Showing posts with label Culture. Show all posts
Showing posts with label Culture. Show all posts

Wednesday, April 24, 2024

के तपाइलाइ थाह छ? नेपाल सरकारले मिति २०८० कार्तिक २७  देखि लागु हुने गरी सरकारी कामकाजमा प्रयोग हुने विभिन्न चिठ्ठी पत्रहरुमा अनिवार्य नेपाल संवत उल्लेख गर्ने निर्णय गरेको छ नि ! विक्रम संवत २०८१ सालमा नेपाल संवत  ११४४ अनुसार कुन दिन के तिथि पर्छ भनी थाह पाउन  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले मिति २०८१ बैशाख ४ गते

 विज्ञप्ती जारी गरेको छ । उक्त जारी विज्ञप्ती यहाँ बाट डाउनलोड गरी भरपुर फाइदा उठाउनुहोस् । 

थप जानकारीका लागि https://npns.gov.np/notice/publication/15 मा जानुहोस् । 

Wednesday, December 15, 2021

 १. लगातार दुई पटक भन्दा बढि कसैलाई कल नगर्नुहोस्। यदि उनीहरूले तपाईंको कल उठाएनन् भने सोच्नुस् उनीहरू व्यस्त छन् ।
२. तपाईंलाई सापटी दिने व्यक्तिले सम्झाउनु अगाबै उसँग लिएको पैसा फिर्ता गर्नुहोस् वा फिर्ता गर्न समय लाग्ने जानकारी गराउनुहोस् । यसले तपाईंको निष्ठा र चरित्र देखाउँदछ। यो कुरा छाता, कलम र पुस्तक जस्ता वस्तुमा पनि लागू हुन्छ।
https://www.youtube.com/channel/UCs_qPtdOz1p3Yk-duRVD2wg
३. यदि कसैले तपाईंलाई लन्च वा डिनर खुवाउँदै छ भने कहिल्यै मेनुमा भएको महङ्गो खाना अडर नगर्नुहोस् ।
४. "ओह, त्यसोभए तपाईंको बिहे भएको छैन?" वा "तपाईंका बच्चाहरु छैनन्?" वा "तपाईंले किन घर नबनाउनु भएको?" जस्ता अप्ठ्यारो प्रश्नहरु नसोध्नुहोस् । किनकी यी तपाईंका समस्याका विषय हैनन् ।
५. सधैं तपाईंको पछाडि आउँदै गरेको व्यक्तिको लागि ढोका खोल्नुहोस् । त्यो केटा वा केटी, वरिष्ठ वा कनिष्ठ हुनुले फरक पर्दैन । तपाईं कसैलाई सार्वजनिक रूपमा राम्रो व्यवहार गरेर सानो हुनुहुन्न ।
६. साथीसँग ट्याक्सी चढ्दा पुरै भाडा उहाँले तिर्नुभयो भने अर्को पटक आफूले तिर्ने प्रयास गर्नुहोस् ।
७. फरक-फरक विचार र धारणाहरूको सम्मान गर्नुहोस्। तपाईंले 6 देखेको चिजलाई तपाईंको अगाडि बस्नेले 9 देखिरहेको हुन सक्छ । दोस्रो विचार विकल्पको लागी राम्रो पनि मानिन्छ ।

Saturday, December 15, 2018

१) उपधुब्रीय क्षेत्रमा बस्ने इन्युईट जातिका मानिसहरुले जनावरको छाला बाट तयार पार्ने अस्थायी ग्रीष्मकालिन घरलाई के भनिन्छ ??
टुपिक
२) उत्तर अमेरिका र युरोपको उत्तरी क्षेत्रमा बस्ने मानिसहरुले हिउका टुक्राबाट बनाउने घरलाई के भनिन्छ ??
इग्लु
३) मध्य अफ्रिकाका पुड्के मानिसहरुको जातलाई के भनिन्छ ??
पिग्मी
४) अफ्रीकाको केन्या र तान्जानियामा पशुपालन गर्ने अग्ला एव दुब्ला प्रकृतिका आदिवासी लाई के भनिन्छ ??
मसाई
५) क्यानडा र अमेरिकी अलास्काको उत्तरी हिउमा कुकुरद्वारा तानिने गाढालाई के भनिन्छ ??
स्लेज
६) अफ्रिकाको नाईजेरिया र नाईजरको मुख्य आदिवासी जातिलाई के भनिन्छ ??
हौसा
७) संसारमा सबैभन्दा बढी सुन उत्पादन गर्ने मुलुक चीन दोस्रो अस्ट्रेलिया हो भने तेस्रो मुलुक कुन हो ??
अमेरिका
८) चिनिको कचौरा वा चिनिको भाडो भनेर क्युवा लाई चिनिन्छ भने सबैभन्दा धेरै चिनी उत्पादन गर्ने मुलुक कुन हो ??
ब्राजिल
९) दक्षिण अमेरिकाको एन्डिज पर्वत क्षेत्रमा यातायातका साधनको रुपमा प्रयोग हुने दुई पशु के के हुन ??
आल्पाका र लामा
१०) युरोपको स्क्यान्डिनेभिया क्षेत्रमा बसोबास गर्ने आदिबासी लाई के भनिन्छ ??
ल्याप्स वा सामी
११) संसारमा सबैभन्दा बढी कपास उत्पादन गर्ने देश चीन हो भने बढी निर्यात गर्ने देश कुन हो ??
अमेरिका
१२) उत्तर अमेरिका, युरोप र एसिया पुर्व पश्चिम फैलिएको धुपी सल्लाको विशाल बन क्षेत्रलाई के भनिन्छ ??
टाईगा
१३) सामुन्द्रीक दुरि छोट्याउने उद्देश्यले निर्माण गरिएका संसारका दुई मानव निर्मित नहरहरु कुन कुन हुन ??
स्वेज नहर र पानामा नहर
१४) ब्राजिल को उष्ण तृष्ण भुमिलाई के भनिन्छ ??
क्याम्पो
१५) अमेरिका र ब्राजिलमा उखुबाट उत्पादन हुने पेट्रोल लाई के भनिन्छ ??
इथानोल फ्युल
१६) आन्तरिक जलमार्गको रुपमा उत्तर अमेरिकाका पाच महान ताललाई आन्ध्र महासागर संग जोड्ने नदिको नाम के हो ??
सेन्ट लरेन्स नदि
१७) न्युजिल्यान्ड मा रहेको आदिवासी जाति लाई के भनिन्छ ??
माओरी
१८) अर्जेन्टिनाको पम्पास घासे मैदानमा गाईबस्तु चराउने मानिसलाई के भनिन्छ ??
गौचो
१९) खुला समुन्द्र सम्बन्धि जेनेभा सन्धी सन १९५८ मा तर्जुमा गरियो भने सामुन्द्रीक कानुन सम्बन्धि महासन्धी कहिले तर्जुमा गरियो ??
सन १९८२
२०) विस्वमा सबभन्दा उत्तरको राजधानी आइसल्याण्डको रेक्ज्याविक हो भने सबभन्दा दक्षिणको राजधानी कुन हो ??
न्युजिल्यान्डको बेलिङटन

