Saturday, August 29, 2020

लोकसेवाले विज्ञापन नखोल्ने२० हजार कर्मचारी अभाव हुँदै

लोकसेवा आयोगले यस वर्ष निजामती कर्मचारीका लागि विज्ञापन नगर्ने भएको छ। आयोगले असोजको अन्तिम बुधबारदेखि विज्ञापनखुलाउने निर्णय गरेको थियो तर कोरोना भाइरसको संक्रमण बढेपछि नखोल्ने तयारी गरेको हो।

  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिस्थिति सहज नभए आयोगमा रिक्त पदको विवरण नपठाउनेभएको छ। यद्यपिमन्त्रालयले रिक्त पदमा विवरण संकलन भने सुरु गरेको छ।आयोगले विज्ञापन खुलाउनुअघि संघीय मन्त्रालयले रिक्त पदको विवरणपठाउनुपर्छ।मन्त्रालयले पठाएको पदको आधारमा आयोगले विज्ञापन खुलाउने गर्छ। संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीले आयोगमारिक्त पदको विवरण आयोगमा पठाउने कि नपठाने भन्नेबारे निर्णय नभएको बताए।

Friday, August 28, 2020

सार्वजनिक मामिलाको सञ्चालन : सार्वजनिक व्यवस्थापन

नागरिकको सर्वोत्तम हितका लागि सार्वजनिक सरोकारका मामिलाहरूको सञ्चालन गर्नुलाई सार्वजनिक व्यवस्थापन भनिन्छ । उपलक्ध स्रोत साधनको उचित परिचालन गरी सांगठनिक लक्ष्य हासिल गर्न चाँजोपाँजो मिलाउनुलाई समेत व्यवस्थापन भनेर बुझिन्छ । सन् १९८० सम्म प्रशासन भनेर बुझिने विषय नै पछि गएर सार्वजनिक व्यवस्थापन भयो । लुथर गुलिकका अनुसार सार्वजनिक व्यवस्थापनअन्तर्गत योजना तर्जुमा गर्ने, संगठनको स्थापना गर्ने, जनशक्तिको व्यवस्था गर्ने, नेतृत्व दिने, निर्देशित गर्ने, नियन्त्रण गर्ने, प्रतिवेदन÷सूचना प्रवाह गर्ने, र बजेट बनाउने एवं लागू गर्ने कार्य पर्दछन् । 

प्रशासन शब्द सार्वजनिक सेवामा र व्यवस्थापन शब्द निजी क्षेत्रमा प्रचलित थियो । प्रशासनको तुलनात्मक अध्ययनपछि यसमा व्यापक सुधारको खाँचो देखियो । यही खाँचो पूरा गर्न प्रशासनमा निजी क्षेत्रका राम्रा गुणहरू अंगीकार गरी यसलाई सार्वजनिक व्यवस्थापन भन्न सुरु गरियो । अर्थात् परम्परागत र एकसूत्रीय प्रशासन व्यवस्थामा निजी क्षेत्रका राम्रा गुण अंगीकार गरिएपछि यो सार्वजनिक व्यवस्थापनका नामबाट परिचित भयो । यही परिवर्तनस्वरूप सार्वजनिक क्षेत्रमा निजीकरण, सेवा करार, कार्यसम्पादन सम्झौता, गुणस्तर परीक्षण, व्यवस्थापन परीक्षण, सेवाग्राहीका गुनासा सुनुवाइजस्ता विषयले प्रवेश पाए ।

सार्वजनिक व्यवस्थापनका विभिन्न कार्यक्षेत्र
(क) योजना व्यवस्थापन : मुलुकको सर्वाङ्गीण विकासका लागि उपयुक्त योजना तर्जुमा गर्ने, जनसहभागिता बढाउने र त्यसको प्रभावकारी सञ्चालन गर्ने कार्य सार्वजनिक व्यवस्थापनले गर्दछ । जनताको मागअनुसारको नीति, कार्यक्रम तर्जुमा गरी जनताको माग र आवश्यकताका आधारमा त्यसलाई सञ्चालन गर्नुपर्दछ । जसका लागि आवश्यकताका आधारमा नीति तर्जुमा र जनताको मागका आधारमा योजना तर्जुमा, छनोट र कार्यान्वयन गर्नुपर्दछ ।

(ख) जनशक्ति व्यवस्थापन : सार्वजनिक व्यवस्थापन सञ्चालन गर्ने एक मात्र जीवन्त र चलायमान आधार मानव स्रोत हो । प्रभावकारी नीति तर्जुमादेखि योजनाको कार्यान्वयनका लागि महत्वपूर्ण पक्ष सार्वजनिक क्षेत्रमा दक्ष, योग्य, सीपयुक्त जनशक्ति आवश्यकता पर्दछ । योग्य, दक्ष, प्रतिस्पर्धी जनशक्तिले मात्र समग्र व्यवस्थापनमा योगदान गर्न सक्ने भएकाले योग्यतम् जनशक्तिको प्राप्ति, विकास, उपयोग र सम्भार गर्ने कार्य सार्वजनिक प्रशासनका लागि अपरिहार्य रहन्छ ।

