Wednesday, December 15, 2021

 १. लगातार दुई पटक भन्दा बढि कसैलाई कल नगर्नुहोस्। यदि उनीहरूले तपाईंको कल उठाएनन् भने सोच्नुस् उनीहरू व्यस्त छन् ।
२. तपाईंलाई सापटी दिने व्यक्तिले सम्झाउनु अगाबै उसँग लिएको पैसा फिर्ता गर्नुहोस् वा फिर्ता गर्न समय लाग्ने जानकारी गराउनुहोस् । यसले तपाईंको निष्ठा र चरित्र देखाउँदछ। यो कुरा छाता, कलम र पुस्तक जस्ता वस्तुमा पनि लागू हुन्छ।
https://www.youtube.com/channel/UCs_qPtdOz1p3Yk-duRVD2wg
३. यदि कसैले तपाईंलाई लन्च वा डिनर खुवाउँदै छ भने कहिल्यै मेनुमा भएको महङ्गो खाना अडर नगर्नुहोस् ।
४. "ओह, त्यसोभए तपाईंको बिहे भएको छैन?" वा "तपाईंका बच्चाहरु छैनन्?" वा "तपाईंले किन घर नबनाउनु भएको?" जस्ता अप्ठ्यारो प्रश्नहरु नसोध्नुहोस् । किनकी यी तपाईंका समस्याका विषय हैनन् ।
५. सधैं तपाईंको पछाडि आउँदै गरेको व्यक्तिको लागि ढोका खोल्नुहोस् । त्यो केटा वा केटी, वरिष्ठ वा कनिष्ठ हुनुले फरक पर्दैन । तपाईं कसैलाई सार्वजनिक रूपमा राम्रो व्यवहार गरेर सानो हुनुहुन्न ।
६. साथीसँग ट्याक्सी चढ्दा पुरै भाडा उहाँले तिर्नुभयो भने अर्को पटक आफूले तिर्ने प्रयास गर्नुहोस् ।
७. फरक-फरक विचार र धारणाहरूको सम्मान गर्नुहोस्। तपाईंले 6 देखेको चिजलाई तपाईंको अगाडि बस्नेले 9 देखिरहेको हुन सक्छ । दोस्रो विचार विकल्पको लागी राम्रो पनि मानिन्छ ।
८. कोही मानिस् बोलिरहेको बेला कहिल्यै बाधा नपुर्याउनुहोस् वा हस्तक्षप नगर्नुहोस् । उनीहरूलाई आफ्नो कुरा पूरा गर्न दिनुहोस् । उनीहरूले भनेका सबै कुरा सुन्नुहोस् र फिल्टर गरेर बुझ्नुहोस् ।
९. यदि तपाईं कसैलाई जिस्काउनु हुन्छ र तिनीहरूलाई त्यो कुरा मन पर्दैन भने त्यसलाई रोक्नुहोस् र फेरि कहिल्यै नदोहोर्याउनुहोस् । यसले तपाइँ कत्तिको संवेदनशिल हुनुहुन्छ भन्ने कुरा देखाउँदछ ।
१०. कसैले तपाईंलाई मद्दत गर्दा "धन्यवाद" भन्न नबिर्सिनुहोस् ।
https://www.youtube.com/channel/UCs_qPtdOz1p3Yk-duRVD2wg
११. सार्वजनिक रूपमा प्रशंसा गर्नुहोस्, अनि कमजोरी सम्बन्धित व्यक्तिलाई नै भन्नुहोस् ।
१२. कसैको तौल, उचाईं र छालाको रङमा टिप्पणी नगर्नुहोस् । त्यो उनीहरूको नितान्त व्यक्तिगत कुरा हो ।
१३. जब कसैले आफ्नो फोनमा तपाईंलाई फोटो देखाउँदछ, बायाँ वा दायाँ स्वाइप नगर्नुहोस् ।
१४. कसैले अस्पताल जानुछ भन्दा के को लागि हो ? भनेर नसोध्नुहोस् । "मलाई आशा छ तपाईं ठीक हुनुहुन्छ" भनेर सुभेक्षा जनाउनुहोस् । उनीहरूलाई आफ्नो व्यक्तिगत स्वास्थ्य अवस्थाको बारे बताउनु पर्ने असजिलो स्थितिमा नराख्नुहोस् । यदि उनीहरू तपाईंलाई बताउन चाहन्छन् भने तपाईंको जिज्ञासा बिना नै बताउनेछन् ।
१५. कार्यालय सहयोगी र हाकिमलाई समान सम्मानको साथ व्यवहार गर्नुहोस्। तपाईंको रुखो र अभद्र व्यबहारले कोही पनि प्रभावित हुँदैनन् । कसैप्रति गरिने राम्रो व्यवहारको लागि तपाईं कहिल्यै पछुताउनु पर्दैन ।
१६. यदि कोही तपाईंसँग प्रत्यक्ष रुपमा कुरा गर्दैछन् भने उहाँलाई सुन्नुहोस् । यस्तो बेला मोबाइलमा घोरिनू असभ्य व्यवहार मानिन्छ ।
https://www.youtube.com/channel/UCs_qPtdOz1p3Yk-duRVD2wg
१७. तपाईंलाई कसैले नसोधेसम्म सल्लाह नदिनुहोस्।
१८. कसैको उमेर र तलबका बारे नसोध्नुहोस् ।
१९. आफ्नो कामसँग मतलब राख्नुहोस् । आफू सम्बद्ध कुरामा मात्र चासो राख्नुस् । बाँकी कुरामा फाल्तु समय बर्वाद नगर्नुस् ।
२०. राम्रो सन्देश पढेपछि "सन्देशको लागी धन्यवाद" त्यसलाइ आजैवाट प्रयोगमा ल्याउने कोशिस गर्नुहोस्।



Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 10 ) Banks ( 66 ) Corporation ( 47 ) Culture ( 23 ) Force ( 45 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 51 ) MCQs ( 12 ) News ( 8 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 102 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 86 ) update ( 11 ) videos ( 13 ) WORLD ( 14 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Tags

agriculture (10) Banks (66) Corporation (47) Culture (23) Force (45) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (51) MCQs (12) News (8) oldqsn (20) onlinequiz (1) Places (4) PSC (102) Rules (8) tips tricks (21) TSC (86) update (11) videos (13) WORLD (14)

Popular Posts

Translate

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

हालसम्म नेपालसँग भएको कुटनितिक सम्बन्धका बारेमा सम्पूर्ण जानकारी ।। Diplomatic relations between Nepal and other's countries.

नेपालसँग भएको कुटनितिक सम्बन्धको बारेमा सम्पूर्ण  मिति सहित अहिले सम्मकै आधिकारीक जानकारी यहाँबाट प्राप्त गर्न सकिन्छ, यसका बारेमा विस्तृत र...

Recent

Popular Posts