Wednesday, April 6, 2022

धितोपत्रः

ü  ✅ संगठित संस्थाले वा सरकारले आफुलाई आवश्यक पूँजी संकलन गर्न जारी गरेको वित्तीय उपकरणलाई धितोपत्र भनिन्छ ।

ü  ✅ यस अन्र्तगत संगठित संस्थाले जारी गरेको शेयर, स्टक, बण्ड, डिवेन्चर, सामुहिक लगानी योजना सम्बन्धि प्रमाणपत्र र सरकारले जारी गर्न T – bill, Development Bond, citizen Bond, National Bond and Foreign employment Bond  पर्दछन् ।

ü  ✅ धितोपत्र सरकार र पब्लिक लि. कम्पनीले मात्र जारी गर्न सक्दछ ।


  धितोपत्र बजारः

✅ सरकार वा कम्पनीले जारी गरेको वित्तीय उपकरणको खरिद बिक्रि हुने बजारलाई धितोपत्र बजार भनिन्छ ।

✅ संगठित संस्थाले धितोपत्र मार्फत आवश्यक पुँजी संकलन गर्दछ भने सोको खरिद कर्ता वा लगानी कर्ताले संस्थाको स्वामीत्व ग्रहण गर्ने, ब्याज , मुनाफा र लाभांसको हिस्सेदार बन्न पाउने मौका पाउछन् ।

✅ अतः यस बजारले सर्वसाधारण जनता र संगठित संस्थाबीच सम्मर्क सेतुको रुपमा काम गरी यी बीच सुमधुर सम्बन्धको बहाली गर्दछ ।




धितोपत्र बजार मूलतः निम्न २ प्रकारका हुन्छनः

    क.   प्राथमिक बजार (Primary or Initial Market):-  कम्पनी अर्थात सरकारले प्रथम पटक जारी गरेको धितोपत्रको कारोवार हुने बजारलाई प्राथमिक बजार भनिन्छ । यस बजारममा बिक्रि प्रबन्धको माध्यम द्धारा कम्पनीको धितोपत्र सर्वसाधारणमा बिक्रि गरी पूँजी संकलन गरिन्छ



ख. दोस्रो वा सहायक बजार (Secondary Market):- प्राथमिक बजारबाट धितोपत्र खरिद गरेपछि त्यसलाई पुन बिक्रि गर्न सकिने बजारलाई दोस्रो बजार भनिन्छ । यस बजारमा लगानीकर्ताहरु बीच मात्र सम्बन्ध हुन्छ । कम्पनिको सम्बन्ध रहदैन । नेपालमा नेपाल स्टक एक्सेन्ज लि. एक मात्र दोस्रो बजार हो ।



स्टक एक्सेन्ज Stock Ex-Change

✅  कम्पनी वा सरकारले जारी गरेका धितोपत्र किनबेच गर्ने स्थानलाई स्टक एक्स्चेन्ज भनिन्छ यसैलाई नै दोस्रो बजार भनिन्छ ।

✅  NEPSE मा औपचारिक रुपमा धितोपत्रको कारोवार वि.स २०५० सालबाट भएको हो ।

✅  कुनै कम्पनी वा सरकारले धितोपत्र निश्कासन गरेपछि धितोपत्रको कारोवार गराउन नेपाल स्टक एक्स्चेन्जमा सूचीकरण गराउनु पर्दछ ।



नेप्से परिसूचक
Nepse Index

✅ नेपाल स्टक एक्स्चेन्जको छोटकारी नाम नेप्से हो भने परिसूचक भनेको सूचकांक हो ।

✅ नेप्सेमा कारोवार हुने सम्पूर्ण कम्पनीको कुल बजार पूँजीकरण घटेको छ वा बढेको छ भनि संकेत गर्ने सूचकाँकलाई नेप्से परिसूचक भनिन्छ ।

✅ यसले समग्र शेयर बजारको घटबढलाई संकेत गर्ने भएको हुनाले लगानीकर्ताहरुलाई यसको ठुलो महत्व रहेको हुन्छ ।

✅ बढ्न सूरु गरे किन्ने र घट्न शूरु गरे बेच्ने प्रवृत्ति नेपाली बजारमा छ ।



समयावधिका आधारमा धितोपत्र बजार:-

अल्पकालिन , मध्यकालिन वा दीर्घकालिन प्रकृतिका वित्तीय उपकरणको कारोवार हुने बजारलाई धितोपत्र बजार भनिन्छ । 


धितोपत्रको समयावधिको आधारमा धितोपत्र बजार निम्न २ प्रकारको हुन्छ:-

क. मुद्रा बजार (Money Market)

