Monday, October 19, 2020

नमस्कार, यस भिडियो मा फोटोसपबाट नागरिकताको दुबैभागलाइ कसरी एउटै पानामा राख्ने भनी सिकाउने छु यसबाट धेरै फाइदा हुनेछ भन्ने आशा राखेको छु कहिले काही सामान्य समस्याहरुले गर्दा काग गर्न गाह्रो भइरहेको हुन्छ उहाँहरुले कुनै Training Center मा गइ ज्ञान सिक्ने मौका पाउनुभएको हुदैन उहाँहरुको लागि यो अति नै उपयोगी हुनेछ भन्ने आशा राखेको छु । आफ्नो लागि आफै काम गरौ भन्ने ध्यले यो भिडियो बनाएको छु, यस भिडियो भित्र रहेका कुनै पनि सामाग्रीहरु अनुमती विना प्रकाशन र प्रशारण गर्न पाइने छैन । यदि त्यसो गरिएमा कानून बमोजिम हुनेछ केही समस्या परे dbarjel@gmail.com मा सम्पर्क गर्न सक्नुहुने छ । धन्यावाद ।

भिडियो


Edit/Mixing/sound/record Shankar Aryal Contact: dbarjel@gmail.com How to make Banner using Photoshop।। फोटोसप मा ब्यानर कसरी डिजाइन गर्ने यहाँ बाट सिकौ । https://bit.ly/3kfa5Hh महकाली नदीमा बन्यो ८०० मिटर लामो पक्की पुल ।। 800 Meters Longest bridge on Mahakali River link https://bit.ly/3o4tJYI Image Text to Word, PDF to Word Convert ।।फोटोमा भएको अक्षरलाइ Word र PDF to Word मा लैजानुहोस । https://bit.ly/3nQcN8g महेन्द्रनगर दोधारा चाँदनी झोलुङ्गेपुल।Bally Bridge Jholunge Pul Kanchanpur District Dhodhara Chadani. https://bit.ly/33M5sP4 कञ्चनपुर जिल्ला शुक्लाफाँटा नगरपालिका को बतासे झरना।Batase Waterfall (Jharana) Kanchanpur District. https://bit.ly/3dgVZ5v Blogger मा फेसबुक कमेन्ट बक्स कसरी राख्ने सिक्नुहोस् । https://bit.ly/375eJUI ब्लगमा कसरी कुनै पनि कुराहरु पोष्ट गर्नेः https://bit.ly/3k0PypY एक्सलमा Round Figure Percent Calculation गर्ने तरिकाः https://bit.ly/3do7KqZ

Sunday, October 18, 2020


नमस्कार, यस भिडियो मा फोटोसप मा न्यूज वा अन्य कुनै पनि बेवसार्इटमा राखिने Banner को एउटा Model बनाएको छु । हामीले फोटोसप प्रयोग गरेर Advance Graphics Designing हरु पनि गर्न सक्छौ सके सम्म महिले यस प्रकारका Visiting Card, Flex Board, Banner, Add Banner लगायतका Design गरेर हजुरहरुलार्इ सहयोग गर्नेछौ । आफ्नो लागि आफै काम गरौ भन्ने ध्यले यो भिडियो बनाएको छु, यस भिडियो भित्र रहेका कुनै पनि सामाग्रीहरु अनुमती विना प्रकाशन र प्रशारण गर्न पाइने छैन । यदि त्यसो गरिएमा कानून बमोजिम हुनेछ केही समस्या परे dbarjel@gmail.com मा सम्पर्क गर्न सक्नुहुने छ । धन्यावाद ।
Edit/Mixing/sound/record Shankar Aryal Contact: dbarjel@gmail.com महकाली नदीमा बन्यो ८०० मिटर लामो पक्की पुल ।। 800 Meters Longest bridge on Mahakali River link 1. https://bit.ly/3o4tJYI Image Text to Word, PDF to Word Convert ।।फोटोमा भएको अक्षरलाइ Word र PDF to Word मा लैजानुहोस । Link2. https://bit.ly/3nQcN8g महेन्द्रनगर दोधारा चाँदनी झोलुङ्गेपुल।Bally Bridge Jholunge Pul Kanchanpur District Dhodhara Chadani. Link 3. https://bit.ly/33M5sP4 कञ्चनपुर जिल्ला शुक्लाफाँटा नगरपालिका को बतासे झरना।Batase Waterfall (Jharana) Kanchanpur District. Link 4. https://bit.ly/3dgVZ5v Blogger मा फेसबुक कमेन्ट बक्स कसरी राख्ने सिक्नुहोस् । link 5. https://bit.ly/375eJUI ब्लगमा कसरी कुनै पनि कुराहरु पोष्ट गर्नेः link 6. https://bit.ly/3k0PypY एक्सलमा Round Figure Percent Calculation गर्ने तरिकाः link 7. https://bit.ly/3do7KqZ