Monday, July 31, 2017

1

2

3

4

5

6

7

8


9

 10

 11


 12

 13

14


15

Sunday, February 19, 2017

पृथ्वीमा रहेका ७ महादेशहरुका केही महत्त्वपूर्ण जानकारीहरु 
 एसीया महादेश
- क्षेत्रफल >> ४३९९९००० वर्ग कि. मि
-विषेशता >> सबै भन्दा ठुलो
-अबस्थिति >> १०° दक्षिण देखि ७८° ऊत्तरी अक्षांश र २५ं पुर्व देखि १७०° पूर्बी देशान्तरबीच
- उत्तर दक्षिण चौडाई>> ८६०० Km
-पुर्व पश्चिम लम्वाई >> ९६०० Km
- सबै भन्दा लामो हिमनदि>> सियाचेन
-सबै भन्दा लामो नदि >> यान्जे नदि
-जनसंख्या >> ५४%
-विश्बको ओगटेको भाग >> २९.९२%
-धेरै भाषा बोलिने देश >> भारत
-ठुलो देश >> चिन(एसियाको)
-विषमताको देश >> एसिया
- Home of man >> एसिया
अफ्रिका महादेश
- दोस्रो ठुलो महादेश
- क्षेत्रफल >> २९७८५००० Km
-अबस्थिति>> ३७° उत्तर देखि ३५° दक्षीण अक्षांश र २०° पश्चिम देखि ५०° पूर्वी देशान्तरबीच
-विषेशता >> कालो अध्यारो महादेश
-किन कालो अध्यारो महादेश >> काला जातिको बाहुल्यता धेरै भयको कारणले
-उत्तर दक्षिण लम्वाई >> ८००० km
-पूर्व पश्चिम चौडाई >> ७४४० km
- लामो हिमनदि - किलिमाञ्जरो
-यो महादेशको जानाकारी गराउने पहिलो व्याक्ती
>> डेभिड लेभिङ स्टोन
- घासे मैदान >> भेल्ड
- सबै भन्दा बढि भाषिक बिबिधता भयको
- विश्वको ठुलो मर्भुमी यसैमा छ (सहारा)
- सर्बोच्च शिखर >>किलिमाञ्जरो(५८९५m)
- ऊच्च समस्थलको महादेश भनेर चिनिने
-ठुलो देश >> अल्जेरिया
-सानो देश >> सेसेल्स
- सबै भन्दा ठुलो हिरा खानी यहि छ (किम्वरखान )
- यश महादेशलाई झन्डै भुमध्य रेखाले बीचबाट काटेको छ
- सबै भन्दा होचो भाग >> लेक असाल
- उष्ण सदाबहार जंगललाइ के भनिन्छ
>> Rain Forest
उत्तर अमेरिका महादेश
-तेस्रो ठुलो महादेश
- बिशेषता >>नया संसार भनि चिनिने महादेश
-क्षेत्रफल >> २४३२०००० वर्ग Km
- ओगटेको क्षेत्रफल >> १६.९%
-उत्तर दक्षिण लम्वाई >> ७२०० km
- पूर्व पश्चिम चौडाई >> ४८०० km
-लामो नदि >> मिसिसिपि मिसौरि(६२४०)
-लामो हिमनदि >> हवार्ड
- यो महादेश कसले पत्ता लगायका
>> क्रिस्टोफर कोलम्बश (सन् १४९२ मा )
- ठुलो देश >> क्यानडा
-सानो देश>> सेन्ट किट्स एन्ड नेभिस
-अग्लो चुचुरो >> मेकिन्ले(६१६४ m Usa)
-होचो भाग >> डेथ भ्याली (अमेरीका )
-ताजा पानिको ताल >> सुपेरियर (यसैमा छ )
-विश्वको सबै भन्दा ठुलो गुम्बज >> एस्ट्रोडम
- पश्चिमी गोलार्धको महादेशले पनि चिनिने
- बिश्वको ठुलो नेशनल पार्क रहेको(उड बफेलो)
दक्षिण अमेरिका महादेश
- चौथो ठुलो महादेश
- क्षेत्रफल >> १७७९८५०० वर्ग कि मि
- ओगटेको भुभाग >> ११.९ %
-उत्तर दक्षिण लम्वाई >> ७४४२ कि मि
-पूर्व पश्चिम चौडाई >> ५२२१ किमि
-लामो हिम नदि >> पेरिटो मोरिनो
- सबै भन्दा अग्लो एन्जल झरना रहेको
-उच्च भुभाग >> माउन्ट एकान्कागुआ
-होचो भुभाग >> Peninsula valdes
- उचाईमा रहेको ताल >>
टिटिकाका(३८१०m ) पेरु
- सबै भन्दा ठुलो नदि यसैमा छ (अमेजन )
-ठुलो देस >> ब्राजिल
- सानो देस >> ट्रिनिडाड एन्ड टोवागो
- सबै भन्दा जाडो हुने ठाउ >> रिकाडाभिया
 अन्टार्कटिका महादेश
- पाचौ ठुलो महादेश
- क्षेत्रफल >> १३०००००० वर्ग किलोमिटर
-ओगटेको भुभाग >> ८.९%
- विश्वको ९०% हिउँ रहेको छ (९८% ढाकेको छ )
-बिशेषता >> मानव बसोवास नभएको
- Ice sheet उपनामले चिनिने
- सुन्दरि पंक्षि किवीका लागि प्रसिद्ध महादेस
-अग्लो भुभाग >> भिन्सन म्यासिफ
- होचो भुभाग >> बेन्टले सब ग्लासिएल ट्रेन्च
युराेप महादेश
- छैटौ ठुलो महादेश
- क्षेत्रफल >> १०४९८००० वर्ग किमि
-ओगटेको भुभाग >> करिव ७%
-पूर्व पश्चिम लम्बाई >> ६४०० km
-उत्तर दक्षिण चौडाई >> ४८०० km
- बिशेषता >> प्रायद्धिप हरुको पनि प्रायद्धिप ( तीन तिरवाट पानिले एक तिरवाट जमिनले घेरिएको जमिनलाई प्रायद्धिप भनिन्छ )
- ठुलो राष्ट्र >> रुस
- सानो राष्ट्र >> भ्याटिकन सिटि
- लामो हिमनदि >> भट्नाजोकुल
- लामो नदि >> भोल्गा
- ठुलो ताल >> लाडोगा (रुस)
- भुपरिवेष्ठित राष्ट्र >> १८ वटा छन
- Buffar Zone of Europe भनेर चिनिने देश
अस्ट्रलिया महादेश
- सबै भन्दा सानो महादेश
-टापु महादेश तथा कंगारुको महादेश
- क्षेत्रफल >> ७६८६३०० वर्ग कि मि
-ओगटेको क्षेत्रफल >> ५.३ %
- पूर्व पश्चिम सरदर लम्वाई >> ३९०० कि मि
-उत्तर दक्षिण चौडाई >> ३१५० किमि
अस्ट्रेलियाको घासे मैदानलाई >> डाउन्स भनिन्छ
- ठुलो नदि >> मरे डार्लीङ (३७५० किमि)
- नुनिलो पानिको ताल >> आइरा ताल
- अग्लो शिखर >> माउन्ट कोस्कियुस्को
- अग्लो भुभाग >> जाया पन्कक
- होचो भुभाग >> आईरा ताल
- सर्वाधिक मात्रमा उन उत्पादन हुने महादेश
प्रकाशितः२०७३/११/०८ तपार्इलार्इ जुनसुकै बेला पनि अावश्यक परेकाे कुराहरू यस बेबसार्इट बाट सजिलै पढन पाउनुहुने छ । 

