Showing posts with label Force. Show all posts
Showing posts with label Force. Show all posts

Wednesday, July 27, 2022

A preposition is a word—and almost always a very small, very common word—that shows direction (to in "a letter to you"), location (at in "at the door"), or time (by in "by noon"), or that introduces an object (of in "a basket of apples"). Prepositions are typically followed by an object, which can be a noun (noon), a noun phrase (the door), or a pronoun (you).

Learn Prepositions by Photos.


Source: BDWORD

Sunday, December 26, 2021

 लोकसेवा आयोग ले मिति २०७८।०९।०८ मा सशस्त्र प्रहरी निरीक्षक लाई सोधेका GK का प्रश्नहरु यस्ता थिए हेर्नुभयो ? सफल हुनको लागि धेरै भन्दा धेरै यस्तै सेटहरुमा तयारी गर्नुहोस् है । 

Saturday, October 30, 2021

 १. चिकित्साशास्त्र तर्फको नोबेल २०२१

••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••
⇨डेभिड जुलियस(अमेरिका)
⇨अर्डम पाटापोटियन(लेबनान) लाई
⇨स्नायु प्रणालीले कसरी तापक्रम र स्पर्श थाहा पाउँछ भन्ने विषयमा अनुसन्धान गरे बापत
⇨स्विडेनको स्टकहोमस्थित नोबेल कमिटीले यी दुई वैज्ञानिकलाई शरीरविज्ञान र चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो।

Wednesday, January 20, 2021

 👉लुम्विनी प्रदेशका जिल्लाहरू याद गर्ने छोटो तरिका :

"गुरूबा अब दारू प्युन परो के"

गु = गुल्मी
रू = रूपन्देही
बा = बाँके
अ = अर्घाखाँची
ब = बर्दिया
दा = दाङ्ग
रू = रूकुम पुर्व
प्यु = प्युठान
न = नवलपरासी बर्दघाट सुस्ता पश्चिम
प = पाल्पा
रो = रोल्पा
के = कपिलवस्तु

Wednesday, December 30, 2020

१. सार्कका ११ औंं महासचीव को हुन् ? अहमद सलिम
२. त्यो कुन सार्क राष्ट्र हो जहाँ सार्क शिखर सम्मेलन नै भएको छैन ? अफगानिस्तान
३. अफगानिस्तानले सार्कको कुन शिखर सम्मेलनबाट औंपचारिक रूपमा सदस्यता प्राप्त ग¥योे ? १४ औंं
४. जोडा मिलाउ
क) BIMSTEC १) १०
ख) NAM २) ८
ग) SAARC ३) १२०
घ) ASEAN ४) ७
उत्तरःक४ ख३ ग२ घ१
५. सार्क मन्त्रिपरिषद्को बैठक वर्षको कतिपटक बस्ने गर्दछ ? २ पटक
६. अफगानिस्तानको राष्ट्रिय भाषा कुन होइन ? दारि पर्सियन
७. पूर्वको भेनिस भन्नाले कुन सार्क राष्ट्रलार्ई चिनिन्छ ? भारत
८. हाल सार्कका सहयोगका क्षेत्रहरू कति वटा रहेको छन् ? १६ वटा
१०. नेपालको समयभन्दा भारतको समय १५ मिनेट पछाडि छ भने भूटानको समय कति अगाडि छ ? १५ मिनेट अगाडि
११. दशौं सार्क व्यापार मेला कुन देशमा भएको थियो ? नेपाल
१२. माल्दिभ्सको अड्डु एटलमा सम्पन्न सार्कको सत्रौं शिखर सम्मेलनले कति बुँदे घोषणापत्र जारी गरेको थियो ? २० बुँदे
१३. सार्कको १८ औंं शिखर सम्मेलन कुन देशमा आयोजना गरिने भएको छ ? नेपाल
१४. सार्क सामूदायिक तटवर्ती क्षेत्र व्यवस्थापन केन्द्र कुन देशमा रहेको छ ? माल्दिभ्स
१५. आफ्ना नागरिकलार्र्ई सन् २००७ देखि E-Passport दिन शुरु गर्ने प्रथम सार्क देश कुन हो ? माल्दिभ्स
१६. सार्कशिखर सम्मेलनमा हालसम्म सबै भन्दा बढी वुँदाको घोषणापत्र (८४ बुँदे) कति औंं शिखर सम्मेलनले जारी ग¥योे ? दशौं
१७. सार्कबीउ बैकको स्थापना गर्ने निर्णय कति औं शिखर सम्मेलनबाट भएको थियो ? १६ औंं
१९. चौथो सार्कस्तरीय दक्षिण एशियाली व्यवसायी सम्मेलन काठमाडौमा कहिले भएको थियो ? २०६८ मंसीर ३–५
२०. सार्ककै इतिहासमा कुन मुलुकको महासचीवले आफ्नो कार्यकाल पुरा नहुदै राजिनामा दिएका थिए ? माल्दिभ्स
२१. नेपालले SAPTA को अनुमोदन कहिले गरेको हो ? वि.सं. २०५०-६-१२
२२. नेपालको SAPTA अन्तर्गत भन्सार छुट कति वस्तुहरूमा प्राप्त गरेको छ ? १४
२३. सार्कसचिवालयको उद्घाटन कहिले भएको हो ? वि.सं. २०४३-१०-२

१. म्याग्नाकार्टा कहिले जारी भएको थियो?

- सन् १२१५ जुन १५
२.कम्प्युटरका पिता भनेर कसलाई चिनिन्छ?
-Charles Babbage
३.नेपालमा हाल सम्म plan holiday(योजना बिहिन बर्ष)कती रहेका छ्न?
-तिन पटक
४.विश्वमा सबैभन्दा धेरै देशसँग सिमाना जोडिएको देश कुन हो ?
– चीन(१४ वटा)(रुस पनि १४ वटा रहेको)
५.भुपेरीबेष्ठित राष्ट्र नभएको महादेश कुन हो?
- उतर अमेरिका
६.नेपालको संविधान २०७२ अनुसार प्रतिनिधि सभामा समानुपातिक तर्फ कति सदस्य संख्या रहने व्यवस्था छ?
-११० जना
७.नेपाल प्रहरीमा राजपत्राङ्कित प्रथम श्रेणीमा अन्तर्गत कति पद रहेका छन् ?
-२ ओटा(प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी नायव महानिरिक्षक )
८.नेपाल प्रहरीमा प्रहरी वरिष्ठ उपरीक्षक(SSP)को दर्ज्यानी चिन्ह कुन हो?
- खुकुरी डण्डा क्रस र तीन तारा
९.तलका मध्ये कुन उप-महानगरपालीका क्षेत्रफलमा सवैभन्दा सानो छ?
A.बुटवल
B.इटहरी
C.हेटौंडा
D.घोराही
उत्तर-ईटहरी(९३.७८Km^२)
१०.बि.स. २०७६ सालको जगदम्बा श्री पुरस्कार कसलाई प्रदान गरियो ??
- शान्ति ठटाल(गित संगीत क्षेत्रमा उन्यनमा विशिष्ट योगदान पुर्याए बापत)
११.हालै चीनले निर्माण गरेको मानवनिर्मित (Artificial intelligence AI) रोवर्टको नाम के हो?
उत्तर-Xin Xiaomeng( बनाउने व्यक्ती Xinhua and tech firm Sogou Inc/ कहिले?-Mar 4, 2019)
१२. सयुक्त राष्ट्र संघिय लागू औषध सम्बन्धि आयोगले UNCND ले गाजा लाई हानिकारक लागू औषधको सुचि बाट हटाउनका लागि सन २०२० डिसेम्बर ०२ मा सम्पन्न कन्भेन्सन अन नार्कोटिक ड्र्ग्सको चौथो सम्मेलनमा कति राष्ट्रले हटाउने भन्ने पक्षमा मतदान गरेका थिए?
-२७ राष्ट्र(सहभागी राष्ट्र-५३ राष्ट्र/नेपाल पनि पक्षमा मतदान/१ राष्ट्र अनुपस्थित)
१३.सन २०२१ मा हुने आसियान राष्ट्रहरुको ३८ औ सम्मेलनमा कुन राष्ट्रले अध्यक्षता गर्दैछ ?
-बुर्नाई( सन २०२१ मा बुर्नाईको बन्दार सेरी बेगावान भन्ने ठाउमा हुने गरी तय गरिएको/April 1, 2021 to May 31, 2021)
नोट:-सन २०२० जुन २६ मा भियतनाममा सम्पन्न ३७ औ सम्मेलन बाट पारीत गरेको)
१४. RULE By Cruel यो भनाई कसको हो ?
- प्लेटो

