Thursday, January 27, 2022

                                               जनसंख्या र लैङगिक अनुपात

https://www.youtube.com/channel/UCs_qPtdOz1p3Yk-duRVD2wg
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २,९१,९२,४८० पुगेको छ, जुन दश वर्षअघि (२०६८ साल) को जनसंख्या २,६४,९४,५०४ को तुलनामा २६,९७,९७६ ले बढी हो । दश वर्षमा नेपालको जनसंख्या १०.१८ % ले बढेको देखिन्छ । विगत दश वर्षको सरदर वार्षिक वृद्धिदर (Exponential Growth) ०.९३% देखिन्छ । जुन अघिल्लो जनगणनामा १.३५% रहेको थियो ।

कुल जनसंख्यामा १,४२,९१,३११ जना पुरुष (४८.९६%) र १,४९,०१,१६९ जना महिला (५१.०४%) रहेको छ । दश वर्ष अघि २०६८ सालको जनगणनामा कुल जनसंख्या २,६४,९४,५०४ जनामा पुरुष र महिलाको हिस्सा क्रमशः ४८.५% र ५१.५% थियो । हालको प्रारम्भिक नतिजा अनुसार लैङ्गिक अनुपात (प्रति १०० महिलामा पुरुषको संख्या) ९५.९१ रहेको छ जुन गत जनगणनामा ९४.१६ रहेको थियो । 

https://www.youtube.com/channel/UCs_qPtdOz1p3Yk-duRVD2wg

बाँकी विस्तृत रुपमा राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक प्रतिवेदन डाउनलोड गरी हेर्न यहाँ वा तलको केन्द्रिय तथ्याङ्क विभागको लोगोमा क्लिक गर्नुहोस् । 

https://www.youtube.com/channel/UCs_qPtdOz1p3Yk-duRVD2wg


Sunday, December 26, 2021

 लोकसेवा आयोग ले मिति २०७८।०९।०८ मा सशस्त्र प्रहरी निरीक्षक लाई सोधेका GK का प्रश्नहरु यस्ता थिए हेर्नुभयो ? सफल हुनको लागि धेरै भन्दा धेरै यस्तै सेटहरुमा तयारी गर्नुहोस् है । 

Wednesday, December 15, 2021

 १. लगातार दुई पटक भन्दा बढि कसैलाई कल नगर्नुहोस्। यदि उनीहरूले तपाईंको कल उठाएनन् भने सोच्नुस् उनीहरू व्यस्त छन् ।
२. तपाईंलाई सापटी दिने व्यक्तिले सम्झाउनु अगाबै उसँग लिएको पैसा फिर्ता गर्नुहोस् वा फिर्ता गर्न समय लाग्ने जानकारी गराउनुहोस् । यसले तपाईंको निष्ठा र चरित्र देखाउँदछ। यो कुरा छाता, कलम र पुस्तक जस्ता वस्तुमा पनि लागू हुन्छ।
https://www.youtube.com/channel/UCs_qPtdOz1p3Yk-duRVD2wg
३. यदि कसैले तपाईंलाई लन्च वा डिनर खुवाउँदै छ भने कहिल्यै मेनुमा भएको महङ्गो खाना अडर नगर्नुहोस् ।
४. "ओह, त्यसोभए तपाईंको बिहे भएको छैन?" वा "तपाईंका बच्चाहरु छैनन्?" वा "तपाईंले किन घर नबनाउनु भएको?" जस्ता अप्ठ्यारो प्रश्नहरु नसोध्नुहोस् । किनकी यी तपाईंका समस्याका विषय हैनन् ।
५. सधैं तपाईंको पछाडि आउँदै गरेको व्यक्तिको लागि ढोका खोल्नुहोस् । त्यो केटा वा केटी, वरिष्ठ वा कनिष्ठ हुनुले फरक पर्दैन । तपाईं कसैलाई सार्वजनिक रूपमा राम्रो व्यवहार गरेर सानो हुनुहुन्न ।
६. साथीसँग ट्याक्सी चढ्दा पुरै भाडा उहाँले तिर्नुभयो भने अर्को पटक आफूले तिर्ने प्रयास गर्नुहोस् ।
७. फरक-फरक विचार र धारणाहरूको सम्मान गर्नुहोस्। तपाईंले 6 देखेको चिजलाई तपाईंको अगाडि बस्नेले 9 देखिरहेको हुन सक्छ । दोस्रो विचार विकल्पको लागी राम्रो पनि मानिन्छ ।