Sunday, November 20, 2016

नेपालमा प्रचलित परम्परागत नाच/नृत्यहरु तथा स्थानहरू ।
➤ साकेला शिली — चाम्लिङ राई ➤ जट जटिन नृत्य — थारू ➤ मारुनी नाच — मगर ➤ पाङ्दुरे नाच — मगर ➤ झामरे नाच — मगर र गुरुङ ➤ धान नाच — लिम्बू ➤ च्याब्रुङ नाच — लिम्बू ➤ विरहेन चाँचर — थारू ➤ चोरखेलिया नाच — थारू ➤ रास लिला — थारू ➤ कृष्ण लिला — थारू ➤ तरवार नाच — थारू ➤ झुमरा नाच — राई ➤ मयुर नाच — थारू ➤ महरवा देवी नाच — थारू ➤ वडका नाच — थारू युवती ➤ बाह्रमासे नाच — थारू ➤ हददुङ्वा नाच — थारू ➤ जोगिरा नाच — थारू ➤ सरु नाच — थारू ➤ कठारिया नाच — थारू ➤ कटेहर नाच — थारू ➤ रानी नृत्य — थारू ➤ धुमरा/झुमरा नाच — थारू
➤ रसधारी, झुमटा, छोकरा, झुर्रा — थारू ➤ झिझिया नाच — मैथिली ➤ कहरवा नाच — कहार ➤ पावस गीत — नटुवा ➤ भजन गीत — बाहुन, क्षेत्री ➤ बालुन/वालन — ब्राह्मण/क्षेत्री ➤ स्याब्रु नाच — तामाङ/शेर्पा ➤ संगिनी नाच — ब्राह्मण/क्षेत्री ➤ राजवंशी नाच — राजवंशी ➤ स्वौक्या ड्वाङ्न्या — दमाई ➤ ढाल नाच — कुमशाल्या ➤ वाँतर नृत्य — बाँतर ➤ झपा नाच — मगर ➤ हुर्रा नाच — मगर ➤ रुद्रायणी नाच — नेवार ➤ कर्मधर्मा नृत्य — झाँगड ➤ धिमाल नृत्य — धिमाल ➤ गोडही नृत्य — माझी ➤ रोदी माच — मगर र गुरूङ ➤ झाम्रे नाच — मगर र गुरूङ ➤ झुम्के नाच — मगर र गुरूङ ➤ सोरठी नाच — मगर र गुरूङ ➤ सेलो नाच — तामाङ ➤ मानीरिम्दु नाच — लामा ➤ टप्पा नाच — मगर ➤ ट्यामकुली नाच — मगर ➤ हवेदा, औली — थारू र राजवंशी ➤ झांगर, कहार — थारू र राजवंशी ➤ जताहा जातिनी नाच — थारू र राजवंशी ➤ जाट जटिन — मैथिली ➤ धिमे नाच — ज्यापु ➤ धिन्तामै — नेवार ➤ छ्याम — शेर्पा ➤ चुडका — बाहुन/क्षेत्री ➤ सामा चकेवा — मैथिली ➤ होप्चा नाच — राई ➤ झूँग नाच — उराव ➤ लाखे नाच — नेवार ➤ जुयी, वजाँरे नाच — मगर ➤ पुलकिसी नाच — नेवार ➤ अघौं नाच — गुरुङ ➤ खालो नाच — माझी ➤ घोडा नाच — नेवार ➤ जोगी नाच — नेवार ➤ टाकटुके नाच — नेवार ➤ लुसी नाच — नेवार ➤ छोरखोला नृत्य — मेचे ➤ वैशाख नृत्य — मेचे ➤ ठेकरा नाच — थारू ➤ दफू वसुली नाच — चमार ➤ डोमकछ — मिथिला ➤ डोल नफाखर नाच — मेचे ➤ तावुछेवा नाच — तामाङ ➤ थान नाच — गनगाई ➤ फुटुक नाच — शेर्पा ➤ फारुवाही नाच — यादव ➤ वाघ नाच — नेवार ➤ भगता नाच — मैथिली ➤ भोटे सेलो नाच — भोटे/शेर्पा ➤ रत्यौली नाच — वाहुन क्षेत्री ➤ रोपाई नृत्य — नेवार ➤ लठ्ठी नाच/दाण्डिया — थारू ➤ वर्की नाच — थारू ➤ वसन्त नाच — नेवार ➤ वाढाडमी नाच — राई ➤ सन्थाल/सतार नाच — सतार ➤ सरङ्गे ना़च — मगर ➤ सलहेस नाच — दुलाध र मुसहर ➤ केलाङ् नाच — लिम्बू ➤ चावुङ् नाच — लिम्बू ➤ रामदल नाच — दनुवार ➤ पोयामारी नाच — धिमाल ➤ ठोकर नाच — थारू ➤ हनुमान नाच — वाहुनक्षेत्री ➤ सौका नाच — सौका •••••••••••••••••••••••••••••••• ➤ काँठे नाच — काठमाडौं ➤ सौका नाच — दार्चुला ➤ लहरे नाच — डोल्पा ➤ रुद्रायणी नाच — खोकना ➤ भद्रकाली नाच — नासल चोक ➤ झोरा नाच — लमजुङ् ➤ देउडा नाच — सुदुर पश्चिम ➤ नवदुर्गा नाच — भक्तपुर ➤ पचलीभैरव नृत्य — काठमाडौं ➤ लुमडी भद्रकाली नृत्य — काठमाडौं ➤ चौलो नाच — डडेल्धुरा ➤ पुतला नाच — अछाम ➤ पैंसेरी — डोल्पा ➤ गौना नृत्य — तराई क्षेत्र ➤ पतुरिया, हिजडा, चगेरा, चफेरा, करहवा, धोविया, वारी, छपका, पवरिया नाच — कपिलवस्तु

