Saturday, June 11, 2016

"अन्तर्वातामा कसरी सफल हुने"
अन्तर्वातामा सफल उम्मेद्धार दरिनका लागी अन्तर्वाताका मुलभुत पक्षहरुलाई बुझेर तत्तत विषयमा यथोचित तयारी गर्नु प्रथम र आधारभुत शर्त हुन जान्छ । त्यसैले ती महत्वपुर्ण मक्षहरुमा चर्चा गर्नु सान्दर्भिक हुनेछ ।


१. कुनै खास पेशा वा नाकरीमा प्रवेशका लागी योग्य ब्यक्ति छनोट गर्न परीक्षकले परीक्षार्थीलाई लिने मौखिक जाँच वा प्रश्नोतरलाई अन्तर्वाता भनिन्छ । अर्काे शब्दमा कुनै व्यक्तिको विचार, दृष्टिकोण साथै शारीरिक, मानसिक एव संवेगात्मक अवस्था वुझ्न आपसमा गरिने विशेष कुराकानी नै अन्वार्ता हो । कुनै पनि सरकारी वा गैरसरकारी संघसंस्था वा कार्यालयका लागी योग्य, दक्ष एब प्रभासाली व्यक्ति छनोट गर्न, अवलम्बन गरिने परीक्षाका बिभिन्न प्रकारमध्ये अन्र्वाता एक हो । उम्मेद्धारको शारिरीक, मानसिक, संवेगात्मक अवस्था, सामुहिक छलफल, तर्क गर्ने क्षमताका साथै समग्र ब्यक्तिको परिक्षण एव पहिचान गर्नका लागी अन्तर्वाता लिने गरिन्छ । 
२. ब्यक्ति कुनै कुरामा जानकार भएर मात्र हुदैन । त्यसलाई समग्र अभिव्यक्ति गर्न वा ठीक ढंगले प्रस्तुत गर्न र परिस्थितीअनुसार व्यवहारमा उतार्न सक्ने हुनु पर्दछ । त्यस्तो ब्यक्तिले मात्र कुनै पनि संस्थालाई अधिकतम योगदान दिन सक्छ । त्यसप्रकारको उम्मेद्धार छनौट गर्ने उद्देश्य अन्तर्वाताको हुने हुदा यस मर्मलाई हृदयमगरी प्रतियोगी सोहि बमोजिमको प्रतियोगीतामा जुटनु पर्दछ । 
३. समान्यतया जुन सुकै तह वा सेवासमुहको परिक्षामा सहभागि हुने परिक्षार्थीका लागी अन्तर्वाता कौतुहल, अन्योल र भयको विषय हुनसक्छ । विषयवस्तुको राम्रो तयारी हुदाहुदै पनि कतिपय अवस्थामा अफुलाई थाहा नभएको पश्न सोधिन सक्छ र नाजवापल बन्ने अवस्था आउने हुन्छ । तरा यस्तो अवस्था अपवादस्वरुप मात्र आउन सक्छ । यसरी अनुकुल वा प्रतिकुल जुनसकै अवस्थामा पनि आफुलाई सन्तुलित अवस्थामा राखेर अन्तर्वातामा प्रस्तुत हुन सक्नुपर्छ र सोहीअनुसार अन्वार्तापुर्व गरिने तयारीलाई घनिभुत पार्नुपर्छ । 
४. अन्तर्वाताको तयारी गर्ने क्रममा आफुले जुन तह, पद, सेवासमुह वा कार्यका लागी अन्तवार्ता दिने हो सो संग सम्बन्धित समाग्री संकलन गरी उपल्ब्ध समयको सहि बाँडफाड गरी राम्ररी अध्ययन अगाडि बढाउने साथै सहत्वपुर्ण तथ्यहरुको टिपोट बनाउनु पर्दछ । खासगरी अन्तर्वातामा सोधिने पश्नहरु प्राशित नहुने हुदा आफुले दिन चाहेको पदको कामका प्रकृती, हाल कुनै पद वा कार्यालयमा कार्यरत रहको भए सो संग सम्बन्धित कुराहरु, सम्बन्धित पाठ्क्रमका मुख्य विषयवस्तुका साथै सान्दर्भिक र सुचनामुलक समाचार एवम समसामयिक घटनाक्रमहरुका बारेमा गहन अध्ययन गरी जानकार बन्नुपर्दछ । महत्वपुर्ण एव सम्भाव्य पश्नहरु छनौट गरी त्यसको उत्तरको परिकल्पना गर्ने अभ्यास गर्नुपर्छ । उत्तरको स्पष्ट खाका दिमागमा भएपछि आवश्यकताअनुसार लम्ब्याएर प्रस्तुत गर्न सकने हुन्छ । आफु स्पष्ट नभएको वा अनभिज्ञ विषयवस्तुमा विज्ञ तथा अनुभवी व्यक्तिहरुबाट जानकारी लिने प्रयत्न पनि हुनु पर्दछ । 
