Wednesday, December 28, 2016


नेपालकै टप मानिने IQ मास्टर कुमार तिमल्सिना का IQ Tips हरू । 

१. लोकसेवाको तयारी गर्ने विद्यार्थीले लगाव र धैर्यलाई कायम राख्नुपर्छ । पढ्दा जहिलेपनि एउटा ढाँचा/खाका निर्माण गरेर पढ्नुपर्छ ।


२. आफ्ना कमजोरीहरू नलजाई पत्ता लगाउनुपर्छ, जुन विषयमा आफूलाई कमजोर भएजस्तो लाग्छ त्यसमा थप मेहनत गर्नुपर्छ ।



३. सबै विषय र शीर्षकमा औसत ज्ञान राख्नुपर्छ । एउटा विषयमा राम्ररी जान्ने तर अर्कोमा फेल नै हुने अवस्था आयो भने लोकसेवाको परीक्षा पास हुने सम्भावना रहँदै रहँदैन ।



४. खरिदार र सुब्बाको तयारी गर्नेहरूले सूचनात्मक तरिकाले उत्तर दिनुपर्छ, शाखा अधिकृतको तयारी गर्नेहरूले विश्लेषणमा जोड दिनुपर्छ ।



५. शाखा अधिकृतको लागि चौथो पत्र छान्दा आफूलाई सजिलो लाग्ने वा आफूले पढेकै विषय छान्नुपर्छ, साथीभाइको लहलहैमा लागेर चौथो पत्र छान्नु हुँदैन ।



६. सामान्य ज्ञान (जीके) चाहिँ घोक्नैपर्ने विषय हो । तर खरिदारका लागि पढ्ने जीके अधिकृतका लागि पनि काम लाग्छ ।



७. आइक्युले मान्छेलाई नयाँपनको आभास गराउँछ । आइक्युमा राम्रो गर्न सक्ने विद्यार्थीले अरू सबैमा राम्रो गर्न सक्छ । 



८. आफूले पढेका कुरामा स्पष्ट धारणा बनाउनुपर्छ । पढ्दा सकेसम्म दिमागमा सो विषयको चित्र नै उतारेर पढ्नुपर्छ । पढेको विषयमा पनि स्पष्ट धारणा बनेन वा सामान्य जानकारी पनि रहेन भने चाहिँ सोही विषयमा थप मेहनत गरिहाल्नुपर्छ ।



९. गुणन, भाग, जोड र घटाउका सामान्य नियमहरू जान्नुपर्छ । परीक्षामा हिसाब गरेर बस्यो भने काम लाग्दैन । अहिले त क्याल्क्युलेटरको प्रयोगले मान्छेले आफैंलाई विश्वास नगर्ने अवस्था आइसक्यो ।



१०. लेख्ने पेपरमा पढेर मात्रै पुग्दैन । हरेक दिन १५ मिनेट पढेर १५ मिनेटमै एउटा प्रश्नको उत्तर लेख्ने बानी विकास गर्नुपर्छ । यसले आफूलाई राम्रो मात्रै बनाउँदैन परीक्षाको लागि पनि सजिलो हुन्छ ।



११. कुन कुरालाई कहाँ राख्ने भन्ने कुरामा चाहिँ ख्याल गर्नुपर्छ । शव्द चयन र सिलसिला मिलाएर लेख्न सक्नुपर्छ । 



१२. हरेक शीर्षकमा एउटा धारणा चाहिँ बनाउने । जस्तै मुसहर जातिको बारेमा परीक्षामा लेख्न आयो, तर यसका बारेमा आफूलाई केही पनि थाहा भएन । तर त्यसमा पनि नेपालमा विभिन्न जात–जाति धर्म संस्कृति छन् । त्यसमध्ये मुसहर पनि एक हो । यसका पनि आफ्नै प्रकारका विशेषता छन् । मुसहर समुदायका मान्छेले आफ्नो जाति अनुसारका चाडपर्व खुब रमाइलो गरेर मनाउँछन् । त्यसैले मुसहर जाति पनि नेपालको एउटा महत्वपूर्ण जाति हो भनेर चाहिँ लेख्नसक्ने बन्नुपर्छ ।



१३. लोकसेवाको परीक्षा भनेको सुन्दरी प्रतियोगिता हो, त्यहाँ कसलाई राख्ने भनेर मात्रै जाँच लिइएको हो । हैन भने जागिरका लागि सबैजना पहिल्यै योग्य हुन्छन् । त्यसैले जाँचकीको नजरमा भ्रम छर्नेगरी उत्तर लेख्नुपर्छ ।



१४. पहिलेदेखि नै राम्रो गर्दै आएको विद्यार्थीले एक महिना पढेपनि नाम निकाल्न सक्छ । अरू सामान्य विद्यार्थीले ६ महिनासम्म कम्तीमा दिनको पाँच घण्टा पढ्यो भने नाम निकाल्छ ।



१५. तनाव राखेर पढ्नु हुँदैन । आफूले राम्रै गर्दागर्दै पनि नाम निस्किएन भने चाहिँ आफ्नो शैली बदलेर पढ्नुपर्छ ।
१६. हरेक कुरासँग अभ्यस्त हुने कोशिश गर्नुपर्छ । पत्रपत्रिकामा आउने विचारहरू दैनिक पढ्यो भने समसामयिक ज्ञान राम्रो हुन्छ । तर हाम्रो नराम्रो बानी के छ भने हामी नाकैमुनि ठेस लाग्दा पनि देख्दैनौं । सडकछेउमा चेलीबेटी बेचबिखन नगरौं भनेर लेखेको प्रचार टाँसेको हुन्छ । तर हामीले ख्याल गर्दैनौं । तर सोही विषय बारेको ज्ञान लिइहाल्ने कोशिश गर्नुपर्छ ।



१७. विद्यार्थीको कमजोरी कापीमा देखिनु हुँदैन । बडा कूटनीतिक तरिकाले उत्तर दिनुपर्छ । मौलिक हक अन्तर्गत सूचनाको हकको बारेमा लेख्न आयो तर कुन धारामा त्यो हक छ भन्ने ‘कन्फ्युजन’ भयो भने जान्ने भएर धारा उल्लेख गर्नु हुँदैन । धारा उल्लेख नगरेपनि व्याख्या त राम्रोसँग गर्न सकिन्छ । यसरी कमजोरी लुकाउनुपर्छ किनकि जाँचकीले अनुहार त हेर्दैन ।



१८. लोकसेवा यही तरिकाले पढ्नुपर्छ भन्ने कुनै सूत्र छैन । आइक्यु चाहिँ ट्रिक लगाउने कुरा हो । मान्छेलाई मान्छे मन परेको कुरालाई आइक्युसँग तुलना गर्नुपर्छ किनकि त्यो मान्छे किन मन प–यो भन्ने चाहिँ अरूलाई थाहा हुँदैन । आइक्यु पनि त्यस्तै विषय हो ।



१९. किताब मात्रै पढ्ने मान्छे कहिल्यै पास हुँदैन । जीकेबाहेकका अरू कुरामा मौलिकता सबैभन्दा ठूलो कुरा हो । त्यसैले सिर्जनशील बन्नुपर्छ ।



२०. लोकसेवा निकाल्छु भनेर सोच्ने मान्छेले निरन्तरता दिन सक्नुपर्छ । नेपालीहरूमा धैर्य गर्ने बानी एकदमै कम छ । लोकसेवा परीक्षा तयारीका लागि धैर्य चाहिन्छ ।