Thursday, May 28, 2020

मननीय अर्थमन्त्री ज्यु द्वारा संसदमा प्रस्तुत आर्थिक बर्ष २०७७/२०७८ को बजेटमा समावेश गरिएका केहि मुख्य बुँदाहरु
१) कोरोनाको उपचारमा तत्काल चाहिने औषधी लगायतका लागी ६ अर्ब बजेट । स्वास्थ्य पुर्वाधार विकास गर्न बार्षिक १२ अर्ब ४० करोड । एक चिकित्सक एक स्वास्थ्य संस्था बनाउने बाचा,
२) घरेलु, साना तथा मझौला उद्योग । कोरोना प्रभावित पर्यटनलगायत उद्योगका कर्मचारीलाई पारिश्रमिक दिन ५ प्रतिशत ब्याजमा रकम दिन ५० अर्बको कोष स्थापना ।,
३) विदेशमा रहेकालाई स्वदेश फर्काउन आवश्यक बजेट विनियोजन,
४) कोरोना विमामा ५० प्रतिशत प्रमियम सरकारले तिर्ने,
५) वायुसेवा कम्पनीले तिर्नुपर्ने पार्किङ शुल्क, उडान दस्तुर आदिमा छुट,
६)प्रदेश र स्थानीय सरकारले संघीय सरकारबाट १ खर्ब ४५ अर्ब २२ करोड रुपैयाँ वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने,
७) कोरोनाका कारण रोजगारी गुमेकालाई विकास निर्माणमा परिचालन गरिने,
८)सीपमूलक तालिममार्फत ५० हजार जनालाई रोजगारी दिन १ अर्ब विनियोजन,
९)प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा विस्तार । थप २ लाखलाई रोजगारी दिनेगरी ११ अर्ब ६० करोड बजेट विनियोजन,
१०) श्रम स्वीकृति नलिई विदेशी नागरिकलाई काममा लगाउन नपाउने व्यवस्था गरिने ।
११) हाल दिँइदै आएका सबै सामाजिक सुरक्षा भत्तालाई निरन्तरता,
१२) सेतो छडी र ब्रेललिपीको पाठ्यक्रम निशुल्क उपलब्ध गराउने,
१३)सबै श्रमिक र कामदारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सबै उद्योग प्रतिष्ठानलाई सामाजिक सुरक्षा कोषमा ल्याउन प्रोत्साहित गर्ने,
१४) पर्यटनसहित उद्योग प्रतिष्ठानले कर्मचारीलाई तलब भुक्तानी गर्न ५० अर्बको कोष,
१५) आगामी वर्ष नेपाललाई तरकारी र मासुमा आत्मनिर्भर बनाउने,
१६) प्रधानमन्त्री कृषी आधुनिकिकरण कार्यक्रमलाई पुनर्संरचना गर्दै एक स्थानिय तहमा एक पकेट क्षेत्र बनाउन ३ अर्ब २२ करोड । रसायनिक मलको अनुदानका लागी ११ अर्ब बजेट,
१७) उखु उत्पादकलाई अनुदान दिन ९५ करोड बजेट,
१८) फलफूलका विरुवा उत्पादन गर्न १ करोड ५ लाख,
१९) कृषि बीमाको प्रिमियम उत्पादन भइसकेपछि तिर्न मिल्ने भएको छ । यस अघि बीमा गरेपछि तिरिहाल्नु पर्ने व्यवस्था थियो,
२०) नयाँ व्यवसाय सुरु गर्ने व्यवसायीहरूलाई २ प्रतिशत ब्याजदरमा सरकारले ऋण उपलब्ध गराउने,
२१) ६० वटा मालपोत र नापी कार्यालयलाई स्थानीय तहमा हस्तान्तरण गर्ने । मालपोत सेवा अनलाइनमार्फत हुने व्यवस्था गर्ने ,
२२) सरकारले महाकाली सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत गर्ने,
२३) कृषिका लागी ४१ अर्ब ४० करोड र सिंचाइका लागी २५ अर्ब ९६ करोड बजेट विनियोजन,
२४) वचत तथा ऋण सहकारी संस्थालाई एक अर्कामा गाभिन प्रेरित गरिने,
२५) विकास आयोजनाले वन क्षेत्रको जग्गा लिएवापत रकम तिर्ने नपर्ने । त्यसवापत झाडी र बुट्यान भएको क्षेत्रमा वृक्षारोपण गरे हुने,
२६) पर्यटन पूर्वाधार विकासका लागि १ अर्ब २६ करोड बजेट,
२७) माध्यमिक तहभन्दा माथिको पाठ्यक्रममा पर्यटन विषय समावेश गर्ने,
२८) सरकारले सुनकोशी–मरिन डाइभर्सन (नदी पथान्तरण) बहुउद्देश्यीय आयोजनाको लागि २ अर्ब ४६ करोड रुपैयाँ बजेट,
२९)सहकारीलाई ३ अर्ब ६० करोड ऋण, सूचना केन्द्र स्थापना गरिने,
३०) काठमाडौंमा सार्कस्तरीय प्रदर्शनी स्थल निर्माण गरिने,
३१) विमाको दायरा विस्तार गर्ने र दाबीलाई सहज बनाउने । घुम्ती विमा कार्यक्रम चलाइने,
३२) विदेशमा अलपत्रलाई ल्याउन बजेट विनियोजन, ७५ हजारलाई सिप सिकाइने,
३३) आगामी वर्ष आधारभूत शिक्षामा सबैको पहुँच स्थापित गरिने । मातृभाषाको शिक्षालाई मुलधारमा ल्याउने । साक्षर नेपाल घोषणा गर्ने ,

