Saturday, December 15, 2018

वि. सं. २०७५ मा प्रदान गरिने नेपाल विद्यापति भाषा साहित्य पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ?
-साहित्यकार रोशन जनकपुरी (पुरस्कार राशि रु दुई लाख)
(त्यस्तै, नेपाल विद्यापति अनुसन्धान पुरस्कार सर्लाहीका प्राध्यापक डा. देवनारायण यादवलाई, कला, संस्कृति पुरस्कार धनुषाका सह-पाध्यायक रापसागर पण्डित, नेपाल विद्यापति पाण्डुलिपी पुरस्कार सिरहाका हिमाश चौधरी, नेपाल विद्यापति अनुवाद पुरस्कार सप्तरीका देवेन्द्र मिश्रलाई प्रदान गरिएको छ। चार वटै पुरस्कारको राशि रु. एक लाख र ताम्रपत्र रहेको। नेपाल विद्यापति पुरस्कार कोष नेपाल सरकारको आर्थि सहयोगमा स्थापना भएको हो ।
नेपालमा पहिलोपटक पण्टाका आधारमा न्यूनतम पारिश्रमिकको प्रावधान कहिलेदेखि लागू गर्ने निर्णय भएको छ ?
- वि स २०७५ साउन १
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालद्वारा आ.व. २०७५/७६ को मौद्रिक नीति कहिले सार्वजनिक गरियो ?
- वि सं २०७५ असार २७
सरकारले गरिब घरपरिवारलाई परिचयपत्र बितरण गर्ने कार्य कहिलेदेखि थालेको हो ?
- वि.सं २०७५ असार २९
विश्व जनसङ्ख्या दिवस कहिले मनाइन्छ ?
- जुलाई ११
(सन् २०१८ जुलाई ११ मा विश्व जनसङ्ख्या दिवस नेपालमा 'परिवार नियोजन हाम्रो मानव अधिकार' राष्ट्रिय नाराका साथ मनाइएको हो । संयुक्त राष्ट्रसंघद्वारा तय गरिएको नारा मानव अधिकारका रूपमा परिवार नियोजन रहेको छ ।
२०५ औं भानु जयन्तीका अवसरमा आयोजित तीनदिने हिमवत् खण्ड साहित्य कला सम्मेलनमा कति बुँदे घोषणापत्र जारी गरियो?
१५ बुँदे
सनातन हिन्दु धर्मको इतिहासमा पहिलो महिला शङ्कराचार्य कसलाई घोषित गरिएको छ ?
-स्वामी हेमानन्द गिरी (पथरी, मोरङ)
(अखिल भारतीय विद्धत् परिषद्द्वारा सन् २०१८ जुलाईमा शङ्कराचार्य पद औपचारिक रूपमा प्रदान गरिएको हो ।
नेपालमा खुलेको खुला विश्वविद्यालयमा पहिलो पटक कक्षा सञ्चालन कहिलेदेखि भएको हो ?
-२०७५ जेठ १३
युरोमोनी एक्सिलेन्स अवार्ड - २०१८
- नेपाल इनभेस्टमेन्ट बैंकलाई
- प्रतिस्ठित अङ्ग्रेजी मासिक पत्रीका ' युरोमनी ' ले प्रदान गरेको
४१ औ पूर्ण खोप सुनिस्चित जिल्ला चितवन : २०७५ असार ३२ गते ।
नेपाल र रुवाण्डाबिच कुटनीतिक सम्बन्ध स्थापना
सन् २०१८ जुलाई २० मा नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएको १६१ औं देश
कुटनीतिक सम्बन्ध स्थापना सम्बन्धी संयुक्त दस्तावेजमा न्युर्योकमा संयुक्त राष्ट्रसंघका लागी नेपालका प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र रुवाण्डाका लागी भालेन्टाइन रुगाविजाले हस्ताक्षर।
विश्व हिन्दु महासँघका अध्यक्ष भरतकेशर सिँहको हृदयाघातका कारण २०७५ श्रावण ६ गते निधन भएको छ ।
ललितपुरको वयोधा अस्पतालमा उपचाररत अवस्थामा दुखद निधन भएका सिँह नेपाली सेनाका पुर्व रथी समेत थिए।
भुमि सम्वन्धि सम्पुर्ण जानकारी दिने मोबाईल एप सञ्चालनमा :