५. अन्तर्वातको लागी मेरो पहुँच पुग्दैन, नेता तथा मन्त्री चिनेको छैन, परिक्षा पक्षपातरहित हुदैन, परिक्षफल हतपति निस्कने होईन जस्ता नकारात्मक कुराहरुलाई दिमागबाट हटाई आफुलाई योग्य र सक्षम सावित गर्ने कुरामा मुख्य जोड दिनु बुद्धिमानीपुर्ण हुन्छ । त्यसका साथै अन्य प्रतियोगी भन्दा म कमजोर छैन, मैले पनि परिक्षाको तयारी राम्ररी गरेको छु, अन्तर्वार्ता लिने व्यक्तिहरु पनि म जस्तै हुन भन्ने ठानी अन्तर्वार्ताको वातावरणलाई समान्यीकरण गर्दै निडर, ढुक्क र आश्वस्त भई पश्नको जवाफ दिने गरी आफुलाई मानसिकरुपमा तयार पार्नुपर्छ । सोका लागी आत्मविश्वासका साथ मानसिक पुर्वाभ्यास गर्नु उपयुक्त हुन्छ । आफुलाई लागेको केही अप्ठेरोपन वा असहजपन अन्र्वार्ता सुरुसँगै सह बजेर आउछ । 
६. अन्तर्वार्ता समिती, अन्र्वार्ताको अंकभार निर्धारण एवम् अन्र्वार्ताको समय
७. खरिदार वा सो सहर पदको अन्तर्वार्ता लोकसेवा आयोग अञ्चल कार्यलय, नायब सुब्बा वा सो सरह पदको अन्तर्वार्ता आयोगको क्षेत्रिय कार्यलयले र शाखा अधिकृत, उपसचिव, वा सो सरहको पदको अन्तर्वार्ता केन्द्रिय कार्यालयले लिने गर्दछ । 
८. लोकसेवा आयोगको केन्द्रिय कार्यालयमा हुन अन्तर्वार्ता समितीमा समितीको अध्यक्ष, दक्ष एव विशेषज्ञ गरी कम्तीमा ३ सदस्य हुन्छन भने आयोगको क्षेत्रिय र अञ्चल कार्यालयमा हुने अन्तर्वार्तामा हुने अन्तर्वार्ताका लागी सम्बन्धित कार्यालय प्रमुखको अध्यक्षतामा अन्तर्वार्ता समिती गठन हुने व्यवस्था छ । यो समिती अन्तर्वार्ता हुनुभन्दा एक दिन अगाडि गठन हुन्छ । 
९. अन्तर्वार्तामा भाग लिने उम्मेद्धारसंग अन्तर्वार्ता समितीको अध्यक्ष वा सदस्य नाता पर्ने भएमा उक्त अन्तर्वार्तामा बस्न नपाउने व्यवस्था रहेको छ । 
१०. अन्ततर्वार्तामा अन्तर्वार्ताकारले दिन पाउने कुल अंकको अधिकतम ७० प्रतिशत तथा न्युनतम ४० प्रतिशत अंकको सीमा तोकिएको हुन्छ । सो सीमा बाहिर गई अंक दिनु पर्दा स्पष्टिकरण दिनु पर्ने ब्यवस्था रहेको छ । 
११. अन्तर्वार्ताको अंकभार तय गर्दा लिखित परिक्षाको पुर्णाङ्क १०० भएमा २० अंक तथा लिखित परिक्षा पुर्णाङ्कमा थप हुने प्रत्येक १०० अंक भित्र अन्तर्वार्ताको अंकभार १० अंकका दरले थप हुदै जान्छ । 
१२. अन्तर्वार्ताको समय सामान्यतया आध घण्टादेखि एक घण्टा सम्मको हुन्छ । 

