– बालानन्द पौडेल
(१)
विविधता व्यवस्थापन के हो?
कुनै पनि संस्थाको उद्देश्य प्राप्तीको लागि आवश्यक विविधतायुक्त ज्ञान, शिप, मनोवृत्ति र अभिवृत्ति प्राप्त गरी त्यसलाई सृजनशिल रुपमा प्रयोग गर्नु नै विविधता व्यवस्थापन हो । यसले व्यक्तिमा भएका विभिन्नताहरुलाई मान्यता दिन्छ । विविधता व्यवस्थापनले मानिस भित्र भएको विविधतायुक्त सम्भाव्य क्षमताको सकारात्मक पक्षलाई प्रोत्साहित गर्दछ र नकारात्मक पक्षलाई निरुत्साहित गर्दछ । संस्था भित्र विविधतालाई बढी उत्पादनशिल बनाउने संस्कृतिको विकास गर्दछ । यसैले समाजका सबै पक्षलाई समावेशी बनाई कार्य वातावरणलाई बढी उत्पादनशिल र सृजनशिल बनाउँदछ ।
(२) विविधताका तत्वहरु
✔ उमेर
✔ लिङ्ग
✔ जातियता
✔ रङ
✔ शारिरीक क्षमता
✔ आम्दानी
✔ शिक्षा
✔ बैवाहिक सम्बन्ध
✔ धार्मिक विश्वास
✔ भौगोलिक क्षेत्र
✔ बाबुआमाको अवस्था
✔ व्यक्तित्वको किसिम
✔ मूल्य र मान्यता आदी
(३) विविधताको फाइदाहरु
✔ बढी विविधता भएको समूहरुमा बढी नयाँपन र सृजनशिलता देखिएको छ ।
✔ बढी विविधता भएको समूहको हेर्ने र विश्लेषण गर्ने दृष्टीकोणमा व्यपाकता भएको कारण समस्याको समाधान पनि कम विविधता भएको समूहले भन्दा गुणस्तरीय रुपमा गरेको पाइयो ।
✔ समूह भित्रको विविधतालाई सृजनशिल रुपमा प्रयोग गर्दा बढी उत्पादनशील भएको पाइयो ।
✔ संस्थाको समग्र वातावरणमा सकारात्मक परिवर्तन आई संस्थाको प्रभावकारीता बढेको पाइयो ।
(४) विविधताका नकारात्मक पक्षहरु
✔ विविधतायुक्त समूहहरु आपसमा संस्थाको उद्देश्यबाट बाधिन नसक्दा असन्तुष्टीको तह बढेको पाइयो र यसले गर्दा उत्पादकत्व पनि घट्न सक्ने देखिन्छ ।
✔ समूहका सदस्यहरु बीचको असन्तुष्टीले उनीहरुको वीचमा गलत सञ्चार भएको पनि पाइयो जुन ज्यादै हानिकारक हुन सक्छ ।
✔ राम्रो सँग विविधताको व्यवस्थापन नहुँदा द्धन्द्ध बढेको पनि पाइयो । यसले गर्दा कार्य क्षेत्रमा अनुपस्थिति हुने, कार्य छाड्ने, कार्य स्तर घट्ने जस्ता समस्याहरु पनि देखिन सक्छन ।
(५)
नेपालमा विविधता व्यवस्थापन सम्बन्धी विकासक्रम
विकास
२०४६ सम्म
✔ २००७ साल सम्म जहानिया राणा शासन भएको हुँदा यसले कुृनै स्थान पाएन ।
✔ २००७ साल देखि २०४६ साल सम्म राजनैतिक अधिकार र नागरिक अधिकारको लागि आन्दोलन भइ रहयो । व्यापक अर्थमा नागरिक अधिकार भित्र समावेशिता र विविधता व्यवस्थापन पर्दछ भन्न सकिन्छ ।