एपको नाम : "भुमि सुशासन"
कहिले :२०७५ श्रावण ६
जनकपुर उपमहानगरपालिकाको नाम परिवर्तन गरि जनकपुरधाम उपमहानगरपालिका कायम : - २०७५ असार ३२ गते
भारतको राजदुतमा निलकण्ठ उप्रेती र मलेसियाको राजदुतमा उदयराम पाण्डे नियुक्त : - २०७५ असार ३२ गते
दक्षिण एसियाली खेलकुद ( साग ) मा पहिलोपटक प्याराग्लाइडिङ खेल समावेश :-
- २०७५ साउन ६ गते ( 2018 जुलाइ 22 ) मा ,
- नेपाल सहित अन्य ६ दक्षिण एसियाली मुलुकको काठमाडौंमा बसेको बैठकले यो निर्णय गरेको,
- यो सङ्गै नेपालमा सञ्चालन हुन गैरहेको १३ औ सागमा २७ खेल संख्या पुगेको ।
विराटनगर जुट मिल पुनः संचालनमा: -
- २०७५ साउन ३ गते ,
- बिक्रम सम्वत १९९३ सालमा स्थापित नेपालकै पहिलो उद्योगको रुपमा रहेको विराटनगर जुटमिल बन्द रहेकोमा २०७४ मंसिरमा पुनः सन्चालनमा आएता पनि फेरि बन्द भएको थियो ।
रक्तदान दिवस कहिले मनाइन्छ ?
→ जुन १४
प्रधानमन्त्री कप क्रिकेट २०७५ को उपाधि कुन टिमले जितेको छ ?
-एपीएफ क्लब (नेपाल आर्मीलाई फाइनल खेलमा ६ विकेटले हराएको)
नेप्लिज न्युरोसर्जन सोसाईटीले हालै कसलाई मानार्थ अध्यक्ष को प्रमाणपत्र प्रदान गरेको छ?
-वरिष्ठ न्युरोसर्जन उपेन्द्र देवकोटा
लगानी बोर्डको उपाध्यक्ष मा को नियुक्त भएका छन्?
- डा.युवराज खतिवडा (२०७५/०२/२७)
फेन्च ओपन टेनिस को उपाधि कसले जितेका छन्?
-स्पेनिस राफेल नाडाल (पुरुष तर्फको उपाधि)
-रोमानियाकी सिमोना हालेप (महिला तर्फको उपाधि)
राष्ट्रिय सभा नियमावली २०७५ सर्वसम्वत ले कहिले पारित गरियो?
-वि.सं.२०७५ जेष्ठ २७ गते
नेपाल सरकार मन्त्रपरिषद्को वि.सं. २०७५ जेष्ठ ६ मा बसेको बैठकले करिब १२०० किलोमीटर लामो चुरे तथा भित्री मधेसको उपत्यकालाई जोड्ने नयाँ राजमार्ग बनाईने निर्णय गरेको छ जसको नाम मदन भण्डारी राजमार्ग दिइएको छ।
हालै सबै भन्दा पुरानो डाइनोसरको अंग कहाँ भेटिएको छ?
-मेक्सिको
एसिया कप महिला टी ट्वान्टी क्रिकेट २०१८ को उपाधि कुन देशले जितेको छ?
-बंगलादेश
अन्तराष्ट्रिय बनभोज दिवस कहिले मनाइन्छ?
-जुन १८
सन् २०२६ को विश्वकप फुटबल प्रतियोगिता कहाँ आयोजना गरिने भएको छ ?
अमेरिका क्यानडा र मेक्सिको (संयुक्त रुपमा)
(सन् २०२६ को विश्वकपमा ४८ टिमको सहभागिता रहने छ ।)
हिउँ चितुवा पाइने विभिन्न राष्ट्रका वन, वातावरण र जलवायु परिवर्तन मन्त्रीहरुको सम्मेलन सन् २०१८ मा कहाँ सम्पन्न भयो ?
-किर्गिस्तानको विस्केक
नेपालको कुन ठाउँ हिम चितुवा अनुसन्धना केन्द्र निर्माण गरिने भएको छ ?
-ताप्लेजुङस्थित कञ्चनजङ्घा संरक्षण क्षेत्र
वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन कहिले भएको हो ?
-वि.सं. २०७५ असार ४
विश्व बैङ्कले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार आ.व. २०७४ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?
– ६.३ प्रतिशत
सन् २०१८ जूनमा विश्वका सात प्रमुख औद्योगिक राष्ट्रहरुको सङ्गठन ‘जी ७ को शिखर सम्मेलन कहाँ आयोजना गरियो ?