प्रकाशित मितिः २०७३-०९-१२


Sunday, December 18, 2016

परीक्षा तयारी तथा लेखन सीप सम्बन्धी सामान्य जानकारी 
“सफलताको लागि तीन कुराको आवश्यक हुन्छ  आत्मविश्वास, लगनशीलता र निरन्तर अभ्यास । ” खप्तड स्वामीको यो भनाइले लोकसेवा आयोगको परीक्षाको तयारी गरिरहेकाहरुलाई पक्कै पनि उर्जा मिल्छ । 
आत्मविश्वास
कतिपय विद्यार्थीहरुले आफैले लेखेका जवाफमा विश्वास गर्दैनन् । अनि अरुले लेखेको हेरेर सार्नै पंयत्न गर्दछन् । अर्थात् आफुलाई कमजोर ठानेर पनि उनीहरु परीक्षामा राम्ररी लेख्न सक्दैनन् । परिक्षा हलमा पुगेपछि कतिपय परीक्षार्थीहरु आफुले जानेका कुरा पनि विर्सन्छन् । उनीहरु डरले काम्ने, चिढिने जस्ता प्रवृत्ति देखाउँछन । यो सबै आत्मविश्वासको कमीले हो । परीक्षार्थीहरुले आफुले जानेका कुरालाई परीक्षामा कुशलतापुर्वक लेख्नका लागि आत्मविश्ववा अपरिहार्य हुन्छ । मैले परीक्षामा सर्वाेत्कृष्ट अंक हासिल गर्छू भन्ने दृढ संकल्प परीक्षार्थीले पालेको हुनुपर्छ । यही आत्मविश्वासको कारण परीक्षार्र्थीले सफलता प्राप्त गर्न सक्छन् । 
लगनशिलता
हरेक कुरामा सफलता पाउन लगनशील हुनैपर्छ । परीक्षार्थी लगनशील नहुने कुरै भएन । अध्ययनमा लागाब राख्ने परिक्षार्थीहरुलाई लगनशिलताले परिपक्क बनाउँछ । मन लागेका बेला पढने र अरु बेला वास्तै नगर्ने बानी धेरैमा हुन्छ । यसो गर्दा उनीहरुले जानको कुरा पनि विर्सन सक्छन.् । त्यसैले आफुले अध्ययन गर्ने विषयमा निरन्तर लाग्नु पर्दछ ।  नजानेको र अप्ठ्यारो विषय आउनसाथ पुस्तक फ्याँक्ने गर्नुहँदैन । बरु, त्यही अप्ठ्यारो विषय कुरा जान्ने निरन्तर प्रयास गर्नुपर्छ । योजनाबद्ध ढङ्गले अध्ययन गरेको कुरा बुझन सजिलो हुन्छ । नयाँ कुरा पढदै जाँदा अगाडि पढेका कुराहरुपनि बेला बेला स्म्झनुपर्छ र अभ्यास गर्नुपर्छ । यस्तो लगनशीलताले विद्याथीलाई सधै सफतातर्फ डाेर्यार्इरहेकाे हुन्छ । 

अभ्यास
आफ्नो पाठ्क्रम अध्ययन क्रममा अभ्यास गर्ने बानी उत्तम हुन्छ । अभ्यासले नै मानिसलाई पुर्ण बनाउछ । गणित जस्तो प्रयोगात्मक विषयको अभ्यासबाट अध्ययनको प्रारम्भ गनूृपर्दछ । अन्य विषयको अध्ययन गर्दा साथीहरुसँग छलफलको माध्यामबाट अभ्यास गर्न लाभदायक हुन्छ । आफुले अध्ययन गरिसकेपछि ती विषयहरुको बारेमा मनन गर्नुपर्छ । अधययन गरेका कुराबाट मैले के के जाने भनेर आँखा चिम्लेर मनन गर्नुपर्छ । नजानेको कुरा जान्न पुनः अध्ययन गर्नुपर्छ । अध्ययनको यो विधि निकै प्रभावकारी हुन्छ । आफ्नै अध्ययन द्धारा प्राप्त गरेका ज्ञान स्मरण गरिरहन र परीक्षमा मौलिक रुपमा अभिव्यक्त गर्न सकिन्छ । 
परीक्षको तयारीका क्रममा ध्यान दिनुपर्ने कुराहरुः
  • लक्ष्य किटान र प्राप्तिका लागि दृढता । 
  • आफ्नो सवल र दुर्वल पक्षको पहिचान । 
  • अध्ययनमा नियमितता । 
  • उचित अध्ययन सामग्रीहरुको सङलकन ।
  • टिपोट र नोट निर्माण
  • विज्ञ र अग्रजसँगको परामर्श
  • सामुहिक छलफलमा जोड
  • उचित वातावरणको सृजना । जस्तै पारीवारीक, कार्यालयको वातावरण, अनावश्यक महत्वाकांक्षाको त्याग, शारीरिक तथा मानसिक रुपमा स्वस्थ । 

परीक्षामा प्रश्न हल गर्दा आउन सक्ने समस्याहरु 

  • विषयवस्तुको ज्ञानकोकमी ,।
  • प्रश्न पुरा नपढेर वा नबुझेर नै जवाफ लेख्न हतार गर्ने बानी ।
  • प्रश्नलाई कति भागमा बाँडिएको छ भनेर छुुट्याउन नसक्ने र कति भागमा लेख्ने हो थाहा नपाउने ।
  • भुमिका वा परिचय खण्ड र निष्कर्ष अनावश्यक रुपमा लामो लेख्ने ।
  • प्रश्नले सोधको भन्दा पनि आफुले जानको कुरा लेख्न जोड दिने । 
  • सिलसिलेवार मिलाएर नलेख्ने ।
  • समय व्यवस्थापन गर्न नसक्ने कारण प्रश्न छुट्ज सक्ने । 
  • कुन प्रश्नको भार कति छ भनेर एकिन नगरी लेख्दा बढी भारको प्रश्नमा कम र कमभारको प्रश्नमा बढी लेख्ने । 
  • अपुरो शब्द लेख्ने तथा वाक्यलाई अधुरो छोडने । कतिपय सन्दर्भमा ५/६ लाईन सम्मको वाक्य लेख्ने । 
  • लेखनमा गतिशिलिताको कमीको समस्या । 
  • घुमाउरो प्रश्न सोधेमा अत्तिने बानी । 

परीक्षमा उत्तर लेख्दा विचार पुर्याउनु पर्ने समान्य कुराहरु 

  • उत्तर लेख्दा पहिला प्रश्न एक दुई वटक । राम्रोसँग पढी बुझ्ने र त्यसपछि मात्र लेख्न सुरु गर्ने । 
  • प्रश्नप्रति सकारात्मक धारणा बनाउनु पर्दछ । याठ्क्रम बाहिरको, बाँङ्गो अप्रासाँगिक जस्तो सोच राख्नु हुँदैन । 
  • पहिले सोधिएको प्रश्नहरु पुनः सोध्ने सम्भावना बढी हुने भएकाले तयारी गर्ने । 
  • पाठ्क्रम बाहेकका समसामयिक सवालहरुमा ख्याल गर्नुपर्दछ । जसबाट तयारी नगरेका प्रश्न सोध्ने जोखिम कम हुनसक्छ । 
  • एक भन्दा बढी विषयवस्तुलाई मिलाएर पनि प्रश्न सोध्ने गरेको पाईन्छ । अन्तरसम्बन्ध थाहा पाउनु पर्दछ । 
  • लामो प्रश्नमा १ भन्दा बढी खण्डमा विभाजन गरेर सोधिने हुनाले सबै खण्डको उत्तरको अङकभार हुन्छ भन्ने ख्याल गरी उत्तर लेख्दा ध्यान दिने । 
  • शीर्षक उपशीर्षक दिएर लेख्दा कुन प्रश्नको उत्तर कसरी दिइँदैछ भन्ने थाहा हुन्छ । जाँचकीलाई समेत धारणा बनाउन सजिलो हुन्छ । 
  • मिल्दो भनाई वा कोटेशन छ भने मात्र लेख्ने । अन्यथा भनाइ वा कोटेशन नलेख्ने । 
  • भुमिका तथा परिचय एवम् परिभाष र निष्कर्ष धेरै लामो लेख्न आवश्यक छैन । 
  • शब्द र वाक्य पुरा लेख्ने र सकेसम्म लामो वाक्य नलेख्ने । 