Saturday, October 30, 2021

 १. चिकित्साशास्त्र तर्फको नोबेल २०२१

••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••
⇨डेभिड जुलियस(अमेरिका)
⇨अर्डम पाटापोटियन(लेबनान) लाई
⇨स्नायु प्रणालीले कसरी तापक्रम र स्पर्श थाहा पाउँछ भन्ने विषयमा अनुसन्धान गरे बापत
⇨स्विडेनको स्टकहोमस्थित नोबेल कमिटीले यी दुई वैज्ञानिकलाई शरीरविज्ञान र चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो।

Friday, September 3, 2021

                                       रिट भनेको के हो?

रिट भनेको कुनै विषयमा उच्च न्यायिक निकायले कुनै काम गर्न वा नगर्नका लागि कुनै व्यक्ति वा निकायलाई दिइने आदेश हो । यसले न्याय सम्पादनलाई बैधानिक र उचित बनाउँदछ । सर्बोच्च अदालतको बिशेष क्षेत्राधिकार अन्तर्गत संबिधानको धारा १३३ को उपधारा (३) मा सर्वोच्च अदालतले अधिकारपृच्छा, उत्प्रेषण, परमादेश, प्रतिषेध र बन्दी प्रत्यक्षिकरणको रिट जारी गर्न सक्दछ भन्ने ब्यबस्था छ ।

रिटका प्रकार
१. बन्दी प्रत्यक्षिकरणको रिट : बन्दी प्रत्यक्षीकरण एक प्रकारको रिट हो । यसलाई अङ्ग्रेजीमा Habeas corpus भनिन्छ जसको ल्याटिन अर्थ "may you have the body" हो । यसको शाब्दिक अर्थ बन्दीलाई अदालत वा न्यायधिशका समक्ष दाखिला गर भन्ने हुन्छ । कुनै व्यक्तिलाई गैरकानुनी रूपमा थुनामा राखिएको अवस्थामा बन्दी प्रत्यक्षीकरण रिट जारी गरिन्छ । यस रिटले कुनै व्यक्ति गैरकानुनी रूपमा थुनामा परेको हो वा होइन भन्ने मात्र हेर्छ । अनाधिकृत ढङ्गले वा अधिकार नपाएको व्यक्तिले वा कानुनले तय गरेको कार्यविधि नपुर्याइ कुनै व्यक्तिलाई बन्दी बनाइएको छ भने अदालतले त्यस्तो व्यक्तिलाई थुना मुक्त गर्ने आदेश दिन्छ ।

२. उत्प्रेषण: उत्प्रेषण भनेको कुनै प्रशासनिक, अर्धन्यायिक वा तल्लो न्यायिक निकायले कार्य सम्पादन गर्ने क्रममा गैरकानुनी निर्णय गरेमा त्यसलाई बदर गर्न माथिल्लो न्यायिक निकायले जारी गर्ने रिट हो । उत्प्रेषण सार्वजनिक पद धारण गर्ने अधिकारी वा निकायका नाममा जारी गरिन्छ । आफ्नो क्षेत्राधिकार नाघेर वा क्षेत्राधिकार नभइ कुनै प्रशासनिक वा अर्धन्यायिक वा तल्लो न्यायिक निकायले गरेको निर्णय गैरकानुनी र बदरभागी भएमा उत्प्रेषणद्वारा त्यस्तो निर्णय बदर गरिन्छ ।