-क्यानडाको क्युवेक
अमेरिकी राष्ट्रपति डोनाल्डट्रम्प र उत्तरकोरियाली नेता किम जोङ उन बीच भेटवार्ता कहिले भयो ?
– सन् २०१८ जुन १२
प्रदेश नं. ४ लाई के नामकरण गरिएको छ ?
–गण्डकी प्रदेश (वि.सं. २०७५ जेठ २१ ग्तेको प्रदेशसभा बैठकमा दुई तिहाई भन्दा बढी सदस्यले ‘गण्डकी प्रदेश’ नामकरण मत जाहेर गरेका । त्यस्तै, प्रदेशको राजधानी पोखरा राख्न सहमति सहितको सुभाव दिएका ।)
एसियाली देशहूको दिगो विकास सम्बन्धी सम्मेलन सन् २०१८ मा कहाँ आयोजना गरिएको छ ?
– जपानको टोकियो
नेपाल र बुरुन्डीबीच दौत्यसम्बन्ध कहिले कायम भएको हो ?
– सन् २०१८ जुन ६ ( नेपाल सँग दौत्य सम्बन्ध कायम गर्ने १६० औँ राष्ट्र)
मुलुकी देवानी (संहिता) ऐन, २०७४ अनुसार श्रीमानले सम्बन्ध विच्छेद गर्न पाउने सम्बन्धमा के व्यवस्था छ ?
- पतिले सम्बन्ध विच्छेद गर्न सक्ने
(यो सहिता २०७५ भाद्र १ गतेबाट लागू हुनेछ ।)
रसियामा सम्पन्न २१ औं संस्करणको विश्वकप फुटबलको उपाधि कसले जित्यो ?
- फ्रान्स
सन् २०१८ जुलाई १५ मा भएको फाइनल प्रतियोगितामा क्रोएसियालाई ४-२ गोल अन्तरले हराउँदै फ्रान्सले दोस्रोपटक उपाधि जितेको हो । फ्रान्सले सुनको ट्रफिसहित ३९ मिलियन डलर अर्थात् करिब चार अर्ब १५ करोड नेपाली रुपियाँ प्राप्त गरेको 31 विश्वकप फुटबल-२०१८ पा दोस्रो भएको क्रोएसियाले २८ मिलियन डलर, तेस्र भएको बेल्जियमले २४ मिलियन डलर एवं चौथो स्थान हासिल गरेको इङ्ल्यान्डले २२ मिलियन डलर प्राप्त गरे ।
नेपाललाई थप हवाई मार्ग उपलब्ध गराउने सम्बन्धमा नेपाल र भारतका अधिकारीबीच सहमति पत्रमा कहिले हस्ताक्षर भएको हो ?
—वि.सं. २०७५ असार २
सरकारद्वारा मनाउन लागिएको नेपाल भ्रमण वर्ष २०२० का लागि प्रमुख साझेदार कसलाई बनाइने भएको छ ?
— गैर आवासिय नेपाली महासङ्घ (एनआरएन)
नेपाल र भारतबीचका सन्धि सम्झौता पुनरावलोकन गरी सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह (इपीजी) को नवों बैठक कहिले सम्पन्न भयो ?
— वि.सं. २०७५ असार १५
गोल्डेन म्यान बुकर इन्टरनेशनल पुरस्कार - २०१८ कुन उपन्यासले प्राप्त गरेको छ ?
- द इङ्लिस पेटेन्ट
मिस युनिभर्स स्पेन २०१८ हुने व्यक्ति को हुन् जो मिस युनिभर्स हुने विश्वकै पहिलो तेश्रो लिङ्गी हुन्?
-एन्जला पोन्स
आइ एम इ - ग्लोबल - आइ एम इ फोटो अफ त इयर जित्ने फोटो पत्रकार को हुन् ?
- नरेन्द्र श्रेष्ठ
नेपालमा पुन पुरुष नर्सिङ्ग पढाइ कहिले देखि सुरु हुने भयको छ ?
- बि.स २०७५/७६
अमेरिकाले संयुक्त रास्ट्रसंघको मानब अधिकार परिषदबाट अलग हुने घोसणा कहिले गत्रेको हो ?
- सन २०१८ जुन १९
२०७४ को उत्कृस्ट जिल्ला समन्वय समिति कुन लाइ घोसणा गरियो ?
- दैलेख
प्रधानमन्त्रि केपी शर्मा ओलीले चीनको ६ दिने औपचारिक भ्रमण कहिले सम्पन्न गर्नु भयो ?
- वि.स २०७५/असार ५- १० सम्म
वि.स २०७५ मा प्रदान गरिने चित्तधर हृदय पुरस्कारबाट कसलाई सम्मानित गरियो ?