Wednesday, December 2, 2020

जीवन निर्वाहका विभिन्न विकल्पहरू रहेका हुन्छन् । सबैले आफ्नो आफ्नो क्षमता, योग्यता र सीप बमोजिमको पेसा, व्यवसाय अपनाएका हुन्छन् । त्यसमा कुनै निकाय, संस्था वा सरकारी कार्यालयहरू जागिरकालागि उत्तम विकल्प हुन सक्छन् । यस्ता विकल्पहरूमा पछिल्लो समय सरकारी जागिर धेरैको आकर्षणको केन्द्र बन्दै गएको छ । स्थायित्व, सेवाको सुरक्षा, भविष्यको योजना लगायतका सुविधाहरूले गर्दा तलबमान अन्य निजी तथा गैर सरकारी संस्थाहरूको तुलनामा कम भए पनि जागिरका लागि सरकारी सेवाले महत्त्व पाउँदै गएको यथार्थ हो । अझै पनि निजामती सेवा तर्फ प्रवेशको लागि चेतना अर्थात् ज्ञानको कमी हुनु, भौगोलिक विकटता तथा सूचनाको कमीले गर्दा निजामती सेवामा पहुँच स्थापित हुन नसके पनि पछिल्लो समयमा गरिएको समावेशी लगायतका व्यवस्थाले सरकारी सेवामा प्रतिस्पर्धाको लागि अवसर नपाएका गुन्जनहरु बिस्तारै कम हुँदै गएका छन्  ।

निजामती सेवाको पदमा नियुक्तिका लागि उपयुक्त उमेद्वार चयनका गर्न परीक्षा लिने काम लोक सेवा आयोगले लिने प्रावधान नेपालको संविधानले गरेको छ । लोक सेवा आयोग प्रतिको भरोसा, विश्वसनीयता र साखले गर्दा दूर दराजमा रहेका व्यक्तिहरू समेत निष्पक्ष प्रतिस्पर्धाका लागि एक मात्र रोजाइ लोक सेवा आयोगको परीक्षालाई बनाएका कारण बजारमा योग्य जनशक्तिको हरेक वर्ष वृद्धि हुँदै गएको छ । हजारौँ व्यक्तिबाट सीमित व्यक्तिले मात्र सेवामा प्रवेश गर्ने अवसर पाउने हुँदा लोक सेवा परीक्षा पास गर्नु एक चुनौती नै बनेको छ । जहा इच्छा त्यहाँ उपाय भने जस्तै कडा परिश्रम र मेहनत गर्ने व्यक्तिहरू सेवामा प्रवेश गर्ने सम्भावना प्रबल हुन्छ । प्रस्तुत लेख विषयगत लेखमा कसरी पढ्ने र लेख्ने बारेमा केन्द्रित रहेको छ । यसका लागि तल उल्लिखित केही उपायहरूलाई मनन गर्नु जरुरी छ :

१) लोक सेवाको परीक्षा एक तपस्या नै भएकोले अध्ययन गर्नु अगाडि आफूमा आत्मविश्वास, धैर्यता र निरन्तरता हुनु जरुरी छ । म सक्छु र गर्छु भन्ने दृढ सङ्कल्प लिएर मात्र लोक सेवाको तयारी गर्नुपर्छ अन्यथा शुरुमै अन्य विकल्प चयन गर्नु उत्तम हुन्छ ।

२) लोक सेवाको परीक्षा सबैको रोजाईको विषय भएकाले आफूलाई कसरी फरक रूपमा प्रस्तुत गर्न सकिन्छ भनी थप अध्ययन गर्नु पर्छ ।

३) कुनै पनि विषय वस्तुको अध्ययन गर्दा त्यसको अवधारणा, अर्थ, परिभाषा, उद्देश्य, विशेषता, समस्या, समस्याका कारणहरु, प्रभाव, समस्यासँग सम्बन्धित मौजुदा नीतिगत तथा संस्थागत व्यवस्थाहरू तथा सुझावहरूको ढाँचामा अध्ययन गर्दा बढी भन्दा बढी पाठ्यक्रम समेटिन्छ ।

४) पाठ्यक्रममा उल्लिखित विषयहरूको बारेमा स्पष्ट हुन जरुरी छ । जबसम्म अबधारणात्मकरुपबाट विषयवस्तुउपर परिचित हुन सकिँदैन तबसम्म परीक्षामा लेख्ने खुराक उपलब्ध हुन सक्दैन । यो नै सबैभन्दा महत्त्वपूर्ण र अचुक उपाय हो कि हरेक विषयवस्तुउपर स्पष्ट भई यो भनेको के हो भनी अर्थ लगाउन सक्ने हुनुपर्छ ।

५) बजारमा धेरै पाठ्यपुस्तक, गाइड तथा सोलुसन सामग्रीहरू उपलब्ध छन् । सूचनाको overload भयो भने पनि अध्ययनलाई हानी हुन सक्छ । त्यसैले शुद्ध तथ्याङ्क र आधिकारिक स्रोतको खोजी गर्नु जरुरी छ । उपयुक्त पाठ्यसामग्रीको छनौट गरी कुनै एकलाई आधार बनाउनु पर्छ र अन्यलाई सन्दर्भको रूपमा उपयोग गर्दै अध्ययनमा थप निखार ल्याउनुपर्छ ।

६) रेडियो सुन्ने, टिभी हेर्ने, पत्र पत्रिका पढ्ने र दैनिक घटनाहरू डायरीमा नोट गर्ने बानी बसाल्नुपर्छ । पत्रिकाका बिचार तथा दृष्टिकोण स्तम्भमा उल्लिखित लेखहरूलाई सम्भव भएसम्म दैनिकरुपमा अध्ययन गरी आफ्नो पाठ्यक्रमसँग मिल्ने गरी आबद्ध गर्दा प्रभावकारी हुन्छ जसबाट परीक्षामा लेख्ने खुराकमा वृद्धि हुन्छ ।

७) विभिन्न संस्थाहरूले सञ्चालन गरेका ट्युसन कक्षाहरू पनि लिने प्रवृत्ति बढ्दो छ । यो आफैमा खराब भने होइन । यसले एक खालको बजारको अवस्था बुझ्न र केही नयाँ बिचार सृजना गर्न मदत गरे पनि अध्ययन गर्ने आफै हो । उपत्यका बाहिर यस्तो सुविधा कम भएकाले बाहिर बसेर तयारी गरेका प्रतिस्पर्धी पनि डराउनु हुँदैन । पाठ्यक्रममा आधारित रहेर अध्ययन गर्ने हो भने जहा रहे बसे पनि आफूलाई अब्बल रूपमा प्रस्तुत गर्न सकिन्छ । जबसम्म आफू नै अध्ययनमा कटिबद्ध बन्न सकिँदैन तबसम्म अमृत नै ल्याएर पिलाए पनि त्यो कामयाब हुन सक्दैन ।

८) लेखाइ एक कला हो । पढेर मात्र हुँदैन, बुझ्नु पर्छ, बुझेर मात्र हुँदैन लेख्न सक्नुपर्छ लेखेर मात्र हुँदैन समयमा लेख्न सक्नुपर्छ त्यसैले समयको पावन्दीलाई ध्यान दिई सबै प्रश्नलाई सन्तुलित रूपमा लेख्नुपर्छ । उत्तर लेख्दा सङ्गठित, सिलसिलेवार, विषयवस्तुको स्पष्टता, सकारात्मक सोच र आत्मविश्वासका साथ प्रस्तुत गर्दा उत्तम हुन्छ ।

९) परीक्षामा उत्तर लेख्ने बेलामा बढी दोधार हुने अवस्था भनेको समूहीकरण गरेर लेख्ने वा सिधै बुँदामा लेख्ने भन्ने कुरामा हुन्छ । सकिन्छ भने समूहीकरण (clustering) गरेर लेख्दा बुदाहरु छुटेन सम्भावना कम हुन्छ । यसमा मुख्यतया नीतिगत, संरचनागत/प्रक्रियागत, व्यवस्थापकीय र व्यवहारगतरुपमा बुदाहरुलाई अलग गरी लेख्दा प्रभावकारी हुन्छ । यदि यसो गर्न सकिँदैन भने पनि आत्तिनु पर्दैन, बुँदाहरुलाई माथिका समूह सम्झेर सिलसिलेवाररुपमा लेख्दा पनि राम्रो हुन्छ ।

