Wednesday, December 28, 2016


नेपालकै टप मानिने IQ मास्टर कुमार तिमल्सिना का IQ Tips हरू । 

१. लोकसेवाको तयारी गर्ने विद्यार्थीले लगाव र धैर्यलाई कायम राख्नुपर्छ । पढ्दा जहिलेपनि एउटा ढाँचा/खाका निर्माण गरेर पढ्नुपर्छ ।


२. आफ्ना कमजोरीहरू नलजाई पत्ता लगाउनुपर्छ, जुन विषयमा आफूलाई कमजोर भएजस्तो लाग्छ त्यसमा थप मेहनत गर्नुपर्छ ।



३. सबै विषय र शीर्षकमा औसत ज्ञान राख्नुपर्छ । एउटा विषयमा राम्ररी जान्ने तर अर्कोमा फेल नै हुने अवस्था आयो भने लोकसेवाको परीक्षा पास हुने सम्भावना रहँदै रहँदैन ।



४. खरिदार र सुब्बाको तयारी गर्नेहरूले सूचनात्मक तरिकाले उत्तर दिनुपर्छ, शाखा अधिकृतको तयारी गर्नेहरूले विश्लेषणमा जोड दिनुपर्छ ।



५. शाखा अधिकृतको लागि चौथो पत्र छान्दा आफूलाई सजिलो लाग्ने वा आफूले पढेकै विषय छान्नुपर्छ, साथीभाइको लहलहैमा लागेर चौथो पत्र छान्नु हुँदैन ।



६. सामान्य ज्ञान (जीके) चाहिँ घोक्नैपर्ने विषय हो । तर खरिदारका लागि पढ्ने जीके अधिकृतका लागि पनि काम लाग्छ ।



७. आइक्युले मान्छेलाई नयाँपनको आभास गराउँछ । आइक्युमा राम्रो गर्न सक्ने विद्यार्थीले अरू सबैमा राम्रो गर्न सक्छ । 



८. आफूले पढेका कुरामा स्पष्ट धारणा बनाउनुपर्छ । पढ्दा सकेसम्म दिमागमा सो विषयको चित्र नै उतारेर पढ्नुपर्छ । पढेको विषयमा पनि स्पष्ट धारणा बनेन वा सामान्य जानकारी पनि रहेन भने चाहिँ सोही विषयमा थप मेहनत गरिहाल्नुपर्छ ।



९. गुणन, भाग, जोड र घटाउका सामान्य नियमहरू जान्नुपर्छ । परीक्षामा हिसाब गरेर बस्यो भने काम लाग्दैन । अहिले त क्याल्क्युलेटरको प्रयोगले मान्छेले आफैंलाई विश्वास नगर्ने अवस्था आइसक्यो ।



१०. लेख्ने पेपरमा पढेर मात्रै पुग्दैन । हरेक दिन १५ मिनेट पढेर १५ मिनेटमै एउटा प्रश्नको उत्तर लेख्ने बानी विकास गर्नुपर्छ । यसले आफूलाई राम्रो मात्रै बनाउँदैन परीक्षाको लागि पनि सजिलो हुन्छ ।



११. कुन कुरालाई कहाँ राख्ने भन्ने कुरामा चाहिँ ख्याल गर्नुपर्छ । शव्द चयन र सिलसिला मिलाएर लेख्न सक्नुपर्छ । 



१२. हरेक शीर्षकमा एउटा धारणा चाहिँ बनाउने । जस्तै मुसहर जातिको बारेमा परीक्षामा लेख्न आयो, तर यसका बारेमा आफूलाई केही पनि थाहा भएन । तर त्यसमा पनि नेपालमा विभिन्न जात–जाति धर्म संस्कृति छन् । त्यसमध्ये मुसहर पनि एक हो । यसका पनि आफ्नै प्रकारका विशेषता छन् । मुसहर समुदायका मान्छेले आफ्नो जाति अनुसारका चाडपर्व खुब रमाइलो गरेर मनाउँछन् । त्यसैले मुसहर जाति पनि नेपालको एउटा महत्वपूर्ण जाति हो भनेर चाहिँ लेख्नसक्ने बन्नुपर्छ ।



