१. नेपालको इतिहासमा पहिलो पटक महिला प्रधानमन्त्री बन्न सफल व्यक्तित्व को हुनुहुन्छ ?
✅ सुशीला कार्की
🔀 कार्की विसं २०८२ भदौ २७ गते प्रधानमन्त्री पदमा नियुक्त
हुनुभएको ।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नेपालको संविधानको धारा
६१ (४) को आधारमा कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको ।
🔀जेनजी आन्दोलनकारीको रोजाइमा परेर देशको पहिलो महिला सरकार
प्रमुख बन्नुभएको नवनियुक्त प्रधानमन्त्री कार्कीको प्रमुख कार्यभार छ, महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन गराउनु रहेको ।
🔀कार्कीले विसं २०७३ असार २७ देखि २०७४ जेठ २४ सम्म नेपालको
पहिलो महिला प्रधान न्यायाधीशको रूपमा कार्यभार समाल्नुभएको थियो । प्रधान
न्यायाधीशबाट अवकाश भएको करिब आठ वर्षपछि उहाँले कार्यपालिकाको नेतृत्व गर्ने
नेपालको पहिलो महिला सरकार प्रमुखको इतिहास रच्नुभएको ।
🔀कार्कीले आफ्नो इमानदार छवि र दृढ निर्णयका कारण न्यायालयमा
छुट्टै पहिचान बनाउन सफल हुनुभएको । लोकमानसिंह कार्की प्रकरण, सुडान घोटाला, दाइजोसम्बन्धी मुद्दा, बैङ्क अनियमितता जस्ता चर्चित मुद्दाको फैसलामा उहाँले महत्वपूर्ण
भूमिका निर्वाह गर्नुभएको ।
🔀प्रधानन्यायाधीशको कार्यकाल सकिन करिब ४० दिन बाँकी रहँदा
उहाँलाई महाभियोग लगाइएको थियो । व्यापक विरोधपश्चात् सो प्रस्ताव फिर्ता भएको
थियो । सर्वोच्च अदालतले पछि त्यसलाई राजनीतिक प्रतिशोध भनेको थियो ।
🔀उहाँलाई निर्भीक, इमानदार र न्यायप्रति समर्पित
न्यायाधीशका रूपमा चिन्ने गरिन्छ ।
🔀विराटनगर (मोरङ) मा विसं २००९ जेठ २५ गते जन्मनुभएको कार्कीले भारतको बनारस हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए र त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक उपाधि हासिल गर्नुभएको ।
(ads)
२.नेपालको इतिहासमा पहिलो पटक
महिला महान्यायाधिवक्ता बन्न सफल व्यक्तित्व को हुनुहुन्छ ?
✅ सविता भण्डारी
🔀विसं २०८२ भदौ २९ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा
महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता भण्डारीलाई नियुक्त गरिएको ।
🔀प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति
पौडेलले भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको ।
🔀न्यायिक वृत्तमा सबैले गुरु मान्ने कृष्णप्रसाद भण्डारीको
छोरी सविता राष्ट्रिय सूचना आयोगकी पूर्वआयुक्त पनि हुनुहुन्छ ।
🔀पहिलो महान्यायाधिवक्ताः कालीप्रसाद उपाध्याय
(nextPage)
३. नेपालमा भ्रष्टाचारको विरोध
एवं सामाजिक सञ्जालमाथि प्रतिबन्धको विषयमा केन्द्रित रही जेनजी पुस्ताको आन्दोलन
कहिले सञ्चालन भएको हो ?