Thursday, June 30, 2016


The Slide Rule


An English Mathematician William Outraged combined the principles of the logarithm Napier's bones to construct the Slide Rule in 1620 A.D. It consists tow scales , one moving over the other . the rules are marked off in such a manner that the distance on the scales is proportional to the algorithm of the numbers. by Sliding one scale over the other one can easily multiply and divide. Engineers and mathematicians extensively used slide rules until the electronic calculation replace them.


Wednesday, June 29, 2016

संघीय गणतन्त्रात्मक राज्य नेपालको प्रदेश र क्षेत्रफल
‪#‎प्रदेश_न_१‬
जिल्ला संख्या==१४(सबैभन्दा बढी जिल्ला)
क्षेत्रफल=२५,९०५ बर्ग किमि(१७.६०%)
‪#‎प्रदेश_न_२‬
जिल्ला संख्या==८(सबैभन्दा कम जिल्ला)
क्षेत्रफल=९,६६१ बर्ग किमि(६.५६%)
‪#‎प्रदेश_न_३‬
जिल्ला संख्या==१३(दोस्रो बढी जिल्ला भएको)
क्षेत्रफल=२०,३०० बर्ग किमि(१३.७९%)

‪#‎प्रदेश_न_४‬
जिल्ला संख्या==११(चौथो बढी जिल्ला भएको)
षेत्रफल=२४,९,५१(१६.९५%)
‪#‎प्रदेश_न_५‬
जिल्ला संख्या==१२(तेस्रो बढी जिल्ला भएको)
क्षेत्रफल=१७,८५२ बर्ग किमि(१२.१३%)
‪#‎प्रदेश_न_६‬
जिल्ला संख्या==१०(तेस्रो कम जिल्ला भएको)
क्षेत्रफल=२८,९७३ बर्ग किमि(१९.६८%)
‪#‎प्रदेश_न_७‬
जिल्ला संख्या==९(दोस्रो कम जिल्ला भएको)
क्षेत्रफल=१९,५३८ बर्ग किमि(१३.२८%)

Thursday, June 23, 2016

वार्षिक विकास कार्यक्रतथा विकास बजेट(मध्ये कालिन खर्च संरचना समेत) तयार गर्ने सम्बन्धि मार्गदर्शन–२०७२ ।