१३. लोकसेवाको परीक्षा भनेको सुन्दरी प्रतियोगिता हो, त्यहाँ कसलाई राख्ने भनेर मात्रै जाँच लिइएको हो । हैन भने जागिरका लागि सबैजना पहिल्यै योग्य हुन्छन् । त्यसैले जाँचकीको नजरमा भ्रम छर्नेगरी उत्तर लेख्नुपर्छ ।



१४. पहिलेदेखि नै राम्रो गर्दै आएको विद्यार्थीले एक महिना पढेपनि नाम निकाल्न सक्छ । अरू सामान्य विद्यार्थीले ६ महिनासम्म कम्तीमा दिनको पाँच घण्टा पढ्यो भने नाम निकाल्छ ।



१५. तनाव राखेर पढ्नु हुँदैन । आफूले राम्रै गर्दागर्दै पनि नाम निस्किएन भने चाहिँ आफ्नो शैली बदलेर पढ्नुपर्छ ।
१६. हरेक कुरासँग अभ्यस्त हुने कोशिश गर्नुपर्छ । पत्रपत्रिकामा आउने विचारहरू दैनिक पढ्यो भने समसामयिक ज्ञान राम्रो हुन्छ । तर हाम्रो नराम्रो बानी के छ भने हामी नाकैमुनि ठेस लाग्दा पनि देख्दैनौं । सडकछेउमा चेलीबेटी बेचबिखन नगरौं भनेर लेखेको प्रचार टाँसेको हुन्छ । तर हामीले ख्याल गर्दैनौं । तर सोही विषय बारेको ज्ञान लिइहाल्ने कोशिश गर्नुपर्छ ।



१७. विद्यार्थीको कमजोरी कापीमा देखिनु हुँदैन । बडा कूटनीतिक तरिकाले उत्तर दिनुपर्छ । मौलिक हक अन्तर्गत सूचनाको हकको बारेमा लेख्न आयो तर कुन धारामा त्यो हक छ भन्ने ‘कन्फ्युजन’ भयो भने जान्ने भएर धारा उल्लेख गर्नु हुँदैन । धारा उल्लेख नगरेपनि व्याख्या त राम्रोसँग गर्न सकिन्छ । यसरी कमजोरी लुकाउनुपर्छ किनकि जाँचकीले अनुहार त हेर्दैन ।



१८. लोकसेवा यही तरिकाले पढ्नुपर्छ भन्ने कुनै सूत्र छैन । आइक्यु चाहिँ ट्रिक लगाउने कुरा हो । मान्छेलाई मान्छे मन परेको कुरालाई आइक्युसँग तुलना गर्नुपर्छ किनकि त्यो मान्छे किन मन प–यो भन्ने चाहिँ अरूलाई थाहा हुँदैन । आइक्यु पनि त्यस्तै विषय हो ।



१९. किताब मात्रै पढ्ने मान्छे कहिल्यै पास हुँदैन । जीकेबाहेकका अरू कुरामा मौलिकता सबैभन्दा ठूलो कुरा हो । त्यसैले सिर्जनशील बन्नुपर्छ ।



२०. लोकसेवा निकाल्छु भनेर सोच्ने मान्छेले निरन्तरता दिन सक्नुपर्छ । नेपालीहरूमा धैर्य गर्ने बानी एकदमै कम छ । लोकसेवा परीक्षा तयारीका लागि धैर्य चाहिन्छ ।