१०) उत्तर लेख्नु अगाडि प्रश्नलाई राम्रोसँग अध्ययन गरी उक्त प्रश्न कुन पाठ्यक्रमसँग आबद्ध हो आकलन गर्न सक्नुपर्छ । प्रश्नमा अरू प्रश्न पनि जोडिएर आउने भएकोले त्यसलाई break  गरी underline गर्नुपर्छ । त्यसपछि हरेक जोडिएका प्रश्नको अंकभार बमोजिम छुट्टै शीर्षक दिएर लेख्नुपर्छ ।

११) लोकसेवाले जहिले पनि तथ्यलाई विश्वास गर्छ त्यसैले उत्तर लेख्दा पृष्ठभूमि लामो बनाउने तर्फ लाग्नु हुँदैन । सिधै प्रश्नमा प्रहार गरी प्रत्यक्ष्य उत्तर लेख्नुपर्छ । बुँदागत रूपमा उत्तरलाई प्रस्तुत गर्दा प्रभावकारी हुन्छ । सकिन्छ भने चित्र, तथ्याङ्क वा उदाहरणलाई आधार बनाई उत्तरलाई मौलिक रूपबाट प्रस्तुत गर्न सकेमा लोक सेवाको परीक्षाको लागि उत्तम मानिन्छ ।

१२) उत्तर लेख्दा सरल, छोटो वाक्यमा, दोहोरो अर्थ नलाग्ने गरी लेख्नुपर्छ जसले गर्दा उत्तर पुस्तिका जाँच गर्नेलाई विश्वास कायम गर्न सहज हुन्छ । कहिले काहि प्रश्नले दोहोरो उत्तर पनि मागेको हुनसक्छ । जस्तै सार्वजनिक प्रशासनका सुधारका उपायहरू उल्लेख गर्नुहोस् भनी १० नम्बरको प्रश्न आयो भने प्रश्नले सुधारका उपाय भन्दा अगाडि समस्या पनि छ भन्ने स्पष्ट बुझ्नु जरुरी छ र समस्या उल्लेख नगरी सुधारका उपाय मात्र लेखेमा पुरा नम्बर आउन सक्दैन ।

१३) हरेक प्रश्नको उत्तर लेखे पछि अन्तिममा निष्कर्ष लेख्नु अनिवार्य हुन्छ । निष्कर्ष नै समग्र प्रश्नको सार भएकाले यो लेख्दा होसियारीपूर्वक प्रश्नलाई समेटने गरी सकारात्मक तथा आत्मविश्वासका साथ उत्तरको बिट मार्नुपर्छ ।

हरेक व्यक्तिको पढ्ने तरिका आ आफ्नै हुन्छ तर पढ्दा विषयवस्तु मेल खानेगरी, सुत्रबद्ध तरिकाले वा चित्र बनाएर अध्ययन गर्दा थप प्रभावकारी हुन्छ । सरकारी वेबसाइट, विभिन्न आयोग र समितिका प्रतिवेदनहरू, पोर्टल, आर्थिक सर्वेक्षण, संविधान, निजामती सेवा ऐन तथा पाठ्यक्रमसँग सम्बन्धित ऐन, स्थानीय तह सम्बन्धी ऐन र सो सम्बन्धी व्यवस्था, नियम, बजेट, नेपाल सरकारका नीति तथा कार्यक्रम आदिलाई मुख्य रूपमा अध्ययन गर्नुपर्छ । यसका अलावा सोपान मासिक, अन्तर्राष्ट्रिय मञ्च चैतन्य मञ्च, प्रशासन, कामाद, निजामती पत्रिका तथा विभिन्न मन्त्रालयले निकाल्ने जर्नलहरूलाई आधार बनाउनु पर्छ । विभिन्न सन्दर्भलाई आधार बनाएर आफ्नो व्यक्तिगत नोट बनाउन सकेमा परीक्षाको समयमा अत्यन्तै प्रभावकारी तथा समयको बचत हुने हुँदा यसमा ध्यान दिनु जरुरी छ । मन मिल्ने साथीहरुसग सम्बन्धित विषयहरूमा छलफल गर्ने, लेखेर एकले अर्काको जाँच गर्ने, सोध्ने आदि उपाय अपनाउँदा समेत अध्ययनमा निखार आउँछ ।

माथि उल्लिखित उपायहरूलाई मनन गरी दैनिक समय तालिका बनाउँदै अध्ययन गर्नुपर्छ । एकपटकको असफलतालाई नजिर बनाइ निराश हुनुहुँदैन । पटक पटकको प्रयासलाई आत्मविश्वासका साथ आत्मसात् गर्दै अगाडि बढ्न सकेमा असम्भव भन्ने केही हुँदैन । सफलता प्राप्त गर्नका लागि त्याग जरुरी भएको हुँदा सम्झेको बखत लोकसेवा पढ्छु भन्ने सोच राख्नेहरू कहिल्यै सफल हुन सक्दैनन् । कडा तपस्या, दृढ सोच, सकारात्मक भावना, आत्मविश्वास, निरन्तरता र प्रतिबद्धता लोक सेवा परीक्षा पास गर्ने अचुक मन्त्र हुन जसले तपाइको सोचलाई सफलतामा बदल्न निश्चित सहयोग गर्नेछ, शुभकामना ।

#प्रशासन डट कम

Wednesday, October 14, 2020

नोबेल फाउंडेशन द्वारा स्वीडेनका वैज्ञानिक अल्फ्रेड नोबेलको सम्झनामा सन १९०१ मा शुरु गरिएको यो शांतिसाहित्यभौतिकरसायन, चिकित्सा विज्ञान तथा अर्थशास्त्र को क्षेत्रमा विश्वको सर्वोच्च पुरस्कार हो । यो पुरस्कार को रूपमा प्रशंसा-पत्र को साथ 10 लाख डालर को राशि प्रदान गरिदै आएको छ । 


 

शेयर वा जायजेथामा सरकारको पूर्ण वा आंशिक लगानी तथा स्वामित्व भएका अविच्छिन्न उत्तराधिकारीवाला स्वशासित सङ्गठनलाई सार्वजनिक संस्थान भनिन्छ । सन् १९३० को दशकमा विश्वले भोग्नुपरेको चरम आर्थिक सङ्कट एवं दोस्रो विश्वयुद्धपश्चात् विकास भएको लोककल्याणकारी राज्यको अवधारणासँगै विश्वभर सार्वजनिक संस्थान स्थापना गर्ने लहर चलेको पाइन्छ । यस अवधारणाले राज्यलाई आफ्ना परम्परागत कार्यका अतिरिक्त उद्यमशीलता र व्यवसायसम्म केन्द्रित गरेको पाइन्छ । निजी क्षेत्रले मुनाफा आर्जन हुने ठाउँमा मात्र लगानी गर्नेसरकार आफै संलग्न भई कार्य गर्दा पुरातन कर्मचारीतन्त्रीय शैलीका कारण व्यावसायिक ढङ्गले काम हुन नसक्ने कारणले जनतालाई अत्यावश्यक एवं अन्य सेवा सर्वसुलभ ढङ्गबाट उपलब्ध गराउन व्यावसायिक सिद्धान्तको प्रयोग गर्न सक्ने गरी सार्वजनिक संस्थानलाई कानुनले तोकेबमोजिम व्यवस्थापकीय स्वायत्तता प्रदान गरिएको हुन्छ ।

नेपालमा योजनाबद्ध विकासको सुरुवात हुनुभन्दा पहिलेबाटै वि.सं १९९३ मा कम्पनी कानुन जारी भई विराटनगर जुट मिलको स्थापना र विशेष ऐन जारी भई वि.सं १९९४ मा नेपाल बैङ्क लिमिटेडको स्थापना भएपश्चात् सार्वजनिक संस्थान स्थापनाको सुरुवात भएको पाइन्छ । नेपालमा योजनाबद्ध विकासको सुरुवात भएसँगै सार्वजनिक संस्थान स्थापना गर्ने लहर नै चलेको पाइन्छ । सातौँ पन्चवर्षाय योजनाको अन्त्यसम्म ६२ सार्वजनिक संस्थान नेपालमा रहेका थिए । आठौँ पञ्चवर्षीय योजनाको सुरुवातसँगै सुरु भएको आर्थिक उदारीकरणको नीतिअनुसार सार्वजनिक संस्थान विभिन्न विधिद्वारा निजीकरण गर्ने नीतिअबलम्वन गरियो जसका कारण हाल ३३ सार्वजनिक संस्थानले मात्र व्यावसायिक कारोबार गरिरहेका छन् ।