अन्य जानकारी
परीक्षाको घडीमा धेरैजसो विद्यार्थीलाई चिन्ताले सताउँछ । त्यस्तै परीक्षा नजिकिदै जाँदा पनि उनीहरुमा चिन्ता बढदै जान्छ । हुन त सबै परीक्षर्थीमा नै परीक्षाका बेला तनाव सिर्जना हुने गर्छ तर यसैलाई चिन्ताको रुपमा लिए परीक्षा समेत बिग्रने डर हुन्छ । त्यैले परीक्षार्थीले तनाव कमगर्दै कसरी परीक्षामा राम्रो गर्ने भन्ने तर्फ ध्यान मोडनुपर्छ । सकारात्मक सोचाई एवम् परिश्रमको फल मिठो हुन्छ भन्ने कुरा पनि परीक्षार्थीले बुझ्नुपर्छ । परीक्षाको समयमा शारीरिक कम्पन महसुस हुन्छ । यद्यपि तनाव धेरै बढुनको कारण अध्ययनमा कमजोर हुन नै हो । धेरै जसो परीक्षार्थीहरु परीक्षाको समयमा मात्र पाठ घोक्ने गर्छन, एकातिर परीक्षाको तनाव अर्कातिर पढाइको भारले उनीहरु मानसिक रुपले थाक्छन  । त्यसैले पढेका कुराहरु सजिलै ग्रहण गर्न सक्दैनन ् । फलस्वरुप उनीहरु झनै अत्तालिने गर्दछन । 
परीक्षमा कसरी लेख्ने भन्ने भयले उनीहरुलाई गम्भीर चिन्ता पैदा गरिदिन्छ । त्यसैल, पछि पछुताउनु भन्दा समयमै मेहनत गर्न बुद्धिमतापुर्ण हुन्छ । नियमितगर्ने परीक्षथीलाई परीक्षाको समयमा मानसिक भार बढी हुँदैन । अगाडि नै अध्ययन गरेका वियालाई स्मरण गर्नका लागि मात्र किताब एवम् नोट हेर्न पर्ने भएकोले उनीहरुमा परीक्षामा के लेख्ने भन्ने चिन्ता हुदैनन । यसरी योजनाबद्ध र नियमित अधययन गर्न परीक्षार्थीले परीक्षाको समयमा पाठ घोक्नु होइन, विगत मै अध्ययन गरेको पाठबारे चिन्तन गर्नुपर्छ । 
धन्यावाद ।

#नाेटः यदि याे माथीकाे जानकारी माेबार्इलमा पढन चाहानुहुन्छ भने । तलकाे 
मा अाेके गरी डाउनलाेड गर्नुहाेस । 
प्रकाशित मितीः २०७३-०९-०३

Tuesday, November 29, 2016

अहिले सम्मका CNN हिराेहरू 
2007 AD= पब्लाे फजार्दाे, इक्वेडर
2008 AD= लिज म्याक काट्नि सेन्ट,सेन्ट बेनार्ड पेरिस
2009 AD=इफरेन पेनाफ्लाेरिडा क्याभिट सिटि, फिलिपिन्स
2010 AD=अनुराधा काेइराला, नेपाल
2011AD =राेबिन लिम, इन्डाेनेशिया
2012AD =पुस्पा बस्नेत, नेपाल
2013AD =काकन्य नतैया, केन्या
2014AD=पेन फार्थिङ्ग, बेलायत
2015AD= म्यागि डाेयन,( USA/ NPL)

Jeison Aristizábal= Colombia
2016AD= पुस्पा बस्नेत, नेपाल(सुपर हिराे) 

Source: Nabin Paudel
प्रकाशित मितीः २०७३-०८-१४ 
      प्रकाशित मितीः २०७३-०८-२९  

Friday, November 25, 2016


नयाँ संविधानमा समावेश आयोगहरु
======================== 1) अख्तियार दुरूपयोग अनुसन्धान आयोग 2) लोकसेवा आयोग 3) निर्वाचन आयोग 4) राष्ट्रिय मानवधिकार आयोग 5) राष्ट्रिय प्राकृतिक तथा वित्त आयोग 6) अन्य आयोगहरू #. महिला आयोग #. दलित आयोग #. समावेशि आयोग #. आदिवासि जनजाति आयोग #. मधेशि आयोग #. मुस्लिम आयोग #. थारू आयोग
माथि उल्लेखित आयोगका लागि ====================== ==> सदस्यको पदावधि.... 6 बर्ष ==> जम्मा सदस्य... 5 जना(अध्यक्ष सहित) ==> उमेरहद.... 65 बर्ष ==> तर NHRC को लागि उमेरहद तोकिएको छैन । ==> उमेर योग्यता... 45 बर्ष पुगेको ==> शैक्षिक योग्यता... स्नातक ==> तर PSC को लागि....स्नातकोत्तर ==> रा प्र तथा वि आयोग को लागि... सम्बन्धित बिषयमा बिशेषज्ञता चाहिने ।

Tuesday, November 22, 2016

१५ अाेटा नबिनतम सामान्य ज्ञान हेर्नुहाेस र ज्ञान बढाउनुहाेस । 

१.२०१६ अन्तराष्ट्रिय बर्ष शब्द=Post- Truth
२.नारि रत्न सम्मान २०७३=भागिरथि श्रेष्ठ
३.२०१६ लाइ हाल सम्मकै ताताे बर्ष घाेषणा गरियाे।
४.एन पिस अवार्ड २०१६, बसन्ति चाैधरिलाइ प्रदान गरियाे।
५.अमेरिकाकाे टेक्सासमा सम्पन्न 2 Ten USA Cup Circket2016 बिजेता,नेपालि राइनाेज टिम
६.पाथिभरा गाेल्डकप २०७३ बिजेता, Gorkha sporting club, Jhapa
७.cop 22 मा नेपालकाे तर्फबाट जयदेब जाेशि (बाताबरण मन्त्रि)ले भाग लिए।
८.रेमिट्यान्स कम्पनि अफ द इएर २०१६, IME ltd.
९.नेपाल गुणस्तर अवार्ड २०७३, जगदम्बा सिमेन्ट लाइ।
१०.Hospital of the Year 2016, ग्रान्डि international hospital लाइ।
११.संसारकै ठुलाे थान्का प्रदशनि, २०७३ कार्तिक २६ गते, दशरथ रंगशालामा।
१२.best new destination award 2016, चन्द्रगिरि हिल्स लाइ।
१३. with and for girls award 2016, शक्ति समुहलाइ।
१४.सुचना प्रबिधि बिकासमा नेपाल १३६ अाै स्थनामा (2016)
१५.अाैधाेगिक शान्ति पुरस्कार २०७२,सार्बजनिक तर्फ कर्मचारि संचयकाेष लाइ भने निजि तर्फ SBI bank लाइ।