प्रकाशित मितिः २०७३-०९-१२


Sunday, December 18, 2016

परीक्षा तयारी तथा लेखन सीप सम्बन्धी सामान्य जानकारी 
“सफलताको लागि तीन कुराको आवश्यक हुन्छ  आत्मविश्वास, लगनशीलता र निरन्तर अभ्यास । ” खप्तड स्वामीको यो भनाइले लोकसेवा आयोगको परीक्षाको तयारी गरिरहेकाहरुलाई पक्कै पनि उर्जा मिल्छ । 
आत्मविश्वास
कतिपय विद्यार्थीहरुले आफैले लेखेका जवाफमा विश्वास गर्दैनन् । अनि अरुले लेखेको हेरेर सार्नै पंयत्न गर्दछन् । अर्थात् आफुलाई कमजोर ठानेर पनि उनीहरु परीक्षामा राम्ररी लेख्न सक्दैनन् । परिक्षा हलमा पुगेपछि कतिपय परीक्षार्थीहरु आफुले जानेका कुरा पनि विर्सन्छन् । उनीहरु डरले काम्ने, चिढिने जस्ता प्रवृत्ति देखाउँछन । यो सबै आत्मविश्वासको कमीले हो । परीक्षार्थीहरुले आफुले जानेका कुरालाई परीक्षामा कुशलतापुर्वक लेख्नका लागि आत्मविश्ववा अपरिहार्य हुन्छ । मैले परीक्षामा सर्वाेत्कृष्ट अंक हासिल गर्छू भन्ने दृढ संकल्प परीक्षार्थीले पालेको हुनुपर्छ । यही आत्मविश्वासको कारण परीक्षार्र्थीले सफलता प्राप्त गर्न सक्छन् । 
लगनशिलता
हरेक कुरामा सफलता पाउन लगनशील हुनैपर्छ । परीक्षार्थी लगनशील नहुने कुरै भएन । अध्ययनमा लागाब राख्ने परिक्षार्थीहरुलाई लगनशिलताले परिपक्क बनाउँछ । मन लागेका बेला पढने र अरु बेला वास्तै नगर्ने बानी धेरैमा हुन्छ । यसो गर्दा उनीहरुले जानको कुरा पनि विर्सन सक्छन.् । त्यसैले आफुले अध्ययन गर्ने विषयमा निरन्तर लाग्नु पर्दछ ।  नजानेको र अप्ठ्यारो विषय आउनसाथ पुस्तक फ्याँक्ने गर्नुहँदैन । बरु, त्यही अप्ठ्यारो विषय कुरा जान्ने निरन्तर प्रयास गर्नुपर्छ । योजनाबद्ध ढङ्गले अध्ययन गरेको कुरा बुझन सजिलो हुन्छ । नयाँ कुरा पढदै जाँदा अगाडि पढेका कुराहरुपनि बेला बेला स्म्झनुपर्छ र अभ्यास गर्नुपर्छ । यस्तो लगनशीलताले विद्याथीलाई सधै सफतातर्फ डाेर्यार्इरहेकाे हुन्छ । 

अभ्यास
आफ्नो पाठ्क्रम अध्ययन क्रममा अभ्यास गर्ने बानी उत्तम हुन्छ । अभ्यासले नै मानिसलाई पुर्ण बनाउछ । गणित जस्तो प्रयोगात्मक विषयको अभ्यासबाट अध्ययनको प्रारम्भ गनूृपर्दछ । अन्य विषयको अध्ययन गर्दा साथीहरुसँग छलफलको माध्यामबाट अभ्यास गर्न लाभदायक हुन्छ । आफुले अध्ययन गरिसकेपछि ती विषयहरुको बारेमा मनन गर्नुपर्छ । अधययन गरेका कुराबाट मैले के के जाने भनेर आँखा चिम्लेर मनन गर्नुपर्छ । नजानेको कुरा जान्न पुनः अध्ययन गर्नुपर्छ । अध्ययनको यो विधि निकै प्रभावकारी हुन्छ । आफ्नै अध्ययन द्धारा प्राप्त गरेका ज्ञान स्मरण गरिरहन र परीक्षमा मौलिक रुपमा अभिव्यक्त गर्न सकिन्छ । 
परीक्षको तयारीका क्रममा ध्यान दिनुपर्ने कुराहरुः
  • लक्ष्य किटान र प्राप्तिका लागि दृढता । 
  • आफ्नो सवल र दुर्वल पक्षको पहिचान । 
  • अध्ययनमा नियमितता । 
  • उचित अध्ययन सामग्रीहरुको सङलकन ।
  • टिपोट र नोट निर्माण
  • विज्ञ र अग्रजसँगको परामर्श
  • सामुहिक छलफलमा जोड
  • उचित वातावरणको सृजना । जस्तै पारीवारीक, कार्यालयको वातावरण, अनावश्यक महत्वाकांक्षाको त्याग, शारीरिक तथा मानसिक रुपमा स्वस्थ । 