सरकारको आंशिक वा पूर्ण स्वामित्व रहने सार्वजनिक संस्थानमा सरकारी नियन्त्रणनाफामुखी भाव भन्दा सेवामुखी भावपृथक् कानुनी अस्तित्वसार्वजनिक जबाफदेहिता र स्वतन्त्र व्यावसायिक कारोबार जस्ता विशेषता रहेका हुन्छन्। योजनावद्द आर्थिक विकासमा सहयोग पुर्याउनुजनताका आधारभूत आवश्यकता सुपथ एवं सहज ढङ्गले पुरा गर्नुसन्तुलित क्षेत्रीय विकास गर्नुरोजगारीको सिर्जनासरकारी आयमा वृद्धिनिजी क्षेत्र पुग्न नसक्ने ठाउँमा अत्यावश्यक वस्तु तथा सेवा पुर्याउनु एवं निजी क्षेत्रको एकाधिकारलाई चुनौती दिनु लगायतका उद्देश्य सार्वजनिक संस्थानले राखेका हुन्छन् ।

नेपालमा सार्वजनिक संस्थान स्थापना भएको करिब ८५ वर्ष बितिसक्दा पनि अपेक्षित नतिजा हासिल हुन नसके पनि सार्वजनिक संस्थानले केही लाभ भने जनतालाई अवश्य पुर्याएका छन् । निजी क्षेत्र मुनाफा नदेखेर पुग्न नसक्ने विकट क्षेत्रमा समेत सार्वजनिक संस्थान पुगेर अत्यावश्यक सेवा प्रवाह गरेकोनेपालका सार्वजनिक संस्थानले करिब ३१००० जनालाई रोजगारी दिइरहेकासरकारको आयमा सार्वजनिक संस्थानले योगदान पुर्याएको (आ.व २०७५-०७६ मा सार्वजनिक संस्थानले नेपाल सरकारलाई आयकर बापत रु १७ अर्व ५७ करोड दाखिला गरेको)कतिपय क्षेत्रमा निजी क्षेत्रको एकाधिकारलाई समेत सार्वजनिक संस्थानले चुनौती दिएका एवं सार्वजनिक संस्थानको माध्यमबाट सरकारले जनतासमक्ष आफ्नो उपस्थिति जनाउने भएकोले सार्वजनिक संस्थानको औचित्यता वर्तमान समयमासमेत सान्दर्भिक रहेको छ । कुनै पनि राज्य सामाजिक न्यायको मुद्दाबाट पछि हट्न नसक्ने र सबै क्षेत्रमा निजी क्षेत्र आकर्षित हुन नसक्ने हुनाले पनि सार्वजनिक संस्थानको महत्त्व वर्तमान समयमा पनि सान्दर्भिक नै रहेको छ ।

नेपालका सार्वजनिक संस्थानका समस्या तथा चुनौती :

१. सार्वजनिक संस्थान सेवामूलक ढङ्गबाट चल्ने वा नाफामूलक ढङ्गबाट चल्ने भन्ने सैद्धान्तिक अन्योल कायमै छ । सेवामूलक ढङ्गबाट मात्र चल्दा सार्वजनिक संस्थान घाटामा जाने र सरकारलाई बोझ मात्र हुने एवं नाफामूलक ढङ्गबाट चल्दा सरकारको सेवामुखी चरित्रमै प्रश्न चिन्ह खडा हुन सक्ने चुनौती विद्यमान छ ।

२. सरकारको नीतिगत मार्गदर्शन संस्थान सञ्चालनको आधारशिला हो । तर संस्थानको व्यावसायिक चरित्रमा आँच पुग्ने गरी संस्थानको व्यवस्थापनमा हुने राजनैतिक हस्तक्षेप नेपालका संस्थानलाई भारी परेको छ ।

३. अधिकांश सार्वजनिक संस्थानमा ओभर स्ट्याफिङ रहेको छमानव संसाधनको राइट साइजिङ सबै सार्वजनिक संस्थानमा चुनौतीपूर्ण छ ।

४. वित्तीय अनुशासन कमजोर रहनु ।

५ . वस्तु तथा सेवाको मूल्य निर्धारणमा सरकारी हस्तक्षेप।

६. अधिकांश संस्थानमा ट्रेड युनियन र व्यवस्थापन बीच सामूहिक सौदावाजी कमजोर रहेकोआम कर्मचारीको हित भन्दा व्यक्तिगत स्वार्थ हाबी भएको ।

७.आम जनताको नजरमा सार्वजनिक संस्थानको छवि सुधार गर्नुपर्ने ।

८. सरकारको लगानीको तुलनामा संस्थानबाट सरकारले कम प्रतिफल प्राप्त गरेको । (नेपाल सरकारले सार्वजनिक संस्थानमा आ.व २०७५÷०७६ सम्म गरेको लगानी रु ४ खर्व ६४ अर्व ५९ करोड पुगेको छ)

यी र यस्तै चुनौतीकाबीचमा नेपालका सार्वजनिक संस्थानहरूले जनतासमक्ष अत्यावश्यक वस्तु तथा सेवा जनतासमक्ष पुर्याइरहेका छन् । निजी क्षेत्र सक्षम भइसकेका क्षेत्रबाट सरकार क्रमशः बाहिरिँदैसंस्थानको सेवामूलक र व्यावसायिक चरित्रबीच उचित तादम्यता मिलाउँदै सार्वजनिक संस्थानहरूलाई कुशलव्यावसायिक र प्रतिस्पर्धी तवरबाट अगाडि बढाउनुको विकल्प छैन । समाजवाद उन्मुख राज्य व्यवस्थाको परिकल्पना गरेको वर्तमान संविधानका आर्थिकसामाजिक उद्देश्य पुरा गर्न समेत सार्वजनिक संस्थानलाई थप प्रभावकारी बनाउनु आवश्यक छ ।

-नविन पौडेलको फेसबुकबाट साभार । 

Wednesday, September 23, 2020

1. Introduction

1.1 A secure password practices is a set of rules designed to enhance computer security by encouraging users to employ strong passwords and use them properly. A secure password practices is often part of an organization's official regulations and may be taught as part of security awareness training. The secure password practices may either be advisory or mandated by technical means.

2. Overview

2.1 Passwords are an important aspect of computer and information security. They are the front line of protection for user accounts. A poorly chosen password may result in the compromise of organization's entire corporate network. As such, all organization’s employees (including contractors, vendors and other external entities with access to organization systems) are responsible for taking the appropriate steps, as outlined below, to select and secure their passwords.

2.2 All employees that have access to organizational information systems must adhere to the password practices defined below in order to protect the security of the network, protect data integrity, and protect computer systems.

Friday, August 28, 2020

सार्वजनिक मामिलाको सञ्चालन : सार्वजनिक व्यवस्थापन

नागरिकको सर्वोत्तम हितका लागि सार्वजनिक सरोकारका मामिलाहरूको सञ्चालन गर्नुलाई सार्वजनिक व्यवस्थापन भनिन्छ । उपलक्ध स्रोत साधनको उचित परिचालन गरी सांगठनिक लक्ष्य हासिल गर्न चाँजोपाँजो मिलाउनुलाई समेत व्यवस्थापन भनेर बुझिन्छ । सन् १९८० सम्म प्रशासन भनेर बुझिने विषय नै पछि गएर सार्वजनिक व्यवस्थापन भयो । लुथर गुलिकका अनुसार सार्वजनिक व्यवस्थापनअन्तर्गत योजना तर्जुमा गर्ने, संगठनको स्थापना गर्ने, जनशक्तिको व्यवस्था गर्ने, नेतृत्व दिने, निर्देशित गर्ने, नियन्त्रण गर्ने, प्रतिवेदन÷सूचना प्रवाह गर्ने, र बजेट बनाउने एवं लागू गर्ने कार्य पर्दछन् । 

प्रशासन शब्द सार्वजनिक सेवामा र व्यवस्थापन शब्द निजी क्षेत्रमा प्रचलित थियो । प्रशासनको तुलनात्मक अध्ययनपछि यसमा व्यापक सुधारको खाँचो देखियो । यही खाँचो पूरा गर्न प्रशासनमा निजी क्षेत्रका राम्रा गुणहरू अंगीकार गरी यसलाई सार्वजनिक व्यवस्थापन भन्न सुरु गरियो । अर्थात् परम्परागत र एकसूत्रीय प्रशासन व्यवस्थामा निजी क्षेत्रका राम्रा गुण अंगीकार गरिएपछि यो सार्वजनिक व्यवस्थापनका नामबाट परिचित भयो । यही परिवर्तनस्वरूप सार्वजनिक क्षेत्रमा निजीकरण, सेवा करार, कार्यसम्पादन सम्झौता, गुणस्तर परीक्षण, व्यवस्थापन परीक्षण, सेवाग्राहीका गुनासा सुनुवाइजस्ता विषयले प्रवेश पाए ।