Wednesday, October 14, 2020

नोबेल फाउंडेशन द्वारा स्वीडेनका वैज्ञानिक अल्फ्रेड नोबेलको सम्झनामा सन १९०१ मा शुरु गरिएको यो शांतिसाहित्यभौतिकरसायन, चिकित्सा विज्ञान तथा अर्थशास्त्र को क्षेत्रमा विश्वको सर्वोच्च पुरस्कार हो । यो पुरस्कार को रूपमा प्रशंसा-पत्र को साथ 10 लाख डालर को राशि प्रदान गरिदै आएको छ । 


 

शेयर वा जायजेथामा सरकारको पूर्ण वा आंशिक लगानी तथा स्वामित्व भएका अविच्छिन्न उत्तराधिकारीवाला स्वशासित सङ्गठनलाई सार्वजनिक संस्थान भनिन्छ । सन् १९३० को दशकमा विश्वले भोग्नुपरेको चरम आर्थिक सङ्कट एवं दोस्रो विश्वयुद्धपश्चात् विकास भएको लोककल्याणकारी राज्यको अवधारणासँगै विश्वभर सार्वजनिक संस्थान स्थापना गर्ने लहर चलेको पाइन्छ । यस अवधारणाले राज्यलाई आफ्ना परम्परागत कार्यका अतिरिक्त उद्यमशीलता र व्यवसायसम्म केन्द्रित गरेको पाइन्छ । निजी क्षेत्रले मुनाफा आर्जन हुने ठाउँमा मात्र लगानी गर्नेसरकार आफै संलग्न भई कार्य गर्दा पुरातन कर्मचारीतन्त्रीय शैलीका कारण व्यावसायिक ढङ्गले काम हुन नसक्ने कारणले जनतालाई अत्यावश्यक एवं अन्य सेवा सर्वसुलभ ढङ्गबाट उपलब्ध गराउन व्यावसायिक सिद्धान्तको प्रयोग गर्न सक्ने गरी सार्वजनिक संस्थानलाई कानुनले तोकेबमोजिम व्यवस्थापकीय स्वायत्तता प्रदान गरिएको हुन्छ ।

नेपालमा योजनाबद्ध विकासको सुरुवात हुनुभन्दा पहिलेबाटै वि.सं १९९३ मा कम्पनी कानुन जारी भई विराटनगर जुट मिलको स्थापना र विशेष ऐन जारी भई वि.सं १९९४ मा नेपाल बैङ्क लिमिटेडको स्थापना भएपश्चात् सार्वजनिक संस्थान स्थापनाको सुरुवात भएको पाइन्छ । नेपालमा योजनाबद्ध विकासको सुरुवात भएसँगै सार्वजनिक संस्थान स्थापना गर्ने लहर नै चलेको पाइन्छ । सातौँ पन्चवर्षाय योजनाको अन्त्यसम्म ६२ सार्वजनिक संस्थान नेपालमा रहेका थिए । आठौँ पञ्चवर्षीय योजनाको सुरुवातसँगै सुरु भएको आर्थिक उदारीकरणको नीतिअनुसार सार्वजनिक संस्थान विभिन्न विधिद्वारा निजीकरण गर्ने नीतिअबलम्वन गरियो जसका कारण हाल ३३ सार्वजनिक संस्थानले मात्र व्यावसायिक कारोबार गरिरहेका छन् ।