✅ मुद्रा, निक्षेप , कर्जा लगायतका अन्य वित्तीय कारोवार सँग सम्बन्धित उपकरणहरुको कारोवारलाई मुद्रा बजार भनिन्छ ।

✅ मुद्रा बजारमा ब्याजदर तथा विनिमय दर मुद्राको माग र आपुर्तिबाट निर्धारण हुन्छ । जसको नियमन ने.रा.बैक ले गर्दछ ।

✅ अर्थतन्त्रमा मुद्राको मागलाई उत्पादनको अवस्था, ब्याजदर, मूल्यदर, वैदेशिक व्यापारको अवस्था, मौद्रिकरणको दर , वित्तीय संस्थाहरुको व्यापकता जस्ता कुराले प्रभाव पार्दछ ।

✅ त्यस्तै मुद्राको आपुर्ति केन्द्रीय बैकको मौद्रिक नीति तथा वाणिज्य बैकहरुको क्रियाकलापबाट प्रभावित हुन्छ ।

✅ मुद्रा बजारमा खासगरी मुद्रा, चल्ती , वचत, निक्षेप , एक वर्ष भन्दा कम अवधिको मुद्धती निक्षेप , Deposit Certificate, अल्पकालिन भुक्तानी भएका सरकारी ऋणपत्रहरु , अल्पकालिन कर्जाहरु , अन्र्तर बैक कर्जा तथा निक्षेपहरु , विदेशी मुद्रा , विदेशी निक्षेप, डाफ्ट , हुन्डी आदि  ।

✅ T-bill, Commercial Certificate, Certificate of Deposit, Eurodollars Deposits, Federal Funds, banker's fund, Bankers Acceptance, Repurchase Agreement etc.

✅ High liquidity, Low risk, Marketable, Low default etc are its qualities.


ख. पूँजी बजार (Capital Market)

✅ १ वर्ष भन्दा बढी अवधिको वित्तीय कारोवारलाई पूँजी बजारको रुपमा लिईन्छ ।

✅  यसको नियमन नेपाल धितोपत्र बोर्डले गर्दछ ।

✅  पूँजीबजार अन्र्तगत ऋणपत्र, बचतपत्र, शेयरपत्र, दीर्घकालिन ऋण, आदिको कारोवार हुन्छ ।

✅  पूँजीबजारको महत्वपूर्ण पक्ष ऋणपत्र र शेयर हो ।

✅ ऋणपत्रमा खासगरी दीर्घकालिन अर्थात १ वर्ष भन्दा बढी अवधि भएका ऋणपत्र समावेश हुन्छन् ।

✅  धेरै प्रकारका ऋणपत्रहरु निश्कासनमा आउने भएतापनि दीर्घकालिन र सरकारी ऋणपत्रमा विकास ऋणपत्र र राष्ट्रिय वचत पत्र प्रमुख हुन् ।

     Capital Market Instrument:

1.            Common Stock

2.            Preferred Stock

3.            Corporate Bond like NIBL, EBL

4.            Government Bond

5.            Municipal Bond (not used in Nepal)

6.            Mortgaged Bond

7.            Units of Mutual Fund ( Siddhartha and Nabil ) 


नेपालमा पूँजीबजारका प्रमुख समस्याहरु:-

✅ बैकिङ्ग ज्ञानको कमी,

✅ सीमित ऋणपत्र,

✅ वित्तीय संस्थाहरुको सीमित क्रियाकलाप,

✅ उद्योगको विकास नहुनु,

✅ सरकारी नीतिमा हुने परिवर्तन,

✅ औधोगिक शिक्षाको अभाव,

✅ जटिल कानूनी औपचारिकता,

✅ राजनीतिक दबाब

✅ अनुत्पादक खर्च आदि ।



सरकारी ऋणपत्र सम्बन्धि संक्षिप्त जानकारी:-

✅ नेपाल सरकारको वार्षिक बजेटमा उल्लेखित आन्तरिक ऋण रकम नेपाल सरकारको आवश्यकता अनुसार सरकारकै जमानत र अनुरोधमा सरकारको बैक ने.रा.बैक मार्फत संकलन हुन्छ ।

✅ यसरी सरकारलाई आवश्यक वित्तीय स्रोत संकलन गर्न राष्ट्रिय स्तरमा सरकारी ऋणपत्रहरु वा सुरक्षणपत्रहरु जारी गरिन्छ ।