सार्वजनिक व्यवस्थापनका विभिन्न कार्यक्षेत्र
(क) योजना व्यवस्थापन : मुलुकको सर्वाङ्गीण विकासका लागि उपयुक्त योजना तर्जुमा गर्ने, जनसहभागिता बढाउने र त्यसको प्रभावकारी सञ्चालन गर्ने कार्य सार्वजनिक व्यवस्थापनले गर्दछ । जनताको मागअनुसारको नीति, कार्यक्रम तर्जुमा गरी जनताको माग र आवश्यकताका आधारमा त्यसलाई सञ्चालन गर्नुपर्दछ । जसका लागि आवश्यकताका आधारमा नीति तर्जुमा र जनताको मागका आधारमा योजना तर्जुमा, छनोट र कार्यान्वयन गर्नुपर्दछ ।

(ख) जनशक्ति व्यवस्थापन : सार्वजनिक व्यवस्थापन सञ्चालन गर्ने एक मात्र जीवन्त र चलायमान आधार मानव स्रोत हो । प्रभावकारी नीति तर्जुमादेखि योजनाको कार्यान्वयनका लागि महत्वपूर्ण पक्ष सार्वजनिक क्षेत्रमा दक्ष, योग्य, सीपयुक्त जनशक्ति आवश्यकता पर्दछ । योग्य, दक्ष, प्रतिस्पर्धी जनशक्तिले मात्र समग्र व्यवस्थापनमा योगदान गर्न सक्ने भएकाले योग्यतम् जनशक्तिको प्राप्ति, विकास, उपयोग र सम्भार गर्ने कार्य सार्वजनिक प्रशासनका लागि अपरिहार्य रहन्छ ।

Thursday, January 30, 2020

शाखा अधिकृत, नासु र खरिदार लक्षित पछिल्ला केहि अति महत्वपूर्ण समसामयिक जानकारीहरु

१.प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरुस्कार - २०७५
▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩
⇨वरिष्ठ आँखा रोग विशेषज्ञ डा.सन्दुक रुइत लाई
⇨प्रथम पटक २०७६ असोज ३ संविधान दिवशको दिनमा वितरण गरिने
⇨पुरुस्कार राशि - रु ५ लाख
⇨स्थापना - २०७५ मंसिर १७ गते
@govindagiri

⇨अध्ययन गर्नुभयो खुसीलाग्यो... कृपया शेयर गर्न नभुल्नुहोला है..!!

२.भोकमरी सुचकाङ्क 2019
▩▩▩▩▩▩▩▩▩▩▩▩
•नेपाल 73 औ स्थानमा(20.8 अंक)
•जम्मा 117 देश मध्ये
•पहिलो स्थानमा :- बेलारुस रहेको (समान अंकसहित अन्य 17 राष्ट्र रहेका)
•अन्तिम स्थानमा; - सेन्ट्रल अफ्रिकन रिपव्लिक
@govindagiri

⇨share it.

३.छैठौ ईन्टिग्रीटी आईकन नेपाल २०१९
▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩
•काजीमान राईलाई
•हाल उहाँ चुलाचुली गाउँपालिका, ईलामको प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ
•Accountability Lab ले हरेक वर्ष प्रदान गर्ने
•सक्षम,ईमान्दार र कर्तव्यनिष्ठ राष्ट्रसेवक कर्मचारीलाई
@govindagiri
४.सन् २०१९ को विश्वको प्रेरणादायी १०० महिला सूची
▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩
•नेपालकी बोनिता शर्मा पर्न सफल भएकी
•महिला सशक्तिकरण र पोषणका क्षेत्रमा उनले गरेको संघर्षको कदर गर्दै शर्मालाई विश्वको प्रेरणादायी महिला सूचीमा राखिएको
•शर्मा सोसल चेन्ज मेकर एण्ड इनोभेटर (सोचाइ) की संस्थापक  हुन्
•बिबिसीले प्रत्येक वर्ष विश्वका विभिन्न देशबाट प्रेरणादायी महिलाको सूची सार्वजनिक गर्ने गरेको छ।
@govindagiri

⇨ शेयर गर्नुस है..!!

५.फिफा द बेस्ट अवार्ड २०१९
▩▩▩▩▩▩▩▩▩▩▩▩
•उत्कृष्ट पुरुष खेलाडी ⇨लियोनल मेस्सी(अर्जेन्टिना/ बार्सिलोना)( सबैभन्दा धेरै ६ पटक)
•उत्कृष्ट महिला खेलाडी ⇨मेगन रापिनोइ(अमेरिका र रिजन Fc)
•उत्कृष्ट पुरुष गोलकिपर ⇨अलिसन  बेकर(ब्राजिल/लिभरपुल)
•उत्कृष्ट महिला गोलकिपर ⇨सरि भभेनेनडाल(नेदरल्याण्ड)
•उत्कृष्ट पुरुष प्रशिक्षक ⇨जुर्गेन क्लोप(लिभरपुल)
•उत्कृष्ट महिला प्रशिक्षक ⇨जिल इलिस( अमेरिका)
•फिफा पुस्कास अवार्ड ⇨डेनियल जोसोरि( हङ्गेरी)
•फिफा फ्यान अवार्ड ⇨सिल्भिया ग्रेक्को
•फिफा फेयर प्ले अवार्ड ⇨मार्सेलो बाइल्सा र द लिड्स युनाइटेड

६.अन्तराष्ट्रिय गरिवी निवारण दिवश २०१९
▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩
•नारा; - "Acting together for empower children, their families and societies to end poverty"
•हरेक वर्ष अक्टोवर १७ मा मनाईने
•सन १९९३ बाट मनाउन थालिएको
••••••••••••••
स्मरण रहोस; -
•••••••••••••••
⇨नेपालमा गरिवीको रेखामुनि रहेको जनसंख्या; - १८.७%
⇨बहुआयामिक गरिवी; - २८.६% रहेको
⇨ २६ जिल्लामा गरिव परिवार पहिचान गरिएको छ भने १२ जिल्लामा पहिचान कार्य भईरहेको
⇨सन २०३० सम्म नेपालले गरिवीको रेखामुनि रहेको जनसंख्या ५ % भन्दा तल झार्ने प्रतिवद्धता गरेको छ
@govindagiri

⇨अध्ययन गर्नुभयो खुसीलाग्यो ,कृपया शेयर गर्न नभुल्नुहोला है..!!

७.नोवल पुरस्कार २०१९..!!
▩▩▩▩▩▩▩▩▩▩▩▩
☆रसायन शास्त्रतर्फको नोबेेल पुरस्कार २०१९
•••••••••••••••••••••••••••••••••••••••••••••••••
१.अमेरिकाका -जोन गनडईनफ
२.अमेरिकाका -स्टियाले विटिङहाम
३.जापानका -अकिरा योसिन्हो
      ⇨ lithium-ion batteries को विकास गरेवापत ३ जना वैज्ञानिकलाइ संयुक्तरुपमा प्रदान गरिएको हो । लिथियम इयोन ब्याट्री मोबाइल फोनदेखि विद्युतीय गाडीमासमेत प्रयोगमा ल्याइन्छ ।

☆भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार २०१९
•••••••••••••••••••••••••••••••••••••••••••••••••
१.क्यानडाली-अमेरिकी -जेम्स् पिबल्स
२.स्वीट्जरल्याण्डका -माइकल मेयर
३.स्वीट्जरल्याण्डका -डिडे क्वेलो
      ⇨ब्रह्माण्डको उत्पत्तिसँग सम्बन्धित कार्य र सूर्यजस्तै देखिने एक तारा वरिपरि घुम्ने निकै टाढा अवस्थित ग्रह सन् १९९५ मा पत्ता लगाएकोमा संयुक्त रूपमा पुरस्कार दिने घोषणा गरिएको हो।

☆चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार - २०१९
••••••••••••••••••••••••••••••••••••••••••••••••••••
१.अमेरिकाका- विलियम काएलिन
२.बेलायतका- सर पिटर र्‍याट्क्लिफ
३.अमेरिका- ग्रेग सिमेन्जा
      ⇨कोषहरूले अक्सिजनको मात्रालाई कसरी चिन्छन् र अङ्गीकार गर्छन् भन्ने कुरा पत्ता लगाए वापत ३ वैज्ञानिकलाइ संयुक्त रूपमा सन् २०१९ को चिकित्सा विज्ञानतर्फको नोबल पुरस्कार प्रदान गरिने घोषणा गरिएको हो ।

