✅हावापानी तथा माटो
✍️मुसुरो नेपालको लोकप्रिय कोशेबाली हो। यसमा प्रोटिन (२२-२८ %) तथा आइरन (५०-८१ %), जिंक (४०-६५ %) पाईन्छ।नेपालमा ९५% मुसुरो खेती तराईको समथर भू-भागमा गरिए पनि तराई, भित्रि मधेश तथा २००० मी. उचाई सम्मको पहाडमा यसको खेति गर्न सकिन्छ । यसको बानस्पतिक बृद्दिको बेलामा चिसो र पाक्ने समयमा तातो हावापानी आवश्यक पर्छ। यो बालीले धेरै तुषारो र चिसो सहन सक्छ। पी. एच ५.५ देखि ७.० सम्मको बलौटे दोमट माटो मुसुरो खेतीको लागि उपयुक्त हुन्छ |
✅जातहरु
✍️सिन्दुर, सिम्रिक, शिशिर, शिखर, सिमल, खजुरा मुसुरो-१ खजुरा मुसुरो-२, सितल, महेश्वरी भारती, सगुन, खजुरा मुसुरो-३, खजुरा मुसुरो-४, श्रद्दा कालो मुसुरो, रसुवा कालो मुसुरो ।
✅बीउ रोपण
✍️मुसुरो घुसुवा बाली, एकल बाली वा मिश्रित बालीको रुपमा लगाउन सकिन्छ।तराई ततथा भित्री मधेशमा कार्तिक पहिलो हप्ता देखि मंसिर दोश्रो हप्ता सम्म र मध्यपहाडी क्षेत्रमा असोजको दोस्रो हप्ता देखि कार्तिकको दोस्रो हप्ता सम्म रोपिसक्नुपर्छ।एकल बालीको रुपमा खेती गर्दा एक हेक्टरको लागि ४० के.जी. बीउ आवश्यक हुन्छ। बीउ दरलाई जग्गाको मलिलोपन, बीउको आकार र उमारशक्ति को आधारमा ३० के.जी. सम्म पनि प्रयोग गर्न सकिन्छ।
धानबाली पाकेपछी धान काट्नु भन्दा १०- १५ दिन अगाबै घुसुवा बालीको रुपमा छर्दा एक हेक्टरको लागि ४०- ४५ के. जी आवश्यक हुन्छ।मुसुरो तोरीसाँग लगाउनु परेमा ३० के .जी. मसुरो र २ के .जी. तोरी वा २० के.जी. मुसुरो र ६ के .जी. तोरी प्रति हेक्टरको दरले छर्न सकिन्छ।लाइनमा लगाउडा १ लाइन मुसुरो र १ लाइन तोरीको दरले लगाउनुपर्छ।
बीउलाई भाईटाभेक्स वा बेभिष्टिन २ ग्राम प्रति किलोको दरले उपचार गार्नुपर्छ।जैविक मल राईजोबियम ५ ग्राम प्रति के .जी. बीउमा मिसाई पनि उपचार गर्न सकिन्छ। हार देखि हारको दुरी २५-३० से.मी. र बिरुवा देखि विरुवा ५ से.मी. कायम गरी २-३ से.मी. को गहिराईमा रोप्नुपर्छ।(alert-success)
✅ मलखाद तथा सिंचाई
✍️प्रशस्त गोठेमल वा कम्पोष्ट मल प्रयोग गरेमा खासै मलको आवश्यकता पर्दैन।साधारणतया मुसुरो बालीका लागि जमिन तयारी गर्नु १०-१५ अगाडी ४ मेट्रिक टन गोठेमल वा कम्पोष्ट मल र छर्ने समयमा ९.४५ के.जी. युरिया, डी.ए.पी ८६.९५ के.जी. र पोटास ३३.३३ के.जी. प्रति हेक्टरका दरले मिसाउनुपर्छ। यदि बोरोनको कमी भएमा जग्गामा १ देखि २.५ के .जी. बोरेक्स प्रति हेक्टर अन्तिम जग्गा तयारीको अवस्थामा माटोमा प्रयोग गर्ने वा ०.२५ के .जी. बोरेक्स प्रति हेक्टरको दरले स्प्रे गर्न सकिन्छ। मुसुरो बालीमा आवश्यकता अनुसार एक वा दुई पटक सिंचाई दिनुपर्छ।
✅बाली कटानी
✍️विरुवा ९०% पहेँलो रङको भएपछि र औंलाहरू बीच थिचेर दबाब दिदा दाना कडा भएकमा बाली कटानी गर्न सकिन्छ।यस चरणमा तल्लो कोसाहरू सामान्यतया खैरो हुन्छन्। विरुवा काटेर २-३ दिन घमा सुकाई थ्रेसिंग गरेर भण्डार गर्न सकिन्छ।