Monday, June 20, 2016


भ्रष्टाचार के हो ?
आर्थिक हिनामिना, असामाजिक र अनैतिक कृयाकलाप र अन्य भ्रष्ट गतिबिधि जस्को परीणाम स्वोरुप राष्ट्रमा अनैतीकता पैदा हुन्छ आर्थत कुनै पद वा दायित्व लिएको व्यक्तिले आफ्नो अधिकार र हैसियतलाई दुरूपयोग गरी अनुचित ढङ्गबाट आर्थिक हिनामिना गर्ने काम नै भ्रष्टाचार हो ।
.
.
भ्रष्टाचार किन हुन्छ ?
मानिस सुविधाभोगी प्राणी हो । ऊ सधै सुविधा चाहन्छ । अर्थात सुख चाहन्छ । उसका इच्छा अनन्त छन् । इच्छापर्ूर्ति हुनु भनेको सुखको अनुभूति हुनु हो । अहिले विश्व मानव द्वन्द्वात्मक भौतिकवादमा रमाइ रहेको छ । आर्थिक पक्षमा सवल मानवले आफूलाई सुखी ठान्छ । ऐस आरामको सुखी जीवन बिताउने मुख्य माध्यम धनसम्पत्ति मानिएको छ । धन सम्पत्ति पनि चल र अचल रहेका छन् । चल सम्पत्ति भन्नाले रुपैया पैशा, सुन चाँदी हिरामोति मणी माणिक्य मानिन्छन् भने अचल सम्पत्ति जग्गा जमिन घर आदिलाई मानिन्छ । यी श्रोत साधन मानिसका आवश्यक वस्तुहरु हुन् । यस्ता श्रोत साधन प्रसस्त हुने मानिसले कतिसम्म सम्पत्ति राख्न पाउँछ त भन्ने सीमा पनि छैन । अर्थात राज्यले एक व्यक्तिले व्यक्तिगत रुपमा कतिसम्म सम्पत्ति -चल अचल) राख्न पाउने भन्ने हद पनि तोकेको छैन । जसले गर्दा सम्पत्ति थुपार्ने होड चलिरहेको छ । यो होडले गर्दा भ्रष्टाचार बढेको छ । हुनेको भकारीमा अन्न सडेको छ । नहुने भोकभोकै मर्न सक्छ । परिवारको मूलिमा आश्रीत हुने परम्परा छ । परिवारका सबै सदस्यले रोजगारीको अवसर पाएर आत्मनिर्भर हुने आफ्नो खुट्टामा आफै उभिने अवसर राज्यबाट पनि सृजना हुन सकेको छैन । आफ्नो हैसियत अनुसार खर्च गर्ने होइन कि अर्काको देखासिकी गर्ने । फजुल खर्च जस्तै भोजभतेर, जुवा तास खेल्ने, लागूपदार्थ सेवन, सात्विको भोजन भन्दा तामसि भोजन तर्फढी अग्रसर हुने । आध्यात्मीक भन्दा भौतिक चिन्तनमा बढी रुची राख्ने, राष्ट्रिय चिन्तन भन्दा अन्तर्रर्ााट्रय चिन्तन बढी गर्ने, सामाजिक व्यवहारमा अनावश्यक प्रतिस्पर्धा गर्ने, वास्तविकतालाई त्यागेर अवास्तविकतर्फबढी लालहित हुने । इमान्दारहरुको भन्दा बेइमानहरुको कदर हुने, बौद्धिक लगानी भन्दा भौतिक लगानीलाई सामाजिक मान्यता बढी हुने, पारिवारिक मोह बढी हुनु, आध्यामिक विचारधारा लोप हुँदै जानु र भौतिक चिन्तनको पराकाष्ट हुनु भ्रष्टाचारका मूल कारक तत्व हुन । भ्रष्टाचारलाई पुरुषार्थ मान्य सामाजिक मान्यताले गर्दा पनि भ्रष्टाचार दिन प्रतिदिन बढी रहेको छ ।
.
. 
भ्रष्टाचार कसरी रोकिन्छ ?
भ्रष्टाचार नियन्त्रण गर्न सरकारी तबरबाट संस्थाहरु गठन भएका छन् । जस्तै अख्तियार दूरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय र्सतर्कता केन्द्र । अख्तियार अन्तरगतका शाखाहरु क्षेत्रीय र जिल्ला प्रशासन कार्यालयहरुमा पनि रहेका छन् । यी संस्थाहरु हात्तीको देखाउने दात मात्र भएका छन् । किन भने नेपाल विश्वका भ्रष्टचार बढी हुनु मुलुकको तेश्रो नम्बरमा परे के छ । भ्रष्टाचार नियन्त्रण गर्न गठित संस्थाहरुमा नै भ्रष्टाचार छ भने उसले अरुलाई नियन्त्रण गर्ने सम्भावना रहँदैन । भ्रष्टाचार नियन्त्रण गर्न र्सव प्रथम मूल सङ्लो हुनर्ुपर्छ । भनिन्छ मूलको पानी कूलको छोरी, मूलको पानी र कूलको छोरीले कहिल्यै अहित गर्दैनन् । देशको राजनीतिको पनि भ्रष्टाचार नियन्त्रणमा सक्रिय भूमिका रहन्छ । मुलुकको बागडोर संचालन गर्ने नेता र उच्च पदस्त प्रशासकहरु सदाचारी भए भने देशबाट भ्रष्टाचार स्वतः भाग्दछ । यहाँ त जो रक्षक उही भक्षक भएर मुलुक भ्रष्टाचारको दलदलमा गाडिएको छ । भ्रष्टाचारीलाई कारबाही गर्नु त कताकता संरक्षण दिने नेताहरुको प्रवृति छ । भ्रष्टाचार नियन्त्रण गर्न गठित संस्थाहरुले आफू वादी भएर अदालतमा मुद्दा दर्ता गर्छन । अदालतबाट सबुद प्रमाण नपुगेको भनी प्रतिवादी भ्रष्टाचारीको पक्षमा नै मुद्दा फैसला भएका छन् । यहाँ बढी भन्दा प्रतिवादी धेरै चनाखो र चतुरा छन् । प्रतिवादीहरु मुद्धा आफ्नो पक्षमा पार्न साम, दाम, दण्ड भेद सबै नीति अपनाउँछन् । वादीदर्ता गर्ने पक्षले वादी दर्ता गरायो बस पुग्यो । सरकार वादी मुद्दाहरु प्रायः असफल नै भएका छन् । भ्रष्टाचार नियन्त्रण गर्न र्सव प्रथम सम्पत्तिको सीमा तोकिनु पर्छ । नैतिक शिक्षा दिने व्यवस्था हुनर्ुपर्छ । च्रष्टाचारीलाई बर्ुइ बोकेर हिँड्ने राजनीतिक चरित्रको अन्त्य हुनर्ुपर्छ । भ्रष्टाचार नियन्त्रण गर्न गठित संस्थालाई न्यायिक अधिकार दिनर्ुपर्छ । राज्यमा प्रशस्त रोजगारीका अवसर सृजना गरेर आत्मनिर्भर हुने अवसर दिनु पर्छ । एक व्यक्ति एक रोजगार हुनर्ुपर्छ । सामाजिक फजूल खर्च नियन्त्रण हुनर्ुपर्छ । भौतिक होइन आध्यात्मिक प्रतिस्पर्धा बढाउनु पर्छ । जनतालाई परावलम्बि होइन स्वावलम्बि र अनुशासित बनाउनु पर्छ । भ्रष्टाचारीलाई कारबाही र सदाचारीलाई पुरस्कृत गर्नुपर्छ । अनिमात्र देश भ्रष्टाचार मुक्त हुन सक्दछ अन्यथा भ्रष्टाचारको एक नम्बरमा मुलुक पुग्न सक्छ ।