नेपालमा उर्जा तथा विधुत सम्बन्धि सम्पुर्ण जानकारी एकै ठाउँबाट लिनुहाेस् । - सामान्य ज्ञान
#उर्जा मन्त्रालयको स्थापना - बि.सं. २०६६ #सर्वप्रथम नेपालमा बिजुली बलेको - बि.सं. १९६८ #बिजुली बालिएको स्थान - सिंहदरबार #पहिलो जलविद्युत आयोजना -फर्पिङ जलविद्युत आयोजना #फर्पिङ जलविद्युत आयोजना एशियाको कति औ- दोस्रो #फर्पिङ जलविद्युत आयोजना अर्को नाम - चन्द्रज्योति #फर्पिङ जलविद्युत आयोजनाको उत्पादन क्षमता - ५०० KW #सबैभन्दा ठूलो जलविद्युत आयोजना - कालिगण्डकी ए #कालिगण्डकी ए निर्माण सहयोग - एडिवि #नेपाल सरकारले आफ्नै लगानिमा निर्माण गरेको - सुन्दरीजल #नीजि क्षेत्रबाट निर्मित पहिलो जलविद्युत - खिम्ती ज. #खिम्ती जलविद्युत आयोजना रहेको जिल्ला - दोलखा #Hydro Headquarter - दोलखा #सबैभन्दा उचाइमा पर्ने जलविद्युत आयोजना - थामे #पहिलो उर्जा संकटकाल घोषणा - बि.सं. २०६५ पुष, १० #उर्जा संकटकालको अवधि - ५ वर्ष #नेपालमा सौर्य उर्जाको अवधारणा -सन् १९९४ (तनहुँ) #नेपालमा प्रथम गोवरग्याँस प्रयोग - बि.सं. २०१२ #उर्जा दिवश - जेठ ९ #जलविद्युत विकासको २० वर्षे कार्ययोजना - २०६७-३-३० #तापिय विद्युत केन्द्रबाट उत्पादित विद्युत - ५३.७ MW #माथिल्लो तामाकोशीको शिलान्यास - बि.सं. २०६८ जेठ ४ #कर्णाली बेसिनबाट अनुमानित बिद्युत उत्पादन - ३२००० Mw #गण्डक बेसिनबाट अनुमानित बिद्युत उत्पादन - २१००० Mw #कोशी बेसिनबाट अनुमानित बिद्युत उत्पादन - २२००० Mw #नेपालका नदिहरूबाट अनुमानित उत्पादन हुने विद्युत - ८३०००Mw
जलबिधुत क्षमता कतिलाई के?
#लघु जलविद्युत आयोजना -१००kw सम्म 
#साना जलविद्युत आयोजना - १-२५Mw सम्म
 #मझौला जलविद्युत आयोजना -२५-१००Mw सम्म 
#ठुला जलविद्युत आयोजना -१००-१०००Mw सम्म
 #मेघा जलविद्युत आयोजना - १०००Mw माथि
केही जलबिधुत आयोजनाहरू आयोजना = क्षमता = अवस्थित = उत्पादन वर्ष
१. फर्पिङ = ५००Kw = काठमाण्डौ = बि.सं. १९६८ 
२. सुन्दरीजल = ६४०Kw = काठमाण्डौ = बि.सं. १९९२ 
३. पनौती = २४००Kw = काभ्रे = बि.सं. २०२२ 
४. त्रिशुली = २१०००Kw = नुवाकोट = बि.सं. २०२३ 
५. फेवाताल = १०८८Kw = कास्की = बि.सं. २०२४ 
६. सुनकोशी = १००५०Kw = सिन्धुपाल्चोक = बि.सं. २०२९
 ७. गण्डक = १५०००Kw = नवलपरासी = बि.सं. २०३६ 
८. कुलेखानी -१ = ६००००Kw = मकवानपुर = बि.सं. २०३८ 
९. कुलेखानी -२ = ३२०००Kw = मकवानपुर = बि.सं. २०४२ 
१०. सेति = १५००Kw = काँस्की = बि.सं. २०४२ 
११. मर्स्याङ्दी = ६९००००Kw = तनहुँ = बि.सं. २०४२ 
१२. झिमरूक = १२३००Kw = प्युठान = बि.सं. २०५२ 
१३. कालिगण्डकी ए = १४४०००Kw = स्याङ्जा = बि.सं 
१४. भोटेकोशी = ४५०००Kw = सिन्धुपाल्चोक = सन् २००२ 
१५. खिम्ती = ६००००Kw = दोलखा = बि.सं. २०६० 
१६. थामे = ६००Kw = सोलुखुम्बु = सन् १९८७ 
१७. पुवाखोला = ६२००Kw = ईलाम

Monday, November 21, 2016

२०१६ मा नाेबेल पुरस्कार बिजेताहरू 
याे माथीकाे फाइललाइ अाफु इन्टरनेट भन्दा बाहिर भएकाे अवस्थामा पनि पढन चाहानु हुन्छ भनने PDF File मा  क्लिक गरी माेबाइलमा राख्नुहाेस । 

Sunday, November 20, 2016


स्वास्थ्य, रोग तथा सरसफाइ सम्बन्धि जानकारी

#. स्वास्थ्य मन्त्रालयको स्थापना -> बि.सं २००७ #. पहिलो सरसफाइ गुरू योजना -> बि.सं २०६८ #. पहिलो खुदिमु गाविस -> प्रगतिनगर(नवलपरासी) #. पहिलो खुदिमु जिल्ला -> काँस्की #. पहिलो खुदिमु अञ्चल -> धवलागिरी #. राष्ट्रिय खानेपानी मापदण्ड -> बि.सं २०६६ #. WHO द्वारा पोलियो मुक्त देश घोषणा -> बि.सं २०७०-१२-१३ #. कूष्ठरोग मुक्त देश घोषणा -> बि.सं २०६६ माघ, ०५ #. बिफर मुक्त देश घोषणा -> बि.सं २०३४ १. जनगणना २०६८ ============= #. शौचालय सुविधा नभएको परिवार -> ३८.१७% #. फ्लसयुक्त शौचालय प्रयोग गर्ने परिवार -> ३३.४५% #. साधारण शौचालय प्रयोग गर्ने परिवार -> १९.४७% #. शौचालय सुविधा नभएको (ग्रामीण)-> ४५.११% #. शौचालय सुविधा नभएको (शहरी)-> ८.०९% २. जिका भाइरस =========== #. सर्वप्रथम देखियको -> युगाण्डा (सन १९४७) #. सर्वप्रथम देखियको स्थान -> बाँदर (जिका जंगल) #. अमेरिकी महादेशमा फैलिएको -> सन २०१५ देखि #. जिका भाइरस सार्ने लामखुट्टे -> एडिस प्रजाति ३. ईबोला भाईरस ============ #. सर्वप्रथम देखियको -> कंगो (जनावर) #. सर्वप्रथम देखियको जनावर -> चमेरो #. महामारी घोषणा -> सन २०१४ अगस्ट,८ #. मानवमा सर्बप्रथम देखियको -> सन २०१४ मार्च #. मानवमा सर्वप्रथम देखियको स्थान -> गिनी #. ईबोला मुक्त गरिएका देश -> सेनेगल र नाईजेरिया #. सेनेगल र नाईजेरिया ईबोला मुक्त -> १७ -२० Oct, २०१४
Source: Loksewa GK

