✅काउली, बन्दा, ब्रोकाउलीका बिरूवाहरू २–३ पाते भएपछि दोस्रो नर्सरी ब्याडमा १०-१२ से.मी. फरकमा सारी मोटो तथा दह्रो बनाउन जर्खराउनु पर्दछ जसले गर्दा खेतबारीमा लगेपछि बिरूवाको नोक्सान कम हुन्छ ।
✅पोली पटमा १ भाग हलुका मलिलो माटो र २ भाग पाकेको गोबर/कम्पोष्ट मल मिसाई तयार गरिएको मिश्रण भरी २/३ पाते बिरूवालाई सारी छिटो हुर्काउन पनि सकिन्छ ।
✅बालीको किसिम तथा जात हेरी यसरी सारेको बेर्नालाई २०–२५ दिनमा रोपी सक्नु पर्दछ ।
✅बेर्ना उखेल्नु भन्दा ३ घण्टा अगाडि नर्सरीलाई जरासम्म भिज्ने गरी पानी दिएर खुर्पीको सहायताले जरामा आसर नगरी माटो सहितको जरा भएको बिरूवा उखेल्नुपर्छ।
✅उखेलेको बेर्नालाई घाम लागेको दिन साँझपख वा बादल लागेको दिन जतिबेला पनि सार्न सकिन्छ ।
✅बेर्ना सार्दा डाँठलाई नर्सरीमा भएको भन्दा माथि पुर्नुहुदैन ।
✅बेर्ना रोपेपछि अड्याउन वरिपरिको माटोलाई च्यापपी छापो हालेर वा गोलो सानो क्यारी बनाएर हजारीको सहायताले सिँचाइ दिनुपर्छ ।
बेर्नालाई चर्को घामबाट जोगाउन केराको सुप्ला, टपरी वा हाँगा सहितको स्याउलाले छोप्न सकिन्छ(alert-success)
स्रोतः कृषि टुडे