अन्तर्वार्तामा प्रस्तुत हुदा ध्यानदिन पर्ने कुराहरु
१. अन्तर्वार्ता हुने मिती, स्थान र समयको बारेमा अग्रिम जानकारी लिई अन्तर्वार्ता सुरु हुनुभन्दा कम्तीमा एक घण्टा अगावै लोकसेवा कार्यालय वा सम्बन्धित अन्तर्वार्ता हुने कार्यलय पुग्ने , 
२. अन्तर्वार्ता दिन जाने क्रममा परिक्षाको प्रवेशपत्र, २ प्रति फोटो, सक्कल प्रमाणपत्र, उक्त प्रमाणपत्रको एक प्रतिलिपी तथा माग गरिएका अन्य कागजात लैजान नभुल्ने ।
३. उम्मेद्धार अन्तर्वार्ता कक्षमा प्रवेश गरिसकेपछि अन्तर्वार्ता लिने उम्मेद्धारहरुउपर उपयुक्त ध्यानदृष्टि दिदै शिष्टतापुर्वक अभिवादन गरी उनीहरुले बस्ने ईशारा गरेपछि निर्धारित कुर्सिमा पस्नु पर्दछ । साथै आफ्ना कागजातहरुलाई कसरी क्रमबद्धरुपमा प्रस्तुत गर्ने सो कुरामा समेत सजगताका साथ विचार पु¥याउने ।
४. अन्तर्वार्तामा जाँदा उम्मेद्धारले पैरनमा पनि विशेष ध्यान दिनु पर्दछ । अन्तर्वार्तामा सहभागी हुने उम्मेद्धारको पोषाकको बारेमा स्पष्ट व्यवस्था नभएता पनि भडकिलो, उत्ताउलो पोशाक भन्दा आफुलाई सुहाउदो, शरिरमा टमक्क मिलेको साथै आत्मविश्वास जगाउने खालको सफा र औपचारिक पोशाकमा प्रस्तुत हुन उपयुक्त हुने ।
५. अन्तर्वार्तामा उपस्थित हुदा आफुमा आत्मविश्वास जागाई अनुहारमा हल्का मुस्कान ल्याउन सक्नु पर्दछ । अन्तर्वार्तामा सफा सुघर शालीन मुद्रा एव आश्वस्त व्यक्तित्वका साथ अन्तरवार्ताकार सामु प्रस्तुत हुन प्रयत्न गर्ने ।
६. प्रश्नको उत्तर दिदा अकमकाउने, मुखाकृती विगार्ने, नर्भस हुने, हडबडाउने जस्ता असमान्य स्थिती नदेखाउने ।
७. अन्तर्वार्ता दिने क्रममा शरीरको चाल एव हाउभाउको विशेष महत्व हुने हुदा प्रश्नको उत्तर दिने क्रममा अनावश्यकरुपमा शरिर हल्लाउने, हातगोडा चलाउने, शीर हल्लाउने, चर्काे स्वरमा बोल्ने, सुस्त बोल्ने, भुईतिर मात्र हेरेर बोल्ने, खुट्टाले भुईमा खोस्रने कपाल कन्याउने, नाक कोट्याउने, केश मुसार्नेजस्ता कार्य नगर्ने ।
८. समान्यतया अन्तर्वार्ताको सरुवात उम्मेद्धारको नाम, ठेगाना, शैक्षिक योग्यता, परिवारिक पृष्ठभुमी, उसले गर्दै आएको कार्य, पेशाप्रति धारणा। भविष्यको सोच आदीका बारेमा प्रश्नहरु सोधन सक्छ र क्रमशः प्रश्नोत्तरको काम अघ िपढदै जान्छ । खासगी उम्मेद्धारले सम्बन्धित पदमा रहि गर्नु पर्ने काम तथा सेवा सम्बन्धि प्रश्नहरु बढि सोधिने हुदा सोहि बमोजिमको तयारीका साथ प्रस्तुत हुने । 
९. अन्तर्वार्ता अवधिभर आफ्नो गम्भीरता, सन्तुलित र विविकपुर्ण प्रस्तुतीलाई कायम राख्दै आफ्नो व्यक्तित्वको. राम्रो प्रभाब छोडन सक्नु अन्तर्वार्ता दिने व्यक्तिको मुख्य विशेषता हुने हुदा उच्च मनोबल कयम गरी उत्तः अव्सथा सिर्जना गर्न भरमग्दुर पंयत्नशील रहने । 
१०. पंश्नात्तरको क्रममा कतिपय कुराहरु प्रसंगभन्दा बाहिर गएजस्तो लागेमा आफुलाई थाहा भएसम्मको सिधा उत्तर दिने र कुशलतापुर्वक प्रशगलाई विष्यवस्तुतर्फ आकृष्ट गर्ने प्रयत्न गर्नुपर्दछ । यस्तो अवस्थामा वाकपटुतालाई पनि कौशलको रुपमा प्रयोग गर्नु उपयुक्त हुन्छ । 