३४) राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम विस्तार गरिने । बजेट ६ अर्ब,
३५) मनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माण र शैक्षिक कार्यक्रम सुरु गर्न १ अर्ब २५ करोड,
३६) सुरक्षाकर्मीको पोशाक, जुत्ता र खाद्यान्न स्वदेशमै उत्पादन गरिने,
३७ ) अन्तराष्टिय क्रिकेट मैदान लगायतका लागि आवश्यक रकम विनियोजन,
३८) मेलम्चीको आधारभूत पूर्वाधार निर्माण सकेर आगामी आर्थिक वर्षको सुरुमा नै काठमाडौं उपत्यकामा पानी वितरण गर्ने । दोस्रो चरणको काम सुरु गर्न ५ अर्ब ४६ करोड बजेट,
३९) आगामी वर्ष १ हजार ३ सय मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा थप गर्ने,
४०) युरेनियमको व्यवसायिक उत्पादन गर्न सम्भाव्यता अध्ययन गर्ने,
४१) काठमाडौंबाट सुरु भएको विद्युत लाइन भूमिगत गर्ने योजना भक्तपुर ललितपुर चितवन लगायत ठूला शहरमा विस्तार गरिने,
४२) ललितपुरको गोदाबरीमा ३ हजार क्षमताको सभाहल निर्माण गरिने,
४३) मदन भण्डारी राजमार्ग ५ वर्षभित्र र हुलाकी राजमार्ग ३ वर्षभित्र निर्माण गरिसक्ने,
४४) पूर्व पश्चिम राजमार्गलाई ३ वर्षभित्र एसियाली स्तरको बनाउने गरी १२ अर्ब २१ करोड बजेट,
४५) काठमाडौं तराई फ्रास्ट ट्र्याक ३ वर्षभित्र सम्पन्न गर्ने । ८ अर्ब ९३ करोड बजेट विनियोजन,
४६) रुग्ण तथा बन्द उद्योग सञ्चालन गर्न निजी क्षेत्र भित्र्याइने,
४७) रेलमार्गका लागि ८ अर्ब ६६ करोड बजेट,
४८) अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि १९ अर्ब ४२ अर्ब,
४९) शिक्षा क्षेत्रलाई एक खर्ब ७२ करोड, १८०० विद्यालय भवन बन्ने,
५०) सांसद विकास कोषको बजेट घट्यो, एक निर्वाचन क्षेत्रलाई ४ करोड,
५१) प्रशासनिक खर्चमा कटौती । कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिएका बाहेक सबैको भत्ता खारेज,
५२)नेपालगञ्ज र भैरहवामा आईसीपी, कञ्चनपुरमा सुख्खा बन्दरगाह निर्माण गरिने,
५३) अन्तर्राष्ट्रिय विमानस्थलहरुको निर्माण तथा स्तरोन्नतीका लागि १९ अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन,
५४) सुरुङमार्गहरूको निर्माणका लागि ६ अर्ब ४२ करोड बजेट,
५५) सरकारले सबै सरकारी कर्मचारीको कोरोना बिमा गरिदिने,
५६) काठमाडौं–तराई द्रुतमार्गको बजेट ८ अर्ब ९३ करोड

Monday, May 4, 2020

शाखा अधिकृत वा सो सरहको परिक्षाका लागी १०० ओटा प्रश्नहरु लोकसेवा आयोगको पाठ्यक्रम अनुसार तयार पारिएको नमुना प्रश्नपत्रहरुमा आफ्नो तयारीको जाँच गर्नुहोस ।