प्रश्तुत कर्ताः लाेके दार्इ 

Saturday, June 18, 2016

१. नेकपा एमाले उम्मेद्धार श्री विद्यादेवी भण्डारी नेपालको राष्ट्रपति पदमा कहिले निर्वाचित हुनुभयो ?
= वि.स. २०७२ कार्तिक ११
(उक्त दिन भएको राष्ट्रपति निर्वाचनमा संसदमा हाल कायम ५९७ सदस्यमध्य सदनमा उपस्थित ५४९ सदस्य मतदानमा रहभागी भएको मा भण्डारीको पक्षमा ३२७ मत प्राप्त भएको थियो भने अर्का प्रत्यासी नेपाली कांग्रेसमा कुल बहादुर गरुङ्गले २१४ मत प्राप्त गर्नु भएको थियो । खसेको मत मध्ये आठ मत बदर भएका थिए । वि.स. २०१८ असार ५ मा भोजपुर जिल्लाको मजेभञ्ज्याङमा जन्मिनुभएकी भण्डारीको २०३९ सालमा नेकपा एमालेका नेता मदन मण्डारी संग विवाह भएको थियो ।)

२. सङघीय लोकतान्त्रिक गणतन्त्र नोपलको दोस्रो उपराष्ट्रपततिमा को चयन हुनु भएको छ ।
= नन्द बहादुर पुन (नेकपा माओबादी पुर्बं माओवादी लडाकु कमाण्डर ) उहाँ २०७२ कार्तिक १४ मा भएको उपराष्ट्रपति निर्वाचनमा व्यवस्थापिका संसदको बहुमतबाट उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो । पुनले ३२५ मत र अर्का प्रत्यासी नेपाली काँग्रेसका उम्मेदवार अमियकुमार यादवले २१२ मत प्राप्त गर्नु भएको थियो । खसको जम्मा मत ५४७ मध्ये १० मत बदर भएको थियो । राङसी, रोल्पामा २०२२ साल कार्तिकमा जन्मिनुभएका पुन नन्दकिसोर पुन पासाङनाम ले चिनिनु हुन्छ ।)

३. सबैखाले पुँजीमध्ये सार्वोत्तम हो, मानवजाती लगानी भएको पुँजीभन्ने विचारक को हुन ?
=अल्फ्रेड मार्शल

४.गैर आवासिय नेपाली संग (एन.आर.एन.ए.) को सातौ महाधिबेसन तथा विश्व सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
= वि.स. २०७२ आसोज २७३० (सन २०१५ अक्टोबर १४१७) काठमाण्डौमा

५. गैर आवासिय नेपाली संघको सातौ सम्मेलन अध्यक्षमा कसलाई चयन गरियो ?
= शेष घले (गैर आवासिय नेपाली संघको सातौ सम्मलेन बाट सातौ अध्यक्षमा शेष घले पुनः विजय हुनु भएको छ । संघको उपाध्यक्षदय पदमा भवन भट्ट र कुमार पन्त, महाचिवमा बद्रि केसी, सचिबमा अर्जुन कुमार श्रेष्ठ र कोषाध्यक्षमा हिक्मत थापा निर्वाचित हुनुभएको छ ।  ‘(एन.आर.एन.एः पुनः निर्माणको सच्चा सझेदारनारा तय भएको सम्मेलने १० बुदे काठमाण्डौ घोषणा पत्र मा जारी गरेको छ ।)

६. सन २०१५ को अर्थशास्त्र तर्फको नोबेल पुरस्कार बिजेता अर्थशास्त्री को हुन ?
=एडगस डिटोन(उपभोग, गरिबी कल्याण विषयमा डिटोनले गरेको महत्वपुर्ण विश्लेषनका लागी)

७. हालै (२०७२ असोज) मा महान्याधिबक्ता नियुक्ती हुने ब्यक्ति को हुन ?
= हरिकृष्ण कार्कि (नेपाल बार एसओसियसनका अध्यक्ष)

८. महान्याधिबक्ताको कसरी नियुक्त गरिन्छ ?
= प्रधानमन्त्रिको सिफरिसमा राष्ट्रपतिबाट

९.वि.स. २०७२ असोज २५ मा सम्पन्न तेस्रो इनास फिल्म आवार्डमा लाईफ टाईम एचिभमेन्ट आवार्डमा सम्मानित हुने कलाकार को हुन ?
= तुलसी घिमीरे

१०. विश्व जैविक विविधता दिवस कहिले माईन्छ ?
=मे २२ (पहलिे डिसेम्बर २९ मा मनाउने गरिन्थ्यो)