- डा. योगेन्द्रप्रसाद प्रधान
रास्ट्रीय कबिता महोत्सब , २०७५ मा प्राथम हुन सफाल कबि को हुन् ?
- फूलमान बल
यस बर्षको (२०७५) गोरखापत्र रास्ट्रिय पत्रकारिता पुरस्कारबाट समानित हुने पत्रकार को हुन ?
- वरिष्ठ पत्रकार भैरव रिमाल
विस्वको सर्वोच फुटबल सस्था फिफाले बिश्वकपमा खेल्ने रास्ट्र कति पुर्याउने निर्णय गर्यो गर्यो ?
- ४८
राजधानी लगायत नेपालका विभिन्न भागमा धमिलो वर्षा कहिले भएको हो ?
— वि.सं. २०७५ असार १
महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षण एवं वित्तीय अनुशासनको प्रभावकारीता अभिवृद्धि गर्ने उदेश्यका साथ कति वर्षे कार्ययोजना अघि सारेको छ ?
— ६ वर्षे (वि.सं. २०७४ – २०८०)
मनाइएको १५ औं राष्ट्रिय धान दिवसको नारा केहो ?
— धान उत्पादनमा वृद्धि : राष्ट्रको समृद्धि
.मित्रराष्ट्र बङ्गलादेशसँग दाहोरो करमुक्ति सम्झौता (डिटिएए) लागि मन्त्रिपरिषदबाट कहिले स्विकृति प्रदान गरिएको हो ?
— वि.सं. २०७५ असार १४ (सन् २०१८ जून २८)
नेपालमा वायुसेवा निगमले इतिहासमै पहिलोपटक वाइड बडी जहाज कहिले भित्र्यायो ?
— वि.सं. २०७५ असार १४
एसिया प्रशान्त प्रारम्भिक बालविकास सञ्जाल र प्रारम्भिक बाल स्याहार तथा शिक्षा नीतिसबन्धी अन्तर्राष्ट्रिय सम्मेलन कहाँ आयोजना गरियो ?
–काठमाडौं
नेपाल सरकारले कुन अवधिभित्र ‘साक्षर नेपाल’ घोषणा गर्ने लक्ष लिएको छ ?
– आगामी दुई वर्षभित्र (आ.व. २०७५ ७६ को बजेटमार्फत)
सिन्डिकेट विरुद्धमा सरकारले यातायात समितिहरु भङ्ग गर्ने निर्णय कहिले गरेको छ ?
- २०७५ वैशाख ५ गते
भारत बाट आयात हुने इन्धन बीच बाटोमा चुहावट नहोस् भनी कहिले देखि "लकिङ प्रणाली" लागू गरियो ?
- २०७५ वैशाख ११ गते
मध्ये युरोपेली मुलुक स्लोभानियाले नेपालमा अवैतनिक दूतावासको स्थापना कहिले गरेको हो ?
-२०७५ वैशाख १६ (सन् २०१८ अप्रिल २९)
विश्व बैंकले सन् २०१८ मा नेपालको आर्थिक वृद्धिदर कति रहने प्रक्षेपण गरेको छ ?
- ४.६%
नेपाल सरकार मन्त्रीपरिषद् बैठक द्वारा जनताको दैनिक जीवनका अत्यावश्यक सेवा क्षेत्र मा बन्द हडताल गर्न नपाउने गरी राजपत्र मा सूचना निकाल्ने निर्णय कहिले गर्यो ?
-२०७५ वैशाख ११ गते
२०१८ मे मा दक्षिण कोरियाको वाङहोङमा सम्पन्न प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) को वार्षिक साधारणसभाले पाटा डेस्टिनेसन बोर्ड अध्यक्षमा कसलाई चयन गर्यो ?
– दिपकराज जोशी
वि.सं. २०७५ मा प्रदान गरिने राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
- डा.महेन्द्र विष्ट,डा.राजेश झा ‘अहिराज’ (पुरस्कार राशि : रु २ लाख)
प्रदेश नं ७ मा हेलो सिएम कार्यक्रम कहिले बाट सुरु भयो सुरु भयो ?
-वि. सं. २०७५ जेष्ठ ७ गते
अमेरिकाले मुस्लिम बाहुल्य भएका देश एवं उत्तर कोरियाबाट आउने शरणर्थीका लागि लगाएको प्रतिबन्ध कहिलेदेखि हटाएको हो ?
– सन् २०१८ जनवरी २१