प्रश्नपत्र नुमुना सेट 

Thursday, April 30, 2020

((मिति २०७० साल बैसाख १४ गते लोकसेवा आयोगद्धारा लिईएको राजपत्र अनँकित प्रथम श्रेणी ना.सुवा सो सरहकोतृतिय पत्र जनसँख्या अध्यनको ५० ओटा प्रश्नहरु  तिनको उत्तरहरु ))
मिती २०७०-०१-१३ मा लोक सेवा आयोग द्धारा लिईएको राजपत्र अनंकित प्रथम श्रेणी ना.सुवा सो रसह पदको प्रथमपत्रको प्रश्न तथा तीनका उत्तरहरु  यहाँ प्रश्नलाई भन्दा उत्तर लाई बढि प्रथामिकता दिईएको  
. Scurvy कुन भिटामिनको अभावका कारणले लाग्छ ?
उत्तरभिटामिन सी
काग सम्मेलन को  संग सम्बन्धित  ?
उत्तरगोतम सापकोटा
अति कम विकशित राष्ट्रहरुको चौथो सम्मेलन कहाँ भएको थियो ?
उत्तरईस्ताबुलन
आशियानको १९ औं शिखर सम्मेलन कहाँ सम्पन्न भयो ?
उत्तरईन्डोनेसिया
संयुक्त राष्ट्रसघंको सदस्यता त्याग गर्ने पहिलो राष्ट्र कुन हो ?
उत्तरईन्डोनेसिया
इन्सुलिन के संग सम्बन्धित  ?
उत्तरमधुमेह
क्षेत्रफलका आधारमा सबै भन्दा ठुलो मरुभुमी कुन हो ? (दिईएको अपसनका आधारमा )
उत्तरअरेविया
अर्थ मन्त्रालयले २०६८०६९ को मौद्रिक निती कहिले सार्वजनिक ¥यो ?
उत्तरवि.२०६९०४०५
महादेवका चार नेत्रलाई के ले जनाउछ ?
उत्तरअग्नीचन्द्र  सुर्य
१०जुम्ल्याह ग्रह भन्नाले कुन ग्रहलाई बुझिन्छ ?
उत्तरशुक्र
११राजी जातीको बसोबास भएको जिल्ला कुन हो ?
उत्तरदाङ्ग
१२अमेरिकाले ईराक विरुद्धको यूद्ध अन्त्यको घोषणा कहिले ¥यो ?
उत्तर१५ डिसेम्बर२०११
१३नासाले आफ्नो भुअपग्रह कहाँ खसालेको थियो ?
उत्तरप्रशान्त महासागर
१४ राईजिङ्ग नेपालका प्रथम सम्पादक को हुन?
उत्तरबरुण समशेर 
१५नेपालमा कति माईक्रोन भन्दा कमको पलास्टिक उत्पादनमा रोक लगाईएको  ?
उत्तर२० माईक्रोन
१६उखु नेपालको तराईभित्री पहाड......... भागमा उत्पादन गरिन्छ ?
उत्तरभित्री तराई (दिईएको उत्तरका आधारमा)
१७रुखको पात हल्लीदा कति डेसिवलको ध्वनी उत्पन्न हुन्छ?
उत्तर२० डेसिवल
१८जोडा मिलाउने
उत्तर.
विक्रमशिला भारत
स्वणशिला थाईल्याण्ड
तक्षशिला पाकिस्तान
स्वयम्भु विहार नेपाल
१९जोडा मिलाउने
उत्तर
अफ्रिका किलिमाञ्जरो
युरोप यूराल
दक्षिण अमेरिका एण्डिज पर्वत
२०कुन बेठिक हो ?
उत्तरनुवाकोट दरवारलाई नोल्छे दरवार भनिन्छ  (त्यहाँ दिईएका उत्तरहरु मध्ये )
२१कुन बेठिक हो ?
उत्तरखप्तड राष्ट्रिय निकुञ्ज सबै भन्दा सानो राष्ट्रिय निकुञ्ज (दिईएका उत्तरहरु मध्य)
२२यमपञ्चक अन्तर्गत कुन पदैन ?
उत्तरभुमि पुजा उत्तरमा दिईएका मध्य
२३काठमाण्डौका चार विनायकमा नपर्ने कुन हो?
उत्तरशिद्धि विनायक (उत्तरमा दिईएका मध्य)
२४जैविक विविधता के संग सम्बन्धित  ?
उत्तररियो सम्मेलन
२५अन्तराष्ट्रिय पवर्ता संग्रालय कहाँ अवस्थीत  ?
उत्तरपोखरा
२६१९१७ का रुसी अक्टोवर क्रान्तीका नायक को थिए ?
उत्तरबोल्सेभिक लेनिन
२७नेपालमा सर्वप्रथम जनगणना लिने निकाय कुन हो ?
उत्तरसेन्सश गोशरा
२८स्लाम धर्मको धर्म ग्रन्थ कुन हो ?
उत्तरकुरान
२९तराई प्रदेशले कति प्रतिशत भुभाग ओगटेको  ?
उत्तर१७ प्रतिशत
३०विरुवा सम्बन्धि अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ?
उत्तर. Arboriculture 