३. परमादेश : यस रिटको शाब्दिक अर्थ 'परम आदेश' हो । यो रिट अदालतले सार्वजनिक अधिकारीलाई आफ्नो कर्तव्य पूरा गर्न असफल भएको वा आफ्नो काम गर्न इन्कार गरेकोले आफ्नो काम पुनः सुरु गर्न आदेश दिन प्रयोग गर्दछ । सार्वजनिक अधिकारीहरु बाहेक, परमादेश कुनै पनि सार्वजनिक निकाय, कर्पोरेसन, न्यायाधिकरण, वा सरकारको बिरुद्द जारी गर्न सकिन्छ ।

४. प्रतिषेध : ‘प्रतिषेध' को शाब्दिक अर्थ 'निषेध गर्नु' हो। जब तल्लो तहका अदालतले कानुन बाहिर गएर वा अधिकार क्षेत्र बाहिर गएर कुनै फैसला गर्छ भने सर्बोच्च अदालतले प्रतिषेधको रिट जारी गर्न सक्छ ।

५. अधिकारपृच्छा : अधिकारपृच्छा भन्नाले कुनै न्यायिक वा अर्धन्यायिक निकाय वा कुनै सार्वजनिक अधिकार पाएको व्यक्तिले अधिकार क्षेत्रको अभावमा कुनै काम कारवाही वा निर्णय गरेमा त्यस्तो काम वा निर्णय गर्ने अधिकार कसरी प्राप्त भयो र कुन कानुन अन्तर्गत त्यस्तो गरियो भनी जवाफ माग गरी जारी भएको रिटलई बुझिन्छ । अनधिकृतरूपमा कसैको अधिकार स्वतन्त्रता वा पद खोसिएमा पीडित पक्षले यस्तो रिटको माग गर्छ । प्राकृतिक न्यायको सिद्धान्त विपरीत निर्णय भएमा भएमा पनि अदालतले यो रिट जारी गर्छ ।

लक्क्षी शर्माको फेसबुकबाट साभार ।

Monday, August 16, 2021

 मिति २०७८।०४।३० गते लोकसेवा आयोगले लिएको नेपाल प्रशासन सेवा/सामान्य प्रशासन समूहको राजपत्र अनङ्कित प्रथम श्रेणी नायव सुब्बाको ३० वटा सामान्य ज्ञानको प्रश्न तथा उत्तरहरु । 






गोविन्द गिरीको फेसबुक पेजबाट साभार 


Tuesday, August 10, 2021

 मिति २०७८ श्रावण २३ गते लोकसेवा आयोगबाट लिएको राजपत्राङ्कित तृतिय श्रेणी शाखा अधिकृतको पहिलो चरणमा सोधिएका १०० प्रश्न तथा उत्तरहरु रुजु गर्नुहोस् । 



Sunday, August 1, 2021

 लोकसेवा आयोगले लिएको नेपाल प्रशासन सेवा/सामान्य प्रशासन समुहको मिति २०७८।०४।१६ मा लिएको राजपत्र अनंकित द्धतिय श्रेणीको खरिदार दोस्रो पत्र  "विज्ञान र गणित " सोधेका प्रश्न र उत्तरहरु । कति मिले आजै रुजु गरी अर्को चरणको लागि तयरी गर्नुहोस । 








Sunday, June 27, 2021

 

वि.स. १८६३ देखि २०७८ असार मसान्त सम्मका सम्पूर्ण प्रधानमन्त्रीहरु कार्यकाल र फोटो समेत रहेकोले हजुरहरुलाई अध्ययन गर्न सहज हुने अपेक्षा लिएको छु । शेयर गरी साथीहरु माझ पुर्याउनुहोला है PDF फाइल Download गरी सुरक्षित गर्नुहोस् ।  


स्रोत:-प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको Website. 