११. पृथ्वीको वायुमण्लमा कार्बनडाईअस्साईडको मात्र कति रहेको छ ?
=०.०३ प्रतिशत

१२. तारा, ग्रह, उपग्रह, शिुशु ग्रह, उल्का, पुच्छ«ेतारा लगाएतका खगोलिय पिण्डहरु एवम् धुलकण र ग्यासीय पदार्थको अति विशाल समुहलाई के भनिन्छ ?
= तारापुञ्ज ( सौर्यमण्डलमा रहेका तरापुञ्जलाई आकाशगंगा तारापुञ्ज भनिन्छ, जुन कमानी आकारको छ ।)

१३. कुनै एउटा वंशबाट अर्काे बंश बंशाणुबाट सर्दै गएको परिवृत्तिलाई के भनिन्छ ?
=वंशायागत परिवृत्ति

१४. बुहपक्षीय व्यापार सञ्जाल विश्व व्यापार सङगठन डब्ल्यु.टि.ओ. को सदस्यता नेपालले कहिले प्राप्त गरेको हो ?
= सन २००४ अप्रिल २३

१५. संयुक्तराष्ट्रसंघको सुरक्षा परिषदका पाँच स्थायी सदस्य राष्ट्रहरु कुनकुन हुन ?
= अमेरिका, रुस, बेलायत, फ्रान्स, र चीन

१६. क्षेत्रफलका हिसावले सबैभन्दा ठुलो अञ्चल कर्णाली (२१३५१ वर्ग किमी) हो भने सबैभन्दा सानो अञ्चल कुन हो ?
= महाकाली ६९८९ वर्गकिमी

१७. नेपाल विज्ञान तथा प्रविधी पज्ञा प्रतिष्ठानको स्थापना कहिले भएको हो ?
= विस २०३९ मंसिर २०

१८. आरनमा आगो फुक्न पूयोग गरिने थैली जस्तो समानलाई के भनिन्छ ?
= खलाती

१९. कुराकानी गर्ने सिलसिलामा बारम्बार देहोरिने शब्दलाई के भनिन्छ ?
= थेगो

२०. त्यो संख्या कुन हो जसलाई ६ ले भाग गर्दा ५ शेष, ५ ले भाग गर्दा ४ शेष र ४ ले भाग गर्दा ३ शेष, ३ ले भाग गर्दा २ शेष र २ ले भाग गर्दा १ शेष आउछ ?
= ५९


२१. विस २०७२ आसोज २९ मा व्यवस्थापिका संसदको सभामुख चयन हुन ेमहिला नेतृ को हुनः
= ओनसरी घर्तीमगर (पहिलो महिला सभामुख)

२२. नेपाली सहित्यमा त्रिमुत्र्री भनि चिनिने साहित्यकार कोको हुन ?
= लक्ष्मी प्रसाद देवकोटा, लेखनाथ पौडेल र बालकृष्ण सम

२३. दार्शनिक सुकरातको मुख्य सन्देश के थियो ?
= आफुलाई चिन

२४. प्रसिद्ध दार्शनिक सुकरातलाई ग्रिक सरकारद्धारा कुन विषको सेवन गराई मृत्यूदण्ड दिईएको थियो ?
= हेम्लक

२५. नेपाल भारतविचको व्यापारमा भुक्तानी असन्तुलन रहनुको कारण के हो ?
= नेपालले निर्यात भन्दा आयात बढि गर्ने

२६. Doldrums भन्नाले के बुझिन्छ ?
= ५ डिग्री उत्तर  देखि ५ डिग्री दक्षिण आक्षश.को क्षेत्र

२७. मनसुनी वायु गूीष्म ऋतुमा कुन क्षेत्रबाट कुन क्षेत्रतर्फ बहन्छ ?
= समुद्रबाट जमिनतर्फ

२८. बालअधिकार स्थापनार्थ गरेको योगदान एवम मानव बेचविखन विरुद्धको अभियानमा अग्रणी भूमिका निर्वाह गरेबाफत सन २०१५ को चाईल्ड १० स्टेन अन्तराष्ट्रिय अवार्डबाट सम्मानित हुने नेपाली को हुन ?
= अनुराधा कोईराला (एक लाख स्वडिस क्रोनर पुरस्कार राशियुक्त स्वीडेनको उक्त सि टेन अवार्ड पाउने अनुराधा दोस्रो नेपाली हुनुहून्छ गत वर्ष यो अवार्ढ शक्ति समुहकी सुनिता दनुवारले प्राप्त गर्नुभएको थियो ।)

२९. नि २०१५ को प्रतिष्ठित पुरस्कार द म्यान बुकर प्राईजपूाप्त गर्ने स्रष्टा को हुन ?
=जमैकाका मर्लन जेम्स(ए विफ हिस्ट्री सेभन किलिङस नामक उपन्यासका लागी)

३०. प्रसिद्ध तीर्थस्थल रुरु क्षेत्र कुन नदिको किनारमा पर्दछ ?
= कालिगण्डकी

३१. नेपालको कला तथा संस्कृतिको संरक्षणमा महत्वपुर्ढा सहयोग पु¥याउदै आएको अन्तराष्ट्रिय संस्था कुन हो ?
= यूनेस्को

३२. घाटा बेजेट Deficit Financing सिद्धान्तको प्रतिपादिक को हुन?
= जे.एम.किन्स

३३. नेपालको मौद्रिक निती निर्माण गर्ने, कार्यन्वयन गर्ने तथा गराउने अधिकार कसलाई छ ?

