३. BRICS को मुख्यालय कहा रहेको छ?
उत्तर:- चीनको, संघाई

२४. ब्राजिलका वर्तमान राष्ट्रपति ‘जायर बोल्सनोरो’ कुन पार्टीका हुन्?
उत्तर:- Social Liberal Party

२५. सामान्य तापक्रम तरल अवस्थामा रहने तत्व कुन हो?
उत्तर:- पारो (Mercury)

२६. विभिन्न संस्थाहरुको स्थापनाको आधारमा जोडा मिलाउनुहोस?
ILO ⇨१९१९ अप्रील ११
IMF⇨ १९४५ डिसेम्बर  २७
UPU ⇨१८७४ अक्टोबर  ९
FAO⇨ १९४५ अक्टोबर १६

२७. विभिन्न संस्थाहरुको मुख्यालयहरु बिच जोडा मिलाउनुहोस?
ICAO ⇨मन्ट्रीयल, क्यानडा
WHO ⇨जेनेभा, स्विट्जरल्याण्ड
कृषि विकास कोष(IFAD) ⇨रोम, ईटाली

२८. भिक्टोरिया फल्सले कुन कुन देशको सिमानामा पर्दछ?
उत्तर:-  जाम्बिया र जिम्बाब्बे

२९. तलका भञ्ज्याङ् कुन कुन जिल्लामा पर्दछन ??
उत्तर:-
यारी ⇨हुम्ला
टिंकर ⇨दार्चुला
ओलाङ्चुङ्गोला ⇨ताप्लेजुङ
कोरला ⇨मुस्ताङ

३०. बिस्वको सबैभन्दा ठूलो भुमिगत आणविक प्रयोगशाला कुन हो?
उत्तर:- The Large Hedron Collider

३१. जोडा मिलाउनुहोस?
उत्तर:-
Cape of horn⇨दक्षिण अमेरिका
Cape of good hope⇨अफ्रिका
Roof of the world⇨एसिया

३२. नेपालको परराष्ट्रकाे नीति तलको मध्य कुन होइन?
i) पञ्चशीलको सिद्धान्त
ii) शक्ति राष्ट्रको गुटमा संलग्नता
iii) संयुक्त राष्ट्रसंघको वडापत्र
iv) असंलनता आन्दोलन
उत्तर:- (ii) होइन

३३. तल दिइएका ताल र देश बिच जोडा मिलाउनुहोस?
उत्तर:-
बैकाल⇨रसिया
भोस्टोक⇨अन्टार्कटिका
निपिगोन⇨क्यानडा
ताना⇨इथियोपिया

३४. तल दिएकामध्ये रामायणका सात काण्डमा नपर्ने  कुन हो?
उत्तर:- पूर्व काण्ड
(रामायाणका सात काण्ड:- बालकाण्ड, अयोध्याकाण्ड, किष्किन्धाकाण्ड, अरण्यकाण्ड, सुन्दरकाण्ड, युद्वकाण्ड, उत्तरकाण्ड)

३५. तल दिइएका हिमाल र ती पर्ने जिल्ला बिच जोडा मिलाउनुहोस?
उत्तर:-
मकालु⇨संखुवासभा
पुमोरी⇨सोलुखुम्बु
गौरीशंकर⇨दोलखा
दोर्जेलाक्पा⇨सिन्धुपाल्चोक

३६. जोडा मिलाउनुहोस?
उत्तर:-
अमाली प्रथा खारेजी⇨वि.सं. १९६८
गोरखा भाषा प्रकाशन समिति⇨वि.सं. १९६९
सती प्रथा उन्मूलन⇨वि.सं. १९७७
काठमाडौंमा टेलिफोन सुरुवात⇨वि.सं.१९७०

३७. जोडा मिलानुहोस?
उत्तर:-
प्रशासकीय पुनर्गठन आयोग⇨वि.सं. २०१३
बुच समिति⇨वि.सं. २००९
प्रशासन सुधार आयोग⇨वि.सं. २०२५
नया जिल्ला प्रशासन योजना⇨ वि.स. २०३१

३८. जोडा मिलाउनुहोस?
उत्तर:-
न्यायिक समिती ⇨ ३ जना
सुरक्षा परिषद ⇨ ७ जना
न्याय परिषद ⇨ ५ जना
संवैधानिक परिषद ⇨६ जना