परीक्षामा प्रश्न हल गर्दा आउन सक्ने समस्याहरु 

  • विषयवस्तुको ज्ञानकोकमी ,।
  • प्रश्न पुरा नपढेर वा नबुझेर नै जवाफ लेख्न हतार गर्ने बानी ।
  • प्रश्नलाई कति भागमा बाँडिएको छ भनेर छुुट्याउन नसक्ने र कति भागमा लेख्ने हो थाहा नपाउने ।
  • भुमिका वा परिचय खण्ड र निष्कर्ष अनावश्यक रुपमा लामो लेख्ने ।
  • प्रश्नले सोधको भन्दा पनि आफुले जानको कुरा लेख्न जोड दिने । 
  • सिलसिलेवार मिलाएर नलेख्ने ।
  • समय व्यवस्थापन गर्न नसक्ने कारण प्रश्न छुट्ज सक्ने । 
  • कुन प्रश्नको भार कति छ भनेर एकिन नगरी लेख्दा बढी भारको प्रश्नमा कम र कमभारको प्रश्नमा बढी लेख्ने । 
  • अपुरो शब्द लेख्ने तथा वाक्यलाई अधुरो छोडने । कतिपय सन्दर्भमा ५/६ लाईन सम्मको वाक्य लेख्ने । 
  • लेखनमा गतिशिलिताको कमीको समस्या । 
  • घुमाउरो प्रश्न सोधेमा अत्तिने बानी । 

परीक्षमा उत्तर लेख्दा विचार पुर्याउनु पर्ने समान्य कुराहरु 

  • उत्तर लेख्दा पहिला प्रश्न एक दुई वटक । राम्रोसँग पढी बुझ्ने र त्यसपछि मात्र लेख्न सुरु गर्ने । 
  • प्रश्नप्रति सकारात्मक धारणा बनाउनु पर्दछ । याठ्क्रम बाहिरको, बाँङ्गो अप्रासाँगिक जस्तो सोच राख्नु हुँदैन । 
  • पहिले सोधिएको प्रश्नहरु पुनः सोध्ने सम्भावना बढी हुने भएकाले तयारी गर्ने । 
  • पाठ्क्रम बाहेकका समसामयिक सवालहरुमा ख्याल गर्नुपर्दछ । जसबाट तयारी नगरेका प्रश्न सोध्ने जोखिम कम हुनसक्छ । 
  • एक भन्दा बढी विषयवस्तुलाई मिलाएर पनि प्रश्न सोध्ने गरेको पाईन्छ । अन्तरसम्बन्ध थाहा पाउनु पर्दछ । 
  • लामो प्रश्नमा १ भन्दा बढी खण्डमा विभाजन गरेर सोधिने हुनाले सबै खण्डको उत्तरको अङकभार हुन्छ भन्ने ख्याल गरी उत्तर लेख्दा ध्यान दिने । 
  • शीर्षक उपशीर्षक दिएर लेख्दा कुन प्रश्नको उत्तर कसरी दिइँदैछ भन्ने थाहा हुन्छ । जाँचकीलाई समेत धारणा बनाउन सजिलो हुन्छ । 
  • मिल्दो भनाई वा कोटेशन छ भने मात्र लेख्ने । अन्यथा भनाइ वा कोटेशन नलेख्ने । 
  • भुमिका तथा परिचय एवम् परिभाष र निष्कर्ष धेरै लामो लेख्न आवश्यक छैन । 
  • शब्द र वाक्य पुरा लेख्ने र सकेसम्म लामो वाक्य नलेख्ने । 

