Showing posts with label PSC. Show all posts
Showing posts with label PSC. Show all posts

Sunday, December 10, 2023

लोकसेवा तयारी गरीरहनु भएका आदरणिय सम्पुर्ण साथीहरुमा यो अति उपयोगि हुने छ भन्ने विस्वास लिएको छु । विश्व सम्पदा सूचीमा परेका नेपालका सम्पदा सूचीहरुको विवरण सुत्र सहित राखेको छु जान्ने प्रयास गर्नुहोस ।


भिडियोको लागि तलको लिङ्क खोल्नुहोला । 





नेपालमा राणा शासन पछिका सुरुबाट अन्तिम सम्मका राणा प्रधानमन्त्रीहरुको नाम हरु शुत्रबद्ध तरिकाले याद गर्नुहोस कहिले भुल्नुहुने छैन ।


भिडियो तल राखिएको छ । 




स्थापनाका आधारमा नेपालका राष्ट्रिय निकुञ्जहरु सुत्र सहित जान्नुहोस र धेरै भन्दा धेरै कुराहरु छोटो र सजिलो तरिकाले याद गरी दिमागमा सुरक्षित राख्नहोस ।



भिडियोको लागि तलको लिङ्क खोल्नुहोस ्। 



Wednesday, May 31, 2023

लोकसेवा आयोग द्वारा लिइने विभिन्न परिक्षाको लागि अति महत्वपूर्ण नेपालको भूगोल सम्बन्धी जानकारी प्राप्त गरी धेरै भन्दा धेरै ज्ञान हासिल गर्नुहोस् । 




Tuesday, November 15, 2022

 आइसीसी पुरुष टी-२० विश्वकप, २०२२


✍ विजेता राष्ट्रः-                                         इङल्याण्ड
✍ उप-विजेता राष्ट्रः-                                     पाकिस्तान 
✍ सेमिफाइनलमा पुगेका राष्ट्रहरुः-             इङल्याण्ड, भारत, पाकिस्तान, न्यूजिल्याण्ड
✍ संस्करणः-                                             आठौं
✍ खेल मितिः-                                           अक्टुवर १६ २०२२ देखि नोबेम्बर १३ सम्म ।
 ✍ सहभागी देशका टिमः-                                सोह्र (१६)
✍ प्लेयर अफ द सिरिजः-                                 इङल्याण्डका साम कुरान
✍ खेल भएको देशः-                                        मेलबर्न, अस्ट्रेलिया 
 
खेल सम्बन्धी अन्य जानकारी
 
✍ इङल्याण्डले यस अघि सन २०१० मा पहिलो पटक र हाल २०२२ मा टी-२०  विश्वकपको उपाधी २ पटक जितेको हो । 
✍ फाइनलमा इङल्याण्डले पाकिस्तानलाइ ५ विकेटले पराजित गरेको थियो । 
✍  टी-२० विश्वकप इतिहाँसमा वेष्टइण्डिज र इङल्याण्डले २/२ पटक यस्तो प्रकारको सिरिज जितेका छन् अरु कुनै राष्ट्रहरुले २ पटक जितेका छैनन् । 
 
आगामी टी-२० विश्वकप कहिले र कहाँ हुने ?
 
✍ सन् २०२४ मा वेस्टइण्डिज र अमेरिका (यसमा २४ टिम सहभागी हुने)
✍ सन् २०२६ भारत र श्रीलङ्का ।

टी-२० विश्वकपको इतिहाँस
✍ सन् २००७ देखि सुरुभएको यो सिरिज पहिलो पटक दक्षिण अफ्रिकामा संचालन भएको थियो भने यो खेल प्रत्येक २/२ वर्षमा संचालन हुन्छ ।

Wednesday, July 27, 2022

A preposition is a word—and almost always a very small, very common word—that shows direction (to in "a letter to you"), location (at in "at the door"), or time (by in "by noon"), or that introduces an object (of in "a basket of apples"). Prepositions are typically followed by an object, which can be a noun (noon), a noun phrase (the door), or a pronoun (you).

Learn Prepositions by Photos.


Source: BDWORD

Saturday, July 23, 2022

मौद्रिक नीति:-


समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो । मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र व्याजदरको व्यवस्थापन मार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सृजनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ ।

नेपाल सरकारको आ.व. २०७९/०८० को मौद्रिक नीतिबारे सम्क्षिप्त जानकारी 













स्रोतः प्रेम बडुवाल

Wednesday, April 6, 2022

धितोपत्रः

ü  ✅ संगठित संस्थाले वा सरकारले आफुलाई आवश्यक पूँजी संकलन गर्न जारी गरेको वित्तीय उपकरणलाई धितोपत्र भनिन्छ ।

ü  ✅ यस अन्र्तगत संगठित संस्थाले जारी गरेको शेयर, स्टक, बण्ड, डिवेन्चर, सामुहिक लगानी योजना सम्बन्धि प्रमाणपत्र र सरकारले जारी गर्न T – bill, Development Bond, citizen Bond, National Bond and Foreign employment Bond  पर्दछन् ।