✔ २०४६ साल पछाडि विविधता व्यवस्थापनको सम्बन्धमा केही व्यवस्था गरियो । संविधानले विविधतालाई प्रोत्साहित गर्ने गरी समावेशी सिद्धान्तलाई अगाडि बढायो ।
✔ २०६३ साल पछाडि समावेशी सिद्धान्तलाई आत्मसात गर्दै आरक्षणको नीतिलाई अगाडी बढाइयो ।
(६)
समावेशीता र विविधता व्यवस्थापनका केही मुद्दाहरु
प्रतिनिधित्व सकृय या निस्कृय
✔ आरक्षण किन भन्ने प्रश्न गर्दा प्रतिनिधित्वको लागि आरक्षण हो भन्ने गरिन्छ । विशेषगरी निजामती सेवामा आउने कर्मचारीहरुले आफु आएको वर्गलाई प्रतिनिधित्व गर्ने हैसियत राख्दैनन् । उनीहरु निजामती सेवा ऐन र नियम अनुसार चल्नु पर्दछ । उनीहरुले निजामती सेवालाई प्रतिनिधित्व गर्नु पर्दछ । अत यो धारणाको कुनै आधार भेटिदैन ।
वहिस्करण
समाजिक मात्रै वा आर्थिक पनि
✔ वहिस्करणमा परेका व्यक्ति समुदायलाई समावेश गर्नको लागि आरक्षण गर्नु परेको भनिन्छ । तर यो वहिस्करणका विभिन्न आयामहरु छन् । यसको सामाजिक आयाम र आर्थिक आयाम महत्वपूर्ण मानिन्छन् । हाम्रो निजामती सेवामा सामाजिक आयामलाई मात्रै मान्यता दिइदा आर्थिक र सामाजिक दुवै आयामबाट पछि परेका माथि अन्याय भएको र तिनिहरुलाई समावेश गर्न नसकिएको आलोचना बढी मात्रामा भएको पाइन्छ ।
आरक्षणको
क्षेत्र राजनीति मात्रै वा पेशा पनि
✔ राजनीतिक आरक्षणले प्रतिनिधित्वको सिद्धान्तलाई धेरै हदसम्म आत्मसात गरेको पाइन्छ । तर पेशामा भने उनिहरुले प्रतिनिधित्व गर्नु पर्ने विषय उनीहरुकै पेशा हो न की कुनै क्षेत्र, भूगोल, जात र लिङ । त्यसैले पेशामा उत्कृष्टता खोज्नु पर्ने हुन्छ । यसरी हेर्दा पेशामा आरक्षणको औचित्यलाई पूष्टी गर्न गाह्रो देखिन्छ ।
औचित्य क्षतिपूर्ति वा सांगठनिक
विगतमा विभिन्न कारणले पछि परेका वर्ग क्षेत्र, जात, लिङ्ग आदीका व्यक्तिहरुलाई क्षतिपूर्ति स्वरुप आज आरक्षण दिनु परेको तर्क अघि सार्ने गरेको पाइन्छ । यसले समग्र प्रशासनको आवश्यकता र औचित्यलाई आत्मसाथ गर्न सकेको देखिदैन । त्यसैले यो क्षतिपूर्तीको सिद्धान्तबाट होइन बरु संगठनात्मक चूस्तता बढाउनको लागि विविधतालाई प्रोत्साहित गर्ने हेतुले आएको मान्नू पर्ने हुन्छ
शिद्धान्त
समानुपातिक वा Critical mass
समानुपातिक सिद्धान्तमा जादा जनसंख्याको आधारमा जानुपर्ने हुन्छ जुन व्यवहारिक देखिदैन । त्यस्तै परिवर्तनको लागि आवश्यक प्रतिशतलाइृ आधार मान्ने हो भने पनि यस बारेमा खासै अध्ययन भएको देखिदैन । आरक्षणको लागि पैतालिस प्रतिशत छट्याइएको छ । तर यसको आधार र औचित्य के हो भन्ने बारेमा प्रष्ट छैन ।