सरकारको आंशिक वा पूर्ण स्वामित्व रहने सार्वजनिक संस्थानमा सरकारी नियन्त्रणनाफामुखी भाव भन्दा सेवामुखी भावपृथक् कानुनी अस्तित्वसार्वजनिक जबाफदेहिता र स्वतन्त्र व्यावसायिक कारोबार जस्ता विशेषता रहेका हुन्छन्। योजनावद्द आर्थिक विकासमा सहयोग पुर्याउनुजनताका आधारभूत आवश्यकता सुपथ एवं सहज ढङ्गले पुरा गर्नुसन्तुलित क्षेत्रीय विकास गर्नुरोजगारीको सिर्जनासरकारी आयमा वृद्धिनिजी क्षेत्र पुग्न नसक्ने ठाउँमा अत्यावश्यक वस्तु तथा सेवा पुर्याउनु एवं निजी क्षेत्रको एकाधिकारलाई चुनौती दिनु लगायतका उद्देश्य सार्वजनिक संस्थानले राखेका हुन्छन् ।

नेपालमा सार्वजनिक संस्थान स्थापना भएको करिब ८५ वर्ष बितिसक्दा पनि अपेक्षित नतिजा हासिल हुन नसके पनि सार्वजनिक संस्थानले केही लाभ भने जनतालाई अवश्य पुर्याएका छन् । निजी क्षेत्र मुनाफा नदेखेर पुग्न नसक्ने विकट क्षेत्रमा समेत सार्वजनिक संस्थान पुगेर अत्यावश्यक सेवा प्रवाह गरेकोनेपालका सार्वजनिक संस्थानले करिब ३१००० जनालाई रोजगारी दिइरहेकासरकारको आयमा सार्वजनिक संस्थानले योगदान पुर्याएको (आ.व २०७५-०७६ मा सार्वजनिक संस्थानले नेपाल सरकारलाई आयकर बापत रु १७ अर्व ५७ करोड दाखिला गरेको)कतिपय क्षेत्रमा निजी क्षेत्रको एकाधिकारलाई समेत सार्वजनिक संस्थानले चुनौती दिएका एवं सार्वजनिक संस्थानको माध्यमबाट सरकारले जनतासमक्ष आफ्नो उपस्थिति जनाउने भएकोले सार्वजनिक संस्थानको औचित्यता वर्तमान समयमासमेत सान्दर्भिक रहेको छ । कुनै पनि राज्य सामाजिक न्यायको मुद्दाबाट पछि हट्न नसक्ने र सबै क्षेत्रमा निजी क्षेत्र आकर्षित हुन नसक्ने हुनाले पनि सार्वजनिक संस्थानको महत्त्व वर्तमान समयमा पनि सान्दर्भिक नै रहेको छ ।

नेपालका सार्वजनिक संस्थानका समस्या तथा चुनौती :

१. सार्वजनिक संस्थान सेवामूलक ढङ्गबाट चल्ने वा नाफामूलक ढङ्गबाट चल्ने भन्ने सैद्धान्तिक अन्योल कायमै छ । सेवामूलक ढङ्गबाट मात्र चल्दा सार्वजनिक संस्थान घाटामा जाने र सरकारलाई बोझ मात्र हुने एवं नाफामूलक ढङ्गबाट चल्दा सरकारको सेवामुखी चरित्रमै प्रश्न चिन्ह खडा हुन सक्ने चुनौती विद्यमान छ ।

२. सरकारको नीतिगत मार्गदर्शन संस्थान सञ्चालनको आधारशिला हो । तर संस्थानको व्यावसायिक चरित्रमा आँच पुग्ने गरी संस्थानको व्यवस्थापनमा हुने राजनैतिक हस्तक्षेप नेपालका संस्थानलाई भारी परेको छ ।