✅ प्रचलित कानूनको अधिनमा रही ने.रा.बैकले विभिन्न प्रकारका एवं अवधिका ऋणपत्रहरु निश्काशन गरी बैक तथा वित्तीय संस्था , गैर वित्तीय संस्था साथै नेपाली नागरिकबाट सरकारलाई आन्तरिक ऋण संकलन गर्ने गरेको छ ।

✅ वि.स २०१८ सालमा ३ महिना अवधिको Treasury Bill पहिलोपटक निश्कासन भएबाट सरकारी ऋणपत्रको सुरुवात भएको हो ।

हाल नेपाल सरकारले निम्न ५ प्रकारका विभिन्न सरकारी ऋणपत्र निश्कासन गर्दै आएको छ:-


क. Treasury Bill:-

✅ सरकारलाई आवश्यक छोटो समयावधिको रकम संकलन गर्न तथा बजारमा मुद्राको सन्तुलन कायम गर्न ने.रा.बैक बाट जारी गरिएको वित्तीय औजारलाई ट्रेजरी बिल भनिन्छ ।

✅ यो २८, ९१, १८२, ३६४ दिने गरी ४ विविध अवधिको हुन्छ भने बोलकबोल प्रक्रियाबाट म्ष्कअयगलत मा जारी हुन्छ ।

✅ यो बील सरकारको आवश्यकता अनुसार प्र्रत्येक सोमबार निश्कासन हुन्छ । यसमा ब्याजदर तोकिएको हुँदैन बोलकबोलमा जारी हुन्छ । 


ख. Development Bond

✅ सरकारको विकास कार्यलाई आवश्यक साधन स्रोत जुटाउने उदेश्यले व्यक्ति तथा संस्थाले खरिद गर्न सक्ने गरी सरकारले जारी गरेको ऋणपत्रलाई विकास ऋणपत्र भनिन्छ ।

✅ यो अंकित मूल्यमा निश्कासन भई बोलकबोल प्रक्रियाबाट ब्याजदर अथवा Coupon rate निर्धारण हुन्छ ।

Nepal Stock Exchange मार्फत दोस्रो बजारमा यसको खरिद बिक्रि हुन्छ ।



ग. Citizen Bond

✅ निश्चित ब्याजदर तोकी नेपाली लगानीकर्ताहरुले मात्र खरिद गर्न सक्ने गरी जारी गरिने मध्यकालिन अवधिको ऋणपत्र नागरिक वचतपत्र हो । यो कम्तीमा १० हजार रुपैयाको हुन्छ । यसलाई नागरिकले मात्र खरिद गर्न सक्छन् ।


घ. National Bond

✅ निश्चित ब्याजदर तोकी गैर संस्थागत तथा नेपाली नागरिकल मात्र खरिद गर्न सक्ने गरी जारी हुने मध्यकालिन अवधिको ऋणपत्र राष्ट्रिय वचत पत्र हो ।

✅ अर्थात छरिएर रहेको स सानो बचत परिचालन गरी देशको आर्थिक विकासमा सहयोग पुर्याउनु यो वचतपत्रको उदेश्य हो ।

 

ङ. Foreign Employment Bond

ड्रोजगारीका लागि विदेशमा रहेका वा नेपाल फर्केको ३ महिना नपुगेका नेपाली नागरिकहरुले वा ल्च्ल् हरुले मात्र खरिद गर्न पाउने गरी निश्चित ब्याजदर तोकी नेपाली रुपैयामा जारी हुने मध्यकालिन अवधिको बचतपत्रलाई वैदेशिक रोजगार बचतपत्र भनिन्छ । आ.व २०६६।६७ को बजेट मार्फत यसलाई शुरु गरिएको हो ।

तयार गर्नेः http://www.dbarjel.com.np/





Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 10 ) Banks ( 68 ) Corporation ( 47 ) Culture ( 24 ) Force ( 46 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 51 ) MCQs ( 12 ) News ( 8 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 104 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 88 ) update ( 11 ) videos ( 13 ) WORLD ( 14 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Tags

agriculture (10) Banks (68) Corporation (47) Culture (24) Force (46) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (51) MCQs (12) News (8) oldqsn (20) onlinequiz (1) Places (4) PSC (104) Rules (8) tips tricks (21) TSC (88) update (11) videos (13) WORLD (14)

Popular Posts

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको २ दिने राजकीय नेपाल भ्रमण सम्पन्न ।

कतारका राजा  अमिर शेख तमिम बिन हमाद अल थानीको २ दिने   राजकीय भ्रमण सम्पन्न भएको छ, सो सम्बन्धी केही जानकारी यहाँ राखिएको छ ।  कतारका राजा अ...

Recent

Popular Posts