ü  ✅ धितोपत्र सरकार र पब्लिक लि. कम्पनीले मात्र जारी गर्न सक्दछ ।


  धितोपत्र बजारः

✅ सरकार वा कम्पनीले जारी गरेको वित्तीय उपकरणको खरिद बिक्रि हुने बजारलाई धितोपत्र बजार भनिन्छ ।

✅ संगठित संस्थाले धितोपत्र मार्फत आवश्यक पुँजी संकलन गर्दछ भने सोको खरिद कर्ता वा लगानी कर्ताले संस्थाको स्वामीत्व ग्रहण गर्ने, ब्याज , मुनाफा र लाभांसको हिस्सेदार बन्न पाउने मौका पाउछन् ।

✅ अतः यस बजारले सर्वसाधारण जनता र संगठित संस्थाबीच सम्मर्क सेतुको रुपमा काम गरी यी बीच सुमधुर सम्बन्धको बहाली गर्दछ ।



Thursday, January 27, 2022

                                               जनसंख्या र लैङगिक अनुपात

https://www.youtube.com/channel/UCs_qPtdOz1p3Yk-duRVD2wg
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २,९१,९२,४८० पुगेको छ, जुन दश वर्षअघि (२०६८ साल) को जनसंख्या २,६४,९४,५०४ को तुलनामा २६,९७,९७६ ले बढी हो । दश वर्षमा नेपालको जनसंख्या १०.१८ % ले बढेको देखिन्छ । विगत दश वर्षको सरदर वार्षिक वृद्धिदर (Exponential Growth) ०.९३% देखिन्छ । जुन अघिल्लो जनगणनामा १.३५% रहेको थियो ।

कुल जनसंख्यामा १,४२,९१,३११ जना पुरुष (४८.९६%) र १,४९,०१,१६९ जना महिला (५१.०४%) रहेको छ । दश वर्ष अघि २०६८ सालको जनगणनामा कुल जनसंख्या २,६४,९४,५०४ जनामा पुरुष र महिलाको हिस्सा क्रमशः ४८.५% र ५१.५% थियो । हालको प्रारम्भिक नतिजा अनुसार लैङ्गिक अनुपात (प्रति १०० महिलामा पुरुषको संख्या) ९५.९१ रहेको छ जुन गत जनगणनामा ९४.१६ रहेको थियो । 

https://www.youtube.com/channel/UCs_qPtdOz1p3Yk-duRVD2wg

बाँकी विस्तृत रुपमा राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक प्रतिवेदन डाउनलोड गरी हेर्न यहाँ वा तलको केन्द्रिय तथ्याङ्क विभागको लोगोमा क्लिक गर्नुहोस् । 

https://www.youtube.com/channel/UCs_qPtdOz1p3Yk-duRVD2wg


Saturday, October 30, 2021

 १. चिकित्साशास्त्र तर्फको नोबेल २०२१

••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••
⇨डेभिड जुलियस(अमेरिका)
⇨अर्डम पाटापोटियन(लेबनान) लाई
⇨स्नायु प्रणालीले कसरी तापक्रम र स्पर्श थाहा पाउँछ भन्ने विषयमा अनुसन्धान गरे बापत
⇨स्विडेनको स्टकहोमस्थित नोबेल कमिटीले यी दुई वैज्ञानिकलाई शरीरविज्ञान र चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो।

Friday, September 3, 2021

                                       रिट भनेको के हो?

रिट भनेको कुनै विषयमा उच्च न्यायिक निकायले कुनै काम गर्न वा नगर्नका लागि कुनै व्यक्ति वा निकायलाई दिइने आदेश हो । यसले न्याय सम्पादनलाई बैधानिक र उचित बनाउँदछ । सर्बोच्च अदालतको बिशेष क्षेत्राधिकार अन्तर्गत संबिधानको धारा १३३ को उपधारा (३) मा सर्वोच्च अदालतले अधिकारपृच्छा, उत्प्रेषण, परमादेश, प्रतिषेध र बन्दी प्रत्यक्षिकरणको रिट जारी गर्न सक्दछ भन्ने ब्यबस्था छ ।

रिटका प्रकार
१. बन्दी प्रत्यक्षिकरणको रिट : बन्दी प्रत्यक्षीकरण एक प्रकारको रिट हो । यसलाई अङ्ग्रेजीमा Habeas corpus भनिन्छ जसको ल्याटिन अर्थ "may you have the body" हो । यसको शाब्दिक अर्थ बन्दीलाई अदालत वा न्यायधिशका समक्ष दाखिला गर भन्ने हुन्छ । कुनै व्यक्तिलाई गैरकानुनी रूपमा थुनामा राखिएको अवस्थामा बन्दी प्रत्यक्षीकरण रिट जारी गरिन्छ । यस रिटले कुनै व्यक्ति गैरकानुनी रूपमा थुनामा परेको हो वा होइन भन्ने मात्र हेर्छ । अनाधिकृत ढङ्गले वा अधिकार नपाएको व्यक्तिले वा कानुनले तय गरेको कार्यविधि नपुर्याइ कुनै व्यक्तिलाई बन्दी बनाइएको छ भने अदालतले त्यस्तो व्यक्तिलाई थुना मुक्त गर्ने आदेश दिन्छ ।