३. अधिकांश सार्वजनिक संस्थानमा ओभर स्ट्याफिङ रहेको छमानव संसाधनको राइट साइजिङ सबै सार्वजनिक संस्थानमा चुनौतीपूर्ण छ ।

४. वित्तीय अनुशासन कमजोर रहनु ।

५ . वस्तु तथा सेवाको मूल्य निर्धारणमा सरकारी हस्तक्षेप।

६. अधिकांश संस्थानमा ट्रेड युनियन र व्यवस्थापन बीच सामूहिक सौदावाजी कमजोर रहेकोआम कर्मचारीको हित भन्दा व्यक्तिगत स्वार्थ हाबी भएको ।

७.आम जनताको नजरमा सार्वजनिक संस्थानको छवि सुधार गर्नुपर्ने ।

८. सरकारको लगानीको तुलनामा संस्थानबाट सरकारले कम प्रतिफल प्राप्त गरेको । (नेपाल सरकारले सार्वजनिक संस्थानमा आ.व २०७५÷०७६ सम्म गरेको लगानी रु ४ खर्व ६४ अर्व ५९ करोड पुगेको छ)

यी र यस्तै चुनौतीकाबीचमा नेपालका सार्वजनिक संस्थानहरूले जनतासमक्ष अत्यावश्यक वस्तु तथा सेवा जनतासमक्ष पुर्याइरहेका छन् । निजी क्षेत्र सक्षम भइसकेका क्षेत्रबाट सरकार क्रमशः बाहिरिँदैसंस्थानको सेवामूलक र व्यावसायिक चरित्रबीच उचित तादम्यता मिलाउँदै सार्वजनिक संस्थानहरूलाई कुशलव्यावसायिक र प्रतिस्पर्धी तवरबाट अगाडि बढाउनुको विकल्प छैन । समाजवाद उन्मुख राज्य व्यवस्थाको परिकल्पना गरेको वर्तमान संविधानका आर्थिकसामाजिक उद्देश्य पुरा गर्न समेत सार्वजनिक संस्थानलाई थप प्रभावकारी बनाउनु आवश्यक छ ।

-नविन पौडेलको फेसबुकबाट साभार । 

Picture.1

नमस्कार, हामीले कञ्चनपुर जिल्लाको महाकाली नदीमा बन्दै गरेको पुलको बारेमा सानो भिडियो रिपोर्ट बनाएका छौ । यो पुल पश्चिम नेपालको कञ्चनपुर जिल्लामा अवस्थित निर्माणाधिन पुल हो यसको लम्बाइ ८०० मिटर र लागत ४ अर्ब रहेको भन्ने कुरा स्थानियहरुबाट बुझिन आएकोले के कस्तो रैछ भनि हामी हेर्न यहाँ आएका थियौ । नेपालपारीका दुइ विकट गाविस दोधारा र चाँदनी जोडनलार्इ नेपाल सरकारले यो पुलको निर्माण कार्य प्रारम्भ गरेको देखिन्छ । यस भिडियो भित्र रहेका कुनै पनि सामाग्रीहरु अनुमती विना प्रकाशन र प्रशारण गर्न पाइने छैन । यदि त्यसो गरिएमा कानून बमोजिम हुनेछ केही समस्या परे dbarjel@gmail.com मा सम्पर्क गर्न सक्नुहुने छ । धन्यावाद ।

भिडियो रिपोर्ट


Edit/Mixing/sound/record Shankar Motorcycle Rider Asish Karki Image Text to Word, PDF to Word Convert ।।फोटोमा भएको अक्षरलाइ Word र PDF to Word मा लैजानुहोस । Link1.
https://bit.ly/3nQcN8g

महेन्द्रनगर दोधारा चाँदनी झोलुङ्गेपुल।Bally Bridge Jholunge Pul Kanchanpur District Dhodhara Chadani.

कञ्चनपुर जिल्ला शुक्लाफाँटा नगरपालिका को बतासे झरना।Batase Waterfall (Jharana) Kanchanpur District.