नेपालका शहिदहरूकाे जानकारी विस्तृत रूपमा हेर्नुहाेस ।
शहिदरू
१. लखन थापा
========== #. जन्म -> वि.सं. १८९१ (गोरखा) #. प्रथम शहीद -> लखन थापा #. मृत्यु दण्ड -> बि.सं. १९३३ फागुन, ०२ #. "जंगबहादुर मेरो लास संगै सति जानेछ" -> लखन थापा #. पहिलो शहीदको मान्यता दिएको -> वि.सं. २०५६ फागुन #. सरकारद्वारा प्रथम शहीद घोषणा -> वि.सं. २०७२ असोज ३ २. शुक्रराज शास्त्री ============= #. जन्म -> बि.सं. १९५० #. ४ शहीद मध्ये पहिलो शहीद -> शुक्रराज शास्त्री #. फाँसी दिइएको -> बि.सं. १९९७ माघ, १० #. फाँसी दिइएको स्थान -> टेकु पचलीमा झुण्ड्याईएको(खरी) #. जय नेपाल शब्दको प्रयोग -> शुक्रराज शास्त्री #. पक्राउ पर्नुको कारण -> जनचेतनामुलक भाषण गरेकोमा ३. धर्मभक्त माथेमा ============ #. जन्म -> बि.सं. १९६५ (काठमाडौ) #. #. फाँसी दिइएको -> बि.सं. १९९७ माघ, १२ #. फाँसी दिइएको स्थान -> सिफल,(बकाईनो) #. शारीरिक सूगठनका बंगाल च्याम्पियन -> धर्मभक्त माथेमा #. त्रिभुवनको व्यायाम प्रशिक्षक -> धर्मभक्त माथेमा #. अभियोग लागेको -> राजद्रोहको ४. गंगालाल श्रेष्ठ =========== #. जन्म -> बि.सं. १९७५ #. कान्छा शहीद -> गंगालाल श्रेष्ठ #. मृत्युदण्ड -> बि.सं. १९९७ माघ, १४ #. फाँसी दिइएको स्थान -> शोभा भगवतीमा गोलि हानेर #. अभियोग लागेको -> राणा विरोधी प्रचा बाँडेकोमा ५. दशरथ चन्द ठकुरी ============== #. जन्म -> बि.सं. १९६०(बैतडी) #. माहिला शहीद -> दशरथ चन्द ठकुरी #. वास्तविक नाम -> शेर बहादुर चन्द #. अभियोग लागेको -> राजद्रोहको #. मृत्युदण्ड -> बि.सं. १९९७ माघ, १४ #. फाँसी दिइएको -> गोलि हानेर अन्य जानकारी ========= #. जनआन्दोलन -२ को पहिलो शहीद -> उमेशचन्द्र थापा #. जनआन्दोलन -२ को विदेशी शहीद -> मोहम्मद जहाँगिर #. धार्मिक शहीद -> पण्डित नारायण प्र. पोखरेल #. वाचन शिरोमणि -> पण्डित नारायण प्र. पोखरेल #. पोखरेललाई धार्मिक शहीद घोषणा -> वि.सं २०६६ असार,४ #. जनआन्दोलन -२ का २१ जनालाई शहीदहरू घोषणा-> २०६३-२-२१
नेपालमा प्रचलित परम्परागत नाच/नृत्यहरु तथा स्थानहरू ।
➤ साकेला शिली — चाम्लिङ राई ➤ जट जटिन नृत्य — थारू ➤ मारुनी नाच — मगर ➤ पाङ्दुरे नाच — मगर ➤ झामरे नाच — मगर र गुरुङ ➤ धान नाच — लिम्बू ➤ च्याब्रुङ नाच — लिम्बू ➤ विरहेन चाँचर — थारू ➤ चोरखेलिया नाच — थारू ➤ रास लिला — थारू ➤ कृष्ण लिला — थारू ➤ तरवार नाच — थारू ➤ झुमरा नाच — राई ➤ मयुर नाच — थारू ➤ महरवा देवी नाच — थारू ➤ वडका नाच — थारू युवती ➤ बाह्रमासे नाच — थारू ➤ हददुङ्वा नाच — थारू ➤ जोगिरा नाच — थारू ➤ सरु नाच — थारू ➤ कठारिया नाच — थारू ➤ कटेहर नाच — थारू ➤ रानी नृत्य — थारू ➤ धुमरा/झुमरा नाच — थारू
➤ रसधारी, झुमटा, छोकरा, झुर्रा — थारू ➤ झिझिया नाच — मैथिली ➤ कहरवा नाच — कहार ➤ पावस गीत — नटुवा ➤ भजन गीत — बाहुन, क्षेत्री ➤ बालुन/वालन — ब्राह्मण/क्षेत्री ➤ स्याब्रु नाच — तामाङ/शेर्पा ➤ संगिनी नाच — ब्राह्मण/क्षेत्री ➤ राजवंशी नाच — राजवंशी ➤ स्वौक्या ड्वाङ्न्या — दमाई ➤ ढाल नाच — कुमशाल्या ➤ वाँतर नृत्य — बाँतर ➤ झपा नाच — मगर ➤ हुर्रा नाच — मगर ➤ रुद्रायणी नाच — नेवार ➤ कर्मधर्मा नृत्य — झाँगड ➤ धिमाल नृत्य — धिमाल ➤ गोडही नृत्य — माझी ➤ रोदी माच — मगर र गुरूङ ➤ झाम्रे नाच — मगर र गुरूङ ➤ झुम्के नाच — मगर र गुरूङ ➤ सोरठी नाच — मगर र गुरूङ ➤ सेलो नाच — तामाङ ➤ मानीरिम्दु नाच — लामा ➤ टप्पा नाच — मगर ➤ ट्यामकुली नाच — मगर ➤ हवेदा, औली — थारू र राजवंशी ➤ झांगर, कहार — थारू र राजवंशी ➤ जताहा जातिनी नाच — थारू र राजवंशी ➤ जाट जटिन — मैथिली ➤ धिमे नाच — ज्यापु ➤ धिन्तामै — नेवार ➤ छ्याम — शेर्पा ➤ चुडका — बाहुन/क्षेत्री ➤ सामा चकेवा — मैथिली ➤ होप्चा नाच — राई ➤ झूँग नाच — उराव ➤ लाखे नाच — नेवार ➤ जुयी, वजाँरे नाच — मगर ➤ पुलकिसी नाच — नेवार ➤ अघौं नाच — गुरुङ ➤ खालो नाच — माझी ➤ घोडा नाच — नेवार ➤ जोगी नाच — नेवार ➤ टाकटुके नाच — नेवार ➤ लुसी नाच — नेवार ➤ छोरखोला नृत्य — मेचे ➤ वैशाख नृत्य — मेचे ➤ ठेकरा नाच — थारू ➤ दफू वसुली नाच — चमार ➤ डोमकछ — मिथिला ➤ डोल नफाखर नाच — मेचे ➤ तावुछेवा नाच — तामाङ ➤ थान नाच — गनगाई ➤ फुटुक नाच — शेर्पा ➤ फारुवाही नाच — यादव ➤ वाघ नाच — नेवार ➤ भगता नाच — मैथिली ➤ भोटे सेलो नाच — भोटे/शेर्पा ➤ रत्यौली नाच — वाहुन क्षेत्री ➤ रोपाई नृत्य — नेवार ➤ लठ्ठी नाच/दाण्डिया — थारू ➤ वर्की नाच — थारू ➤ वसन्त नाच — नेवार ➤ वाढाडमी नाच — राई ➤ सन्थाल/सतार नाच — सतार ➤ सरङ्गे ना़च — मगर ➤ सलहेस नाच — दुलाध र मुसहर ➤ केलाङ् नाच — लिम्बू ➤ चावुङ् नाच — लिम्बू ➤ रामदल नाच — दनुवार ➤ पोयामारी नाच — धिमाल ➤ ठोकर नाच — थारू ➤ हनुमान नाच — वाहुनक्षेत्री ➤ सौका नाच — सौका •••••••••••••••••••••••••••••••• ➤ काँठे नाच — काठमाडौं ➤ सौका नाच — दार्चुला ➤ लहरे नाच — डोल्पा ➤ रुद्रायणी नाच — खोकना ➤ भद्रकाली नाच — नासल चोक ➤ झोरा नाच — लमजुङ् ➤ देउडा नाच — सुदुर पश्चिम ➤ नवदुर्गा नाच — भक्तपुर ➤ पचलीभैरव नृत्य — काठमाडौं ➤ लुमडी भद्रकाली नृत्य — काठमाडौं ➤ चौलो नाच — डडेल्धुरा ➤ पुतला नाच — अछाम ➤ पैंसेरी — डोल्पा ➤ गौना नृत्य — तराई क्षेत्र ➤ पतुरिया, हिजडा, चगेरा, चफेरा, करहवा, धोविया, वारी, छपका, पवरिया नाच — कपिलवस्तु

Thursday, June 30, 2016


The Slide Rule


An English Mathematician William Outraged combined the principles of the logarithm Napier's bones to construct the Slide Rule in 1620 A.D. It consists tow scales , one moving over the other . the rules are marked off in such a manner that the distance on the scales is proportional to the algorithm of the numbers. by Sliding one scale over the other one can easily multiply and divide. Engineers and mathematicians extensively used slide rules until the electronic calculation replace them.


Wednesday, June 29, 2016

संघीय गणतन्त्रात्मक राज्य नेपालको प्रदेश र क्षेत्रफल
‪#‎प्रदेश_न_१‬
जिल्ला संख्या==१४(सबैभन्दा बढी जिल्ला)
क्षेत्रफल=२५,९०५ बर्ग किमि(१७.६०%)
‪#‎प्रदेश_न_२‬
जिल्ला संख्या==८(सबैभन्दा कम जिल्ला)
क्षेत्रफल=९,६६१ बर्ग किमि(६.५६%)
‪#‎प्रदेश_न_३‬
जिल्ला संख्या==१३(दोस्रो बढी जिल्ला भएको)
क्षेत्रफल=२०,३०० बर्ग किमि(१३.७९%)

‪#‎प्रदेश_न_४‬
जिल्ला संख्या==११(चौथो बढी जिल्ला भएको)
षेत्रफल=२४,९,५१(१६.९५%)
‪#‎प्रदेश_न_५‬
जिल्ला संख्या==१२(तेस्रो बढी जिल्ला भएको)
क्षेत्रफल=१७,८५२ बर्ग किमि(१२.१३%)
‪#‎प्रदेश_न_६‬
जिल्ला संख्या==१०(तेस्रो कम जिल्ला भएको)
क्षेत्रफल=२८,९७३ बर्ग किमि(१९.६८%)
‪#‎प्रदेश_न_७‬
जिल्ला संख्या==९(दोस्रो कम जिल्ला भएको)
क्षेत्रफल=१९,५३८ बर्ग किमि(१३.२८%)