३९. अतिस बाजिमा के कारणले हरियो रंग हुन्छ?
उत्तर:- वेरियम लवण

४०. सबैभन्दा बढी नाइट्रोजन आवश्यक पर्ने बाली तलकामध्य कुन हो?
उत्तर:- आलु

४१. GDP मा औद्योगिक क्षेत्रको बढी भार भएको देश कुन हो ?
उत्तर:- चिन

४२. जोडा मिलाउनुहोस?
उत्तर:-
शुक्ती पिटक ⇨  धार्मिक संहिता
बिनय पिटक ⇨ नैतिक संहिता

४३. Organic Act के संग सम्बन्धित छ?
उत्तर:- अमेरिकी राष्ट्रपतिलाई सेवा सुविधा दिन बनेको ऐन

४४. संयुक्त राष्ट्र संघको महासभाको वार्षिक वैठक कहिले बस्ने गरिन्छ?
उत्तर:- प्रत्येक वर्ष सेप्टेम्बर महिनाको तेस्रो मंगलबार

४५. कुन भनाई सत्य होईन?
a) सत्यमोहन जोशी ३ पटक मदन पुरस्कार प्राप्त गर्ने एकमात्र ब्यक्ती हुन ।
b) यिनलाई सताब्दी पुरुष पनि भनिन्छ ।
c) जोशीलाई राष्ट्रकवि समेत भनिन्छ ।
d) कलाकार अरनिको यिनको कृति हो ।
उत्तर:- C (रास्ट्रकवि माधव प्रसाद घिमिरे)

४६. तलका भनाईहरु पढी सहि उत्तर छान्नुहोस?
a) अन्तरिक्ष इकोसिस्टम प्राकृतिक इकोसिस्टमकै एक भाग हो ।
b) वन आत्मनिर्भर इकोसिस्टमको एक उदाहरण हो ।
c) अपुर्ण इकोसिस्टममा तीन तत्वहरु समविष्ट हुन्छन ।
d) टेरिटोरियल इकोसिस्टम प्रकृतिको एक वर्गीकरण हो ।
उत्तर:- b र d ठिक

Wednesday, January 2, 2019

नेपाल आयल निगम लेखा पाचौ बरिष्ठ सहायकको २०७५/०९/१७ गते भएको बस्तुगत प्रश्न र तिनका उत्तरहरु !!
🚥🚥🚥🚥🚥🚥🚥🚥🚥🚥🚥🚥🚥🚥🚥🚥
 १) तलका मध्य सबैभन्दा धेरै पटक संशोधन भएको संविधान कुन हो ??
♣नेपालको अन्तरिम शासन बिधान २००७ (६ पटक)

२) नेपालको सबैभन्दा उत्तरी बिन्दु कुन जिल्लामा पर्दछ ??
♣हुम्लाको चाङला भञ्ज्याङ्

३) सबैभन्दा कम क्षेत्रफल भएको महानगरपालिका कुन हो ??
♣ललितपुर (३६.१२ बर्ग किमि), बढि पोखरा लेखनाथ(४६४.२४ बर्ग किमि)

४) नेपालमा हालसम्म कतिवटा विश्वविद्यालयहरु स्थापना भैसकेका छन ??
♣११ वटा (अन्तिम राजर्षी जनक विश्वविद्यालय, जनकपुर २०७४)

५) हाल नेपालको कुल उर्जा खपतको कति प्रतिशत पेट्रोलियम पदार्थको हिस्सा रहेको छ ??
♣अप्सन अनुसार कुनै होईन (३८%)

६) प्रदेश नं १ बाट प्रत्यक्ष निर्वाचनद्वारा प्रतिनिधि सभामा कति जना सदस्य निर्वाचित भएका छन ??
♣२८ जना

७) निजामती अस्पताल कुन देशको सहयोगमा निर्माण भएको हो ??
♣चीन

८) आर्थिक बर्ष २०७४/०७५ मा नेपाल आयल निगम लिमिटेडले एल.पि. ग्यास लगभग कति आयात गर्यो ??
♣४१२००० मेट्रीक टन

९) हाल नेपाल सरकारको निशुल्क उपलब्ध गराउने औषधिको संख्या कति पुगेको छ ??
♣८०

१०) नेपाल आयल निगमको सबैभन्दा धेरै पेट्रोलियम भण्डार क्षमता कहाँ रहेको छ ??
♣अमलेखगञ्ज

