Wednesday, June 2, 2021

 ओखर खेती

परिचय :
ओखर एकदमै ठुलो हुने रुख हो । यस रुख धेरै बलियो हुन्छ , यस रुखको आयु सरदर २०० बर्ष हुन्छ ।ओखरको एक बयस्क रुखले १०० देखी २०० केजी सम्म फल दिन्छ । यो दुई प्रजातिको हुन्छ , प्राय: नेपालमा हाडे ओखर बनजङ्गलमा पाईन्छ । ओखरको दाते प्रजातिको ओखर चाही राम्रो हुन्छ , यसको बाहिरी भाग नरम हुने हुँदा दातले नै फुटाएर खान सकिन्छ ।



खेती प्रबिधी :
नेपाल मा ओखरको खेती समुन्द्री सतहबाट ९०० मिटर देखी ३५०० मिटर सम्म गर्न सकिन्छ । ओखरको रुख ठुलो हुने हुँदा यसलाई 7-7 मिटरको फरकमा लगाउनु पर्छ । यो बिरुवा १ रोपनिमा १० – १५ ओटा लगाउन सकिन्छ । यस बिरुवाले ५-६ बर्ष बाट उत्पादन दिन सुरु गर्दछ ।


लगाउने विधि :

-२ फीट को खाडल खनेर मल र माटोको मिश्रण राख्ने ।त्यसपछि नया पालुवा आउन अधिको विरुवालाइ रोप्ने ।
-हिउदको समयमा पानीको राम्रो व्यवस्थापन गर्न सकिन्छ भने हिउदमा पनि राम्रो संग यसलाइ लगाउन सकिन्छ ।
-स्याहार सुसार राम्रो संग गरेर एक पटक हुर्काएको विरुवालाई हुर्किसकेपछि त्यति धेरै हेरचाह गर्नु नपर्ने ।
ओखरका फाईदाहरु :
-क्यान्सर रोग सँग लड्ने क्षमताको बिकास हुन्छ ।
-मुटु स्व स्था राख्दछ ।
-शरिर मजबुत बनाउनमा मद्दत पुर्याउछ ।
-तौल घटाउन मद्दत गर्छ ।
-मस्तिस्कलाई तेजिलो बनाउन सहयोग पुर्याउछ ।


बजार :

बिश्व बजारमा ओखरको माग अत्याधिक छ । नेपाली बजारमा ओखर प्रती किलो ६००-१५०० सम्ममा बिक्री हुन्छ । ओखर चाडै नबिग्रने हुँदा यसलाई लामो समयसम्म पनि भन्डारण गरेर राख्न सकिन्छ । यो बिरुवा धेरै बर्षसम्म बाचिरहने हुँदा पछील्लो पुस्ता सम्मको लागी पनि आम्दानिको राम्रो स्रोत बन्छ ।

स्रोतः कृषि टुडे 



Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 3 ) Banks ( 57 ) Corporation ( 38 ) Culture ( 23 ) Force ( 36 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 15 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 51 ) MCQs ( 12 ) News ( 8 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 93 ) Rules ( 8 ) tips tricks ( 20 ) TSC ( 77 ) update ( 10 ) videos ( 13 ) WORLD ( 14 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Tags

agriculture (3) Banks (57) Corporation (38) Culture (23) Force (36) health (5) INSURANCE (7) IQ (4) it (15) job (20) Jokes (1) kids (1) knowledge (51) MCQs (12) News (8) oldqsn (20) onlinequiz (1) Places (4) PSC (93) Rules (8) tips tricks (20) TSC (77) update (10) videos (13) WORLD (14)

Popular Posts

Translate

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

नेपालको भूगोलसम्बन्धी यो नोट मलाई चाहिँ मन पर्‍यो है । GK तयारी गर्नेले पढौं ।

लोकसेवा आयोग द्वारा लिइने विभिन्न परिक्षाको लागि अति महत्वपूर्ण नेपालको भूगोल सम्बन्धी जानकारी प्राप्त गरी धेरै भन्दा धेरै ज्ञान हासिल गर्नु...

Recent

Popular Posts