☆साहित्य नोवल पुरस्कार २०१९
•••••••••••••••••••••••••••••••••••••••
१.सन् २०१८ का लागि पोल्यान्डकी उपन्यासकार- ओल्गा टोकारजुकले पाएकी छन्
२.सन् २०१९ का लागि अस्ट्रियाका -पिटर ह्यान्डकेलाई दिइएको छ।
       ⇨७६ वर्षीय अस्ट्रियन नाट्यकार सरल भाषामा मानव अनुभवको परिधिलाई उजागर गर्न सिपालु मानिन्छन्।
         ⇨आफ्नो समयका व्यावसायिक रूपमा अत्यधिक सफल लेखकमा गनिने ५७ वर्षीय पोलिस लेखक तोकाचु‌कले जीवनको परिधिहरूभन्दा माथि गएर कथात्मक परिकल्पना गर्न सक्ने उनको क्षमताको आधारमा पुरस्कार दिइएको

☆नोवल शान्ती पुरस्कार २०१९
••••••••••••••••••••••••••••••••••
१.ईथियोपियाका प्रधानमन्त्रि -अबि अहमद अलि लाई
      ⇨शान्ति र अन्तर्राष्ट्रिय सहयोग प्राप्त गर्न उनले गरेका प्रयासहरूको लागि, र विशेष गरी छिमेकी इरिट्रियासँगको सीमा विवाद सुल्झाउने निर्णायक पहलको लागि।

☆अर्थशास्त्र तर्फको नोवल पुरस्कार २०१९
••••••••••••••••••••••••••••••••••••••••••••
१.भारतका-अभिजीत बनर्जी
२.फ्रान्स की-एस्तर डुफलो
३.अमेरिकाका-माइकल क्रेमर
 ⇨उनीहरूको वैश्विक गरीबी निवारणको प्रयोगात्मक दृष्टिकोणको लागि।
@govindagiri

⇨अध्ययन गर्नुभयो खुसीलाग्यो... कृपया सक्दो शेयर गर्नुस है..!!

८.दशौँ लिगलिगे दौड २०७६
▩▩▩▩▩▩▩▩▩▩▩
⇨विजेता ;- पर्वतका अनिष थापामगर(चौथो पटक)
⇨चेपे र मर्स्याङ्दी नदिको दोभानबाट लिगलिगकोटसम्मको १३ दशमलव ८ किलोमिटर दुरी ५७ मिनेट ५५ सेकेण्डमा पार गर्दै थापा लिगलिगे दौड जितेर लिगलिगे राजा बन्न सफल हुनुभएको हो
⇨दौडका विजेतालाई राजाका रुपमा एक रात लिगलिगकोटमा राख्ने गरिन्छ । लिगलिगे दौडमा प्रथम हुनेलाई यस वर्षदेखि एक दिनका लागि लिगलिगे राजाका साथै एकवर्षका लागि पालुङ्टार नगरपालिकाको पर्यटन सद्भावना दूत पनि घोषणा गरिएको छ ।
⇨दौडेर लिगलिगको राजा हुने परम्परालाई उजागर गर्न २०६७ सालदेखि लिगलिगे दौड हुँदै आएको छ
@Govindagiri
⇨शेयर गर्न नभुल्नुस है...!!

९.नेपाल क्रिकेट संघ (क्यान) को नयाँ अध्यक्ष
▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩
⇨चतुरबहादुर चन्द विजयी
⇨वि.स २०७६ असोज ११ गते
⇨५९ जना मतदाता रहेकोमा चतुरबहादुर चन्दले ४४ मत प्राप्त गर्दै जित सुनिश्चत गर्नुभएको हो
⇨याे निर्वाचनसँगै क्यानमाथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले लगाएकाे प्रतिबन्ध हट्ने विश्वास गरिएकाे छ
@govindagiri

⇨शेयर गरौ है..!!

१०.चिनिया राष्ट्रपती सि चिनफिङको नेपाल भ्रमण..!!
▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩
•सन 2019 अक्टोवर 12-13 (असोज 25-26)मा
•23 वर्षपछि चिनिया राष्ट्रपतीको नेपाल भ्रमण भएको
•भ्रमणका क्रममा नेपाल र चीनबीच २० वटा सम्झौतामा (१८ समझदारीपत्र र २ लेटर अफ एक्सचेञ्जमा) हस्ताक्षर भएको छ
यी हुन् नेपाल-चीनबीच भएको २० बुँदे समझदारी; -
१. सीमा व्यवस्थापन प्रणालीको लागि सम्झौता
२. सुशासन क्षमता बृद्धिका लागि समझदारी
३. अपराध सम्बन्धी आपसी कानुनी सहायताको लागि सम्झौता
४. सगरमाथा संरक्षणको लागि समन्वय गर्न समझदारी
५. राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच लगानीका प्रमुख परियोजनाको प्रवर्द्धन र उत्पादनमूलक क्षमतामा समन्वयनको लागि समझदारी ।
६. चीनको छेन्दुमा नेपालको कन्सुलेट जेनेरल राख्नको लागि नोट आदानप्रदान ।
७. चीन–नेपाल अन्तरदेशीय रेल पयिोजनाको सम्भाव्यता अध्ययनको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच समझदारी ।
८. काठमाडौं महानगरपालिका र चीनको नानजिङ सिटीबीच भगिनी सम्बन्ध स्थापना गर्ने सहमति ।
९. बुटवल उपमहानगरपालिका र चीनको जियाङ सिटीबीच भगिनी सम्बन्ध स्थापनाको सहमति ।
१०. परम्परागत औषधि सम्बन्धी सहकार्यको लागि स्वास्थ्य मन्त्रालय र चीनको राष्ट्रिय परम्परागत औषधि प्रशासनबीच समझदारी ।
११. विपद् जोखिम न्यूनीकरण र आपत्कालिन सहायताको लागि गृह मन्त्रालय र चीनको आपत्कालिन व्यवस्थापन मन्त्रालयबीच समझदारी ।
१२. महान्यायाधीवक्ता कार्यालय र चीनको सुप्रिल पिपुल्स प्रोक्युरेटर्सबीच समझदारी ।
१३. त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस हेडक्वार्टरबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस ईन्स्टिच्युट स्थापनाको लागि सम्झौता ।
१४. नेपालबाट चीनमा सुन्तलालगायत फलफूल निर्यातको लागि आवश्यक प्रोटोकल
१५. व्यापार सम्बन्धी संयुक्त कार्यदल स्थापनाको लागि उद्योग मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच समझदारी ।
१६. नेपालमा चाइना एड अर्थक्वेक मनिटरिङ नेटवर्क प्रोजेक्टको लागि स्वीकार प्रमाणपत्र ।
१७. लगानी समन्वय कार्यदल स्थापनाको लागि अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच समझदारी ।
१८. सुरुङ निर्माण समन्वयको लागि अर्थ मन्त्रालय र चीनको अन्तर्राष्ट्रिय विकास निकायबीच समझदारी ।
१९. सीमा सुरक्षा उपकरण र कार्यालय उपकरणको लागि पत्र आदानप्रदान ।
२०. काठमाडौं उपत्यकाको पानी वितरण सुधार परियोजनाको बैठकको माइन्युट

•चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सम्झौतापत्र आदान प्रदान गरिएको
© Govinda Giri

Saturday, December 21, 2019

नायब सुब्बा २०७५ मा साेधिएका सामान्य ज्ञान तथा आईक्युहरू उत्तर सहित ।




 Source:Gokarna Pra Uphaddhye
2076-09-05




Tuesday, December 10, 2019

तेहौँ दक्षिण एशियाली खेलकुद सम्बन्धी जानकारी ।
२०७६-०८-२४

Tuesday, November 12, 2019

केही नविनतम जानकारी समेटिएकाे छ ।

प्रकाशित : मिति२०७६-०७-२६

Friday, August 2, 2019

रोमन म्यागासेस पुरस्कार २०१९ विजेता :-🌷
१. रविश कुमार --------------------- भारत
२. को स्वे विन ----------------------- म्यानमार
३. अंगरखान निलापाईजित ------ थाईल्यान्ड
४. रेमुन्डो पुजान्ते---------------- फिलिपिन्स
५. किम जोङ- कि ----------------- द. कोरिया 

Thursday, July 11, 2019


१.सर्वप्रथम १५ मिनेट अगाढी परीक्षार्थीहरुलाई उत्तरपुुस्तिका दिईने हुुँदा सो उत्तरपुस्तिकामा आफ्नो नाम , रो नं., विज्ञापन नम्वर , कुन कुन समावेशी समुहमा दरखास्त दिईएको हो सो कुुराहरु स्पष्ट रुपमा लेख्नुुपर्छ । 