Blogger मा फेसबुक कमेन्ट बक्स कसरी राख्ने सिक्नुहोस् ।

ब्लगमा कसरी कुनै पनि कुराहरु पोष्ट गर्नेः

एक्सलमा Round Figure Percent Calculation गर्ने तरिकाः

Sunday, October 11, 2020

साथीहरु हामीले अहिलेको Technology को विकास सँगै कम्प्युटरमा इन्टरनेटबाट जुनसुकै कामहरु पनि गर्न सक्छौ । यस भिडियोमा तपाइले कुनैपनि फोटोमाथी लेखिएका अक्षरहरुलार्इ word र PDF मा सजिलै लैजान सक्नुहुने छ । PDF मा लेखिएका कुनै पनि शब्द तथा वाक्य एवम अनुच्छेद हरुलार्इ यस विधिको प्रयोग गरेर तपाइहरुले काम गर्न सक्नुहुनेछ । कुनै पनि पुस्तकका अक्षरहरु तपाइले सजिलै सँग स्क्यान गरी वा फोटो खिचेर सजिलैसँग तपाइहरुले प्रयोगमा ल्याउन सक्नुहुनेछ । यसमा सम्पुर्ण तरिकाहरु सिकाइएको छ । कृपया यो च्यानललार्इ एक पटक Subscribe, Share, Like गर्नुहोला आशा छ हजुरले यसबाट धेरै ज्ञान हासिल गर्नुहुनेछ ।


Record/Mixing/Sound/Edit by Shankar Aryal Contact: dbarjel@gmail.com मेरा अन्य भिडियोहरुको लागि तल रहेको लिङ्कमा जानुहोला धन्यावाद । महेन्द्रनगर दोधारा चाँदनी झोलुङ्गेपुल।Bally Bridge Jholunge Pul Kanchanpur District Dhodhara Chadani. Link 1. https://bit.ly/33M5sP4 कञ्चनपुर जिल्ला शुक्लाफाँटा नगरपालिका को बतासे झरना।Batase Waterfall (Jharana) Kanchanpur District. Link. 2 https://bit.ly/3dgVZ5v Blogger मा फेसबुक कमेन्ट बक्स कसरी राख्ने सिक्नुहोस् । link 3. https://www.youtube.com/watch?v=gbxtA... ब्लगमा कसरी कुनै पनि कुराहरु पोष्ट गर्नेः link 3. https://www.youtube.com/watch?v=75oK8... एक्सलमा Round Figure Percent Calculation गर्ने तरिकाः link 5. https://www.youtube.com/watch?v=ugQ_l...

 


अनलाइन परिक्षा गरी आफ्नो दिमाग जाच्नुहोस् । लिङ्क तल रहेको छ । 

नायब सुब्बा सेट-१


कञ्चनपुर जिल्ला महाकाली नगरपालिका र भीमदत्त नगरपालिकामा पर्ने प्रख्यात झोलुङ्गे पुल लम्बार्इ १५०० मिटर भनिएको छ महेन्द्रनगर बजारबाट करिव १० किलोमिटरको दुरीमा रहेको यो पुल निकै चर्तित र पर्यटक तान्त सफल भएको अनुभव गर्न सकिन्छ । नेपालको एकदम दक्षिण पश्चिममा रहेको यो पुलले कञ्चनपुर जिल्लको साविक चाँदनी र दोधारा गाविस हाल महाकाली नगरपालिकालार्इ महेन्द्रनगर बजार सम्म जोड्को छ ।यस ठाँउमा प्राय मध्यपश्चिम क्षेत्रका दैलेख, सुर्खेत, बाँके, दाङ, सल्यान, कालिकोट, जुम्ला, मुगु, प्युठान र पश्चिमाञ्चल क्षेत्रका केही जिल्लाहरुका मानिसहरुको बसोबास रहेको छ । कञ्चपुर जिल्लाका पर्यटकिय ठाँउ हरुमा शुल्लाफाँटा राष्ट्रिय निकुञ्ज, बतासे झरना, झिलमिला ताल, महाकाली नदी, दोधारा चाँदनी, मह्मदेब, निलताल, लिङ्गा, टनकपुर ब्रिजलगायत ठाउँहरु पर्दछन् । यो ठाँउमा एकपटक घुम्न आएमा मन शान्त हुनेछ एकपटक अवश्य आउनुहोला ।