Thursday, June 23, 2016

वार्षिक विकास कार्यक्रतथा विकास बजेट(मध्ये कालिन खर्च संरचना समेत) तयार गर्ने सम्बन्धि मार्गदर्शन–२०७२ ।

Monday, June 20, 2016


भ्रष्टाचार के हो ?
आर्थिक हिनामिना, असामाजिक र अनैतिक कृयाकलाप र अन्य भ्रष्ट गतिबिधि जस्को परीणाम स्वोरुप राष्ट्रमा अनैतीकता पैदा हुन्छ आर्थत कुनै पद वा दायित्व लिएको व्यक्तिले आफ्नो अधिकार र हैसियतलाई दुरूपयोग गरी अनुचित ढङ्गबाट आर्थिक हिनामिना गर्ने काम नै भ्रष्टाचार हो ।
.
.
भ्रष्टाचार किन हुन्छ ?
मानिस सुविधाभोगी प्राणी हो । ऊ सधै सुविधा चाहन्छ । अर्थात सुख चाहन्छ । उसका इच्छा अनन्त छन् । इच्छापर्ूर्ति हुनु भनेको सुखको अनुभूति हुनु हो । अहिले विश्व मानव द्वन्द्वात्मक भौतिकवादमा रमाइ रहेको छ । आर्थिक पक्षमा सवल मानवले आफूलाई सुखी ठान्छ । ऐस आरामको सुखी जीवन बिताउने मुख्य माध्यम धनसम्पत्ति मानिएको छ । धन सम्पत्ति पनि चल र अचल रहेका छन् । चल सम्पत्ति भन्नाले रुपैया पैशा, सुन चाँदी हिरामोति मणी माणिक्य मानिन्छन् भने अचल सम्पत्ति जग्गा जमिन घर आदिलाई मानिन्छ । यी श्रोत साधन मानिसका आवश्यक वस्तुहरु हुन् । यस्ता श्रोत साधन प्रसस्त हुने मानिसले कतिसम्म सम्पत्ति राख्न पाउँछ त भन्ने सीमा पनि छैन । अर्थात राज्यले एक व्यक्तिले व्यक्तिगत रुपमा कतिसम्म सम्पत्ति -चल अचल) राख्न पाउने भन्ने हद पनि तोकेको छैन । जसले गर्दा सम्पत्ति थुपार्ने होड चलिरहेको छ । यो होडले गर्दा भ्रष्टाचार बढेको छ । हुनेको भकारीमा अन्न सडेको छ । नहुने भोकभोकै मर्न सक्छ । परिवारको मूलिमा आश्रीत हुने परम्परा छ । परिवारका सबै सदस्यले रोजगारीको अवसर पाएर आत्मनिर्भर हुने आफ्नो खुट्टामा आफै उभिने अवसर राज्यबाट पनि सृजना हुन सकेको छैन । आफ्नो हैसियत अनुसार खर्च गर्ने होइन कि अर्काको देखासिकी गर्ने । फजुल खर्च जस्तै भोजभतेर, जुवा तास खेल्ने, लागूपदार्थ सेवन, सात्विको भोजन भन्दा तामसि भोजन तर्फढी अग्रसर हुने । आध्यात्मीक भन्दा भौतिक चिन्तनमा बढी रुची राख्ने, राष्ट्रिय चिन्तन भन्दा अन्तर्रर्ााट्रय चिन्तन बढी गर्ने, सामाजिक व्यवहारमा अनावश्यक प्रतिस्पर्धा गर्ने, वास्तविकतालाई त्यागेर अवास्तविकतर्फबढी लालहित हुने । इमान्दारहरुको भन्दा बेइमानहरुको कदर हुने, बौद्धिक लगानी भन्दा भौतिक लगानीलाई सामाजिक मान्यता बढी हुने, पारिवारिक मोह बढी हुनु, आध्यामिक विचारधारा लोप हुँदै जानु र भौतिक चिन्तनको पराकाष्ट हुनु भ्रष्टाचारका मूल कारक तत्व हुन । भ्रष्टाचारलाई पुरुषार्थ मान्य सामाजिक मान्यताले गर्दा पनि भ्रष्टाचार दिन प्रतिदिन बढी रहेको छ ।
.
. 
भ्रष्टाचार कसरी रोकिन्छ ?
भ्रष्टाचार नियन्त्रण गर्न सरकारी तबरबाट संस्थाहरु गठन भएका छन् । जस्तै अख्तियार दूरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय र्सतर्कता केन्द्र । अख्तियार अन्तरगतका शाखाहरु क्षेत्रीय र जिल्ला प्रशासन कार्यालयहरुमा पनि रहेका छन् । यी संस्थाहरु हात्तीको देखाउने दात मात्र भएका छन् । किन भने नेपाल विश्वका भ्रष्टचार बढी हुनु मुलुकको तेश्रो नम्बरमा परे के छ । भ्रष्टाचार नियन्त्रण गर्न गठित संस्थाहरुमा नै भ्रष्टाचार छ भने उसले अरुलाई नियन्त्रण गर्ने सम्भावना रहँदैन । भ्रष्टाचार नियन्त्रण गर्न र्सव प्रथम मूल सङ्लो हुनर्ुपर्छ । भनिन्छ मूलको पानी कूलको छोरी, मूलको पानी र कूलको छोरीले कहिल्यै अहित गर्दैनन् । देशको राजनीतिको पनि भ्रष्टाचार नियन्त्रणमा सक्रिय भूमिका रहन्छ । मुलुकको बागडोर संचालन गर्ने नेता र उच्च पदस्त प्रशासकहरु सदाचारी भए भने देशबाट भ्रष्टाचार स्वतः भाग्दछ । यहाँ त जो रक्षक उही भक्षक भएर मुलुक भ्रष्टाचारको दलदलमा गाडिएको छ । भ्रष्टाचारीलाई कारबाही गर्नु त कताकता संरक्षण दिने नेताहरुको प्रवृति छ । भ्रष्टाचार नियन्त्रण गर्न गठित संस्थाहरुले आफू वादी भएर अदालतमा मुद्दा दर्ता गर्छन । अदालतबाट सबुद प्रमाण नपुगेको भनी प्रतिवादी भ्रष्टाचारीको पक्षमा नै मुद्दा फैसला भएका छन् । यहाँ बढी भन्दा प्रतिवादी धेरै चनाखो र चतुरा छन् । प्रतिवादीहरु मुद्धा आफ्नो पक्षमा पार्न साम, दाम, दण्ड भेद सबै नीति अपनाउँछन् । वादीदर्ता गर्ने पक्षले वादी दर्ता गरायो बस पुग्यो । सरकार वादी मुद्दाहरु प्रायः असफल नै भएका छन् । भ्रष्टाचार नियन्त्रण गर्न र्सव प्रथम सम्पत्तिको सीमा तोकिनु पर्छ । नैतिक शिक्षा दिने व्यवस्था हुनर्ुपर्छ । च्रष्टाचारीलाई बर्ुइ बोकेर हिँड्ने राजनीतिक चरित्रको अन्त्य हुनर्ुपर्छ । भ्रष्टाचार नियन्त्रण गर्न गठित संस्थालाई न्यायिक अधिकार दिनर्ुपर्छ । राज्यमा प्रशस्त रोजगारीका अवसर सृजना गरेर आत्मनिर्भर हुने अवसर दिनु पर्छ । एक व्यक्ति एक रोजगार हुनर्ुपर्छ । सामाजिक फजूल खर्च नियन्त्रण हुनर्ुपर्छ । भौतिक होइन आध्यात्मिक प्रतिस्पर्धा बढाउनु पर्छ । जनतालाई परावलम्बि होइन स्वावलम्बि र अनुशासित बनाउनु पर्छ । भ्रष्टाचारीलाई कारबाही र सदाचारीलाई पुरस्कृत गर्नुपर्छ । अनिमात्र देश भ्रष्टाचार मुक्त हुन सक्दछ अन्यथा भ्रष्टाचारको एक नम्बरमा मुलुक पुग्न सक्छ ।