Wednesday, June 2, 2021

 ओखर खेती

परिचय :
ओखर एकदमै ठुलो हुने रुख हो । यस रुख धेरै बलियो हुन्छ , यस रुखको आयु सरदर २०० बर्ष हुन्छ ।ओखरको एक बयस्क रुखले १०० देखी २०० केजी सम्म फल दिन्छ । यो दुई प्रजातिको हुन्छ , प्राय: नेपालमा हाडे ओखर बनजङ्गलमा पाईन्छ । ओखरको दाते प्रजातिको ओखर चाही राम्रो हुन्छ , यसको बाहिरी भाग नरम हुने हुँदा दातले नै फुटाएर खान सकिन्छ ।



खेती प्रबिधी :
नेपाल मा ओखरको खेती समुन्द्री सतहबाट ९०० मिटर देखी ३५०० मिटर सम्म गर्न सकिन्छ । ओखरको रुख ठुलो हुने हुँदा यसलाई 7-7 मिटरको फरकमा लगाउनु पर्छ । यो बिरुवा १ रोपनिमा १० – १५ ओटा लगाउन सकिन्छ । यस बिरुवाले ५-६ बर्ष बाट उत्पादन दिन सुरु गर्दछ ।


लगाउने विधि :

-२ फीट को खाडल खनेर मल र माटोको मिश्रण राख्ने ।त्यसपछि नया पालुवा आउन अधिको विरुवालाइ रोप्ने ।
-हिउदको समयमा पानीको राम्रो व्यवस्थापन गर्न सकिन्छ भने हिउदमा पनि राम्रो संग यसलाइ लगाउन सकिन्छ ।
-स्याहार सुसार राम्रो संग गरेर एक पटक हुर्काएको विरुवालाई हुर्किसकेपछि त्यति धेरै हेरचाह गर्नु नपर्ने ।
ओखरका फाईदाहरु :
-क्यान्सर रोग सँग लड्ने क्षमताको बिकास हुन्छ ।
-मुटु स्व स्था राख्दछ ।
-शरिर मजबुत बनाउनमा मद्दत पुर्याउछ ।
-तौल घटाउन मद्दत गर्छ ।
-मस्तिस्कलाई तेजिलो बनाउन सहयोग पुर्याउछ ।


बजार :

बिश्व बजारमा ओखरको माग अत्याधिक छ । नेपाली बजारमा ओखर प्रती किलो ६००-१५०० सम्ममा बिक्री हुन्छ । ओखर चाडै नबिग्रने हुँदा यसलाई लामो समयसम्म पनि भन्डारण गरेर राख्न सकिन्छ । यो बिरुवा धेरै बर्षसम्म बाचिरहने हुँदा पछील्लो पुस्ता सम्मको लागी पनि आम्दानिको राम्रो स्रोत बन्छ ।

स्रोतः कृषि टुडे 

Friday, March 26, 2021

 के तपाइलाई TU मा आफ्नो शैक्षिक प्रमाण पत्र निकाल्दा झण्झट व्यहोर्नु परेको छ ? अब यसो गर्नुहोस् । 











Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 11 ) Banks ( 80 ) Corporation ( 61 ) Culture ( 24 ) Force ( 55 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 51 ) MCQs ( 12 ) News ( 8 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 120 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 104 ) update ( 12 ) videos ( 13 ) WORLD ( 14 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Blog Archive

Tags

agriculture (11) Banks (80) Corporation (61) Culture (24) Force (55) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (51) MCQs (12) News (8) oldqsn (20) onlinequiz (1) Places (4) PSC (120) Rules (8) tips tricks (21) TSC (104) update (12) videos (13) WORLD (14)

Popular Posts

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।  गभर्नर महाप्रसाद अधिकारीले मिति २०८१ साउन ११ गते चालु आवक...

Recent

Popular Posts