२. उत्प्रेषण: उत्प्रेषण भनेको कुनै प्रशासनिक, अर्धन्यायिक वा तल्लो न्यायिक निकायले कार्य सम्पादन गर्ने क्रममा गैरकानुनी निर्णय गरेमा त्यसलाई बदर गर्न माथिल्लो न्यायिक निकायले जारी गर्ने रिट हो । उत्प्रेषण सार्वजनिक पद धारण गर्ने अधिकारी वा निकायका नाममा जारी गरिन्छ । आफ्नो क्षेत्राधिकार नाघेर वा क्षेत्राधिकार नभइ कुनै प्रशासनिक वा अर्धन्यायिक वा तल्लो न्यायिक निकायले गरेको निर्णय गैरकानुनी र बदरभागी भएमा उत्प्रेषणद्वारा त्यस्तो निर्णय बदर गरिन्छ ।

३. परमादेश : यस रिटको शाब्दिक अर्थ 'परम आदेश' हो । यो रिट अदालतले सार्वजनिक अधिकारीलाई आफ्नो कर्तव्य पूरा गर्न असफल भएको वा आफ्नो काम गर्न इन्कार गरेकोले आफ्नो काम पुनः सुरु गर्न आदेश दिन प्रयोग गर्दछ । सार्वजनिक अधिकारीहरु बाहेक, परमादेश कुनै पनि सार्वजनिक निकाय, कर्पोरेसन, न्यायाधिकरण, वा सरकारको बिरुद्द जारी गर्न सकिन्छ ।

४. प्रतिषेध : ‘प्रतिषेध' को शाब्दिक अर्थ 'निषेध गर्नु' हो। जब तल्लो तहका अदालतले कानुन बाहिर गएर वा अधिकार क्षेत्र बाहिर गएर कुनै फैसला गर्छ भने सर्बोच्च अदालतले प्रतिषेधको रिट जारी गर्न सक्छ ।

५. अधिकारपृच्छा : अधिकारपृच्छा भन्नाले कुनै न्यायिक वा अर्धन्यायिक निकाय वा कुनै सार्वजनिक अधिकार पाएको व्यक्तिले अधिकार क्षेत्रको अभावमा कुनै काम कारवाही वा निर्णय गरेमा त्यस्तो काम वा निर्णय गर्ने अधिकार कसरी प्राप्त भयो र कुन कानुन अन्तर्गत त्यस्तो गरियो भनी जवाफ माग गरी जारी भएको रिटलई बुझिन्छ । अनधिकृतरूपमा कसैको अधिकार स्वतन्त्रता वा पद खोसिएमा पीडित पक्षले यस्तो रिटको माग गर्छ । प्राकृतिक न्यायको सिद्धान्त विपरीत निर्णय भएमा भएमा पनि अदालतले यो रिट जारी गर्छ ।

लक्क्षी शर्माको फेसबुकबाट साभार ।

Monday, August 16, 2021

 मिति २०७८।०४।३० गते लोकसेवा आयोगले लिएको नेपाल प्रशासन सेवा/सामान्य प्रशासन समूहको राजपत्र अनङ्कित प्रथम श्रेणी नायव सुब्बाको ३० वटा सामान्य ज्ञानको प्रश्न तथा उत्तरहरु । 






गोविन्द गिरीको फेसबुक पेजबाट साभार 





Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 11 ) Banks ( 83 ) Corporation ( 65 ) Culture ( 24 ) Force ( 59 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 53 ) MCQs ( 12 ) News ( 8 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 126 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 110 ) update ( 12 ) videos ( 13 ) WORLD ( 15 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Advr_Price_2

Tags

agriculture (11) Banks (83) Corporation (65) Culture (24) Force (59) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (53) MCQs (12) News (8) oldqsn (20) onlinequiz (1) Places (4) PSC (126) Rules (8) tips tricks (21) TSC (110) update (12) videos (13) WORLD (15)

Popular Posts

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

नोबेल पुरस्कार २०२४ का बारेमा विस्तृत जानकारी सहितको विवरण ।

१. अर्थशास्त्रतर्फको नोबेल पुरस्कार २०२४ ✅ अमेरिकाका तीन जना अर्थशास्त्रीलाई संयुक्त रूपमा दिएको, ✅ म्यासाचुसेट्स इन्स्टिट्यूट अफ टेक्नोलोज...

Recent

Popular Posts