Monday, June 20, 2016


भ्रष्टाचार के हो ?
आर्थिक हिनामिना, असामाजिक र अनैतिक कृयाकलाप र अन्य भ्रष्ट गतिबिधि जस्को परीणाम स्वोरुप राष्ट्रमा अनैतीकता पैदा हुन्छ आर्थत कुनै पद वा दायित्व लिएको व्यक्तिले आफ्नो अधिकार र हैसियतलाई दुरूपयोग गरी अनुचित ढङ्गबाट आर्थिक हिनामिना गर्ने काम नै भ्रष्टाचार हो ।
.
.
भ्रष्टाचार किन हुन्छ ?
मानिस सुविधाभोगी प्राणी हो । ऊ सधै सुविधा चाहन्छ । अर्थात सुख चाहन्छ । उसका इच्छा अनन्त छन् । इच्छापर्ूर्ति हुनु भनेको सुखको अनुभूति हुनु हो । अहिले विश्व मानव द्वन्द्वात्मक भौतिकवादमा रमाइ रहेको छ । आर्थिक पक्षमा सवल मानवले आफूलाई सुखी ठान्छ । ऐस आरामको सुखी जीवन बिताउने मुख्य माध्यम धनसम्पत्ति मानिएको छ । धन सम्पत्ति पनि चल र अचल रहेका छन् । चल सम्पत्ति भन्नाले रुपैया पैशा, सुन चाँदी हिरामोति मणी माणिक्य मानिन्छन् भने अचल सम्पत्ति जग्गा जमिन घर आदिलाई मानिन्छ । यी श्रोत साधन मानिसका आवश्यक वस्तुहरु हुन् । यस्ता श्रोत साधन प्रसस्त हुने मानिसले कतिसम्म सम्पत्ति राख्न पाउँछ त भन्ने सीमा पनि छैन । अर्थात राज्यले एक व्यक्तिले व्यक्तिगत रुपमा कतिसम्म सम्पत्ति -चल अचल) राख्न पाउने भन्ने हद पनि तोकेको छैन । जसले गर्दा सम्पत्ति थुपार्ने होड चलिरहेको छ । यो होडले गर्दा भ्रष्टाचार बढेको छ । हुनेको भकारीमा अन्न सडेको छ । नहुने भोकभोकै मर्न सक्छ । परिवारको मूलिमा आश्रीत हुने परम्परा छ । परिवारका सबै सदस्यले रोजगारीको अवसर पाएर आत्मनिर्भर हुने आफ्नो खुट्टामा आफै उभिने अवसर राज्यबाट पनि सृजना हुन सकेको छैन । आफ्नो हैसियत अनुसार खर्च गर्ने होइन कि अर्काको देखासिकी गर्ने । फजुल खर्च जस्तै भोजभतेर, जुवा तास खेल्ने, लागूपदार्थ सेवन, सात्विको भोजन भन्दा तामसि भोजन तर्फढी अग्रसर हुने । आध्यात्मीक भन्दा भौतिक चिन्तनमा बढी रुची राख्ने, राष्ट्रिय चिन्तन भन्दा अन्तर्रर्ााट्रय चिन्तन बढी गर्ने, सामाजिक व्यवहारमा अनावश्यक प्रतिस्पर्धा गर्ने, वास्तविकतालाई त्यागेर अवास्तविकतर्फबढी लालहित हुने । इमान्दारहरुको भन्दा बेइमानहरुको कदर हुने, बौद्धिक लगानी भन्दा भौतिक लगानीलाई सामाजिक मान्यता बढी हुने, पारिवारिक मोह बढी हुनु, आध्यामिक विचारधारा लोप हुँदै जानु र भौतिक चिन्तनको पराकाष्ट हुनु भ्रष्टाचारका मूल कारक तत्व हुन । भ्रष्टाचारलाई पुरुषार्थ मान्य सामाजिक मान्यताले गर्दा पनि भ्रष्टाचार दिन प्रतिदिन बढी रहेको छ ।
.
. 
भ्रष्टाचार कसरी रोकिन्छ ?
भ्रष्टाचार नियन्त्रण गर्न सरकारी तबरबाट संस्थाहरु गठन भएका छन् । जस्तै अख्तियार दूरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय र्सतर्कता केन्द्र । अख्तियार अन्तरगतका शाखाहरु क्षेत्रीय र जिल्ला प्रशासन कार्यालयहरुमा पनि रहेका छन् । यी संस्थाहरु हात्तीको देखाउने दात मात्र भएका छन् । किन भने नेपाल विश्वका भ्रष्टचार बढी हुनु मुलुकको तेश्रो नम्बरमा परे के छ । भ्रष्टाचार नियन्त्रण गर्न गठित संस्थाहरुमा नै भ्रष्टाचार छ भने उसले अरुलाई नियन्त्रण गर्ने सम्भावना रहँदैन । भ्रष्टाचार नियन्त्रण गर्न