आरक्षणको विकल्प चुनौती वा अवसर
आरक्षणको उपयोग विविधता व्यवस्थापनको लागि गर्नु पर्ने हुन्छ । आरक्षण केबल आरक्षणको लागि हुँदा हानिकारक हुने देखिन्छ । त्यसैले शैक्षिक आधारशिलालाई बढी समावेशी बनाई पेशामा विविधता ल्याउने आधार खडा गर्न आवश्यक छ । शैक्षिक आधारशिलामा सुधार आउँदै जाँदा सोही अनुरुप आरक्षणमा परिवर्तन गर्दै जानु राम्रो हुन्छ ।
सुधारका विकल्पहरु
(१) योग्यताको (Merit) लागि आरक्षण गर्दै विविधतालाई पनि दृष्टिगत गर्ने । वा
(२) विविधताको लागि आरक्षण गर्दै योग्यतालाई पनि दृष्टिगत गर्ने ।
यी दुई विकल्पहरु मध्येबाट एउटा विकल्प रोज्न सक्छौ ।
विकल्प १ – योग्यताको लागि आरक्षण गर्दै विविधतालाई पनि दृष्टिगत गर्ने
✔ योग्यता प्रणालीका सम्पूर्ण विशेषताहरुलाई उपयोग गर्ने ।
✔ प्रतिनिधित्वमूलक गुणहरुको विकास गर्ने ।
✔ आर्थिक रुपले पछि परेकोलाई विशेष ध्यान दिने ।
✔ शुरु विन्दुमा मात्र प्रवेश गर्ने गरी भर्ना प्रणालीको विकास गर्ने ।
✔ आरक्षण भित्रको आरक्षणलाई अन्त्य गर्ने ।
✔ पटक पटक आरक्षण पाउने व्यवस्थाको अन्त्य गर्ने ।
✔ शैक्षिक आधारशिलाको विकास सँगै आरक्षणलाई हटाउदै लैजाने ।
✔ परीक्षण विधिमा सुधार गर्ने ।
विकल्प २– विविधताको लागि आरक्षण गर्दै योग्यतालाई पनि दृष्टिगत गर्ने
✔ कार्य वातावरणलाई विविधता व्यवस्थापनको दृष्टिकोणले सहज बनाउने ।
✔ पूर्व तयारी कक्षाहरु संचालन गर्ने ।
✔ पदस्थापना गर्दा उनीहरुको आवश्यकतालाई पनि ध्यान दिने ।
✔ लचक समय, लचक अफिसको अवधारणालाई प्रयोगमा ल्याउने ।
✔ कार्यालयका पूर्वाधारहरुलाई अपाङ्ग मैत्री, जेन्डर मैत्री बनाउने ।
✔ निवृत्तिभरणको लागि योग्य बनाउने ।
✔ तालिम र विकासका कार्यक्रमहरुलाई व्यवस्थित गर्ने ।
✔ कर्मचारीको तथ्यांकलाई समावेशिता र विविधताको दृष्टिकोणले विश्लेषण गर्न सक्ने गरी राख्ने ।
✔ आचार संहिता बनाई त्यसमा विविधतालाई सम्मान गर्ने हेतुले आवश्यक बन्दोबस्त गर्ने ।
✔ दिवा शिशु स्याहार केन्द्रहरु खोल्ने ।
✔ अपाङ्गता भएका व्यक्तिहरुका लागि पेशाले माग्ने न्यूनतम शारिरीक आवश्यकतालाई परिभाषित गर्ने ।
✔ कार्यक्षेत्रमा हुने यौनजन्य दुव्र्यवहारको बारेमा छुट्टै संहिता बनाई लागु गर्ने ।
✔ पदको सपथ लिदा सपथमा नै विविधता व्यवस्थापन सम्बन्धी विषय पनि समावेश गर्ने ।