= नेपाल राष्ट्र बैक
Prepared By: Shankar Aryal
Q.N.1. नेपाललाई कहिले 14 अञ्चल 75 जिल्ला मा कहिले विभाजन गरिएको थियो ??
उत्तर = २०१८ बैशाख १
Q. N. 2. नेपाल राष्ट्र बैंकले रु 20,25 50 दरका नोट पहिलोपल्ट कुन कुन मितिमा प्रकाशित गरेको हो ??
उत्तर = क्रमश २०३९ कार्तिक २२, २०५२ चैत्र २९ र २०३४ बैशाख १४
Q.N.3. नेपाल राष्ट्र बैंकले आ व २०७१/०७२ को लागि जारी मौद्रिक नीति अनुसार क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात अनुपात कति कति रहेको छ ??
उत्तर = क्रमश : 6%,5%,4%
Q. N. 4. कुलेखानी , चिलिमे र मोदिखोला जलविद्युत आयोजना कुन कुन जिल्लामा पर्दछन् ??
उत्तर = क्रमश : मकवानपुर , रसुवा र पर्वत
Q.N.5. जुम्ला , बुटवल र मन्थली कुन कुन नदिको किनारमा अवस्थित छन् ??
उत्तर = क्रमश : तिला , तिनाउँ र तामाकोशी
Q.N.6. कालो झण्डा र सेतो झण्डाले कुन कुन कुराको संकेत गर्दछ ??
उत्तर : क्रमश : बिरोध र शान्ति
Q.N.7. निम्न कृतिका लेखकको नाम लेख्नुहोस् !
1.
सेतो धरती 
2.
चट्याङको देश 
3.
नदी किनारका माझी 
उत्तर = क्रमश : अमर न्यौपाने , डायमण्ड समसेर राणा र मोहन कोइराला
Q.N.8. आ व २०७१/०७२ को बजेट बक्तव्य र मौद्रिक नीतिमा उल्लेख भए अनुसार चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर र मुद्रास्फिती दर कति रहने अनुमान गरिएको छ ??
उत्तर = क्रमश : 6% 8%
Q.N.9. निम्न देशका मुद्रालाई के भनिन्छ ??
1.
रसिया 
2.
इण्डोनेशिया 
3.
मलेसिया 
उत्तर = क्रमश : रुबेल , रुपिया र रिङ्गिट
Q.N.10. सूचना प्रविधिको क्षेत्रमा प्रयोग हुने VSAT HTTP को विस्तारित रुप लेख्नुहोस् !!
उत्तर = Very small aperture terminal & Hypertext Transfer Protocol
11. विश्व वातावरण दिवस कहिले मनाइन्छ ? उक्त दिवसको अवसरमा यस वर्ष नेपालको नारा के रहेको थियो ??
उत्तर = जुन 5 , ‘हिमाल बचाऔं, वातावरण जागाऔं
Q.N.12. ब्राजिलमा भएको विश्वकप फुटबल २०१४ को सेमिफाइनल खेल कुन कुन राष्ट्रबिच भएको थियो ? सो विश्वकपमा गोल्डेन बल प्राप्त गर्ने खेलाडीको नाम के हो ??
उत्तर = क्रमश : ब्राजिल र जर्मनी , नेदरल्याण्ड र अर्जेन्टिना 
गोल्डेन बल - लियोनल मेसी( अर्जेन्टिना )
Q.N.13. पञ्चकन्या भन्नाले कसलाई जनाउँदछ ??
उत्तर = अहिल्या, द्रौपदि , कुन्ती , तारा र मन्दोदरी
Q.N.14. नेपाल सरकारको २०७१ बैशाख २५ को निर्णयबाट थप गरिएका नगरपालिकाको संख्या कति थियो ?? थप गरिएका समेत हाल नगरपालिकाको संख्या कति पुगेको छ ??
उत्तर = क्रमश : ७२, १३०
Q.N.15. निम्न मुलुकको राजधानीको नाम उल्लेख गर्नुहोस् !!
A.
ब्राजिल 
B.
घाना 
C.
कतार 
उत्तर = Brasilia , Accra and Doha
Q.N.16. सार्क क्षयरोग केन्द्र र सार्क कृषि सूचना केन्द्र कुन कुन देशमा रहेका छन् ?? उक्त केन्द्र कहिले स्थापना भएका थिए , इश्वि सम्बतमा लेख्नुहोस् !
उत्तर = क्रमश : Nepal 1992 , Bangladesh 1989
Q.N.17. संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा कति सदस्य रहन्छन् र त्यसमा कति स्थायी र कति अस्थायी सदस्य राष्ट्र रहने व्यवस्था रहेको छ ??
उत्तर = क्रमश : 15, 5 and 10
Q.N.18. नेपालको अन्तरिम संविधान २०६३ को मस्यौदा समिति कसको अध्यक्षतामा गठन गरिएको थियो ? उक्त अन्तरिम संविधान कुन मितिमा जारी भएको थियो ??
उत्तर = लक्ष्मण प्रसाद अर्याल , २०६३ माघ १
Q.N.19. नेपालमा सिरुवा पर्व , सोहराम पर्व र तोरनल्ह पर्व कुन कुन जातिले मनाउने गर्दछन् ??
उत्तर = क्रमश : थारु , राजवंशी , थकाली

Q.N.20. नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा कतिजना र कोको रहने व्यवस्था छ ??
उत्तर = सात जना , गभर्नर , अर्थ सचिव , दुई जना डेपुटि गभर्नर र तीनजना सञ्चालक



Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 11 ) Banks ( 83 ) Corporation ( 65 ) Culture ( 24 ) Force ( 59 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 53 ) MCQs ( 12 ) News ( 8 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 126 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 110 ) update ( 12 ) videos ( 13 ) WORLD ( 15 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Advr_Price_2

Tags

agriculture (11) Banks (83) Corporation (65) Culture (24) Force (59) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (53) MCQs (12) News (8) oldqsn (20) onlinequiz (1) Places (4) PSC (126) Rules (8) tips tricks (21) TSC (110) update (12) videos (13) WORLD (15)

Popular Posts

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

नोबेल पुरस्कार २०२४ का बारेमा विस्तृत जानकारी सहितको विवरण ।

१. अर्थशास्त्रतर्फको नोबेल पुरस्कार २०२४ ✅ अमेरिकाका तीन जना अर्थशास्त्रीलाई संयुक्त रूपमा दिएको, ✅ म्यासाचुसेट्स इन्स्टिट्यूट अफ टेक्नोलोज...

Recent

Popular Posts