Monday, March 23, 2020

WHO द्धारा कोरोना भाइरसको प्रकोप विश्वब्यापी महामारी घोषित
File_Picture

•सन २०२० मार्च ११ मा
•विश्व स्वास्थ्य संगठनले नोभल कोरोना भाइरसको प्रकोपलाई विश्वब्यापी महामारी घोषणा गरेको छ
•विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अडहानोम ग्रेब्रेससले विश्वब्यापी महामारीको घोषणा गर्नुभएको
•एकै समयमा कुनै रोग अनेकौं देशमा एकै पटक फैलिनुलाई महामारी भनिन्छ
•विश्व स्वास्थ्य संगठनले चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस संक्रमणलाई लिएर जनवरी ३० मा विश्वब्यापी स्वास्थ्य संकटकालको घोषणा गरेको थियो
•संगठनले यसअघि सन् २००९ मा एच वान एन वान फ्लुलाई महामारी घोषणा गरेको थियो

Thursday, January 30, 2020

शाखा अधिकृत, नासु र खरिदार लक्षित पछिल्ला केहि अति महत्वपूर्ण समसामयिक जानकारीहरु

१.प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरुस्कार - २०७५
▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩
⇨वरिष्ठ आँखा रोग विशेषज्ञ डा.सन्दुक रुइत लाई
⇨प्रथम पटक २०७६ असोज ३ संविधान दिवशको दिनमा वितरण गरिने
⇨पुरुस्कार राशि - रु ५ लाख
⇨स्थापना - २०७५ मंसिर १७ गते
@govindagiri

⇨अध्ययन गर्नुभयो खुसीलाग्यो... कृपया शेयर गर्न नभुल्नुहोला है..!!

२.भोकमरी सुचकाङ्क 2019
▩▩▩▩▩▩▩▩▩▩▩▩
•नेपाल 73 औ स्थानमा(20.8 अंक)
•जम्मा 117 देश मध्ये
•पहिलो स्थानमा :- बेलारुस रहेको (समान अंकसहित अन्य 17 राष्ट्र रहेका)
•अन्तिम स्थानमा; - सेन्ट्रल अफ्रिकन रिपव्लिक
@govindagiri

⇨share it.

३.छैठौ ईन्टिग्रीटी आईकन नेपाल २०१९
▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩
•काजीमान राईलाई
•हाल उहाँ चुलाचुली गाउँपालिका, ईलामको प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ
•Accountability Lab ले हरेक वर्ष प्रदान गर्ने
•सक्षम,ईमान्दार र कर्तव्यनिष्ठ राष्ट्रसेवक कर्मचारीलाई
@govindagiri
४.सन् २०१९ को विश्वको प्रेरणादायी १०० महिला सूची
▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩
•नेपालकी बोनिता शर्मा पर्न सफल भएकी
•महिला सशक्तिकरण र पोषणका क्षेत्रमा उनले गरेको संघर्षको कदर गर्दै शर्मालाई विश्वको प्रेरणादायी महिला सूचीमा राखिएको
•शर्मा सोसल चेन्ज मेकर एण्ड इनोभेटर (सोचाइ) की संस्थापक  हुन्
•बिबिसीले प्रत्येक वर्ष विश्वका विभिन्न देशबाट प्रेरणादायी महिलाको सूची सार्वजनिक गर्ने गरेको छ।
@govindagiri

⇨ शेयर गर्नुस है..!!

५.फिफा द बेस्ट अवार्ड २०१९
▩▩▩▩▩▩▩▩▩▩▩▩
•उत्कृष्ट पुरुष खेलाडी ⇨लियोनल मेस्सी(अर्जेन्टिना/ बार्सिलोना)( सबैभन्दा धेरै ६ पटक)
•उत्कृष्ट महिला खेलाडी ⇨मेगन रापिनोइ(अमेरिका र रिजन Fc)
•उत्कृष्ट पुरुष गोलकिपर ⇨अलिसन  बेकर(ब्राजिल/लिभरपुल)
•उत्कृष्ट महिला गोलकिपर ⇨सरि भभेनेनडाल(नेदरल्याण्ड)
•उत्कृष्ट पुरुष प्रशिक्षक ⇨जुर्गेन क्लोप(लिभरपुल)
•उत्कृष्ट महिला प्रशिक्षक ⇨जिल इलिस( अमेरिका)
•फिफा पुस्कास अवार्ड ⇨डेनियल जोसोरि( हङ्गेरी)
•फिफा फ्यान अवार्ड ⇨सिल्भिया ग्रेक्को
•फिफा फेयर प्ले अवार्ड ⇨मार्सेलो बाइल्सा र द लिड्स युनाइटेड

६.अन्तराष्ट्रिय गरिवी निवारण दिवश २०१९
▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩
•नारा; - "Acting together for empower children, their families and societies to end poverty"
•हरेक वर्ष अक्टोवर १७ मा मनाईने
•सन १९९३ बाट मनाउन थालिएको
••••••••••••••
स्मरण रहोस; -
•••••••••••••••
⇨नेपालमा गरिवीको रेखामुनि रहेको जनसंख्या; - १८.७%
⇨बहुआयामिक गरिवी; - २८.६% रहेको
⇨ २६ जिल्लामा गरिव परिवार पहिचान गरिएको छ भने १२ जिल्लामा पहिचान कार्य भईरहेको
⇨सन २०३० सम्म नेपालले गरिवीको रेखामुनि रहेको जनसंख्या ५ % भन्दा तल झार्ने प्रतिवद्धता गरेको छ
@govindagiri

⇨अध्ययन गर्नुभयो खुसीलाग्यो ,कृपया शेयर गर्न नभुल्नुहोला है..!!