✅ विसं २०८२ भदौ २३–२४
🔀डिजिटल प्रविधि र सामाजिक सञ्जालमा सशक्त बनेको जेनजी
पुस्ता आफ्ना मागहरू उठान गर्दै सशक्त रूपमा आन्दोलनमा उत्रिएको ।
🔀जेनजी पुस्ताको पहलमा अघि बढेको सो आन्दोलनमा विद्यार्थी, युवा, उद्यमी, श्रमिक र प्रवासी
आवाजलाई एउटै उद्देश्यमा बाँध्दै विविध पृष्ठभूमिका व्यक्तिहरूको सहभागिता रहेको ।
🔀राज्यसत्ता, राजनीतिक नेतृत्व र प्रशासनलाई
जवाफदेही बनाउन उठाइएका सवालहरूले तत्कालीन समस्या मात्र नभई दीर्घकालीन न्याय, समानता र पारदर्शी शासन प्रणालीको आधार तयार गर्न दिशा देखाउने
विश्वास जेनजी पुस्ताको रहेको ।
🔀चर्चित शब्दः नेपोबेबिज (अवसर, जागिर, छात्रवृत्ति वा सुविधा पाउन पहुँच र
नातावादलाई आधार बनाउने प्रवृत्ति) ।
🔀मुख्य नाराः इनफ इज इनफ, वेक अप जेन–जी, युथ अगेन्स्ट करप्सन
🔀प्रमुख घटनाक्रम
🔀आन्दोलनको सुरुवातः २०८२ भदौ २३
🔀गृहमन्त्री रमेश लेखकद्वारा राजीनामाः २०८२ भदौ २३
🔀सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध फुकुवाः २०८२ भदौ २३
🔀प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राजीनामः २०८२ भदौ २४
🔀प्रधान सेनापति अशोकराज सिग्देलद्वारा राज्यको नाममा
सम्बोधनः २०८२ भदौ २४
🔀 सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन, संसद् विघटनः २०८२ भदौ २७
(ads)
आन्दोलनको प्रभाव
🔀 ७२ भन्दा बढीको मृत्यु, सयौँ घाइते ।
🔀संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत जस्ता महत्वपूर्ण सरकारी भवनमा आगजनी ।
🔀राष्ट्रपति भवन, विभिन्न मन्त्रालय र नेताहरूको
निवासमा ठुलो क्षति ।
४. विश्वमा सर्वप्रथम एआई मन्त्री
बनाउने देश कुन हो ?
✅ अल्बानिया
🔀 नियुक्ति मितिः सन् २०२५ सेप्टेम्बर ११
🔀नामः डिएला
🔀उद्देश्यः भ्रष्टाचार नियन्त्रण र पारदर्शी शासन
व्यवस्था प्रवर्धन
🔀अल्बानियाका प्रधानमन्त्री एडी रामाले आफ्नो
मन्त्रीपरिषद्मा विश्वकै पहिलो एआई मन्त्री नियुक्त गरेका छन् । यो ऐतिहासिक
जिम्मेवारी डिएलाले पाएकी हुन् ।
🔀प्रधानमन्त्रीका अनुसार डिएलाले सार्वजनिक कोष, सरकारी परियोजना र ठेक्का टेन्डरहरूलाई कडाइका साथ अनुगमन गर्नेछिन् । डिएलाको सक्रियताले मुलुकमा ठेक्का टेन्डरहरू शतप्रतिशत पारदर्शी र भ्रष्टाचारमुक्त हुने विश्वास गरिएको ।
(nextPage)
५.नेपालमा राष्ट्रिय बाल दिवस
कहिले मनाइन्छ ?
✅ भदौ २९
🔀विसं २०८२ (६१ औँ) बाल दिवसको नारा ः ‘बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी’
🔀विसं २०६३ देखि नेपालले संयुक्त राष्ट्रसङ्घ बाल
अधिकारसम्बन्धी महासन्धि १९८९ लाई अनुमोदन गरेको दिन २०४७ भदौ २९ को सम्झनामा हरेक
वर्ष यो दिवस मनाउन थालिएको ।
६. जेनजी पुस्ताको आन्दोलनपश्चात्
गठित अन्तरिम सरकारले प्रतिनिधि सभाको निर्वाचन कहिले गर्ने घोषणा गरेको छ ?
✅ विसं २०८२ फागुन २१
७. युनेस्कोद्वारा वास्तुकलाको
राजधानीका रूपमा घोषणा गरिएको सहर कुन हो ?
✅रियो दी जेनेरियो (ब्राजिल)
८. वायुमण्डल नभएको ग्रह भनेर बुध
ग्रहलाई चिनिन्छ भने म्याग्नेटिक फिल्ड नभएको ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ?
✅शुक्र
९. अफ्रिका महाद्वीपकै ठुलो
जलविद्युत् आयोजना कुन हो ?
✅ ग्रान्ड इथियोपियन रेनेसाँस ड्याम (गर्ड), ब्लु नाइल नदी, इथियोपिया
🔀 उद्घाटनः सन् २०२५ सेप्टेम्बर ९
🔀 उत्पादन क्षमताः ५,१५० मेगावाट
🔀 निर्माण सुरुः सन् २०११
🔀 कुल लागतः पाँच अर्ब अमेरिकी डलर
🔀यो आयोजना अन्तर्गत सन् २०२२ मा पहिलो टर्बाइनबाट विद्युत्
उत्पादन सुरु भई क्रमशः सन् २०२५ सेप्टेम्बर ९ मा यसले
अधिकतम ५,१५० मेगावाट उत्पादन पुर्याएको ।
(ads)
१०. नेपालले विश्व स्वास्थ्य सङ्घ
(डब्लुएचओ) को सदस्यता कहिले प्राप्त गरेको हो ?