अन्य जानकारी
परीक्षाको घडीमा धेरैजसो विद्यार्थीलाई चिन्ताले सताउँछ । त्यस्तै परीक्षा नजिकिदै जाँदा पनि उनीहरुमा चिन्ता बढदै जान्छ । हुन त सबै परीक्षर्थीमा नै परीक्षाका बेला तनाव सिर्जना हुने गर्छ तर यसैलाई चिन्ताको रुपमा लिए परीक्षा समेत बिग्रने डर हुन्छ । त्यैले परीक्षार्थीले तनाव कमगर्दै कसरी परीक्षामा राम्रो गर्ने भन्ने तर्फ ध्यान मोडनुपर्छ । सकारात्मक सोचाई एवम् परिश्रमको फल मिठो हुन्छ भन्ने कुरा पनि परीक्षार्थीले बुझ्नुपर्छ । परीक्षाको समयमा शारीरिक कम्पन महसुस हुन्छ । यद्यपि तनाव धेरै बढुनको कारण अध्ययनमा कमजोर हुन नै हो । धेरै जसो परीक्षार्थीहरु परीक्षाको समयमा मात्र पाठ घोक्ने गर्छन, एकातिर परीक्षाको तनाव अर्कातिर पढाइको भारले उनीहरु मानसिक रुपले थाक्छन  । त्यसैले पढेका कुराहरु सजिलै ग्रहण गर्न सक्दैनन ् । फलस्वरुप उनीहरु झनै अत्तालिने गर्दछन । 
परीक्षमा कसरी लेख्ने भन्ने भयले उनीहरुलाई गम्भीर चिन्ता पैदा गरिदिन्छ । त्यसैल, पछि पछुताउनु भन्दा समयमै मेहनत गर्न बुद्धिमतापुर्ण हुन्छ । नियमितगर्ने परीक्षथीलाई परीक्षाको समयमा मानसिक भार बढी हुँदैन । अगाडि नै अध्ययन गरेका वियालाई स्मरण गर्नका लागि मात्र किताब एवम् नोट हेर्न पर्ने भएकोले उनीहरुमा परीक्षामा के लेख्ने भन्ने चिन्ता हुदैनन । यसरी योजनाबद्ध र नियमित अधययन गर्न परीक्षार्थीले परीक्षाको समयमा पाठ घोक्नु होइन, विगत मै अध्ययन गरेको पाठबारे चिन्तन गर्नुपर्छ । 
धन्यावाद ।

#नाेटः यदि याे माथीकाे जानकारी माेबार्इलमा पढन चाहानुहुन्छ भने । तलकाे 
मा अाेके गरी डाउनलाेड गर्नुहाेस । 
प्रकाशित मितीः २०७३-०९-०३



Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 10 ) Banks ( 69 ) Corporation ( 49 ) Culture ( 24 ) Force ( 48 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 51 ) MCQs ( 12 ) News ( 8 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 106 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 90 ) update ( 11 ) videos ( 13 ) WORLD ( 14 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Tags

agriculture (10) Banks (69) Corporation (49) Culture (24) Force (48) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (51) MCQs (12) News (8) oldqsn (20) onlinequiz (1) Places (4) PSC (106) Rules (8) tips tricks (21) TSC (90) update (11) videos (13) WORLD (14)

Popular Posts

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

नेपालमा पहिलो महिला नेतृत्व कुन क्षेत्रमा कसको भयो यहाँबाट जानकारी लिनुहोस् ।

नेपालमा पहिलो महिला नेतृत्व कुन क्षेत्रमा कसको भयो यहाँबाट जानकारी लिनुहोस् ।  🎁राष्ट्रपति-विद्या देवी भण्डारी  🎁प्रधान न्यायाधीश-शुसिला क...

Recent

Popular Posts