७.नोवल पुरस्कार २०१९..!!
▩▩▩▩▩▩▩▩▩▩▩▩
☆रसायन शास्त्रतर्फको नोबेेल पुरस्कार २०१९
•••••••••••••••••••••••••••••••••••••••••••••••••
१.अमेरिकाका -जोन गनडईनफ
२.अमेरिकाका -स्टियाले विटिङहाम
३.जापानका -अकिरा योसिन्हो
      ⇨ lithium-ion batteries को विकास गरेवापत ३ जना वैज्ञानिकलाइ संयुक्तरुपमा प्रदान गरिएको हो । लिथियम इयोन ब्याट्री मोबाइल फोनदेखि विद्युतीय गाडीमासमेत प्रयोगमा ल्याइन्छ ।

☆भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार २०१९
•••••••••••••••••••••••••••••••••••••••••••••••••
१.क्यानडाली-अमेरिकी -जेम्स् पिबल्स
२.स्वीट्जरल्याण्डका -माइकल मेयर
३.स्वीट्जरल्याण्डका -डिडे क्वेलो
      ⇨ब्रह्माण्डको उत्पत्तिसँग सम्बन्धित कार्य र सूर्यजस्तै देखिने एक तारा वरिपरि घुम्ने निकै टाढा अवस्थित ग्रह सन् १९९५ मा पत्ता लगाएकोमा संयुक्त रूपमा पुरस्कार दिने घोषणा गरिएको हो।

☆चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार - २०१९
••••••••••••••••••••••••••••••••••••••••••••••••••••
१.अमेरिकाका- विलियम काएलिन
२.बेलायतका- सर पिटर र्‍याट्क्लिफ
३.अमेरिका- ग्रेग सिमेन्जा
      ⇨कोषहरूले अक्सिजनको मात्रालाई कसरी चिन्छन् र अङ्गीकार गर्छन् भन्ने कुरा पत्ता लगाए वापत ३ वैज्ञानिकलाइ संयुक्त रूपमा सन् २०१९ को चिकित्सा विज्ञानतर्फको नोबल पुरस्कार प्रदान गरिने घोषणा गरिएको हो ।

☆साहित्य नोवल पुरस्कार २०१९
•••••••••••••••••••••••••••••••••••••••
१.सन् २०१८ का लागि पोल्यान्डकी उपन्यासकार- ओल्गा टोकारजुकले पाएकी छन्
२.सन् २०१९ का लागि अस्ट्रियाका -पिटर ह्यान्डकेलाई दिइएको छ।
       ⇨७६ वर्षीय अस्ट्रियन नाट्यकार सरल भाषामा मानव अनुभवको परिधिलाई उजागर गर्न सिपालु मानिन्छन्।
         ⇨आफ्नो समयका व्यावसायिक रूपमा अत्यधिक सफल लेखकमा गनिने ५७ वर्षीय पोलिस लेखक तोकाचु‌कले जीवनको परिधिहरूभन्दा माथि गएर कथात्मक परिकल्पना गर्न सक्ने उनको क्षमताको आधारमा पुरस्कार दिइएको

☆नोवल शान्ती पुरस्कार २०१९
••••••••••••••••••••••••••••••••••
१.ईथियोपियाका प्रधानमन्त्रि -अबि अहमद अलि लाई
      ⇨शान्ति र अन्तर्राष्ट्रिय सहयोग प्राप्त गर्न उनले गरेका प्रयासहरूको लागि, र विशेष गरी छिमेकी इरिट्रियासँगको सीमा विवाद सुल्झाउने निर्णायक पहलको लागि।

☆अर्थशास्त्र तर्फको नोवल पुरस्कार २०१९
••••••••••••••••••••••••••••••••••••••••••••
१.भारतका-अभिजीत बनर्जी
२.फ्रान्स की-एस्तर डुफलो
३.अमेरिकाका-माइकल क्रेमर
 ⇨उनीहरूको वैश्विक गरीबी निवारणको प्रयोगात्मक दृष्टिकोणको लागि।
@govindagiri

⇨अध्ययन गर्नुभयो खुसीलाग्यो... कृपया सक्दो शेयर गर्नुस है..!!