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वि.संं.२०७५ जेठ ११ गते सार्वजनिक तथ्याङ्क अनुसार सन् २०१७ मा नेपालमा पर्यटकहरुको औषत बसाइ अवधि कति रहेको छ ?
– १२ दशमलव ६ दिन
ल्याटिन अमेरिकी देश क्युबामा एक सयभन्दा बढीको ज्यान जाने गरी हवाई दुर्घटना कहिले भयो ?
– सन् २०१८ मे १८
नेपाल र सेन्टकिट्स एन्ड नेभिसबीच कूटनीतिक सम्बन्ध कहिले कायम भएो हो ?
–सन् २०१८ मे ३०
वि.सं. २०७५ मा आयोजना गरिएको आठौं राष्ट्रिय खेलकुदको नारा के हो ?
→ 'आठौं खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा
एसिया कप महिला टी ट्वान्टी क्रिकेट २०१८ को उपाधि कुन देशले जितेको छ?
-बंगलादेश
नेपालको कुन ठाउँ हिम चितुवा अनुसन्धना केन्द्र निमौण गरिने भएको छ ?
-ताप्लेजुङस्थित कञ्चनजङ्घा संरक्षण क्षेत्र
अमेरिकी राष्ट्रपति डोनाल्डट्रम्प र उत्तरकोरियाली नेता किम जोङ उन बीच भेटवार्ता कहिले भयो ?
– सन् २०१८ जुन १२
नेपाललाई थप हवाई मार्ग उपलब्ध गराउने सम्बन्धमा नेपाल र भारतका अधिकारीबीच सहमति पत्रमा कहिले हस्ताक्षर भएको हो ?
—वि.सं. २०७५ असार २
गोल्डेन म्यान बुकर इन्टरनेशनल पुरस्कार - २०१८ कुन उपन्यासले प्राप्त गरेको छ ?
- द इङ्लिस पेटेन्ट
नेपालमा वायुसेवा निगमले इतिहासमै पहिलोपटक वाइड बडी जहाज कहिले भित्र्यायो ?
— वि.सं. २०७५ असार १४
अमेरिकाले संयुक्त रास्ट्रसंघको मानब अधिकार परिषदबाट अलग हुने घोसणा कहिले गत्रेको हो ?
- स २०१८ जुन १९
नेपाल सरकारले संस्थान निर्देशन बोर्ड खारेज गर्ने निर्णय कहिले गरेको हो ?
-विसं २०७५ साउन १० गते
कागज रहित पेपरलेस मन्त्रिपरिषद बैठक पहिलोपटक कहिले बसेको हो ?
-विसं २०७५ साउन १० गते



Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 10 ) Banks ( 66 ) Corporation ( 47 ) Culture ( 23 ) Force ( 45 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 51 ) MCQs ( 12 ) News ( 8 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 102 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 86 ) update ( 11 ) videos ( 13 ) WORLD ( 14 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Blog Archive

Tags

agriculture (10) Banks (66) Corporation (47) Culture (23) Force (45) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (51) MCQs (12) News (8) oldqsn (20) onlinequiz (1) Places (4) PSC (102) Rules (8) tips tricks (21) TSC (86) update (11) videos (13) WORLD (14)

Popular Posts

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

हालसम्म नेपालसँग भएको कुटनितिक सम्बन्धका बारेमा सम्पूर्ण जानकारी ।। Diplomatic relations between Nepal and other's countries.

नेपालसँग भएको कुटनितिक सम्बन्धको बारेमा सम्पूर्ण  मिति सहित अहिले सम्मकै आधिकारीक जानकारी यहाँबाट प्राप्त गर्न सकिन्छ, यसका बारेमा विस्तृत र...

Recent

Popular Posts