Friday, May 31, 2024

आर्थिक वर्ष २०८१/८२ का लागि संघीय संसदको दुबै सदनमा अर्थ मन्त्री वर्षमान पुन द्धारा मिति २०८१ जेठ १५ गते पेश गरिएको बजेटको संक्षिप्त जानकारी र विशेषताहरु । 





विशेषताहरु । 
- आगामी आर्थिक वर्ष आर्थिक वृद्धि ३.९ % हुने 
- २०८१-२०९१ लाई कृषिमा लगानी दशक घोषणा गरिएको छ ।
- आगामी वर्ष आर्थिक सुधारको वर्ष घोषणा
- जनकपुरलाई weeding hub र लुम्बिनी लाई birthing hub बनाइने 
- गैरआवासीय नेपालीका सन्ततिलाई पुर्ख्यौली थलोमा भ्रमण गर्न आह्वान
- उपभोक्ता अदालत स्थापना गरिने !!
- आगामी आवमा ९ सय मेगावाट विद्युत् थप्ने लक्ष्य
- सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने भएको छ ।
- सरकारले सार्वजनिक निकायले नेपालमा बनेका गलैँचा खरिद गर्नुपर्ने घोषणा गरेको छ ।
- सरकारले निजगढदेखि ढल्केबरसम्मको आसपासका क्षेत्रलाई नेपाली गलैँचा करिडोरका रूपमा विकास गर्ने भएको छ ।
-औषधिका लागि गाँजाको व्यावसायिक उत्पादन गरिने
- निजी क्षेत्र र स्थानीय तहको सहभागितामा म्याग्दी, मुस्ताङ, मनाङ, गोर्खा र धादिङ जिल्लाको हिमाली क्षेत्रमा कस्तुरी मृग लगायतका वन्यजन्तु पालन गर्ने व्यावसायिक फर्म स्थापना गर्ने उद्देश्य राखिएको हो।
- सीमान्तकृत र अति विपन्न समुदायका विद्यार्थीलाई ६ कक्षादेखि नै छात्रवृत्ति
- २०८१ देखि ९१ सम्मलाई विज्ञान प्रविधि दशकको रुपमा मनाइने ।
- काभ्रेको बनेपामा चलचित्र छायांकनका लागि स्टुडियो निर्माण कार्य सुरु हुने भएको छ ।
- कक्षा १ देखि ५ सम्म स्थानीय खाजा प्रयोग गर्नु पर्ने छ
- सरकारले रोजगार बैंक स्थापना गर्ने भएको छ।
- गम्भीर रोगका बिरामीको खातामा मासिक ५ हजार
- सरकारले नेपाललाई सूचना प्रविधि हबका रुपमा विकास गर्ने घोषणा गरेको छ । सूचना प्रविधि क्षेत्रबाट १० वर्षमा ३० खर्बको निर्यात गर्ने लक्ष्य समेत सरकारले तय गरेको छ ।
-आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षको रुपमा मनाइने भएकाे छ  ।
- वीर अस्पताललाई जलन उपचारको केन्द्र बनाउने घोषणा
- सरकारले आगामी वर्षदेखि हाम्रा बाआमा हाम्रो जिम्मेवारी अभियान सञ्चालन गर्ने भएको छ।
- सरकारले विदेशबाट फर्किएका नागरिकलाई स्वरोजगार बनाउन ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ घोषणा गरेको छ ।
- सरकारले आगामी आर्थिक वर्ष ‘साथीबाट सिक्ने साथीलाई सिकाउने’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
- सरकारले नेपालका पुराना खेल डण्डीबियो, बाघचाल र घोडचढीलाई प्रवर्द्धन गर्ने भएको छ । 
- आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याइने सरकारको घोषणा
- एकीकृत विकासको अवधारणाअनुसार नमुना विकास अभियान सञ्चालन गर्न भरतपुर, बुटवल र पोखरालाई तीनवटा कोणमा राखी गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गरिने 
- एक पालिका एक डाउनटाउन विकास गरिने 
- सरकारले राष्ट्रपति जलवायु परिवर्तन कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।
- सेवाग्राहीसँग शुक्रबार कार्यक्रम लागु गरिने 






Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 11 ) Banks ( 80 ) Corporation ( 61 ) Culture ( 24 ) Force ( 55 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 51 ) MCQs ( 12 ) News ( 8 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 120 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 104 ) update ( 12 ) videos ( 13 ) WORLD ( 14 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Blog Archive

Tags

agriculture (11) Banks (80) Corporation (61) Culture (24) Force (55) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (51) MCQs (12) News (8) oldqsn (20) onlinequiz (1) Places (4) PSC (120) Rules (8) tips tricks (21) TSC (104) update (12) videos (13) WORLD (14)

Popular Posts

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।  गभर्नर महाप्रसाद अधिकारीले मिति २०८१ साउन ११ गते चालु आवक...

Recent

Popular Posts