८.दशौँ लिगलिगे दौड २०७६
▩▩▩▩▩▩▩▩▩▩▩
⇨विजेता ;- पर्वतका अनिष थापामगर(चौथो पटक)
⇨चेपे र मर्स्याङ्दी नदिको दोभानबाट लिगलिगकोटसम्मको १३ दशमलव ८ किलोमिटर दुरी ५७ मिनेट ५५ सेकेण्डमा पार गर्दै थापा लिगलिगे दौड जितेर लिगलिगे राजा बन्न सफल हुनुभएको हो
⇨दौडका विजेतालाई राजाका रुपमा एक रात लिगलिगकोटमा राख्ने गरिन्छ । लिगलिगे दौडमा प्रथम हुनेलाई यस वर्षदेखि एक दिनका लागि लिगलिगे राजाका साथै एकवर्षका लागि पालुङ्टार नगरपालिकाको पर्यटन सद्भावना दूत पनि घोषणा गरिएको छ ।
⇨दौडेर लिगलिगको राजा हुने परम्परालाई उजागर गर्न २०६७ सालदेखि लिगलिगे दौड हुँदै आएको छ
@Govindagiri
⇨शेयर गर्न नभुल्नुस है...!!

९.नेपाल क्रिकेट संघ (क्यान) को नयाँ अध्यक्ष
▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩
⇨चतुरबहादुर चन्द विजयी
⇨वि.स २०७६ असोज ११ गते
⇨५९ जना मतदाता रहेकोमा चतुरबहादुर चन्दले ४४ मत प्राप्त गर्दै जित सुनिश्चत गर्नुभएको हो
⇨याे निर्वाचनसँगै क्यानमाथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले लगाएकाे प्रतिबन्ध हट्ने विश्वास गरिएकाे छ
@govindagiri

⇨शेयर गरौ है..!!

१०.चिनिया राष्ट्रपती सि चिनफिङको नेपाल भ्रमण..!!
▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩
•सन 2019 अक्टोवर 12-13 (असोज 25-26)मा
•23 वर्षपछि चिनिया राष्ट्रपतीको नेपाल भ्रमण भएको
•भ्रमणका क्रममा नेपाल र चीनबीच २० वटा सम्झौतामा (१८ समझदारीपत्र र २ लेटर अफ एक्सचेञ्जमा) हस्ताक्षर भएको छ
यी हुन् नेपाल-चीनबीच भएको २० बुँदे समझदारी; -
१. सीमा व्यवस्थापन प्रणालीको लागि सम्झौता
२. सुशासन क्षमता बृद्धिका लागि समझदारी
३. अपराध सम्बन्धी आपसी कानुनी सहायताको लागि सम्झौता
४. सगरमाथा संरक्षणको लागि समन्वय गर्न समझदारी
५. राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच लगानीका प्रमुख परियोजनाको प्रवर्द्धन र उत्पादनमूलक क्षमतामा समन्वयनको लागि समझदारी ।
६. चीनको छेन्दुमा नेपालको कन्सुलेट जेनेरल राख्नको लागि नोट आदानप्रदान ।
७. चीन–नेपाल अन्तरदेशीय रेल पयिोजनाको सम्भाव्यता अध्ययनको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच समझदारी ।
८. काठमाडौं महानगरपालिका र चीनको नानजिङ सिटीबीच भगिनी सम्बन्ध स्थापना गर्ने सहमति ।
९. बुटवल उपमहानगरपालिका र चीनको जियाङ सिटीबीच भगिनी सम्बन्ध स्थापनाको सहमति ।
१०. परम्परागत औषधि सम्बन्धी सहकार्यको लागि स्वास्थ्य मन्त्रालय र चीनको राष्ट्रिय परम्परागत औषधि प्रशासनबीच समझदारी ।
११. विपद् जोखिम न्यूनीकरण र आपत्कालिन सहायताको लागि गृह मन्त्रालय र चीनको आपत्कालिन व्यवस्थापन मन्त्रालयबीच समझदारी ।
१२. महान्यायाधीवक्ता कार्यालय र चीनको सुप्रिल पिपुल्स प्रोक्युरेटर्सबीच समझदारी ।
१३. त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस हेडक्वार्टरबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस ईन्स्टिच्युट स्थापनाको लागि सम्झौता ।
१४. नेपालबाट चीनमा सुन्तलालगायत फलफूल निर्यातको लागि आवश्यक प्रोटोकल
१५. व्यापार सम्बन्धी संयुक्त कार्यदल स्थापनाको लागि उद्योग मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच समझदारी ।
१६. नेपालमा चाइना एड अर्थक्वेक मनिटरिङ नेटवर्क प्रोजेक्टको लागि स्वीकार प्रमाणपत्र ।
१७. लगानी समन्वय कार्यदल स्थापनाको लागि अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच समझदारी ।
१८. सुरुङ निर्माण समन्वयको लागि अर्थ मन्त्रालय र चीनको अन्तर्राष्ट्रिय विकास निकायबीच समझदारी ।
१९. सीमा सुरक्षा उपकरण र कार्यालय उपकरणको लागि पत्र आदानप्रदान ।
२०. काठमाडौं उपत्यकाको पानी वितरण सुधार परियोजनाको बैठकको माइन्युट

•चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सम्झौतापत्र आदान प्रदान गरिएको
© Govinda Giri
एक पटक हेराै त परिक्षामा आउन सक्छ है?
>भारतभन्दा २२ गुना
>चिनभन्दा ६५ गुना
>रूसभन्दा ११६ गुना सानाे छ भने ;
>बहराइन भन्दा 120  गुना ठुलाे छ

>चुरे क्षेत्र : ३६ जिल्ला
>चुरे संरक्षण क्षेत्र :२६ जिल्ला
>चुरे जलाधार सरंक्षण कार्यक्रम : १३ जिल्ला
>चुरे वातावरण क्षेत्र लागू: २ जिल्ला
>अधिकबर्षकाे अबधारणा ल्याउने ईरिस्टाेनेथेनेस
>अधिकबर्ष पत्ता लगाऊने जुलियस सिर्जस
>ट्यांकर क्यालिब्रेसन टावर निर्माण हेटौडा
>पर्यटन सुचना केन्द्र २०७६ असार १७ ठमेल
>प्रधानमन्त्री राेजगार कार्यक्रमकाे सुरूवात २०७५/११/१
>सडक मानब मुक्त जिल्ला मकवानपुर
>२०१८ मा बिश्व ताल सम्मेलन पाेखरा
>G77 बिकाशाेन्मुख मुलुकहरुकाे समुह
>मौसमि राडर सुर्खेत काे रातानाङला
>पेपरलेस मन्त्रीपरिषदको पहिलाे बैठक २०७५/साउन/१०
>मट्रियल महासन्धि प्रतिनिधि सभाबाट पारित २०७५/भदौ /७लागु >२०७५/मंशिर २९
>रबर २०४७ झापा
>ट्रपल २०७० राेल्पा
>लगानि सम्मेलन चैत १५-१६
>Right to reject 2070 /9/21
>कर्मचारि सञ्चयकाेषका कर्मचारि काे लगानिमा बन्न लागेकाे जलबिद्युत आयाेजना बेतना कर्णालि ६८८ मेगावाट
>हातिपाईले कुष्ठरोग बालबिवाह भिजिट नेपाल २०२० सग सम्बन्धित छ
>औलाे र भाेकमरी २०२५
>मेयरसंग कृषि कार्यक्रम सुनसरीकाे ईटहरी
>तेस्राे लिङ्गीकाे आत्मकथा भूमिका श्रेष्ठ
>मालिकार्जुना मन्दिर दार्चुला
>नेपालकाे तापक्रम बृदि १.६ ° पछिल्लो ३० वर्ष मा
>बिश्वमा सबैभन्दा बढि आयकर लाग्ने देश बेल्जियम
>सघिय संरचना अनुसार नेपालकाे प्रशासनिक नक्सा सार्बजनिक २०७५/फागुन /२३
>नेपालकै पहिलाे मानवअधिकार मैत्रि गाउ राचुली गाउ कालिकाेट
>कति बर्ष भित्र बैदेशिक रोजगारलाई निरूत्साहित गरिने भयकाे छ ५ बर्ष
>दुर्लब जातिका रेडपाण्डा प्रजनन केन्द्र स्थापना गरिने भयकाे छ सन्दकपुर गाऊ ईलाम
>चन्द्रमा मा पहिलाे पटक बिरूवा ऊमार्न सफल देश चिन कपास
>दुध दिवस जुन १
>नेपालमा हाल तारे हाेटेल १३०
>दलितकाे जिल्ला सप्तरी
>साइकल दिवस जुन ३
>चाम्चे झरना लमजुङ
>अलैचि जाेन ताप्लेजुङ
>अफ्रिका पता लगाउने डेभिड स्टाेन

Saturday, December 21, 2019

नायब सुब्बा २०७५ मा साेधिएका सामान्य ज्ञान तथा आईक्युहरू उत्तर सहित ।




 Source:Gokarna Pra Uphaddhye
2076-09-05







Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 11 ) Banks ( 80 ) Corporation ( 61 ) Culture ( 24 ) Force ( 55 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 51 ) MCQs ( 12 ) News ( 8 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 120 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 104 ) update ( 12 ) videos ( 13 ) WORLD ( 14 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Blog Archive

Tags

agriculture (11) Banks (80) Corporation (61) Culture (24) Force (55) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (51) MCQs (12) News (8) oldqsn (20) onlinequiz (1) Places (4) PSC (120) Rules (8) tips tricks (21) TSC (104) update (12) videos (13) WORLD (14)

Popular Posts

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।  गभर्नर महाप्रसाद अधिकारीले मिति २०८१ साउन ११ गते चालु आवक...

Recent

Popular Posts