२. प्रश्नपत्र हातमा परीसकेपछि प्रश्नपत्रका पाना पुुरा छन् छैनन् एकिन गर्ने , साथै प्रश्नपत्रमा कुन कि उल्लेख गरीएको छ सो उत्तरपुस्तिकामा लेख्ने अर्थात् प्रश्नपत्रमा ( A) , ( B) , ( C ) वा ( D ) मध्ये कुुन हो सो आफ्नो उत्तरपुुस्तिकामा उल्लेख गर्ने अन्यथा उत्तरपुुस्तिकामा कि उल्लेख नगरेमा उत्तरपुुस्तिका स्वतः रद्ध हुुन्छ । 
३.बस्तुुगत बहुकैल्पिक प्रश्नमा गलत उत्तर दिईएमा २० प्रतिशत अङ्क कट्टी गरीने हुुँदा नजानेको प्रश्नको उत्तर अन्दाजको भरमा नदिदा राम्रो मानिन्छ किनकी लोकसेवा आयोगको तिव्र प्रतिष्प्रधा हुुने परीक्षामा ०.१ अङ्क पनि अत्यन्तै महत्वपुुर्ण छ । साथै उत्तर केरमेट गरेमा , सच्याएमा , पेन्सिलले लेखेमा सो उत्तर गलत भएको मानिने हुँदा अत्यन्त सावधानीपुर्वक र होसियारीपुर्वक उत्तर दिनुुपर्छ । 

४.विषगत प्रश्नहरुलाई छोटो र लामो गरी दुुई भागमा विभाजन गरीएको छ । साथै सो परीक्षामा तिनवटा खण्डहरु समावेश गरीएको हुुन्छ । प्रत्येक खण्डको उत्तर सम्वन्धित खण्डमा नै दिनुुपर्छ अर्थात् A खण्डमा सोधिएको प्रश्नको उत्तर उत्तरपुुस्तिकाको A खण्डमा नै दिनुुपर्छ अन्यथा अर्को खण्डमा लेखेमा सो उत्तर स्वतः रद्ध हुुन्छ अर्थात त्यसको अङ्क प्राप्त हुुँदैन । ५ अङ्कको प्रश्नको जवाफ दिदा सटिक तथा तथ्यपुुर्ण रुपमा दिनुु उत्तम मानिन्छ । १० अङ्कको प्रश्नको जवाफ दिदा पहिलो खण्डमा प्रश्नसँग सम्वन्धित विषयवस्तुको परीचय , दोस्रो खण्डमा प्रश्नको मुुख्य विषयवस्तुु र तेस्रो खण्डमा निष्कर्ष लेख्नुु राम्रो मानिन्छ । उत्तर दिदा सकभर बुुँदागत रुपमा दिनुु राम्रो मानिन्छ । 

५. माथिका कुुराहरुलाई मध्यनजर गरी परीक्षामा उत्तर प्रस्तुुत गर्न सकिएमा अवश्य पनि सफलता प्राप्त गर्न सकिनेछ भन्ने कुुरालाई नकार्न सकिदैन यद्यपि परीक्षामा सफलता प्राप्त गर्नका लागि विषयवस्तुुको गहन अध्यन , मेहनेत , र आत्मविश्वास तीनवटा महत्वपुुर्ण पक्षहरु हुुन् । 
६. अन्त्यमा मिति २०७६/०४/०३र ०४गते हुने स्थानिय तहकाे परीक्षामा सहभागि हुन लाग्नु भएका सम्पुुर्ण साथिहरुमा परीक्षाको सफलताको लागि धेरै धेरै शुुभ कामना । धन्यवाद । 

Thursday, July 4, 2019



शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन
राज्यको शक्तिलाई व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा विभाजित गरी ती अंगबाट तोकिएको कार्य सञ्चालन गर्ने अवधारणालाई शक्ति पृथकीकरण भनिन्छ । राजनीतिशास्त्रका गुरु मानिने ग्रीक दार्शनिक अरस्तु (ईपू ३८४-३२२) ले राज्यका अंग र कामको बाँडफाँटको बारेमा केही आधारभूत विषय उल्लेख गरेको भए पनि यसको आधुनिक व्याख्या र विश्लेषण फ्रान्सेली दार्शनिक मन्टेस्क्यु (सन् १६८९-१७५५) ले गरेका हुन् ।


विधायिकी शक्ति र कार्यपालिकी शक्ति एकै ठाउँमा भए तानाशाही कानुन बन्ने र सोहीअनुरूप लागू भई वैयक्तिक स्वतन्त्रता समाप्त हुने खतरा हुन्छ । यस्तै न्यायपालिकाको कार्य विधायिकाबाट अलग नगरे जीवन र स्वतन्त्रतामाथि स्वेच्छाचारी नियन्त्रण हुने र न्यायाधीशले दमनपूर्ण र हिंसात्मक व्यवहार गर्न सक्ने सम्भावना हुन्छ । व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाको तीनवटै शक्ति एकै ठाउँ भए कानुनी राज्य नै समाप्त हुन्छ भन्ने मन्टेस्क्युको मत छ । पछिल्लो समय यो मान्यताले विश्वव्यापी ठाउँ लियो र आधुनिक राज्य व्यवस्था शक्ति पृथकीकरणको अवधारणाबमोजिम सञ्चालन हुन थाल्यो ।

राज्यको स्थापना र सञ्चालन मानव सभ्यताको अभिन्न अंग हो । मानव सभ्यताको विकाससँगै मानिसका आवश्यकता, चाहना परिपूर्तिको लागि लोककल्याणकारी राज्यको अवधारणाको विकास भएको हो । मानिस सभ्य हुँदै गएपछि शासन व्यवस्था व्यवस्थित रूपले सञ्चालन गर्न कानुनको आवश्यकता महसुस गरियो । कानुन त बन्यो, तर शासकको इच्छाबमोजिमको कानुन बन्न थाल्यो । शासकले आफ्नो स्वार्थअनुरूपको कानुन बनाउने र सदैव आफूलाई सर्वव्यापी ठान्ने गर्दा शक्तिको व्यापक दुरुपयोग हुन थाल्यो । शासकबाट शक्तिको कतिसम्म दुरुपयोग भयो भने फ्रान्सका लुई चोधौं जस्ता शासकले 'म नै राज्य हुँ' भन्नेसम्मको उद्घोष गरे । यस्ता घटनाले गर्दा शासकमा पनि कानुनद्वारा अंकुश लगाउनुपर्ने र अधिकार पनि विभिन्न ठाउँमा बाँडफाँट हुनुपर्ने महसुस भयो।

शासकहरूबाट अत्याचार बढ्दै गएपछि नागरिकहरू संघर्षमा उत्रिए । परिणामतः कानुनभन्दा माथि कोही छैन र कानुनको पालना सबैले गर्नुपर्छ भन्ने अवधारणाको विकास भयो । शक्तिको प्रकृति, बाँडफाँट र प्रयोग सम्बन्धमा व्यापक बहस भयो । जोन लक, रुसो जस्ता दार्शनिकहरूले यो बहसमा महत्वपूर्ण इँट थपे । कानुन निर्माण गर्ने अंग, कानुनलाई लागू गराउने अंग र कानुनको व्याख्या गर्ने तथा कानुनको उल्लंघन रोक्ने अंगलाई क्रमशः व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई पृथक रूपमा संगठित गरी शक्तिको बाँडफाँट गर्ने काम भयो ।

"विधायिकाले जनमतको नाममा, सरकारले शक्तिको नाममा र न्यायपालिकाले कानुनको व्याख्याताको नाममा अराजक र निरंकुश बन्न मिल्दैन । सबैले संवैधानिक सीमाभित्र रहनुपर्छ ।"

राज्यका तीन अंगहरू कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका एकअर्कामा पूर्ण स्वतन्त्र हुनुपर्छ, तर स्वतन्त्रताको अर्थ बेलगाम स्वतन्त्रता भने होइन । एकले अर्कोलाई सन्तुलन र नियन्त्रणमा राख्नुपर्छ । विधायिकी, कार्यकारिणी र न्यायिक शक्ति एउटै व्यक्ति वा निकायमा प्रदान गरियो वा शक्ति पृथकीकरण भए पनि नियन्त्रण र सन्तुलनबिना बेलगाम छोडियो भने त्यहाँ जतिसुकै असल व्यक्तिहरू भए पनि निरंकुश र अराजक बन्छ । शक्ति भन्ने कुरा यति बैगुनी छ कि यसले मानिसलाई कठोर, अनैतिक, भ्रष्टाचार र निरंकुशतातर्फ डोर्‍याउँछ ।