र्सव प्रथम मूल सङ्लो हुनर्ुपर्छ । भनिन्छ मूलको पानी कूलको छोरी, मूलको पानी र कूलको छोरीले कहिल्यै अहित गर्दैनन् । देशको राजनीतिको पनि भ्रष्टाचार नियन्त्रणमा सक्रिय भूमिका रहन्छ । मुलुकको बागडोर संचालन गर्ने नेता र उच्च पदस्त प्रशासकहरु सदाचारी भए भने देशबाट भ्रष्टाचार स्वतः भाग्दछ । यहाँ त जो रक्षक उही भक्षक भएर मुलुक भ्रष्टाचारको दलदलमा गाडिएको छ । भ्रष्टाचारीलाई कारबाही गर्नु त कताकता संरक्षण दिने नेताहरुको प्रवृति छ । भ्रष्टाचार नियन्त्रण गर्न गठित संस्थाहरुले आफू वादी भएर अदालतमा मुद्दा दर्ता गर्छन । अदालतबाट सबुद प्रमाण नपुगेको भनी प्रतिवादी भ्रष्टाचारीको पक्षमा नै मुद्दा फैसला भएका छन् । यहाँ बढी भन्दा प्रतिवादी धेरै चनाखो र चतुरा छन् । प्रतिवादीहरु मुद्धा आफ्नो पक्षमा पार्न साम, दाम, दण्ड भेद सबै नीति अपनाउँछन् । वादीदर्ता गर्ने पक्षले वादी दर्ता गरायो बस पुग्यो । सरकार वादी मुद्दाहरु प्रायः असफल नै भएका छन् । भ्रष्टाचार नियन्त्रण गर्न र्सव प्रथम सम्पत्तिको सीमा तोकिनु पर्छ । नैतिक शिक्षा दिने व्यवस्था हुनर्ुपर्छ । च्रष्टाचारीलाई बर्ुइ बोकेर हिँड्ने राजनीतिक चरित्रको अन्त्य हुनर्ुपर्छ । भ्रष्टाचार नियन्त्रण गर्न गठित संस्थालाई न्यायिक अधिकार दिनर्ुपर्छ । राज्यमा प्रशस्त रोजगारीका अवसर सृजना गरेर आत्मनिर्भर हुने अवसर दिनु पर्छ । एक व्यक्ति एक रोजगार हुनर्ुपर्छ । सामाजिक फजूल खर्च नियन्त्रण हुनर्ुपर्छ । भौतिक होइन आध्यात्मिक प्रतिस्पर्धा बढाउनु पर्छ । जनतालाई परावलम्बि होइन स्वावलम्बि र अनुशासित बनाउनु पर्छ । भ्रष्टाचारीलाई कारबाही र सदाचारीलाई पुरस्कृत गर्नुपर्छ । अनिमात्र देश भ्रष्टाचार मुक्त हुन सक्दछ अन्यथा भ्रष्टाचारको एक नम्बरमा मुलुक पुग्न सक्छ ।

प्रश्तुत कर्ताः लाेके दार्इ 



Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 10 ) Banks ( 66 ) Corporation ( 47 ) Culture ( 23 ) Force ( 45 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 51 ) MCQs ( 12 ) News ( 8 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 102 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 86 ) update ( 11 ) videos ( 13 ) WORLD ( 14 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Blog Archive

Tags

agriculture (10) Banks (66) Corporation (47) Culture (23) Force (45) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (51) MCQs (12) News (8) oldqsn (20) onlinequiz (1) Places (4) PSC (102) Rules (8) tips tricks (21) TSC (86) update (11) videos (13) WORLD (14)

Popular Posts

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

हालसम्म नेपालसँग भएको कुटनितिक सम्बन्धका बारेमा सम्पूर्ण जानकारी ।। Diplomatic relations between Nepal and other's countries.

नेपालसँग भएको कुटनितिक सम्बन्धको बारेमा सम्पूर्ण  मिति सहित अहिले सम्मकै आधिकारीक जानकारी यहाँबाट प्राप्त गर्न सकिन्छ, यसका बारेमा विस्तृत र...

Recent

Popular Posts