प्रश्तुत कर्ताः लाेके दार्इ 

Saturday, June 18, 2016

१. नेकपा एमाले उम्मेद्धार श्री विद्यादेवी भण्डारी नेपालको राष्ट्रपति पदमा कहिले निर्वाचित हुनुभयो ?
= वि.स. २०७२ कार्तिक ११
(उक्त दिन भएको राष्ट्रपति निर्वाचनमा संसदमा हाल कायम ५९७ सदस्यमध्य सदनमा उपस्थित ५४९ सदस्य मतदानमा रहभागी भएको मा भण्डारीको पक्षमा ३२७ मत प्राप्त भएको थियो भने अर्का प्रत्यासी नेपाली कांग्रेसमा कुल बहादुर गरुङ्गले २१४ मत प्राप्त गर्नु भएको थियो । खसेको मत मध्ये आठ मत बदर भएका थिए । वि.स. २०१८ असार ५ मा भोजपुर जिल्लाको मजेभञ्ज्याङमा जन्मिनुभएकी भण्डारीको २०३९ सालमा नेकपा एमालेका नेता मदन मण्डारी संग विवाह भएको थियो ।)

२. सङघीय लोकतान्त्रिक गणतन्त्र नोपलको दोस्रो उपराष्ट्रपततिमा को चयन हुनु भएको छ ।
= नन्द बहादुर पुन (नेकपा माओबादी पुर्बं माओवादी लडाकु कमाण्डर ) उहाँ २०७२ कार्तिक १४ मा भएको उपराष्ट्रपति निर्वाचनमा व्यवस्थापिका संसदको बहुमतबाट उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो । पुनले ३२५ मत र अर्का प्रत्यासी नेपाली काँग्रेसका उम्मेदवार अमियकुमार यादवले २१२ मत प्राप्त गर्नु भएको थियो । खसको जम्मा मत ५४७ मध्ये १० मत बदर भएको थियो । राङसी, रोल्पामा २०२२ साल कार्तिकमा जन्मिनुभएका पुन नन्दकिसोर पुन पासाङनाम ले चिनिनु हुन्छ ।)

३. सबैखाले पुँजीमध्ये सार्वोत्तम हो, मानवजाती लगानी भएको पुँजीभन्ने विचारक को हुन ?
=अल्फ्रेड मार्शल

४.गैर आवासिय नेपाली संग (एन.आर.एन.ए.) को सातौ महाधिबेसन तथा विश्व सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
= वि.स. २०७२ आसोज २७३० (सन २०१५ अक्टोबर १४१७) काठमाण्डौमा

५. गैर आवासिय नेपाली संघको सातौ सम्मेलन अध्यक्षमा कसलाई चयन गरियो ?
= शेष घले (गैर आवासिय नेपाली संघको सातौ सम्मलेन बाट सातौ अध्यक्षमा शेष घले पुनः विजय हुनु भएको छ । संघको उपाध्यक्षदय पदमा भवन भट्ट र कुमार पन्त, महाचिवमा बद्रि केसी, सचिबमा अर्जुन कुमार श्रेष्ठ र कोषाध्यक्षमा हिक्मत थापा निर्वाचित हुनुभएको छ ।  ‘(एन.आर.एन.एः पुनः निर्माणको सच्चा सझेदारनारा तय भएको सम्मेलने १० बुदे काठमाण्डौ घोषणा पत्र मा जारी गरेको छ ।)

६. सन २०१५ को अर्थशास्त्र तर्फको नोबेल पुरस्कार बिजेता अर्थशास्त्री को हुन ?
=एडगस डिटोन(उपभोग, गरिबी कल्याण विषयमा डिटोनले गरेको महत्वपुर्ण विश्लेषनका लागी)

७. हालै (२०७२ असोज) मा महान्याधिबक्ता नियुक्ती हुने ब्यक्ति को हुन ?
= हरिकृष्ण कार्कि (नेपाल बार एसओसियसनका अध्यक्ष)

८. महान्याधिबक्ताको कसरी नियुक्त गरिन्छ ?
= प्रधानमन्त्रिको सिफरिसमा राष्ट्रपतिबाट

९.वि.स. २०७२ असोज २५ मा सम्पन्न तेस्रो इनास फिल्म आवार्डमा लाईफ टाईम एचिभमेन्ट आवार्डमा सम्मानित हुने कलाकार को हुन ?
= तुलसी घिमीरे

१०. विश्व जैविक विविधता दिवस कहिले माईन्छ ?
=मे २२ (पहलिे डिसेम्बर २९ मा मनाउने गरिन्थ्यो)

११. पृथ्वीको वायुमण्लमा कार्बनडाईअस्साईडको मात्र कति रहेको छ ?
=०.०३ प्रतिशत

१२. तारा, ग्रह, उपग्रह, शिुशु ग्रह, उल्का, पुच्छ«ेतारा लगाएतका खगोलिय पिण्डहरु एवम् धुलकण र ग्यासीय पदार्थको अति विशाल समुहलाई के भनिन्छ ?
= तारापुञ्ज ( सौर्यमण्डलमा रहेका तरापुञ्जलाई आकाशगंगा तारापुञ्ज भनिन्छ, जुन कमानी आकारको छ ।)

१३. कुनै एउटा वंशबाट अर्काे बंश बंशाणुबाट सर्दै गएको परिवृत्तिलाई के भनिन्छ ?
=वंशायागत परिवृत्ति

१४. बुहपक्षीय व्यापार सञ्जाल विश्व व्यापार सङगठन डब्ल्यु.टि.ओ. को सदस्यता नेपालले कहिले प्राप्त गरेको हो ?
= सन २००४ अप्रिल २३

१५. संयुक्तराष्ट्रसंघको सुरक्षा परिषदका पाँच स्थायी सदस्य राष्ट्रहरु कुनकुन हुन ?
= अमेरिका, रुस, बेलायत, फ्रान्स, र चीन

१६. क्षेत्रफलका हिसावले सबैभन्दा ठुलो अञ्चल कर्णाली (२१३५१ वर्ग किमी) हो भने सबैभन्दा सानो अञ्चल कुन हो ?
= महाकाली ६९८९ वर्गकिमी

१७. नेपाल विज्ञान तथा प्रविधी पज्ञा प्रतिष्ठानको स्थापना कहिले भएको हो ?
= विस २०३९ मंसिर २०

१८. आरनमा आगो फुक्न पूयोग गरिने थैली जस्तो समानलाई के भनिन्छ ?
= खलाती

१९. कुराकानी गर्ने सिलसिलामा बारम्बार देहोरिने शब्दलाई के भनिन्छ ?
= थेगो

२०. त्यो संख्या कुन हो जसलाई ६ ले भाग गर्दा ५ शेष, ५ ले भाग गर्दा ४ शेष र ४ ले भाग गर्दा ३ शेष, ३ ले भाग गर्दा २ शेष र २ ले भाग गर्दा १ शेष आउछ ?
= ५९


२१. विस २०७२ आसोज २९ मा व्यवस्थापिका संसदको सभामुख चयन हुन ेमहिला नेतृ को हुनः
= ओनसरी घर्तीमगर (पहिलो महिला सभामुख)

२२. नेपाली सहित्यमा त्रिमुत्र्री भनि चिनिने साहित्यकार कोको हुन ?
= लक्ष्मी प्रसाद देवकोटा, लेखनाथ पौडेल र बालकृष्ण सम

२३. दार्शनिक सुकरातको मुख्य सन्देश के थियो ?
= आफुलाई चिन

२४. प्रसिद्ध दार्शनिक सुकरातलाई ग्रिक सरकारद्धारा कुन विषको सेवन गराई मृत्यूदण्ड दिईएको थियो ?
= हेम्लक

२५. नेपाल भारतविचको व्यापारमा भुक्तानी असन्तुलन रहनुको कारण के हो ?
= नेपालले निर्यात भन्दा आयात बढि गर्ने

२६. Doldrums भन्नाले के बुझिन्छ ?
= ५ डिग्री उत्तर  देखि ५ डिग्री दक्षिण आक्षश.को क्षेत्र

२७. मनसुनी वायु गूीष्म ऋतुमा कुन क्षेत्रबाट कुन क्षेत्रतर्फ बहन्छ ?
= समुद्रबाट जमिनतर्फ