११) भ्रष्टाचार बिरुद्वको अन्तरास्ट्रिय दिवश कहिले मनाइन्छ ??
♣डिसेम्बर ९

१२) तल उल्लेखित घटनाक्रम लाई मितिको आधारमा क्रम मिलाई राख्नुहोस ??
क) नेपालमा चिडियाखानाको स्थापना (१९५०)
ख) नेपालमा छापाखानाको सुरुवात (१९१०)
ग) नेपाल बैंक लिमिटेडको स्थापना (१९९४)
घ) नेपालमा कम्युटर प्रयोगको सुरुवात (२०२८)
♣ख-क-ग-घ

१३) न्यायो समशितोष्ण हावापानी भएको क्षेत्रमा पाइने वन तलका मध्य कुन हो ??
♣पतझर वन (१२०० देखि २१०० मिटरको उचाइमा)

१४) राजकुमारी भृकुटी लाई तिब्बतमा के उपनाम दिइएको थियो ??
♣हरित तारा

१५) विं.स. २०५८ सालको जनगणना भन्दा २०६८ सालको जनगणनामा कति जनसंख्या थप भएको थियो ??
♣३३ लाख (३३,४३,०८१ जना)

१६) रास्टिय जनगणना २०६८ अनुसार नेपालको पुरुष साक्षरता र महिला साक्षरताको अन्तर कति प्रतिशत रहेको छ ??
♣१७%


१७) नेपालको विभिन्न जिल्लामा बसोबास गर्ने "फ्री" जातिको सहनसहन र संस्कृति कुन जाती संग मिल्दछ ??
♣नेवार

१८) नेपाल आयल निगम लिमिटेडको हालको भण्डारण क्षमता कति रहेको छ ??
♣७१ हजार किलोलिटर

१९) तलका मध्य कुन पुस्तक मदन पुरस्कार प्राप्त कृति हो ??
♣खुसी

२०) विभिन्न दुर्गम क्षेत्रमा हवाई सेवा बिस्तार गर्ने उद्देश्यले निर्माण गर्ने भनिएको "गुदेल बिमानस्थल" कुन जिल्लामा पर्दछ ??
♣सोलुखुम्बु

२१) नेपालमा बोलिने भाषाहरु मध्य आग्नेय परिवार भित्र पर्ने एकमात्र भाषा कुन हो ??
♣सतार/सन्थाल

२२) Wi-Fi कसले आबिस्कार गरेका हुन ??
♣Vic Hayes (Father of WiFi)

२३) तलकामध्य कुन हरितगृह ग्यास संग सम्बन्धित छैन ??
♣माथिका सबै (कार्वनडाइअक्साईड ७२ प्रतिशत, मिथेन १८ प्रतिशत, नाइट्रोजन अक्साईड ९ प्रतिशत र अन्य ग्यास १ प्रतिशत)

२४) गुडिरहेको बस एक्कासी रोकिदा बसका यात्रुहरु अगाडि तिर हुत्तिनु कुन चालसम्बन्धी नियम संग सम्बन्धित छ ??
♣पहिलो नियम

२५) नेपालमा पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणालि कहिलेदेखी लागू भएको हो ??
♣२०७१ असोज १३ गते


Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 10 ) Banks ( 66 ) Corporation ( 47 ) Culture ( 23 ) Force ( 45 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 51 ) MCQs ( 12 ) News ( 8 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 102 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 86 ) update ( 11 ) videos ( 13 ) WORLD ( 14 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Blog Archive

Tags

agriculture (10) Banks (66) Corporation (47) Culture (23) Force (45) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (51) MCQs (12) News (8) oldqsn (20) onlinequiz (1) Places (4) PSC (102) Rules (8) tips tricks (21) TSC (86) update (11) videos (13) WORLD (14)

Popular Posts

Translate

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

हालसम्म नेपालसँग भएको कुटनितिक सम्बन्धका बारेमा सम्पूर्ण जानकारी ।। Diplomatic relations between Nepal and other's countries.

नेपालसँग भएको कुटनितिक सम्बन्धको बारेमा सम्पूर्ण  मिति सहित अहिले सम्मकै आधिकारीक जानकारी यहाँबाट प्राप्त गर्न सकिन्छ, यसका बारेमा विस्तृत र...

Recent

Popular Posts