आधुनिक युगमा शक्ति पृथकीकरणको अर्थ निरपेक्ष शक्ति बाँडफाँट मात्र होइन । शक्ति पृथकीकरणको वास्तविक अर्थ र मर्म बाँडफाँट, नियन्त्रण र सन्तुलन हो । यस अर्थमा शक्ति नियन्त्रण र सन्तुलनको जननी शक्ति पृथकीकरण नै हो । राज्यका अंगहरूको सक्षमता र कार्यकुशलता बढाउन हरेक अंगलाई स्वतन्त्र रहन दिन जति आवश्यक छ, भ्रष्ट र निरंकुश हुनबाट रोक्न नियन्त्रण र सन्तुलन कायम गर्न पनि त्यत्तिकै आवश्यक छ । यही आवश्यकताको महसुस भएपछि पछिल्लो समय शक्ति पृथकीकरणको मात्र नभएर शक्ति सन्तुलन र नियन्त्रणको अवधारणा आएको हो ।

राज्यका अंगहरूबीच सुमधुर सम्बन्ध कायम गर्न पनि सन्तुलन र नियन्त्रण आवश्यक छ । राज्यका अंगहरू एकअर्काबीच सहकार्य, सहसम्बन्ध र अन्तरसम्बन्धित हुने अवस्था नै नियन्त्रण र सन्तुलन हो । शक्ति पृथकीकरण लोकतन्त्रको आधार पनि हो । तर आजको युगमा लोकतन्त्रको सही प्रयोगको लागि शक्ति पृथकीकरण भएर मात्र पुग्दैन, सही रूपमा सन्तुलन पनि हुनु आवश्यक छ । सन्तुलन हुन नियन्त्रण चाहिन्छ, तर यस्तो नियन्त्रण प्रत्यक्ष नभएर छायात्मक हुनुपर्छ ।

नेपालको संविधानमा शक्ति पृथकीकरणको व्यवस्था संविधानमै छ । एक अंगको कार्य कुनै न कुनै रूपमा अर्काे अंगसँग अन्तरसम्बन्धित गराएर नियन्त्रण र सन्तुलन कायम हुनुपर्ने मनसाय संविधानको देखिन्छ । प्रधानमन्त्री र मन्त्रीहरू व्यवस्थापिकाप्रति उत्तरदायी हुनुपर्छ । कार्यपालिकाले संसद्मा बहुमतसिद्ध गर्नुपर्छ । सरकारविरुद्ध संसद्मा अविश्वास प्रस्ताव आउन सक्छ । सरकारले गरेका सन्धिसम्झौताको अनुमोदन संसद्ले गर्दछ । संसद्मा उठेका विषयमा प्रधानमन्त्री र मन्त्रीले जवाफ दिनुपर्छ । सरकारको कामको निगरानी र लेखासमेतको अनुगमन संसद्का विभिन्न समितिहरूले गर्दछन् । सरकारले विधेयकहरू मस्यौदा गरी पारित गर्न संसद्मा पेस गर्दछ । अध्यादेश जारी गर्ने, बाधा-अड्काउ फुकाउने, संकटकाल लगाउने जस्ता काम कार्यपालिकाले गर्ने भए पनि यसको अनुमोदन व्यवस्थापिकाबाट गराउनुपर्छ ।

न्यायपालिकामा संवैधानिक परिषद्को सिफारिसमा न्यायाधीश नियुक्ति हुन्छन् । नियुक्तिमा कार्यपालिका प्रमुख प्रधानमन्त्रीको महत्वपूर्ण भूमिका रहन्छ । न्यायपरिषद्मा कानुनमन्त्री सदस्य रहने व्यवस्था छ । यस्तै सरकारले असंवैधानिक निर्णय गर्‍यो भने त्यसको बदर अदालतले गर्छ । कार्यपालिकाले अदालतको निर्णय मान्नुपर्छ । कानुनको सिद्धान्तको प्रतिपादन र नजिरको स्थापना अदालतले गर्छ । सरकारद्वारा कानुनको प्रतिकूल प्रयोग भएमा बन्दी प्रत्यक्षीकरणलगायतका निर्णय अदालतले गर्छ । संसद्ले न्यायाधीशमाथि महाआभियोग लगाउन सक्छ भने संसद्ले बनाएको असंवैधानिक कानुन अदालतले खारेज गर्न सक्छ । अदालतमा विचाराधीन मुद्दा संसद्मा छलफलको विषय हुँदैन । यसरी एक अंगको कार्य अर्कोसँग अन्तरसम्बन्धित मात्र छैन, एकले अर्कोलाई सन्तुलनमा राख्न सक्ने अप्रत्यक्ष व्यवस्था संविधानमा देखिन्छ ।

संविधान र कानुनमा स्पष्ट रूपमा तीनवटै अंगको क्षेत्राधिकार स्पष्ट हुँदाहुँदै पनि यदाकदा समस्या देखिन्छन् । पछिल्लो समय प्रधानन्यायाधीशमाथि व्यवस्थापिका-संसद्मा दर्ता भएको महाभियोग प्रस्ताव र महाभियोगमाथि अदालतले दिएको आदेश यस्तै एउटा अनपेक्षित समस्याको उदाहरण हो । कसैले पनि कसैको पनि क्षेत्राधिकारमा हस्तक्षेप गर्नु हुँदैन । आफ्नो शक्ति प्रयोग गर्दा स्वतन्त्र रूपमा काम गर्न पाउनुपर्छ भन्ने जति महत्वपूर्ण छ, शक्तिको आडमा स्वच्छन्द हुन नहुने कुरा पनि त्यत्ति नै महत्वपूर्ण छ । तर राज्यका सबै अंग र त्यसका पदाधिकारीले सधैं बुझ्नपर्ने के हो भने नियन्त्रण र हस्तक्षेप एउटै विषय होइनन् ।

एउटाले अर्कोको कार्यमाथि नियन्त्रण गर्दा स्वतन्तामाथि हस्तक्षेप हुन्छ भन्ने बुझाइ नै गलत बुझाइ हो । यो नै अहिलेको मूल समस्या हो । एउटाले अर्कोमाथि नियन्त्रण राख्नु हस्तक्षेप होइन, सन्तुलन मात्र हो । तर नियन्त्रण र सन्तुलन कायम गर्न एकअर्काबीच दूरी बढाउने होइन, बरु समन्वय, समझदारी र आपसी सहयोग आवश्यक हुन्छ । जब राज्यका अंगहरूबीच दूरी बढ्छ, तब नियन्त्रणमा पनि हस्तक्षेप देखिन थाल्छ ।

शक्ति पृथकीकरणको सिद्धान्तबमोजिम संरचना बनाई शक्तिको बाँडफाँट नेपालको वर्तमान संविधानमा स्पष्ट छ । तर राज्यका अंगहरूको अन्तरसम्बन्ध संविधान, कानुन र राजनीतिक पद्धतिमा निर्भर भए पनि कतिपय विषय सिद्धान्तबमोजिम नभएर व्यक्तिको व्यवहारमा पनि भर पर्छ । विधायिकाले जनमतको नाममा, सरकारले शक्तिको नाममा र न्यायपालिकाले कानुनको व्याख्याताको नाममा अराजक र निरंकुश बन्न मिल्दैन । सबैले संवैधानिक सीमाभित्र रहनुपर्छ । राज्यका अंग आफैंमा सक्रिय हुँदैनन्, त्यसलाई सक्रिय गराउने त त्यसको नेतृत्वले हो । नेतृत्वले अलि उदार भएर सोच्ने हो भने समस्याको समाधान हामीसँगै छ । नियन्त्रण र सन्तुलनलाई हस्तक्षेप नबुझौं, नियन्त्रण र सन्तुलनको नाममा हस्तक्षेप पनि नगरौं । यही नै समस्याको समाधान हाे 
@
डा:टिकाराम पाेख्रेल 
अन्नपूर्ण पाेष्टबाट साभार



Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 11 ) Banks ( 83 ) Corporation ( 65 ) Culture ( 24 ) Force ( 59 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 53 ) MCQs ( 12 ) News ( 8 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 126 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 110 ) update ( 12 ) videos ( 13 ) WORLD ( 15 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Advr_Price_2

Tags

agriculture (11) Banks (83) Corporation (65) Culture (24) Force (59) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (53) MCQs (12) News (8) oldqsn (20) onlinequiz (1) Places (4) PSC (126) Rules (8) tips tricks (21) TSC (110) update (12) videos (13) WORLD (15)

Popular Posts

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

नोबेल पुरस्कार २०२४ का बारेमा विस्तृत जानकारी सहितको विवरण ।

१. अर्थशास्त्रतर्फको नोबेल पुरस्कार २०२४ ✅ अमेरिकाका तीन जना अर्थशास्त्रीलाई संयुक्त रूपमा दिएको, ✅ म्यासाचुसेट्स इन्स्टिट्यूट अफ टेक्नोलोज...

Recent

Popular Posts