२८. बालअधिकार स्थापनार्थ गरेको योगदान एवम मानव बेचविखन विरुद्धको अभियानमा अग्रणी भूमिका निर्वाह गरेबाफत सन २०१५ को चाईल्ड १० स्टेन अन्तराष्ट्रिय अवार्डबाट सम्मानित हुने नेपाली को हुन ?
= अनुराधा कोईराला (एक लाख स्वडिस क्रोनर पुरस्कार राशियुक्त स्वीडेनको उक्त सि टेन अवार्ड पाउने अनुराधा दोस्रो नेपाली हुनुहून्छ गत वर्ष यो अवार्ढ शक्ति समुहकी सुनिता दनुवारले प्राप्त गर्नुभएको थियो ।)

२९. नि २०१५ को प्रतिष्ठित पुरस्कार द म्यान बुकर प्राईजपूाप्त गर्ने स्रष्टा को हुन ?
=जमैकाका मर्लन जेम्स(ए विफ हिस्ट्री सेभन किलिङस नामक उपन्यासका लागी)

३०. प्रसिद्ध तीर्थस्थल रुरु क्षेत्र कुन नदिको किनारमा पर्दछ ?
= कालिगण्डकी

३१. नेपालको कला तथा संस्कृतिको संरक्षणमा महत्वपुर्ढा सहयोग पु¥याउदै आएको अन्तराष्ट्रिय संस्था कुन हो ?
= यूनेस्को

३२. घाटा बेजेट Deficit Financing सिद्धान्तको प्रतिपादिक को हुन?
= जे.एम.किन्स

३३. नेपालको मौद्रिक निती निर्माण गर्ने, कार्यन्वयन गर्ने तथा गराउने अधिकार कसलाई छ ?

= नेपाल राष्ट्र बैक
Prepared By: Shankar Aryal
Q.N.1. नेपाललाई कहिले 14 अञ्चल 75 जिल्ला मा कहिले विभाजन गरिएको थियो ??
उत्तर = २०१८ बैशाख १
Q. N. 2. नेपाल राष्ट्र बैंकले रु 20,25 50 दरका नोट पहिलोपल्ट कुन कुन मितिमा प्रकाशित गरेको हो ??
उत्तर = क्रमश २०३९ कार्तिक २२, २०५२ चैत्र २९ र २०३४ बैशाख १४
Q.N.3. नेपाल राष्ट्र बैंकले आ व २०७१/०७२ को लागि जारी मौद्रिक नीति अनुसार क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात अनुपात कति कति रहेको छ ??
उत्तर = क्रमश : 6%,5%,4%
Q. N. 4. कुलेखानी , चिलिमे र मोदिखोला जलविद्युत आयोजना कुन कुन जिल्लामा पर्दछन् ??
उत्तर = क्रमश : मकवानपुर , रसुवा र पर्वत
Q.N.5. जुम्ला , बुटवल र मन्थली कुन कुन नदिको किनारमा अवस्थित छन् ??
उत्तर = क्रमश : तिला , तिनाउँ र तामाकोशी
Q.N.6. कालो झण्डा र सेतो झण्डाले कुन कुन कुराको संकेत गर्दछ ??
उत्तर : क्रमश : बिरोध र शान्ति
Q.N.7. निम्न कृतिका लेखकको नाम लेख्नुहोस् !
1.
सेतो धरती 
2.
चट्याङको देश 
3.
नदी किनारका माझी 
उत्तर = क्रमश : अमर न्यौपाने , डायमण्ड समसेर राणा र मोहन कोइराला
Q.N.8. आ व २०७१/०७२ को बजेट बक्तव्य र मौद्रिक नीतिमा उल्लेख भए अनुसार चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर र मुद्रास्फिती दर कति रहने अनुमान गरिएको छ ??
उत्तर = क्रमश : 6% 8%
Q.N.9. निम्न देशका मुद्रालाई के भनिन्छ ??
1.
रसिया 
2.
इण्डोनेशिया 
3.
मलेसिया 
उत्तर = क्रमश : रुबेल , रुपिया र रिङ्गिट
Q.N.10. सूचना प्रविधिको क्षेत्रमा प्रयोग हुने VSAT HTTP को विस्तारित रुप लेख्नुहोस् !!
उत्तर = Very small aperture terminal & Hypertext Transfer Protocol
11. विश्व वातावरण दिवस कहिले मनाइन्छ ? उक्त दिवसको अवसरमा यस वर्ष नेपालको नारा के रहेको थियो ??
उत्तर = जुन 5 , ‘हिमाल बचाऔं, वातावरण जागाऔं
Q.N.12. ब्राजिलमा भएको विश्वकप फुटबल २०१४ को सेमिफाइनल खेल कुन कुन राष्ट्रबिच भएको थियो ? सो विश्वकपमा गोल्डेन बल प्राप्त गर्ने खेलाडीको नाम के हो ??
उत्तर = क्रमश : ब्राजिल र जर्मनी , नेदरल्याण्ड र अर्जेन्टिना 
गोल्डेन बल - लियोनल मेसी( अर्जेन्टिना )
Q.N.13. पञ्चकन्या भन्नाले कसलाई जनाउँदछ ??
उत्तर = अहिल्या, द्रौपदि , कुन्ती , तारा र मन्दोदरी
Q.N.14. नेपाल सरकारको २०७१ बैशाख २५ को निर्णयबाट थप गरिएका नगरपालिकाको संख्या कति थियो ?? थप गरिएका समेत हाल नगरपालिकाको संख्या कति पुगेको छ ??
उत्तर = क्रमश : ७२, १३०
Q.N.15. निम्न मुलुकको राजधानीको नाम उल्लेख गर्नुहोस् !!
A.
ब्राजिल 
B.
घाना 
C.
कतार 
उत्तर = Brasilia , Accra and Doha
Q.N.16. सार्क क्षयरोग केन्द्र र सार्क कृषि सूचना केन्द्र कुन कुन देशमा रहेका छन् ?? उक्त केन्द्र कहिले स्थापना भएका थिए , इश्वि सम्बतमा लेख्नुहोस् !
उत्तर = क्रमश : Nepal 1992 , Bangladesh 1989
Q.N.17. संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा कति सदस्य रहन्छन् र त्यसमा कति स्थायी र कति अस्थायी सदस्य राष्ट्र रहने व्यवस्था रहेको छ ??
उत्तर = क्रमश : 15, 5 and 10
Q.N.18. नेपालको अन्तरिम संविधान २०६३ को मस्यौदा समिति कसको अध्यक्षतामा गठन गरिएको थियो ? उक्त अन्तरिम संविधान कुन मितिमा जारी भएको थियो ??
उत्तर = लक्ष्मण प्रसाद अर्याल , २०६३ माघ १
Q.N.19. नेपालमा सिरुवा पर्व , सोहराम पर्व र तोरनल्ह पर्व कुन कुन जातिले मनाउने गर्दछन् ??
उत्तर = क्रमश : थारु , राजवंशी , थकाली

Q.N.20. नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा कतिजना र कोको रहने व्यवस्था छ ??
उत्तर = सात जना , गभर्नर , अर्थ सचिव , दुई जना डेपुटि गभर्नर र तीनजना सञ्चालक


Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 10 ) Banks ( 66 ) Corporation ( 47 ) Culture ( 23 ) Force ( 45 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 51 ) MCQs ( 12 ) News ( 8 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 102 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 86 ) update ( 11 ) videos ( 13 ) WORLD ( 14 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Blog Archive

Tags

agriculture (10) Banks (66) Corporation (47) Culture (23) Force (45) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (51) MCQs (12) News (8) oldqsn (20) onlinequiz (1) Places (4) PSC (102) Rules (8) tips tricks (21) TSC (86) update (11) videos (13) WORLD (14)

Popular Posts

Translate

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

हालसम्म नेपालसँग भएको कुटनितिक सम्बन्धका बारेमा सम्पूर्ण जानकारी ।। Diplomatic relations between Nepal and other's countries.

नेपालसँग भएको कुटनितिक सम्बन्धको बारेमा सम्पूर्ण  मिति सहित अहिले सम्मकै आधिकारीक जानकारी यहाँबाट प्राप्त गर्न सकिन्छ, यसका बारेमा विस्तृत र...

Recent

Popular Posts