✅ सन् १९५३ सेप्टेम्बर २
११. मुलुकभरिका स्थानीय तहका उपमेयर र उपाध्यक्षको राष्ट्रिय
सम्मेलन कहिले सम्पन्न भएको हो ?
✅ विसं २०८२ जेठ २३–२४, विराटनगर
🔀 सम्मेलनले २० बुँदे विराटनगर घोषणापत्र जारी गरेको ।
१२. प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज कुन जिल्लामा पर्छ ?
✅ सोलुखुम्बु
१३.सरकारले कुन निकाय अन्तर्गत
राष्ट्रिय अनुसन्धान तथा विकास परिषद् स्थापना गर्ने निर्णय गरेको छ ?
✅ राष्ट्रिय योजना आयोग (२०८२ कात्तिकभित्र स्थापना निर्णय
भएको)
🔀 २०८२ जेठ ५ गते बसेको मन्त्रीपरिषद् बैठकले यो कार्ययोजना
स्वीकृत गरेको ।
१४. म्युजिक खबर दीर्घ साधना सम्मान २०८१ बाट सम्मानित हुने
स्रष्टा को हुन् ?
✅ गीतकार यादव खरेल
(nextPage)
१५. जितिया पर्व कुन क्षेत्रमा
प्रचलनमा रहेको छ ?
✅ तराई क्षेत्र
🔀 आफ्ना सन्तानका लागि निराहार व्रत बसेर सन्तानको सुख, शान्ति र चिरायुको कामना गर्दै यो पर्व असोज कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म
मनाउने गरिन्छ ।
🔀तराईका जिल्लामा थारू तथा मैथिली महिलाले विशेष महìवका साथ मनाउने जितिया पर्वमा जितवाहन भगवानको पूजा आराधनासहित
कठोर व्रत बस्ने चलन रहेको छ ।
१६. बेल्ट एन्ड रोड साहित्यिक
सञ्जालको स्थापना कहिले गरिएको हो ?
✅ सन् २०२१ सेप्टेम्बर ७
१७. युरोपेली मुलुक फ्रान्सको
प्रधानमन्त्रीमा हालै कसलाई चयन गरियो ?
✅ सेबास्टियन लेकोर्नु
🔀 फ्रास्वाँ बायरोले विश्वासको मत गुमाएर राजीनामा दिएपछि
राष्ट्रपति इमानुएल म्याक्रोँले आफ्ना रक्षामन्त्री र निकट सहयोगी सेबास्टियन
लेकोर्नुलाई नयाँ प्रधानमन्त्रीको रूपमा नियुक्त गरेका ।
🔀 दुई वर्षभित्र बनेका पाँचौँ प्रधानमन्त्री लेकोर्नुका सामु
अब देशमा गहिरिँदै गएको राजनीतिक सङ्कट समाधान गर्नुपर्ने चुनौती रहेको ।
🔀 युरोपेली सङ्घको दोस्रो ठुलो अर्थतन्त्र फ्रान्स अस्थिरताको
सँघारमा उभिएको ।
१८. कसुरजन्य सम्पत्ति व्यवस्थापन
विभागको स्थापना कहिले भएको हो ?
✅ विसं २०७८ असोज १२
१९. अन्तर्राष्ट्रिय
ओजोन तह संरक्षण दिवस कहिले मनाइन्छ ?
✅ सेप्टेम्बर १६
🔀 सन् २०२५ को नारा : ‘फ्रम साइन्स टु ग्लोबल एक्सन’ अर्थात् ‘विज्ञानबाट विश्वव्यापी कार्यसम्म’
🔀 यो अभियानले वैज्ञानिक निष्कर्षलाई नीतिगत उपायहरू र
अन्तर्राष्ट्रिय सहयोगमा कसरी रूपान्तरण हुन्छ भन्ने कुरा देखाउँछ, जसले वातावरणीय चुनौतीलाई सम्बोधन गर्न एकताबद्ध प्रयासको शक्ति
प्रकट गर्छ ।
प्रस्तुतकर्ता : टङ्क केसी (गोरखापत्रबाट साभार)
https://gorkhapatraonline.com/news/172104