११. उत्तर दिने क्रममा प्रश्नले उपेक्षा गरेको विषयमा केन्द्रित भई सन्तुलित किसिमको उत्तर पुर्ण आत्मविश्वासका साथ दिनुपर्दछ । आफलाई थाहा नभएकाृ विषयवस्तुमा अनुमान लागाई वा थाहा भएजस्तो गरी गफ लगाउनु भन्दा चतुरतापुर्वक सो प्रसंगबाट पन्छिने वा विनम्रतापुर्वक नजानेको कुरा स्वीकार गर्नु पर्छ । 
१२. प्रश्नसोध्ने क्रममा उम्मेद्धारको मानसिक संवेगको अवस्था परिक्षण गर्नका लाग्ी केहि गम्भस्र तथा भिन्न ढाँचाका प्रश्नहरु सोध्न सकिने हुदाँ त्यस्तो अवस्थामा रिािउने, झर्कने, आवेशमा आई उत्तर दिने नगरी अत्यन्त संयम र सन्तुलित भई शिष्ट भाषामा जवाफ दिन पर्दछ । 
१३. प्रसंग विपरित नहुने भए अन्तर्वार्ताको प्रश्न सोधाइ र अन्य प्रस्तुतिका आधारमा उसको मनोविज्ञान बुझेर उसलाई मन पर्ने खालका उत्तर दिन पनि सकिने हुदा त्यो कुरामा पनि यथोचित ध्यान पु¥याउने ।
१४. अन्तर्वार्ता लिने समयमा अन्तर्वार्ता लिने विज्ञहरु समक्ष ‘लिखित परिक्षा उतिर्ण गरेँ’ अब सरहरुको कृपा, सरहरुकै हातको कुरा हो’ जस्ता अभिब्यक्ति प्रस्तुत गर्न नहुने । 
१५. अन्र्वार्ता दिने ब्यक्तिले प्रत्येक अन्तर्वार्ताकार संग राम्ररी आई कन्टायाक गर्दै अर्थात अन्तर्वार्ता समितीका कुनै एक सदस्यले साधेको प्रश्नहरुको उत्तर दिदा उसलाईमात्र एकोहोरो अरु सदस्यहरुलाई पनि बराबर टाईम दिनु पर्दछ । 
१६. कहिलेकाहीँ अन्तर्वार्ता सकिएपछि बाहिर निस्कने बेला अन्तर्वार्ताकारले ‘आजको अन्तर्वार्ता कस्तो लाग्यो’ भनेर सोध्न सक्नछन । सस्तो अवस्थामा ‘मलाई अन्तर्वार्ता साह्रै राम्रो लाग्यो’ हजुरहरुको व्यवहारबाट म निकै प्रभाबित भएँ, म असाध्यै खुसी छु, समग्रमा अन्तवार्ता सफल भएजस्तो लाग्छ’ भनी मिठो एव सक्षिप्त उत्तर दिनु पर्दछ । 
१७. अन्तर्वार्ताको क्रम सिद्धीयपछि अन्तर्वार्ताकारहरुलाई शिष्टतापुर्वक अिभिवादन गर्दै आफ्ना सम्पुर्ण कागजातहरु लिई कार्यकक्षबाट बाहिरीने 

प्रस्तुत कर्ताः शंकर अर्याल 
सन्दर्भ समाग्रीः टंक केसि तथा अनलार्इन पत्र पत्रिका 


Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 10 ) Banks ( 66 ) Corporation ( 47 ) Culture ( 23 ) Force ( 45 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 51 ) MCQs ( 12 ) News ( 8 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 102 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 86 ) update ( 11 ) videos ( 13 ) WORLD ( 14 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Blog Archive

Tags

agriculture (10) Banks (66) Corporation (47) Culture (23) Force (45) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (51) MCQs (12) News (8) oldqsn (20) onlinequiz (1) Places (4) PSC (102) Rules (8) tips tricks (21) TSC (86) update (11) videos (13) WORLD (14)

Popular Posts

Translate

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

हालसम्म नेपालसँग भएको कुटनितिक सम्बन्धका बारेमा सम्पूर्ण जानकारी ।। Diplomatic relations between Nepal and other's countries.

नेपालसँग भएको कुटनितिक सम्बन्धको बारेमा सम्पूर्ण  मिति सहित अहिले सम्मकै आधिकारीक जानकारी यहाँबाट प्राप्त गर्न सकिन्छ, यसका बारेमा विस्तृत र...

Recent

Popular Posts