        भिडियो रिपाोर्ट

Details
Camera/Edit/Mixking/Audio Shankar Aryal Contact: dbarjel@gmail.com कञ्चनपुर जिल्ला शुक्लाफाँटा नगरपालिका को बतासे झरना।Batase Waterfall (Jharana) Kanchanpur District. Link. 1 https://bit.ly/3dgVZ5v Blogger मा फेसबुक कमेन्ट बक्स कसरी राख्ने सिक्नुहोस् । link 2. https://www.youtube.com/watch?v=gbxtA... ब्लगमा कसरी कुनै पनि कुराहरु पोष्ट गर्नेः link 3. https://www.youtube.com/watch?v=75oK8... एक्सलमा Round Figure Percent Calculation गर्ने तरिकाः link 4. https://www.youtube.com/watch?v=ugQ_l...

कञ्चनपुर जिल्ला शुक्काफाँटा नगरपालिका वडा नं. ८ (पहिले डडेल्धुरा जिल्लामा पर्ने भन्ने) मा रहेको बतासे झरना एकपटक जानै पर्ने ठाँउ । जान चै दुःख तर पुगेसी स्वर्ग जस्तो प्राकृतिक सुन्दरता हजुरहरुपनि एक पटक जानुहोला, अत्यन्तै राम्रो छ रमणिय ठाउँ हजुरहरुपनि एक पटक जानुहोला समय मिलायर के कसरी जाने भनेर सबै यहाँ भिडियोमा राखिएको छ तपाइहरुलाइ कुनै पनि समस्या पर्ने छैन । जाँदा बाइकको कण्डिसन चै हेर्नुहोला अनि तेल हाल्नुहोला कच्चीबाटो रहेकाले अलि समस्या हुन सक्छ अरु सब ठिक छ ।
भिडियो रिपाोर्ट


Special Thanks

Ranjan Timilsaina Chandra Basnet Asish Karki Bhanu Joshi Edit & Mixing Shankar Aryal www.dbarjel.com.np अन्य लिङ्कहरु Blogger मा फेसबुक कमेन्ट बक्स कसरी राख्ने सिक्नुहोस् । link 1. http://y2u.be/gbxtAZQI3jY ब्लगमा कसरी कुनै पनि कुराहरु पोष्ट गर्नेः link 2.http://y2u.be/75oK8NfGZzk एक्सलमा Round Figure Percent Calculation गर्ने तरिकाः link 3. http://y2u.be/ugQ_lUpDogA थप केही जानकारी लिनु परे dbarjel@gmail.com मा सम्पर्क गर्नुहोला ।


Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 10 ) Banks ( 66 ) Corporation ( 47 ) Culture ( 23 ) Force ( 45 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 51 ) MCQs ( 12 ) News ( 8 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 102 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 86 ) update ( 11 ) videos ( 13 ) WORLD ( 14 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Blog Archive

Tags

agriculture (10) Banks (66) Corporation (47) Culture (23) Force (45) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (51) MCQs (12) News (8) oldqsn (20) onlinequiz (1) Places (4) PSC (102) Rules (8) tips tricks (21) TSC (86) update (11) videos (13) WORLD (14)

Popular Posts

Translate

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

हालसम्म नेपालसँग भएको कुटनितिक सम्बन्धका बारेमा सम्पूर्ण जानकारी ।। Diplomatic relations between Nepal and other's countries.

नेपालसँग भएको कुटनितिक सम्बन्धको बारेमा सम्पूर्ण  मिति सहित अहिले सम्मकै आधिकारीक जानकारी यहाँबाट प्राप्त गर्न सकिन्छ, यसका बारेमा विस्तृत र...

Recent

Popular Posts